Maile ta jiunai baaki cha....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कथा हौ तिमी मेरो, मैले लेख्नै बाँकी छ सपना हौ तिमी मेरो, मैले देख्नै बाँकी छ कथा लेख्न देउ आनि सपना देख्न देउ किनकी भविश्य हौ तिमी मेरो, मैले साँच्नै बाँकी छ उमंग हौ तिमी मेरो, मैले रमाउनै बाँकी छ भाग्य हौ तिमी मेरो, हात समाउनै बाँकी छ तिम्रो हात समाएर मलाई रमाउन देउ किनकी पागलपन हौ तिमी मेरो, म बहुलाउनै बाँकी छ खोज हौ तिमी मेरो, मैले भेटाउनै बाँकी छ तृष्णा हौ तिमी मेरो, प्यास मेटाउनै बाँकी छ खोजेर तिमीलाई मेरो तृष्णा मेटाउन देउ किनकी चाहना हौ तिमी मेरो, तिमीलाई पाउनै बाँकी छ पाइला हौ तिमी मेरो, मैले कुद्नै बाँकी छ हौसला हौ तिमी मेरो , जीवनसँग जुध्नै बाँकी छ हरेक पाइलामा मलाई हौसौला दिइराख किनकी जीवन यो लामो छ, मैले जिउनै बाँकी छ

Oh_Gaathe · Oct 5, 2012 10:52 AM · 2,074 views

1 Reply

 बाच्नै बाकि छ  पो भन्छौ  ओह गाँठे म त तिमि  मर्ने सामग्री जोड्दै गरेको देख्छु    लेखना बाकि नै छ भन्छौ कथा  म त तिम्रो कथा सकिएको  पो देख्छु     माया म़ा को बाचेको  छ आज सम्म ? म त माया म़ा मान्छे रोएको मात्र देख्छु 

timi_mero_sathi · Oct 5, 2012 11:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all