म दशै यसरी नै मान्नेछु अरुको बुझाइमा तेसोत म आज सम्म बाचेकै छु हरेक दिन साएद म हासेकै पनि छु फेसबुकमा, ट्विटरमा, टेक्स्ट्, मेसेज, एसएमएस अनि स्काइपमा हा-हा, बु-हा-हा, लोल अनि एलएमएफो यि सब चिज टाइप गरे कै छु तर पनि खै किन हो यो मन मान्दै मान्दैन सबै कुरा थाहा पाएर पनि यो मन जान्दै जान्दैन साचै यो मन कती अस्थिर र चन्चले कुनै एक कुरामा स्थिर र अडिक रहनै नसक्ने कहिले बाबाले ल्याएको घोर्ले खसिमा, कहिले आमाले किन्देको राम्रो नानामा कहिले मासु भातमा, कहिले सुन्तलिको साथमा यो मन सधै डुली रह्यो, कता-कता भुली रह्यो निधारको रातो टिका, उत्सवको कानमा स्युरेको जमरा, आशिषको अनेकौ ति पकवान, परिष्रमको अनी ति मिठा वाणि, वात्सल्यको यी सबको मतलब कहाँ यी सब जान्ने फुर्सद्, चेस्टा र मती कहाँ गोजी बाट जे झर्छ तेही गनिन्थ्यो जता बाट बेसी झर्छ तेतै पैला गैन्थ्यो की त जुवा खालामा भिडिन्थ्यो की त भट्टी पसलामा लडिल्थ्यो दशै धेरै पहिले यसरी नै मनाइन्थ्यो तर म आज अनेकौ ब्राउजर खोतल्छु मालशिरी र मंगल धुनहरु आयु दोर्णशुतेका श्लोख्हरु म डाउन्लोड गर्छु, प्ले गर्छु कही कतै बाट कनी कुथी ल्याएको मटन खादै म आफैलाई आस्वासन दिई रहेछु साएद कोरोनाको बोटलसँग, बड्वाइजरको क्यान सँग टकिलाको शटसँग या जोनी वाकरको पेगसँग अनी अर्ध चेतनामै फोनको घन्टी बज्छ म सक्दो सम्हालिएको स्वोरमा शोध्छु आमा हजुरको खुट्टाको दुखाई अहिले कस्तो छ हो, म चाहेर पनि मेरी आमाको मुटुको दुखाई शोध्न सक्दिन मेरो बाबाको शुन्यता शोध्न सक्दिन किनकी एसपाली पनि मेरो बाबा आमाले मलाई वेब क्याममा टिका लगाइदिनुहुनेछ म फेरी वहाँहरुलाई मोनिटरमै ढोग्नेछु थुप्रै आधि-तुफान मनभित्रै गुम्साई एक गोरो छालाको अगाडी, एक कृतृम मुस्कान लिई हाउ क्यान आई हेल्प यु, म भन्नेछु साएद एस पाली पनि म दशै यसरी नै मान्नेछु
caliber19 · Oct 23, 2012 6:45 AM · 18,996 views
वाह रे वाह ... सुन्दर भाव .. मुटुको भित्रि तह सम्म छुने भाव , सुन्दर शैली र प्रस्तुति ...
rahulvai · Oct 23, 2012 8:28 AM
एकदम राम्रो प्रस्तुति - गज्जब
serial · Oct 23, 2012 9:09 AM
Well composed.
Magorkhe1 · Oct 23, 2012 9:11 AM
सुन्दर
Geology Tiger · Oct 23, 2012 9:20 AM
very nice job
bajara · Oct 23, 2012 9:32 AM
आहा !! कस्तो मेरो आफ्नो व्यथा पोखिए जस्तै लाग्यो.....
ThahaChaena · Oct 23, 2012 9:34 AM
सर्वप्रथम क्षेमा चाहन्छु, युनिकोडसँग मेरो अलिक वैरभाव रहेकोले मेरो कम्प्युटरमा चलेको छैन तेस्कारण सिधै रोमनाईज्ड टाईप गर्दा वर्ण-विन्याश र अन्य व्याकरणिय गल्तीहरु थुप्रै छन्, यस्का वावजुद पनि ठुल्दाई लगाएत लहरे, गोर्खे, Mr. Tiger, bajara र था'छैन मित्रहरुको सामु नतमस्तक छु - यहाँहरुको शतवाणी लाई दशैको आशिष र शुभेच्छ मान्दै पोल्टोमा समेटे है त !
caliber19 · Oct 23, 2012 12:21 PM
वाह मन छुने प्रस्तुति को लागि धन्यबाद !!
bhakte dai · Oct 23, 2012 1:44 PM
Nice job!!! Heart touching one..keep it up!!
Smaran · Oct 23, 2012 2:19 PM
धन्यबाद साथी, मन चिरा चिरा पार्ने कविता को लागि| Copying it as facebook status...so that other can also get their own feeling in ur poem.
Tapari Bahun · Oct 23, 2012 2:38 PM
ब्युटिफुल रचना, अनि मन छुने वाक्यांश हरु / धन्यबाद/
adhikari_bandhu · Oct 23, 2012 9:09 PM
wah !!! dherai ramro cha.
NALAPANI · Oct 23, 2012 11:24 PM
No words to say man ! :( Speechless
facebook · Oct 24, 2012 8:12 AM
Nice.
adventurer · Oct 24, 2012 8:40 AM
आफ्नो दैनिक कार्य त छंदैछ, फेरी यो दशैको तामझामले यता छिर्नै भ्याएको थिन - भक्ते दाजै, स्मरण, टपरी र आधिकारी वन्धु, नालापानी, फेसबुक अनि एड्वेन्चेर सबैलाई सप्रेम धन्येवाद; आशा छ रातो टिका निधारमा सबैको टल्कियोस ...
caliber19 · Oct 24, 2012 9:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion