बा र दशैं | बा, आज एउटा ...लामो लामो कान भ'को , कालो..छिरबिरे खसीको दाम्लो हातमा हाल्देउ | म छाती फुलाएर घिर्सिदै... तान्दै र तानिदै त्यसलाइ चराउन लान्छु अनि बगरको पाँगोमा कुदाउछु ... र कुद्छु ...अतितका कुइटाहरुमा..... नागथानको बास खुर्पाले चिर्दा, डोरी जोड्दै ........चाचाहुईको तिब्र इच्छामा तिम्रो हप्काई, मेरो डराई र फेरी मचाई.... जमिन छोडेको उमङ्ग...र उन्मुक्त हाँसोकासाथ तिम्रो बिशाल छातीतिर फर्की रहेका आँखाहरु त्यो बेला जस्तै बा ... आज पनि हर्षले भरिएका छन् | चंगाको चांगमा, टाउके र तीन धर्के खोज्दा तिम्रो आँखाबाट आखले बचेन | पिंडीको खाममा.. माझा भर्दै .. दलिन भरिका चिम र . टाई-चिनको माड... तिमीले मिच्दा धागोका अनगिन्ति गाठोहरु ..... फुकाउदा फुकाउदै...चलेको हावाले बा.... आज पनि त्यसरी नै छुन्छ | आछेताको रंगमा नङ्लोभरीको जमरा आशिसको उचारण....आशिर्बादले थिच्दा ... अबिर लागेको नोट कोटौदै ..म त्यही हात छामी रहेको हुन्थे .. .विश्वास गर ... त्यही हात छामी रहेको हुन्छु मेरो दशैँलाइ दशैँ बनाउने हातहरु ... तिम्रा हातहरु बा .....!! Last edited: 19-Oct-12 10:48 PM Last edited: 19-Oct-12 10:51 PM Last edited: 19-Oct-12 10:53 PM Last edited: 19-Oct-12 10:55 PM
jhaukiri · Oct 19, 2012 12:11 AM · 19,366 views
classic touch! well executed!! bravo!!
daum · Oct 19, 2012 8:59 AM
अति सुन्दर
serial · Oct 19, 2012 9:06 AM
beautiful!
nakkali keti · Oct 19, 2012 1:38 PM
kasto ramro kabita...maan nai choyo.
sam123453 · Oct 19, 2012 2:19 PM
सुन्दर प्रस्तुति, झौकिरी ज्यु/ आफु केटाकेटी हुँदाको यादले मनै भरिएर आयो/ धन्यबाद /
adhikari_bandhu · Oct 19, 2012 3:07 PM
धन्यबाद साथीहरु र साथै सबै साझा मित्रहरुलाई बडा दशैँको मंगलमय शुभकामना !!
jhaukiri · Oct 19, 2012 10:31 PM
झ्यौंकिरी जी , तपाईलाइ पनि बडा दशैँको मंगलमय शुभकामना .
ThahaChaena · Oct 20, 2012 9:14 AM
धन्यबाद thahachena ji
jhaukiri · Oct 20, 2012 10:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion