अतितका सम्झना- "दसैं"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यस्तै दसैं कै बेला थ्यो। अस्टमिको दिन। बाबाको पाँच जना दाजु-भाइ, पाँचै जना बाबाहरुको परिवार हाम्रो घरमा भेट भएका थियौँ। बेला उस्तै भए पनि काल अनुसार स्थिती नि फरक थ्यो। छोरा छोरी जती सबै बिदेसिएर घर रुङ्दै गरेका बाबा आमाहरु मात्रै घरमा नभएर हामी सबै छोरा छोरी पनि साथमै थियौँ। दसैंको सुगन्ध एक महिना अगाडि देखिनै हर्हर्ती आउन थालिसकेको हुन्थ्यो। अहिले जसरी स्क्याइपमा आसिर्बाद थाप्नु पनि पर्दैनथ्यो।   भेलामा सबै जनाको आ-आफ्नै ग्याङ थ्यो। बाबाहरुको आफ्नै म्यारिज को ग्याङ, आमाहरुको आफ्नै "दसैं लागेदेखी ग्यस पाउन छोड्यो, खाद्य संस्थामा तीन घण्टा लाइन बसेर शिवले जम्मा ४ किलो चिनी लेरायो, महँगाइ बढ्यो" यस्तै यस्ता गुनासो भरिएको पोका ग्याङ, दादाहरुको आफ्नै म्यारिज ग्याङ अनी हामी छोरीहरुको कहिले नसक्ने गफ त छदैनैथ्यो। प्राप्ती म र सिखा चै जेठा, माइला अनी साँहिलाका छोरीहरु, उमेर पनि उस्तै, कुरा नि मिल्थ्यो।   प्राप्ती र सिखा दुबइ ब्यङ्लोर मा बार्ह मा पढ्दै थिए, दसैं लो लागि आएका थिए। म चै नेपाल मै एघारमा पढ्दै थिए। आफुलाई नि ब्यङ्लोर मै पढ्न त मनथ्यो नि, बाबा र आमाले पहिले चै "कती राम्रो प्लस टु हरु यही खुलेको छ, अनावश्यक पैसा खर्च गरेर किन तेती टाढा जानु पर्‍यो? चोरेर लेराको छ र पैसा?" भन्दै कुरै अगाडि पर्न दिनु भएन। पछी सबै साथीहरु गएपछी म एक्लै परेँ। दुई तीन चोटि रुवा बासिनी गरेँ घरमा।बल्ल तल्ल घरमा आँशु को उजुरी सुन्नु भाथ्यो ब्यङ्लोर मा ढिलो भईसकेछ। केरेला पो पुर्याइदिनु भयो। एक महिनानी टिक्न सकिन। बिरामी परेँ घर सम्झदा सम्झदा। एक दुई चोटि फोन मा रुँदा त "दुइ बर्ष जसरी नि बिताउ छोरी" भनेर फकाउनु भएको थ्यो। हरेक पल्ट त्यही ताल देखेपछी बिचरा बाबा आमाको मन किन नपग्लिनु? बाबा आँफै लिन आउनु भयो। उल्टो नेपालमा धरी आफ्नो पढाई दुई महिना छुट्यो। तेस्पछी त घर बाट अन्त पढ्न जान्छु किन भन्थे र? प्राप्ती र सिखाको रमाइलो कुरा सुन्दा ब्यङ्लोर जान त मन थ्यो नि आफ्नो पनि। अब त भन्यो भने बाबाले खुट्टा भाच्नुहुन्थ्यो सिधै। तेत्रो पैसा सकेर अझ ब्यङ्लोर जान्छु भन्दा।     हामी तीन जना मा प्राप्ती एकदम सुरो थीइ। प्राप्ती को बोइफ्रेन्ड समर पनि ब्यङ्लोर नै पुगेकोथ्यो पढ्नको लागि। न बाबा आमाको डर थ्यो त्यहा न दाजु भाईको, उस्को आफ्नै चकाचक थ्यो। जती गरेनी नसकिने थिए उस्का कुराहरु। सिखालाई आफु भन्दा सिनियर एकजन दाई मन परेकोथ्यो तर त्यो बेला सम्म उस्को प्रेम एक तर्फी मात्रै थ्यो। प्राप्ती सँग टन्न शुत्रहरु थिए, ज्ञान बाढ्न नि परेकैथ्यो उस्लाई। आफुलाइ नि एउटा अली अली मन परेको हो कि झै हुँदैथ्यो। उस्ले दिएको चिट्ठी आँफैले फिर्ता गरेको थिएँ। अघी बढ्न डर लाग्यो त्यो बेलामा। मनमा पालुवा पलाउन मात्रै के लागेकोथ्यो, उु चाइना तिर लम्किहाल्यो डाक्टर बन्न। मेरो अघी बढ्न नसकेको प्रेम काहानीलाई केहि खुट्किलो डोर्याउन सकिन्छ कि भनेर पनि लागेकिथी प्राप्ती, उस्लाई भ्याइ नभ्याइ थ्यो।     तेत्तिकैमा दादाले ढोका ढक्ढकाउनु भयो। हाम्रो कुरा त्यही रोकियो एक्छिनलाई। दादालाई फ्रिज बाट बियर लेराइदिनु परेको रहेछ। बाबाहरु पनि भान्सामै पुग्नु भएको रहेछ। दादाले निकाल्ने आँट गर्नु भएन। मलाई पठाउनु भयो। लेराएर दिने बित्तिकै प्राप्ती ले एक दुई घुट्को पिउछु भनी, दादाले कहाँ दिनु? एक त अमृत जस्तो थ्यो उहाँलाई बियर तेस्मा पनि आफु जे जस्तो भए पनि आफ्ना बहिनिहरु चाइ कुलत भनेको केसैमा नि नलागुन जस्तो सबै दाजु भाईहरु गर्छन्। हाम्रा पनि त्यो भावना बाट अछुत थिएनन।   प्राप्तिलाई दादाले नदिएको झोक चलिराथ्यो, मलाई त "बाबाले सोकेसमा राख्नु भएको मिनियचर व्हिस्की लेरा न दिप्स" पो भन्नथाली।   "लेराउछ तलाई भनेर? बाबाले काट्नु नै हुन्छ" --- मैले बाबाको डर देखाएँ।     "बाबालाई कस्ले थाहा दिन्छ र? सुटुक्क लेरान"--- जिस्केकी भन्ने सोच्या त के हुन्थ्यो? उस्ले त साच्चिकै पो भनेकी रइछे।     बाबाको कल्लेक्सन नै थ्यो व्हिस्कीहरुको। आफुले पिउन छोड्नु भएको त धेरै भईसकेकोथ्यो तर बिदेस तिर पुग्नु भएको बेलामा अरु कसैलाई केही नसम्झे नि एउटा सानो व्हिस्कीको सिसी चै लेराउनु हुन्थ्यो बैठकको सोकेसमा सजाउन। बाबाका अफिस का साथीहरुले नि लेराइदिन्थे बिदेस तिर पुगेको बेलामा। कहिले काही साथीभाई या बहिनी-ज्वाँईहरु आएको बेलामा कुनै कुनै चै खोल्नु पनि हुन्थ्यो। तर त्यो एकदम कमै हुन्थ्यो। सके सम्म आफ्नो कलेक्सन बढाउनै तिर लाग्नु हुन्थ्यो घटाऊन भन्दा। कहिले काही सिसीहरु बाहिर बाट फोहर देखियो भने चै दादालाई भन्नु हुन्थ्यो सफा गर्न को लागि। छोरीले त यस्ता कुरा छुन धरी हुन्न जस्तो गर्नु हुन्थ्यो। बाबालाई त्यो सिसिहरु हामी छोरा छोरी भन्दा पनि प्यारो हो कि जस्तो लाग्थ्यो कहिले त। त्यस्तो सिसी लेरा भन्छे प्राप्ती।     "ह्याँ कती दादाहरुले मात्रै रमाइलो गर्ने, जा जा दिप्स लेरा, तेत्रो धेरै सिसिहरुमा एक दुइवोटा त कहाँ पर्न सक्छ कहाँ नि दसैं को रमझममा?--- सिखा त अली डराउत्थी, उु धरी मच्चिन थालि।     एउटा सिसी अलिकती अगाडिको पछाडि भए त "कस्ले चलायो फेरी" भन्नु हुन्थ्यो बाबा अझ थाहा हुन्न बाबालाई भन्छे प्राप्ती। मैले मानिन। सिसी हरायो भने बाबालाई थाहा हुन्छ भने।     "दुई तीन वोटा सिसी को एक दुई सुरुप चाखुम न त"--- प्राप्तिले अडान कसिनैराखी।     "अँह, हुँदै हुँदैन"---- तेत्रा साना सिसिमा कती नै हुन्थे र? एक दुई सुरुप भनेर झ्यप्पै पिईदी भने मरिन म? एक त बाबाको कलेक्सन, तेस्मा नि रक्सी, अझ चोरेर पिउने, बाबाले त निकालिनै दिनु हुन्थ्यो होला घर बाट। मान्नु पनि कसरी? आँट नै आएन। चाख्न चै आफुलाई मन नलागेको त कहाँ थ्यो र?     केही बेर को बाद, बिबाद अनी प्रतिबाद पछी प्राप्ती ले उपाए निकाली। पास्पोर्ट का दुई जुम्ल्या सिसिहरु सबै भन्दा पछाडि थ्यो। त्यही पिउने अनी चियापत्ती पानी उमालेर सिसिमा हालेर जस्ताको तेस्तइ राखिदिने। सिसी हरियो रङ को थ्यो तेसैले खासै थाहा पनि हुन्नथ्यो। आफु नि राजा हरिस्चन्द्र त कहाँ थिएँ र? आखिर बाबाले त्यो पिउने होइन। फरक पर्ला जस्तो देखिएन।     बाबाले थाहा पाउनु भयो भने दशा लाग्थ्यो, पाउनु भएन भने दसैं लाग्थ्यो। जे सुक्कै होस् भनेर प्लान अनुसार पहिले चियापत्ती पानी ठीक्क पार्यौ। दुइटा सिसी सुटुक्क चोरेर लेराएँ।     प्राप्ती ले सिधै घुट्क्याउन खोजी।     "वोइ, तेरो दिमाग खुस्क्यो? कडा हुन्छ बाबु यो त। सिधै पिउन बाबाहरुले त सक्नु हुन्न। कोक मा मिसाउनु पर्छ"---- सिखाले बुद्धी लगाइ।     "कोक लिन म चै जान्न माथि, बाबा आमाहरुलाई शंका भयो भने हाम्रो ज्यान जान्छ आज"--- उसैत त्यो रक्सिको आइडिया नै मन परेको थिएन, मुटु तेत्तिकै थर्थर कामिराथ्यो। अझ माथि गएर त्यो रक्सिमा मिसाउन कोक लेराउने रे। म जाने वाला थीइन।     "सिखा, तँ जा न बरु"--- आफु बच्ने उपाए खोजेँ मैले।     "नाइ, माइलो बाबाको त मलाई एकदम डर लाग्छ। तै जा।" ---- हुन पनि हो। सिखा त बाबा सँग धेरै नै डराउथि।     "हेर, यसरी धेरै बेर सम्म सिसी गायब भयो भने आज हामी तीन जनाकै कृया करम यही हुन्छ। बरु अहिलेलाई भयो, पछी कुनै दिन मिलाएर पिउँला।"--- मैले सके सम्म कुरालाई टाल्टुल पारेर सिसी राखिदिने सोचेँ।     "काँ हुन्छ अब? चियापत्ती पानी धरी लेराइसकेपछी। अलिकती नचाखी त कहाँ राख्नु?" --- प्राप्तिले मान्ने छाँट पटक्कै देखाइन। बिर्को खोलेर अलिकती घुट्क्याइ हाली।     "वोइ सुके, उल्लू बनाउछेस? व्हिस्की चै कहाँ खन्याइस?"----एक्कासी मुखमा हालेको ह्विस्की हत्त पत्त झ्यालबाट बाहिर पिढिमा राखेको फुलको गमलामा पिच्च थुक्दै मुखमा अली अली भएको छिट्टा पुस्दै प्राप्तिले सोधी। म सँग धेरै नै रिसाए भने साथीहरुले सुके भन्थे, अर्थात सुकेनास। हत्त पत्त खाको जिउमा लाग्दइनथ्यो आफ्नो त्यो बेलामा। अहिले जस्तो हो र पानी पिए पनि लाग्ने?     "बढी हुन्छेस दार्हे, तैले खोल्या होइन बिर्को?"--- मलाई सुके भनेपछी उस्को झन्डै ओठ्नै छेड्न खोजेको दाह्रो नि किन बिर्सिन्थे र मैले? हुन पनि सबैको अगाडि उसैले त पहिलो चोटि बिर्को खोलेकी थीई।     "सिखा, मेरो मुख बिग्रेको हो कि के हो? अलिकति चाख् त। मलाई त चियापत्ती पानी जस्तो लाग्यो यो त"---- प्राप्तिलाई आफ्नो जिब्रो को विश्वाश नलागेर सिखालाई दीइ।     "यो पानी को बास्ना आएको होला तलाई?"--- मलाई प्राप्ती झुक्की जस्तो लाग्यो। आफुले लेराको चिया पत्ती पानी देखाउदै सोधे।     "छ्या छ्या यो त चियापत्ती पानी नै हो"--- सिखाले पनि अलिकती चाखेर तेइ भनी।     मैले चाखेँ। नभन्दै चियापत्ती पानी नै रइछ। अर्को चै सिसिको चाखेँ, त्यो पनि तेइ।     बाबाले छोरीले त छुन पनि हुन्न भन्दै दादालाई सिसी बाहिर बाहिर सफा गर्न दिनु हुन्थ्यो, दादाले त भित्र बाहिर सबै सफा गर्दिने पो गरेको रइछ।   कहिले काही उस्का साथीहरु आउनु अघी "बैठक कोठा फोहर भएछ मिलाउछु" भन्दै जाने गरेको नि देखेको थिएँ। अझ मैले एकचोटि त "आफ्नो कोठा त्यस्तो फोहर छ, हजुरको साथीहरु तेइ पनि बैठकमा कहिले बसेका छन र? खुरुक्क त्यो ओछ्यान चै पहिले नमिलाएर" भन्दा, आँत्तेर "मेरो कोठा नि मिलाइहल्छु नि, तँलाई मिला त भन्या छैन नि" भन्नु भाथ्यो। दादाले मिलाको भनेर कोठा तिरै मात्र ध्यान जान्थ्यो सोकेस त कस्ले हेर्ने गरेकोथ्यो र? कोठा भन्दा नि अझ सोकेस पो राम्रो सँग मिलाउने गर्नु भएको रहेछ।     अरु त तेस्तै हो आफ्नो दसैं चै भन्या जस्तो भयो त्यो बर्ष। कतै पुर्‍याउनु पर्‍यो भने सुरुमै ट्यम्पो र ट्यक्सी को राग गाउने गरेको मान्छे, त्यो पटक त बिना बाबाको भनसुन नै लुरुक्क बाइक स्टार्ट गर्न जानुहुन्थ्यो। तेती मात्रै नभएर एउटा जुत्ता नि ठटाको थिएँ मैले। साँच्चिकै सुनको अन्डा दिने कुखुरा हुनुभाथ्यो दादा मेरो लागि। "हेर्न सुके, मेरो पालो कसो न आउला र?" भन्नु हुन्थ्यो मुर्मुरिदै। सबै जन बिदेसियौँ। दसैं नै फेरी त्यो दिनहरुको जस्तो आउँदैन होला अब पालो त उही हो।

