एयरपोर्ट प्रहरी प्रमुख नारायण बस्ताकोटी नै रहेछ तस्करहरुको सरदार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.mysansar.com/2012/1...   शुक्रबार राति साढे ७ बजेभित्र काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा एक अज्ञात व्यक्तिको फोन आयो। दुबई जाने प्लेन उड्ने बित्तिकै खस्छ भनेर चेतावनी दियो उसले। लौ परेन फसाद्! प्लेनमा मुसा पस्‍यो भने त उडान रोकेर खोज्नुपर्छ भने बम भनेको त झन् संवेदनशील कुरा। तत्काल सुरक्षा सतर्कता अपनाइयो। अन्तर्राष्ट्रिय टर्मिनलतर्फ सबै उडानहरु स्थगित गरिए। आउन लागेको प्लेन पनि यहाँ उत्रन पाएन, उड्न लागेको पनि उड्न पाएन। सेनासहित सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर विदेश उड्न लागेका सबै प्लेनमा खोजतलास गर्‍यो। अहँ, बम त भेटिएन। तर जे भेटियो, त्यो बमभन्दा कम थिएन। बम पडकिएको भन्दा कम भएन त्यसको असर। एयरपोर्टमा सेटिङ मिलाउनेहरुको यस्तो भण्डाफोर भयो नि त्यसबाट, अहिलेसम्म पनि त्यो नपड्किएको ‘बम’को आवाज उनीहरुको कानमा गुञ्जिरहेको हुनुपर्छ।    बमको धम्की सुनेपछि तत्काल सुरक्षा निकाय ‘मूभ’ भयो। उड्न ठीक्क परेका छ वटा विमानहरुमा सेना, प्रहरी र प्राविधिकहरुको टोलीले खानतलाश गरे। यस्तै खानतलाश गरिरहँदा फ्लाई दुबईको जहाजमा रहेका एक यात्रु अत्तालिए। उड्न लागिसकेको विमानमा के आपत् आइपर्‍यो यो, अघिसम्म सब मिलेकै थियो भन्ने लाग्यो त्यो यात्रुलाई। अनुभवी सुरक्षाकर्मीको आँखाबाट त्यो यात्रुको व्यवहार के लुक्थ्यो र। शंका बढी हाल्यो। यत्तिकैमा ती यात्रु ट्वाइलेटभित्र छिरे। लौ भो त अब, किन छिर्नुपरेको उसलाई ट्वाइलेट ? झन् शंका लाग्ने भइहाल्यो। अब सुरक्षाकर्मीले हस्तक्षेप गरे। के रहेछ भनी हेर्दा त त्यो यात्रु भारतीय नागरिक विनोदकुमार सोनीसँग एक करोड २४ लाख रुपियाँ बराबरको विदेशी मुद्रा पो भेटियो। गनेर हेर्दा त ५३ हजार युरो, ४ लाख साउदी रियाल, ४ हजार पाउन्ड, ८ हजार स्विस फ्र्यांक, बहराइन र कुवेती रकम रहेछ। यति धेरै रकम त्यसरी लानु गैरकानुनी हो। त्यति धेरै रकम त्यसरी ब्यागमा राखेर सजिलै कहाँ लान पाइन्छ र!विदेशी मुद्दा तस्करी गरी बाहिर लान लागेको आरोपमा विमानस्थल प्रहरीले उसलाई तत्काल गिरफ्तार गर्‍यो। हो, यही थियो बम! जो गिरफ्तारीसँगै पड्‍कियो। किनभने यसले एयरपोर्टमा सेटिङ मिलाउने एयरपोर्ट, पुलिस र एयरलाइन्सका कर्मचारीहरुसम्मको साँठगाँठको प्रमाण खुल्यो। अरु त कुनै त्यस्तो बमसम भेटिएन। जे भेटियो त्यही पर्याप्त थियो। खासमा त्यो फोन गर्ने मान्छेले पनि गर्न खोजेकै त्यही थियो होला। त्यो मान्छेले फोन गरेर यसरी तस्करी गरेर पैसा लान खोजेको थियो है भनेको भए कसले पो सिरियसली लिन्थ्यो होला र। सब मिलेका हुन्थे! सेटिङ मिलिसकेकोले ‘तिम्रा कुरा इस्’ भन्दै यत्तिकै सकिने डर हुन्थ्यो। बम छ है भनेर भनेपछि त खोज्नै पर्‍यो, खोज्दिनँ भन्न पाइएन। खोज्दा भेटियो यस्तो! ल हेर्नुस् त, पाँच-छ तहको सुरक्षा घेरा हुन्छ एयरपोर्टमा। कस्तो कसैलाई थाहै नभएको! आनन्दले त्यति धेरै पैसा तस्करी गरेर प्लेनभित्रै पुग्न सकेको! सेटिङ नमिलेको भए यस्तो हुन्थ्यो त ? सुरक्षाका लागि जिम्मेवारहरु नबिकेको भए यस्तो हुन्थ्यो त! अझ डरलाग्दो कुरा- कसैले यसरी नै सेटिङ मिलाएर हतियार प्लेनभित्र पुर्‍याएको भए र उनीहरुले अपहरण गरेको भए के हालत हुन्थ्यो ? यस्तो गजबको सेटिङ नपड्किएको बमले खुलासा गरिसकेपछि एयरपोर्टबाहिरको प्रहरीले अनुसन्धान गर्‍यो। अनुसन्धानका क्रममा त त्यो पैसा लान लागेको सोनीले त एयरपोर्टको सुरक्षा जिम्मा जसको हातमा दिइएको हो, उसैको अर्थात् डीआइजी नारायण बस्ताकोटीलाई नै पोलिदिएछ। लु भो अब! हाकिमकै नाम! यो कुरा पत्रिकामा आएपछि हतारहतार बस्ताकोटीले आज पत्रकार सम्मेलन गरे। अनि भने, हो प्रहरीकै मिलेमतो हो। हवल्दार सोभित कार्कीले युनिफर्ममा लुकाएर डोमेस्टिक टर्मिनलबाट छिरेर ट्वाइलेटमा लगेर प्लेनभित्र पैसा पुर्‍याएको हो। चोरहरुले कार्कीलाई भगाउन पनि भ्याइसकेछन्। तर अब यस्तो पत्रकार सम्मेलनले मात्रै पार पाउने छाँटकाँट छैन। प्रहरी अनुसन्धानमा सोनीले धेरै प्रहरी अधिकारीको नाम पोलिसकेका छन्। अब अर्को ठूलो सेटिङ मिलाएर हवल्दारलाई मात्रै फन्दामा पारे बेग्लै कुरा, नत्र यो कान्डले धेरैलाई तान्ने निश्चित छ। उनीहरु शायद पछुताइरहेका होलान्- सेटिङमा कहाँनिर के गल्ती भएछ भन्दै। किनभने प्रहरीको प्रारम्भिक अनुसन्धानले त बमको हल्ला पनि प्रतिस्पर्धी तस्करहरुले नै चलाएको देखाएछ। अर्थात् यस्ता तस्करमध्ये एउटाले प्रहरीसँग सेटिङ मिलाउन सक्यो, अर्कोले सकेन। अनि त्यो पुलिसको साथ नपाएको तस्करहरुको समूहले अर्को तस्कर र पुलिसको साँठगाँठ छताछुल्ल पार्न यो नक्कली बम पडकाइदियो! ती दुई समूहबीचको प्रतिद्वन्द्विता नभएको भए हामी सबै सोझासाझालाई केही थाहा हुन्न थियो। जसरी म्यानपावरवालाहरुको सेटिङ मिलेर मान्छेहरु कुनै रेकर्डै बिना सुइँसुइँ बाहिर उडिरहेका थिए, त्यसरी नै तस्करहरु पनि तस्करीका सामानसहित उडिरहेका हुन्थे।   नत्र किन यो चोर नारायण बस्ताकोटी  लाई कारबाही गर्न कसैले अहिले सम्म चुंक नबोलेको   चोरलाई चोरले नै सार्बजनिक गरेको नाटक मन्चन गर्दै   विमानमा सवा करोड ! जहाजमा अबैध सवा करोड पुर्याएका विनोदकुमार सोनीलार्इ सार्वजनिक गर्दै विमानस्थल प्रहरी प्रमुख नारायण बस्ताकोटी । तस्वीरः अनलाइनखबर    

