राजनितिका ११ खेलाडीहरु ( जगेडा खेलाडीको व्यबस्था आफैं गर्नुहुन अनुरोध छ ।) १. नेपाली कांग्रेस ः नेपालनै पशुपतिनाथले चलाएको बेलामा यस्लाई पनि उनैले चलाए त, के फरक पर्यो ? २. नेपाल कम्युनिष्ट पार्टीहरु ः विश्वभरिका कम्युनिष्टहरु एक हौं भन्ने मुलमन्त्र जप्दै (एकीकृत शब्द यिनकै पेवा हो ।) २० थरी ने क पा पार्टी छन्, दुनियाँ हसाउँदै । ३. जनजाति नेताहरु ः पार्टीहरुका रगतले ढाडिएका जुकाहरु बिदेशी मुतको न्यानोमा कुर्दैछन छेपारे मौकाहरु । ४. नागरिक समाजका अगुवाहरु ः सुकिला मुकिला, पर्दा पछाडिका खेलाडी मुखमा लोकतन्त्र लोकतन्त्र, बगलीमा गेडी ५. मधेसी पार्टीहरु ः लैनचौरेकी रानी, भ्रष्टहरुको खानी यीनकै पछि लाग्छन् मधेशी जनता अधिकारको आशमा, जानी वा नजानी । ६. माओबादी ः चण्डाल नेता, लीला अपरम्पार जनतालाई सुरुङ्ग खन्न लगाएर आफुचाहिं प्रभुको पाउमा लम्पसार । ७. – माओबादी ः हात्ती बलियो कि हात्तीछाप चप्पल माओबादी क्रान्तिकारी कि – माओबादी, कमरेड ? उस्तै उस्तै हो नेपाली जनता । (जति वेवकुफ बनाए पनि पत्तो छैन ।) ८. एमाले ः नेता जति सबै नौटङ्कीका मतियार कार्यकर्ता जति बाँदरको पुच्छर लौरो न हतियार । ९. राप्रपाहरु ः सत्ता खेलाउन, मान्छे लडाउन, आखाँ झिम्काउन तगडा “श्रीपेच” ट्रेडमार्कको लागि आफैंआफैंमा झगडा । १०. ज्ञानेन्द्र शाह ः गज्जब छ यिनको “बुझेँ बुझेँ” शैली धार्मिक यात्रामा राजनितिक रयालि झट्ट हेर्दा केहि गर्ला जस्तो, भित्रभित्र महासिल्ली । ११. हामी जनता ः कहिले दक्षीणी मनसुनमा, कहिले उत्तरी वायुमा, त कहिले पश्चिमी भुमरीमा रुझेर, बहकिएर, उक्सिएर खोजी रहेका छौं हुदै नभएको नयाँ नेपाल ।
everestpep · Oct 18, 2012 3:59 AM · 13,488 views
सटिक व्यंग, सटिक शैली , सत्य तीतो तर साह्रै मिठो ...
rahulvai · Oct 18, 2012 8:29 AM
राहुलभाई (ठुल्दाई), म आफैं तपाईको लेखाईको ठुलो प्रशंसक हुँ l र तपाईंले यहाँ दिनुभएको प्रतिक्रियाको लागि धेरै धेरै साधुबाद l
everestpep · Oct 21, 2012 1:16 AM
गजब को बर्णन नया नेपाल को, इनिहरुलाई पत्तैकै देश को माया छैन नत्र भने एस्तो हुन नपर्ने हो
timi_mero_sathi · Oct 21, 2012 1:28 PM
bastab ma bhanni ho bhane yo affai ma naramro hoina, sidhanta ramrai banayeko huncha tara kura ma matrai bhayeko le yini haru badnam bhayeko ho byenga ramrai lagyo
mayaswoti · Oct 21, 2012 5:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion