…अनि म बेश्या बनें #कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

THIS&nbsp;IS&nbsp;NOT&nbsp;MY&nbsp;STORY&nbsp;NEITHER DID I WRITE IT . I FOUND IT VERY GOOD SO I SHARED, TO COMMENT AND ENCOURAGE WRITER...........PLEASE REFER TO WEBLINK HERE : arlsuraj.com/and-i-became-a-prostitute/ ************************************************************************************************************************** भाग - १ नेपालबाट निकै पर, अस्ट्रेलिया को एउटा व्यस्त शहर- मेलबर्न | त्यहि व्यस्त शहरको ५२१ एलिजाबेथ स्ट्रीटसंगै रहेको एउटा ब्यस्त कफी शप र त्यही कफी शपको स्मोकिंग जोन | जहाँ मैले मेरो कथाकी मुख्य पात्र कोहिनूर लाइ पहिलो पटक भेटेको थिएँ | -&nbsp; &ldquo;एक्स्युज मी ! मे आइ सिट हेयर ?&rdquo; म संगैको खालि मेच देखाउँदै उस्ले सोधेकी थिइ | -&nbsp; &ldquo;एस, अफ कोर्स !&rdquo; ल्यापटप सहितको ब्याग नजिकैको मेचबाट उठाएर आफ्नो काखमा लिंदै मैले भनेको&nbsp;थिएँ | त्यस्तै २४-२५ बर्षकी जस्तै देखिने उ सायद त्यहि उमेरकै थिइ | ठुलो निधार, पुष्ट छाति अनि बारुली छिनेको कम्मर, निकै राम्री, सलक्क परेकी | सेतो ब्याकग्राउण्डमा हलुका निलो बुट्टा भएको वन पिसमा अत्यन्तै सुहाएकी थिइ उ | त्यसमाथि एसियन जस्तै देखिने उसलाई पहिलो पटक देख्दा नै थुक निलेको थिएँ मैले | &ldquo;मे आइ ह्याब योर अर्डर प्लिज?&rdquo; वेटरले मेनु लिएर आइ अगाडी उभिंदा पो झसङ्ग भएँ | &ldquo;एन अमेरिकन क्यापाचिनो एण्ड अ सिन्नामन रोल प्लिज&rdquo; मैले मेरो अर्डर गरें | &ldquo;क्यान आइ ह्याब अ सिगरेट फर्स्ट?&rdquo; संगै एउटा सिगरेट मगाएँ र त्यहीं अगाडी टेबलमा राखिएको &ldquo;द डेली मेल&rdquo; नामक अंग्रेजी पत्रिका लिएर हेर्न थालें | वेटरले उसको पनि अर्डर लियो र अर्को टेबल तिर लाग्यो | सायद, उसले पनि कफी नै मगाएकी थिई | -&nbsp; &ldquo;फक दिज युनिभर्सिटीज एण्ड देयर पोलिसिज !&rdquo; द न्यु योर्क टाइम्स पत्रिका को पहिलो पृष्ठमा बिशेष&nbsp;महत्वका साथ छापिएको एक &lsquo;प्रतिष्ठित विश्व-बिधालयलाइ बिदेशी बिध्यार्थी भर्ना तथा स्पोन्सरमा बेलायती सरकार द्वारा रोक&rsquo; व्यहोराको समाचार म तिर देखाउँदै भनेकी थिइ उसले | &ldquo;व्हाट?&rdquo; उसको हातबाट पत्रिका लिंदै मैले समाचार पढ्न थालें | उसले भने मेरो प्रतिक्रियाको कुनै वास्ता नै नगरी आफ्नो ब्यागबाट मोबाइल निकालेर कसैलाई फोन गरेकी थिई तुरुन्तै &ldquo;ओई, तैंले थाहा पाईस, लन्डन मेट्रोपोलिटन युनिर्भिसिटीलाइ पनि&nbsp;युकेबिए&nbsp;ले ब्ल्याक लिस्टमा राखेछ&rdquo; निकै हतास मनस्थितिमा देखिएकी थिइ उ त्यो बखत | त्यो भन्दा बढी त म पो आतिएको थिएँ | मैले सोचेको पनि थिइन त्यो केटि नेपालि हो वा त्यति प्रष्टसंग नेपालि बोल्न सक्छे भन्ने कुरा | उसले के बोलि र को संग बोलि भन्दा पनि उसले नेपाली बोलि भन्ने कुरा नै ठुलो थियो मेरो लागि त्यो बखत | &ldquo;सर, योर सिगरेट&rdquo; वेटरले चुरोट ल्याएर टेबलमा राख्यो, &ldquo;एण्ड म्याम हेयर इज योर्स&rdquo; र बाँकी एउटा चुरोट सहितको एस्ट्रे उसको अगाडी छोडेर गयो | मलाइ त्यतिबेला मात्र थाहा भयो कि उसले पनि चुरोट मगाएकी रहिछे, कफी संगै | मैले नजिकै रहेको लाइटर समातें, चुरोट सल्काएँ र एउटा लामो सर्को तानें | उ अझै फोन मा नै थिइ अर्थात उ आफ्नै कुरामा मस्त थिइ, तर निकै आतिएकी जस्ती देखिन्थी | कुरा गर्दै-गर्दा उसले म तिर हेरी पुलुक्क र मुसुक्क हांसी | प्रत्युत्तरमा मुस्काइदिएँ म पनि | हाम्रो अर्डर अर्थात कफी पनि आइपुग्यो | उसको फोन बार्ता पनि सकिएको थियो त्यतिन्जेल | &ldquo;आर यु फ्रम नेपाल?&rdquo; उसले नेपाली बोलेको सुनेरै पनि मैले अंग्रेजीमा प्रश्न गरें | -&nbsp;&nbsp;&nbsp; &ldquo;हजुर, र तपाईं पनि सायद?&rdquo; उसले मेरो प्रश्नको उत्तर संगै आफ्नो पनि प्रश्न राखी, नेपालीमै | -&nbsp;&nbsp;&nbsp; &ldquo;हजुर, म पनि नेपाली नै हुँ, करिब २ बर्ष अघि देखि यहीं छु, अनि तपाईं?&rdquo; मैले आफ्नो बारेमा भनें -&nbsp;&nbsp;&nbsp; &ldquo;ए हो? म त भर्खर १० महिना जति भो आएको&rdquo; हातमा खेलाउँदै गरेको चुरोट आफ्ना दुवै ओठले च्यापेर सल्काउनु भन्दा अगाडी उसले भनि | संगै थपिहाली &ldquo;बाइ द वे, नेपालमा कहाँ हो हजुरको घर?&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;वेस्टर्न नेपाल, पोखरा | एण्ड योर्स?&rdquo; मैले प्रश्न गरें -&nbsp;&nbsp;&nbsp; &ldquo;वाउ !!! नाइस प्लेस पोखरा, एण्ड आइ एम फ्रम नुवाकोट | यु नो व्हेयर इट इज?&rdquo; उसले आफ्नो बारेमा भन्दै गर्दा मेरो जन्मठाउँको पनि प्रसंशा गर्न भ्याइसकेकी थिई र संगै मलाइ सोधेकी थिइ आफ्नो जन्मथलोको बारेमा पनि | चुरोट तान्दै गर्दा उसलाई नियालिरहेको थिएँ मैले | सिकारु नै रहिछे क्यारे, चुरोटको धुवाँ भित्र निल्नु सट्टा केहीबेर मुखमै राखेर फुर्र फाल्दीरहिछे ओंठबाट, मुख अलिक बंग्याएर | उसलाई चुरोट तान्दै गरेको त्यति सुहाएको जस्तो लागेन तरपनि केहि बोलिन म | चुरोट को कुनै प्रसंग नै ननिकाली मैले आफुलाइ थाहा भएसम्मको कुरा भनेको थिएँ उसलाई उसको जन्मथलोको बारेमा | पोखरा पनि पुगेकी रहिछे १-२ पटक त्यसैले धेरैथोरै जानकारी राख्दि रहिछे पोखराको बारेमा पनि | लगभग आधा घण्टा जतिको बसाइमा धेरै कुरा गर्न भ्याएका थियौं हामीले त्यो दिन | नुवाकोट पुर्ख्यौली घर भएपनि परिवार अर्थात बुबा आमा र एउटा भाइ काठमाडौँमा रहेछन, मध्यम बर्गको परिवार | काठमाडौँको नाम चलेको व्यापारिक घराना अन्तर्गतको कुनै एउटा विभागमा काम गर्ने रहेछन उसको बाबुले र त्यसैको बलबुतामा काठमाडौँमा टिकिरहेका रहेछन उनीहरु | लाजिम्पाटस्थित प्रख्यात कलेजबाट &ldquo;ए लेभल&rdquo; पास गरेर उच्चशिक्षाको लागि १० महिना अघि अस्ट्रेलिया उडेकी रहिछे बिचरी | भन्दैथिई मैले सोचेको जस्तो सजिलो रहेनछ अस्ट्रेलिया र सुनेको जति रमाइलो पनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;वाई द वे, आइ एम कोहिनूर, कोहिनूर शर्मा&rdquo; पिउँदै गरेको कफिको कप टेबलमा राख्ने बित्तिकै उठेर म तिर हात बढाउँदै भनेकी थिई उसले | -&nbsp;&nbsp;&nbsp; &ldquo;शास्वत, शास्वत सुबेदी&rdquo; उसले म तिर बढाइरहेको हात दह्रोसंग समाउँदै भनेको थिएँ मैले | -&nbsp;&nbsp;&nbsp; &ldquo;ओह एस, बट आइ ह्याब टु गो नाउ, नाइस टु मीट यु, होप टु सी यु अगेन&rdquo; यति भनिसकेर मैले केहि भन्नु भन्दा अगाडी नै आफ्नो ब्याग उठाएर सरासर हिंडेकी थिई उ | कोहिनूर संगको मेरो पहिलो भेट त्यतिमै सकिएको थियो | अस्ट्रेलिया जस्तो सम्पन्न देश अनि त्यहींको एउटा अत्यन्तै व्यस्त शहर, कसलाई पो फुर्सद हुन्थ्यो होला र यो परदेशमा अरु कसैको बारेमा सोचिरहने ? कहीं कतै बाटोमा कोहि भेटियो र छुट्यो भने उ छुट्यो जहाँको त्यहीं नै, कसैलाई फुर्सद हुँदैनथ्यो सम्झिरहने उसलाई | मैले पनि बिर्सिसकेको थिएँ कोहिनूरलाइ | जुनदिन उ म संग भेटिएर छुटीई त्यहि दिनदेखि नै मैले बिर्सिसकेको थिएँ उसलाई | बिहान देखि साँझ सम्म आफ्नै लागि सोच्ने फुर्सद त नहुने गरि ब्यस्त भइने यो देशमा कसरि अरु कसैलाई सम्झीरहनु ? -&nbsp;&nbsp;&nbsp; &ldquo;हेल्लो, हाउ आर यु?&rdquo; करिब एक साता जति पछिको एक साँझ फेरी त्यहि कफी शपमा झुल्किएकी&nbsp;थिई उ | टाढैबाट मलाई देख्नासाथ हात हल्लाउँदै आएकी थिई म भएकै टेबलमा र पहिलेझैं कफी र चुरोट नै मगाएकी थिई त्यो दिन पनि पहिलेको जस्तै | लाग्थ्यो उ पनि म जस्तै कफी को पारखी नै थिइ | र चुरोट? त्यो भने उसैलाई थाहा होला | -&nbsp;&nbsp;&nbsp; &ldquo;सो, हाउ ह्याब यु बिन?&rdquo; उ आउनु भन्दा अगाडी नै ल्याइराखेको चुरोटको बट्टा उ तिर तेर्स्याउँदै भनेको थिएँ मैले | &ldquo;क्वाइट गुड, एण्ड यु?&rdquo; मेरो हातको बट्टाबाट एक खिल्ली चुरोट लिएर सल्काउँदै भनि | त्यो दिन सायद उ फ्री नै थिइ र फ्रेश पनि | पहिलोपटक भेटेको भन्दा अझै राम्री देखिएकी थिई उ त्यसदिन | लिभाइज जिन्सको कालो टाइट पेन्ट र होलिस्टर ब्रान्डको टिपीक्क टाँसिएको सेतो टि-शर्टमा निकै कामुक देखिएकी थिई | त्यो साँझ अलि लामै समय बितायौं हामीले त्यहि कफी शपमा | आ-आफ्नै कथा र ब्यथा बोकेर विभिन्न बहानामा परदेशिएका हामि, त्यो पनि एउटा यस्तो देशमा जहाँ कुनै भारतीय अथवा पाकिस्तानी भेटिंदा त कताकता अपनत्व जाग्थ्यो भने उ त झन नेपालि नै थिई अनि कसरि नबढोस अपनत्व ? आफ्नो देशभन्दा टाढा रहेर पनि निकै राम्रो नेटवर्क बनाउन सफल भएकी जस्तो लाग्ने गरि उसको फोन प्रत्येक १५-२० मिनटमा बजिरहन्थ्यो, कुनै व्यापारीको जस्तै | कुनै न कुनै बहानामा उम्किरहन्थी उ प्रत्येक फोनहरु बाट | धेरैसँग झुटो बोलि | भनिरहेकी थिइ कि उ अत्यन्तै बिजी छे आज भ्याउँदिन कसैलाई पनि समय दिन | एउटा महत्वपूर्ण कुरा उसको बारेमा, &lsquo;खुला बिचार भएकी र स्वतन्त्र रहन चाहने&rsquo; युबती भन्नु कि के त्यो मलाइ थाहा छैन | तर हाम्रो समाजमा अलि असभ्य नै मानिने &ldquo;फक&rdquo; &ldquo;यास&rdquo; जस्ता शब्दहरु उसका हरेक वाक्यमा जोडिएका थिए फोनमा कुरा गरिरहँदा त्यो पनि अलिक अस्वाभाबिक र आवश्यकता भन्दा बढी | यस्तो लाग्थ्यो कि उ त्यहि समाजमा जन्मेर हुर्केकी एक्काइसौं शताब्दीकी युबती थिई र उसको लागि &ldquo;फक यु&rdquo;, &ldquo;फक मी&rdquo; र &ldquo;ब्लडी बिच&rdquo; जस्ता शब्दहरु सामान्य हुन | तर उसको बास्तबिकता त मलाइ मात्र न थाहा थियो कि उ एउटा गरिब देश नेपालकी सामान्य परिवारमा जन्मेर हुर्केकी युबती थिई र अहिले देशभन्दा निकै टाढाको कुनै क्याफेमा बसेर तातो कफी र चुरोट पिउँदै थिइ निश्फिक्रिसंग | &ldquo;कफी कफी&rdquo; नामक त्यो कफी शप मेरो अत्यन्त प्यारो ठाउँ मध्येको एक थियो र म त्यहाँको नियमित ग्राहक | नियमित यस मानेमा कि म सम्भव भएसम्म हरेक दिन जस्तो पुग्ने गर्थें त्यहाँ | किन किन रमालो लाग्थ्यो त्यो ठाउँ मलाइ, अनि अत्यन्तै मिठो लाग्दथ्यो त्यहाको कफी | म त्यहाँ बसेर कफी पिउँदै दरबारमार्गको कुनै एउटा कफि शपको कल्पना गर्न सक्थें र रमाउन सक्थें लगभग उस्तै बाटो र त्यहाँ गुड्ने सवारी हेरेर | सबैभन्दा रमाइलो त अझै त्यो बेला लाग्थ्यो जब म हातमा चुरोटको खिल्ली समातेर मिठो सुगन्ध सहित तातो बाफ उडेको कफी पिउँदै कुनै नाम चलेको लेखक को उपन्यास पढ्ने गर्थें | मलाइ साँच्चिकै दरबारमार्गको झझल्को मेटाइदिएको थियो त्यो कफी शपले, त्यहाँ र दरबारमार्गमा फरक थियो त त्यहाँका घरहरुको बनावटमा थियो, सडकमा गुड्ने सवारीहरुमा थियो र सबैभन्दा ठुलो फरक त साँच्चिकै यो दरबारमार्ग थिएन | मेरो त्यहि दैनिकि मध्येको एक साँझ र त्यो साँझलाई अझै मादक बनाइदिएको थियो उसको त्यो उपस्थितिले | घाम डुब्दै गरेको साँझको समय, चुरोट, म, कफी अनि उ, अर्थात कोहिनूर र अझै मैले पढिरहेको अंग्रेजी उपन्यास &ldquo;इट, प्रे, लभ&rdquo; | साँच्चिकै समय कहिलेकाहीं नसोचेरै सपना जस्तै बनिदिन्छ | मैले भर्खरै किशोरावस्थामा प्रवेश गर्दाताका देख्ने सपनाहरु मध्येको एउटा सपना | जस्तो कि कुनै पनि डर त्रास बिनाको बाताबरण, संगै एउटी राम्री युबती अनि म र मलाइ अत्यन्तै मन पर्ने चिज, कफी | चुरोट त मैले निकै पछी सुरु गरेको थिएँ, त्यतिबेला नै मैले चुरोट पिउने गर्दो हुँ त चुरोट पनि थपिने थियो सायद मैले देख्ने गरेको सपनाहरुमा | एउटा भनाइ छ नि सपना नै नदेख्नु भन्दा सपना देख्ने गरेको राम्रो हो | सायद भन्नेहरु गलत थिएनन र त मैले आफुले देख्ने गरेको सपना आज बिपना भएको थियो | त्यो दिन हामीबीचमा केहि कुराको कमि थियो त हाम्रो सामिप्यता | -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाईं नजिकै बस्नुहुन्छ हो?&rdquo; सायद मलाइ निस्कने हतार नभएको देखेर सोधेकी थिइ उसले | -&nbsp;&nbsp;&nbsp; &ldquo;हजुर, यहीं नजिकै बस्छौं हामि, क्याफे भिक्टोरियाको नजिकै अपोजिट साइडमा छ हाम्रो अपार्टमेन्ट&rdquo;&nbsp;&nbsp;मैले उसको कुराको जवाफ दिंदै सोधेथें &ldquo;अनि तपाईं कहाँ बस्नुहुन्छ त यहाँ ?&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;म पनि नजिकै हो, यहि क्याफेको पछाडिपट्टी, &lsquo;सुजुकी नाइट मार्केट&rsquo; संगै&rdquo; उसले जवाफ दिई | त्यसपछी हामि दुवै ढुक्क संग कुराकानी गर्न थाल्यौं | धेरैजसो समय नेपाल र नेपालीको कुरा गरेर नै बित्यो | जहाँ गएपनि देश कसलाई प्यारो हुँदैन होला र ? माटोको माया कसलाई पो नलाग्दो होला र ? मान्छेहरुले त्यसै भनेका रहेनछन &lsquo;देश कति प्यारो हुन्छ भन्ने बुझ्न देश छोडेर बिदेशिनु पर्छ&rsquo; भनेर | राजनीति, ब्यापार, ब्यबसाय र अन्ततः बिदेशिनुपर्दाको पीडा सबै, सबै कुरा हरु गर्न भ्याएका थियौं हामीले | -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाईं वाइन लिनुहुन्छ नि ?&rdquo; नजिकैको टेबलमा अर्डर लिंदै गरेको वेटरलाई इशारा गरेर बोलाउँदै सोधेकी थिई उसले मलाइ | -&nbsp;&nbsp;&nbsp; &ldquo;यदि तपाईं चाहनुहुन्छ भनें&rdquo; मैले कुटनीतिक जवाफ फर्काएको थिएँ उसलाई | वेटरलाई एउटा फ्रेन्च रेड वाइन र एक सेट स्ट्रोंग चिज अर्डर गरिसकेपछि एउटा चुरोट सल्काउँदै सोधेकी थिइ उसले &ldquo;साँच्ची तपाइँ पढ्नुको अलावा अरु पनि त केहि गर्नुहुन्छ होला?&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;हजुर म काम पनि गर्दै छु एउटा पाकिस्तानीको स्टोरमा तर अब शिफ्ट गर्ने कि भनेर सोच्दै छु त्योपनि&rdquo; मैले आफुले गर्ने कामको साथसाथै भविष्यको योजना पनि सुनाएथें उसलाई एकैपटक र सोधेथें उसको बारेमा &ldquo;अनि तपाईं के गर्दै हुनुहुन्छ त?&rdquo; &ldquo;सर, हेयर इज योर अर्डर&rdquo; वेटरले भङ्ग गराईदिएको थियो हामीबीचको कुराकानीलाई | वेटरले वाइनको बोतल खोलेर ग्लास मा राखिदिएर गयो | मैले फेरी एउटा चुरोट सल्काएं, वाइनको ग्लास उठाएँ अनि उसको हातमा रहेको ग्लासमा मेरो हातको ग्लास ठोक्दै भनें &ldquo;चियर्स !!! फर यु एण्ड आवर फ्रेन्डशिप&rdquo; | &ldquo;यु टू एण्ड होप दिस फ्रेन्डशिप विल रिमेन फरेभर&rdquo; उसले भनि र बिस्तारै वाइनको गिलासलाई आफ्ना गुलाबी ओठको आड लगाउँदै एक घुट्की घुटुक्क पारि | &lt;p style=&quot;border-bottom: 0px; text-align: justify; border-left: 0px; padding-bottom: 0px; widows: 2; text-transform: none; ba <div style=

Rudramati · Oct 4, 2012 12:12 PM · 26,861 views

17 Replies

&nbsp;&ldquo;एक्स्युज मी ! सरि आइ ह्याब टु गो, इट्स एन अर्जेन्ट&rdquo; टेबलमा रहेको उसको मोबाइल बज्नासाथ&nbsp;यति भन्दै बजिरहेको फोन हातमा समातेर निस्किई उ | बिनाकुनै औपचारिक बिदाइ अनि पिउँदापिउँदै छाडेर बाहिरिनुपरेकोमा कुनै क्षमा पनि नमागी सरासर उ त्यो क्याफेबाट निस्किएर बाटो काटी | म अवाक उसैलाई हेरिरहेको थिएँ, बाटो पारि पुगेर एकपटक म भए तिर हेरी, एकपटक &lsquo;बाइ&rsquo; भनेको शैलीमा हात हल्लाई अनि सरासर आफ्नो बाटो लागि | मैले केहि सोच्ने सकिन कि के भयो र किन उठेर हिंडी उ ? आँखाबाट ओझेल नपरुन्जेल हेरिरहें उ गएको बाटोतिर नै, टाढा पुगेर उ कतै भिडमा हराएपछि बल्ल आफ्नो टेबलमा हेरें | उसले पिउँदै गरेको चुरोट समेत ननिभाई एस्ट्रेमा राखेर छोडेकी रहिछ | त्यहि चुरोटबाट अझैपनि धुवाँ उडीहेको थियो&hellip; आकाशतिर |