Dipika02 · Oct 23, 2012 9:54 AM · 23,944 views

14 Replies

 हा हा हा दिप्स गजब रमाइलो कथा रहेछ !

Geology Tiger · Oct 23, 2012 10:08 AM

लोल घच्ची को इस्टोरी गयो दिपिका को - जे होस् व्हिस्की खान नपाएपनि आफ्नो दादा लाइ पलाउन पाको रहेछ - अब यो कथा त सकिहाल्यो - अब तिम्रो दादा ले एसको बदला कसरी लियो त्यो पनि लेखी हाल त

serial · Oct 23, 2012 10:09 AM

 दिपिका-दिज्यु दशैं को शुभकामना है ..... पढेको छुइन  तर दिज्यु को लेख आएछ भन्ने खुसिले पहिलै लेखिहलेको   ... अब भैमा बसेर कस्सिएर पढ्छु   

ThahaChaena · Oct 23, 2012 10:10 AM

 वाह रे वाह ... यस्तो पो दशैं ... यस्तो पो रंगिन जीवन कथा ........ आफ्नो त दशैं .. सम्झना लायक केही छैन केवल छुच्ची सम्झना बाहेक ...   तारेमाम दीपिका नानू ,    दशैं को एकमुष्ठ शुभकामना !!!!