nepcha1 · Oct 7, 2012 11:44 AM · 14,888 views

5 Replies

अनि यो बस्ताकोटी लाइ यो ठाउमा सरुवा गरे बापत कति बुझाएको थियो वा मासिकी कति बुझाउने सर्तमा ट्या गाको कुरा पनि खोजि नीति गरिदिए हुन्थ्यो | अनि लहरो गृह मन्त्रि सम्म मात्र हैन पार्टी हेड़ क्वार्टर सम्म पुग्ला |

MAgorkhe1 · Oct 7, 2012 12:14 PM

eak khokha , surumai hola, baki percent ko adhar ma bastab ma bhanne ho bhane nepal ko manche dherai dhani chan.

lexsmith · Oct 7, 2012 12:17 PM

चोरै चोरले भरिएको देशमा यो कुकुर नारायण बस्ताकोटीले अरुलाई बोका बनाई आफु चाही बचिसकेछ कोहि कसै प्रति जिम्मेवार हुनु नपर्ने कस्तो रमाइलो रहेछ नेपालमा www.canadanepalvid.com/2012/10/huge-foreign-currencies-identified-fly.html

nepcha1 · Oct 7, 2012 2:20 PM

 Nepal needs enema (Jack Nicolson Batman line).

sajhaguy69 · Oct 7, 2012 5:17 PM

बस्ताकोटी ?आगो खाएर अंगार हग्ने | He out smarted others.

magorkhe1 · Oct 7, 2012 8:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all