Rudramati · Oct 4, 2012 12:15 PM

भाग २ अनायास उ उठेर गएपछिका धेरै दिनहरु लगातार गइरहें म त्यो क्याफेमा | हुनत उ आउनु अनि जानु दुवै आकस्मिक नै हुन्थे तैपनि हरेक साँझ म उसलाई कुरिरहन्थें | कहीं कतै आश लागिरहन्थ्यो हरेक पटक कि आज उ आउँछे, अवस्य | हरेक साँझ ढिलो सम्म त्यहि क्याफेमा बसेर चुरोट पिउँदै कफी र किताबमा हराउन झनै अभ्यस्त हुन थालें म | रमाउँदै जान थालें त्यहि दैनिकीमा | अनि त्यो क्याफे जोडिन आइपुग्यो मेरो दैनिकीमा सहज रुपमा | भर्खर पढ्ने काम केहि समयको लागी सकाएको म अनि शहरमा भनेजति काम पनि नभेटाएको अवस्था | त्यो क्याफे मेरो लागि बरदान साबित भएको थियो | बिहानै उठेर काममा गयो, फर्केर कोठामा आयो, फ्रेश भयो अनि एउटा किताब र ल्यापटप बोकेर लाग्यो त्यहि क्याफे तिर | कम्तिमा दिनको एक देखि बढीमा तिन चार घण्टा सम्म बिताउन थालेको थिएँ मैले त्यहाँ | त्यहीं नै बसेर धेरै प्रयास गरेको थिएँ मैले कोहिनूर को बारेमा जानकारी बटुल्ने | फेसबुक, ट्विटर देखि याहू, हाई-फाइभ र अन्य कयौं सोसल मिडिया र नेटवर्किंग साइटहरु चाहारेको थिएँ उसको खोजीमा | तर अहँ, उसको फोटो फेक थियो या म संग भनिएको नाम, कतै पनि &ldquo;कोहिनुर&rdquo; नामको फोटोमा मैले देखेकी, मैले भेटेकी कोहिनूरको फोटो थिएन | अचम्म लाग्थ्यो सोचेर कि एउटी सामान्य युबती जसलाई म राम्रो संग चिन्दिन तर उसैको प्रतिक्षामा हुन्छु हरेक दिन | सम्भवतः प्रेम यसै गरि हुन्थ्यो सबैको अनि म पनि त्यहि प्रेममा फसेको थिएँ सायद, कोहिनूर संग | &lsquo;अहँ होइन म प्रेममा पर्नै सक्दिन कसैसंग पनि&rsquo; सोच्थें कहिलेकाहीं, अनि फेरी पटक पटक आफ्नै मनले &lsquo;तँ प्रेममा परेको छैनस अझैसम्म&rsquo; भनेर ढाडस दिइरहन्थ्यो पनि | भनिन्छ नि &ldquo;अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ&rdquo; हो म पनि तर्सिन्थे त्यसैगरी तर बिजुलिसंग होइन, युबतीहरूको निकटता सँग | तर फेरी कोहिनूर? अनि उसको निकटता? किन एक्लो महसुस गर्दै थिएँ उ बिना? आखिर उसलाई राम्रोसंग चिनेको पनि त थिइन, न फेरी कुनै सामिप्यता नै थियो हामीबीच तरपनि त्यो भिडमा उसलाई खोजिरहनुको उदेश्य? उ आउँछे कि भन्ने आशमा त्यो क्याफे कुरिरहनुको औचित्य? सायद मेरो कुराई औचित्यहीन थियो र खोजि उदेश्यबिहिन | र फेरी एकसाँझ उ आई | पहिले जस्तै अनायास अनि टाढैबाट &ldquo;हेल्लो&rdquo; भनेर हात हल्लाउँदै | एक्कासी उसलाई देखेर अचम्मित भएको थिएँ म | होइन, आतिएको थिएँ सायद | किनकिन त्यो साँझ त्यति रमाइलो लागेन मलाइ उसको साथ, सायद उसलाई भेट्नुभन्दा उ आउँछे भनेर कुर्नुमा नै धेरै मजा थियो | अनि त्यहि मजा लिन बानि परेको म | त्यसैले हुनसक्छ त्यो साँझ उसको साथ पनि अलिक खल्लो खल्लो लागेको मलाइ | तरपनि औपचारिकताको कुरा थियो, म रमेको जस्तै गरेको थिएँ उसको साथमा | -&nbsp;&nbsp;&nbsp; &ldquo;किन आज अलि मुड ठिक छैन जस्तो छ नि? बिरामी त पर्नुभएन कतै?