rahulvai · Oct 23, 2012 10:23 AM

 पढी भ्याएँ .  आssssहाsssss !! सारै मज्जा को अतितको सम्झना सुके दिज्यु  

ThahaChaena · Oct 23, 2012 10:59 AM

 बिचारा दिपिकाहरु , चोर माथि चकारो पो परेछ !! 

bhakte dai · Oct 23, 2012 11:22 AM

 सारै  रमाइलो कथा रहेछ .......दादा ले तिहार मा पैसा नदिएर बदला लिएको हो कि क्या हो?....दिपिका नानि त्यसपछि को घटना हरु लेख है....दशैँ को सुभकामना    के गर्नु आफु त बाहुन को छोरो कहाँ बाट विसकी सुँघ्न पाउनु......बरु रात भरि कहाँ तास (३ पत्ती) खेल्न पाइन्छ भनेर हिड्यो, एकै छिन मा पैसा सकिन्थ्यो अनि पाटि को बास हुन्थ्यो....अलि धेरै पैसा हुने हरु रात भरि जम्थे, आफु त त्यहि भुइँ मा लड्यो.....हारेको झोक मा के को निद्रा लाग्नु नि.....अर्को टेन्सन, भोलि कहाँ बाट पैसा ल्याउने भन्ने....

baaramaase · Oct 23, 2012 12:05 PM

 Nice 

adventurer · Oct 23, 2012 8:50 PM

Interesting! Enjoyed reading. Happy Dashain and Tihar.

bolyokipolyo · Oct 24, 2012 10:21 AM

धेरै पछि दीपिकाले लेखेको पढ्न पाइयो। सार्है रमाइलो लाग्यो। दशैंको फेरि शुभकामना छ, अनि व्हिस्कीको सट्टा चियापत्ति मुखमा नपरोस् भन्ने पनि।     

chipledhunga · Oct 24, 2012 12:33 PM

@ Geology Tiger-- जंगल को राजा नै भूमिगत भएको ब्यापक हल्ला छ नि त जिते दाई बजारमा। खाँटी कुरो चै के हो? ढोका छेक्न आउन पर्छ त्यसैले थाहा पाउँ है दाई समयमै।   @ serial-- बौचा, मैले कथाको प्रसङ्मा कुरा गरेको दादा चै मेरो फुपुको छोरा हो। उहाँ हामी सँग ३ बर्ष जस्तो मात्रै सँगै बस्नु भएकोथ्यो तेसैले खासै अरु कुरा छैन त्यस्तो सुनाउनै लायक। केही सम्झेँ भने अरुलाई नसुनाएनी तिमीलाई चै सुनाउला ल।   @ ThahaChaena-- च्यान्टे भाई, कहाँ त्यो चिसो भुइमा बस्या नि तिमी? ल यो रातो चकटिमा बस। चिसो ले भेट्ला फेरी।   @ rahulvai-- ठुल्दाई, सम्झिनु सम्झी सके पछी नि के छुच्ची सम्झनालाई सम्झिरा त बुढा? ज्ञानी अन्जना, रन्जना कोइ थिएनन सम्झनको लागि? आफ्नो जीवन कथा पहिले त ब्ल्याक यान्ड व्हाइट नै लाग्थ्यो ठुल्दाई, आजकाल त ति दिनहरु सम्झदा माया लाग्छ तिनिहरुकै। साँच्चिकै रङिन थिए बाइ।   @ bhakte dai-- हा हा हा.... हो दाई हो चोर माथि चकारो नै भा हो। बिनसित्तिमा मुटुमा ढ्याङ्रो बजाएर भाएको चै केइ नि नाइ।भा तेइ एउटा मुटु नि कसो थर्किदा थर्किदा भुइमै झर्याथेन।   @ baaramaase-- तिहार त आउन बाँकी नै थ्यो नि दाई। खाली तासमा ध्यान छ अनी के याद होस् तिहार पहिले आउछ कि दसैं भनेर। जे पहिले आएनी के भरक पर्थ्यो र होइन? अनी सधैं हार्ने गर्याथ्यो त भन्या? त्यो भन्दा त बरु सुरुमै पैसा बुझाएर अरुले खेल्या हेरे भईहाल्यो नि। म चै तीन पत्ती भन्दा एक्काइस पत्ती रुचाउछु। त्यो भन्दैमा तीन पत्ती नखेल्ने चै होइन। दसैं तिहार मा चै कौडै हान्ने हो। तिया दाउमा। मलाई यो तिया दाउ चै साह्रै फाप्छ फेरी। लौ, धेरै फुर्ती नलाउ अहिले। फेरी आँखा लागेर घर बार नै उड्ला। बल्ल दसैं सुरु भाछ। तिहार सम्म टिक्नु छ आफुलाई ह्याँ।   @ adventurer-- यड्वेन्चर नै होला यहाँलाई यो धागो(पुरानो धागोहरुमा शायद देखेको थीइन मैले त्यसैले भनेको)। एक्स्पीरियन्स राम्रो लागेकोमा मलाई नि धेरै खुशी लाग्यो।   @ bolyokipolyo-- आफ्नो नि हालत त्यस्तै छ। पोले मात्र त हुन्थ्यो नि कहिले त डाम्छ नै भुतुक्कै हुने गरेर। यहाँलाई पनि दसैं र तिहारको एक मुष्ट शुभकामना। @ chipledhunga व्हिस्की मन पर्दैन चिप्लु मलाई। फर्मेन्टेड केइ नि मन पर्दैन। बरु तेइ चियापत्ती को झोलमा अलिकती दुध हालेर चिनिहालेर एक्छिन उमाल्यो भने त्यो नै बेस्ट। अनी खोइ त Travelogue? मुग्लान पछी अरु कतै भासियाछैन र भन्या?   हजुरहरुको प्रतिकृया प्रती आभारी छु। आफ्नो केही समय यस कथामा खर्चिनु भएको मा धेरै धेरै धन्यवाद। यि न्याना सदभावहरुले गर्दा नै कहिले काही आएर मनको भारी यहाँ बिसाउन हौसला दिएका छन। कमी कम्जोरिहरु औल्याउने जिम्मा हजुरहरुकै भयो।    साथै Lynx(I like the way you narrate your stories), डल्ले ( जोक्स कहाँ बाट लेराउने गरेको छौ?), behoove ("Taking Sides"पढ्नै भ्याएको छैन, आज पढ्छु), HairyBicep(what a nick, goose bumps नै आयो :-)), मुल्मी (साँच्ची मेरो साथीले आफुले किनेको भन्दा नि बढी पैसामा त्यो स्कुटी बेचेकि थीइ नि, भन्नै बिर्सिरा) र माइला दाई (ल हेर लुकी लुकी पढ्ने गर्नुभा रे छ। आरामै दाई? कस्तो बेपत्ता हुनु भएको नि न्यास्रो नै लाग्ने गरेर?) लाई आफ्नो समय खर्चिनु भएको मा र मन पराइदिनु भएकोमा धन्यवाद। सबैको दसैं उल्लासमय रहोस्। बिजया दशमीको धेरै धेरै शुभकामना।    

Dipika02 · Oct 25, 2012 10:46 AM

धेरै दिन पछी एसो साझा तिर चिहाको त दिपु को नया कथा पो आको रैछ| दशैं को कथा रे..मन नै कुटुक्क खायो शीर्षकले| कथा चाइ रमाइलो रैछ|   दिपुले दाइलाइ धोबीss मुर्गा हानेछ नि त्यो दशैं ताका त|  

Nepal Ko Chora · Oct 25, 2012 1:57 PM

ओहो! डाक्साब आरामै?  त्यस्तो धोबि मुर्गा नै त हानेको होइन नेप्चु। कथा रमाईलो मान्यौ, खुशी लाग्यो। दसैं को शुभकामना। भाको एउटा मन नि कुटुकुटु खाएर नबस। फेरी पछी चाहिएको बेलामा एक टुक्रा नि नरहला नि साथी।

Dipika02 · Oct 25, 2012 3:13 PM

 त्यो भन्दा त बरु सुरुमै पैसा बुझाएर अरुले खेल्या हेरे भईहाल्यो नि..............   दिपिका नानि, त्यो पनि नगरेको होइन, बोट हाल्यो अनि अर्को लाइ हेर्न पठायो......के गर्नु भाग्य बलियो नभए पछी जे गरे पनि नहुने........अत्ति भयो भने, कसैले छेउ मा बसेर हात टेकेको छ भने रिस जति त्यस मै खान्याओ.....   येस्तई हो......ल ल अब अर्को धमाकेदार कथा लिएर आऊ है.....

baaramaase · Oct 25, 2012 4:47 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion