आयो दशैँ : गयो दशैँ यसरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हरेक जन्म दिनले उमेरको पजनी गरे झैँ यो बर्षको दशैँ सधा झैँ नै बित्यो | अस्ट्रेलियन बोकाको मासु हरेक दिन पकाईयो खाईयो तर त्यो जिब्रोमा टासिएर बसेको स्वादको छाप फेर्न सकेन | आमा , काकी , भाउजु हरुले चुरा घंकादै पकाएको पक्कु भनौ वा कवाफ को स्वाद लिन घर नै पुग्नु पर्ने भा छ | घरको फोन पनि  छ छ महिनामा सिम कार्ड बदलिए झैँ बदलिन्छन अनि म्याजिकज्याक राखे पछी त त्यो नम्बर पनि बिलाएछ | घटस्थापन देखि म्याजिक ज्याक को घन्टी बजेको बजै छ अनि हरेक पल्ट ' The magic jack customer is unable to take your call"  मात्रै सुनिन्छ | दसैमा त लोड सेडिंग हप्त्ताको १८ घण्टा मात्रै हुने रे भनेर येही साझामा पढेको थिए भने आर्का विद्वानलाइ यही खबरले कन्सिरी तताईदिएको थियो , आफु भने म्याजिक ज्याक मा भेट हुने भो भनि दङ्ग दास परेको थिए खाईयो लोप्पा | लौ यो सनिवार जमघट गर्नु हुन्छ भने आउनुस बोकाको मासु पाकाउला खाउला, मदिरा मा भोड्का मात्रै चलाउला | तपाई घर बसीबसी रिमोटलि काम गर्ने ब्रो नजिक हो भने तपाईलाई पनि निमन्त्रणा | "

Magorkhe1 · Oct 24, 2012 9:27 AM · 1,139 views

1 Reply

सही भन्नुभो मित्र, यहाँ पनि सयौ यादहरु मानसपटलभरी कोरिएका छन - आज हरेक नाता सम्बन्ध्सँग दुरिहरु जोडिएकाछन । खुशी बाडौ भन्दा बाड्न नसकिने, दु:ख साटौ भन्दा साट्न नसकिने; आज आफ्नै जिवन ....... आफ्नै तरिकाले बाच्न नसकिने ।

caliber19 · Oct 24, 2012 10:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all