&rdquo; उसले कतिन मेरो स्वास्थ्यको ख्याल राख्ने जस्तै गरेर भनि | &ldquo;तैंले बिरामी जस्तै बनाएर गइस अनि फेरी बिरामी त परिनस भनेर चेप्रा पार्छेस?&rdquo; भनेर भन्न मन थियो तर भित्रभित्र दबाएँ र भनें; -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, ठिक छु | आज अलि बढी थाकेको छु त्यसैले होला&rdquo; मैले उसको आँखामा छारो हालें | -&nbsp;&nbsp;&nbsp; &ldquo;एक कप स्ट्रोंग कफी खानुस न, थकाइ गायब&rdquo; दायाँ हातको बुढी औंला र माहिली औंला जोडेर प्याट्ट पड्काउँदै भनेकी थिइ उसले | त्यो दिन निकै चन्चले देखिएकी थिई उ केटाकेटी जस्तै, अनि मायालु पनि, च्याप्प समातेर म्वाइँ खाइदिउँ जस्ती | -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाईं सधैं आउनुहुन्छ है यहाँ?&rdquo; उसले सोधी -&nbsp;&nbsp;&nbsp; &ldquo;मिलेसम्म&rdquo; मैले छोटो जवाफ दिएँ | -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाइंलाई थाहा छ? म आज तपाइंलाई नै भेट्छु कि भनेर छिरेकी यहाँ?&rdquo; उसले भनि | &ldquo;तँ आज मात्र छिरिस भेट्छु कि भनेर म दिनहुँ कुर्दैछु तँलाई, त्यहि आशमा&rdquo; भन्नै लागेको थिएँ, रोकिएँ | अनि भनें; -&nbsp;&nbsp;&nbsp; &ldquo;धन्यबाद, अनि किन नि त्यस्तो भेट्न मन लागेको? केहि बिशेष?&rdquo; मैले प्रश्न गरें | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, त्यतिकै | यु नो व्हाट, रियल्ली आइ लाइक्ड योर कम्पनि, द्याट्स व्हाइ&rdquo; उसले मलाइ खोज्दै त्यो क्याफे पस्नुको कारण बताई | &ldquo;एक्स्युज मी ! क्यान आइ ह्याब अ स्ट्रोंग कफी एण्ड सम सिगरेटस?&rdquo; उसले नजिकैको टेबलमा रहेको वेटरलाई अर्डर गरि अनि म तिर फर्केर भनि &ldquo;तपाईं के लिने? आज म पे गर्छु&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;एज यु विस ! तपाइंले पे गर्ने तपाइंले नै अर्डर गर्नुस तर सिगरेट नछुटाउनुहोला&rdquo; मैले भने -&nbsp;&nbsp;&nbsp; &ldquo;आई नो द्याट एण्ड डन्ट वरी, आइ विल प्रोभाइड यु&rdquo; उसले अंग्रेजीमा नै भनि | उसको हाउभाउ हेर्दा लाग्थ्यो कि उ निकै ट्यालेन्ट केटि हो | क्षमतावान अनि आफ्नै एउटा उदेश्य बोकेकी, दृढसंकल्पित | -&nbsp;&nbsp;&nbsp; &ldquo;क्यान यु प्लिज गिभ मी योर नम्बर?&rdquo; वेटरले भर्खरै ल्याएर टेबलमा राखिदिएको बट्टाबाट एक खिल्ली चुरोट सल्काउँदै मैले भनें | उ वेटर संगै बोलिरहेकी थिइ, सायद मेरो लागि अर्डर गर्दै थिई | -&nbsp;&nbsp;&nbsp; &ldquo;सरि, व्हाट डिड यु से?&rdquo; वेटर जाने बित्तिकै म तिर फर्केर सोधी उसले -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाईंको नम्बर माग्दै थिएँ&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;ओह, स्योर, क्यान यु प्लिज नोट इट, मेरो फोन अफ छ आज अनि तपाईंको पनि लेखिदिनुहोला&rdquo; उसले भनि लगत्तै आफ्नो नम्बर भन्न थालि &ldquo;०४१६५०****&rdquo; मैले उसको नम्बर नोट गरें आफ्नो डायरीमा अनि आफ्नो पनि लेखेर दिएँ एउटा सानो कागजको टुक्रामा | -&nbsp;&nbsp;&nbsp; &ldquo;म एउटा कुरा भनुँ?&rdquo; मैले उसको नम्बर टिप्दै गर्दा नजिकैको चुरोटको बट्टाबाट एउटा चुरोट निकालेर सल्काउँदै भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;एउटा किन १० वटा भन्नुस&rdquo; मैले हाँस्दै भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;नाइँ म एउटा मात्र भन्छु त्यति मात्र मान्नुस अहिलेलाई&rdquo; उसले भनि -&nbsp;&nbsp;&nbsp; &ldquo;पहिला के कुरा हो भन्नु पनि त पर्यो नि?&rdquo; मैले प्रश्न गरें -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाईं मलाइ तिमि भन्नुस&rdquo; उसले भनि -&nbsp;&nbsp;&nbsp; &ldquo;तर&hellip;?&rdquo; म अक्मकिएँ | -&nbsp;&nbsp;&nbsp; &ldquo;तर सर होइन, खुरुक्क तिमि भन्ने अब मलाइ&rdquo; उसले आफ्नै मान्छे जस्तो गरेर हक जताई | -&nbsp;&nbsp;&nbsp; &ldquo;ओके&rdquo; मैले यतिमात्र भनें | तरपनि यस्तो लाग्दै थियो कि म अझै पनि खुल्न सकिरहेको थिइन त्यो दिन | &ldquo;आज कतै जाउँ न हिड्दै, सधैं यहि क्याफेमा मात्रै कति बसिरहनु?&rdquo; उसले मेरो उदासीलाई बुझेर हो वा रमाइलो गर्ने मन भएर हो अनायास भनेकी थिई अनि हामि निस्केका थियौं त्यो क्याफेबाट | किनकिन मैले हरेक भेटमा झन झन राम्री पाउँदै गएको थिएँ उसलाई | त्यो दिन पनि उसले लगाएको कपडा, आहा कति सुहाएको उसलाई? म भित्रभित्रै दिग्भ्रमित भैरहेको थिएँ सायद | उसैलाई पो मन पराउन थालेको जस्तो, उसैसंग बिहे गरेर घरजम नै गरिहालुँ कि जस्तो | सेतो बुट्टेदार कुर्तामा सजिएकी उ त्यो दिन पक्का नेपालि देखिएकी थिई | सफा, राम्री अनि निष्कलंकित अनुहार | भनिहालें नि च्याप्प समातेर म्वाइँ खाइदिउँ जस्ती | हिड्दै गर्दा फेरी त्यहि समय याद आयो | एउटा त्यस्तो समय जुन जीवनको अनन्त कालसम्म रहनेछ ताजै | धेरैजसो मान्छेको जीवनमा दुइपटक आउँछ रे त्यस्तो समय | एउटा आफ्नै बालापन अनि अर्को पहिलोपटक सन्तान जन्मिन्दाको क्षण हो रे, सन्तानको बालापन होला सायद | तर म भाग्यमानि कि अभागी? मेरो जीवनमा दोश्रोपटक त आइसक्यो त्यस्तो समय, तनाबपूर्ण अनि अनन्तकालसम्म रहिरहने सम्झनामा ताजै भएर | सन्तान जन्मिने बेलाको तेस्रो होला सायद अब | एउटा समय थियो, जबर्दस्त खालको अनि मनमा आँट पनि, कि मैले चाहें भने संसार जित्नसक्छु | तर आफैंले चाहेको जस्तो कहाँ हुँदोरहेछ र जिन्दगी? बिस्तारै बास्तबिकता छर्लंग हुँदै गयो अनि भत्किँदै गयो सपनाको संसार पनि | समय संगै ब्याबहारिकताले पनि पेल्दै जाँदा आफ्ना सबै-सबै सपनाहरु आफ्नै अगाडी लमतन्न पसारिएको बेला तिनै सपनाहरुलाई कुल्चिदै हिड्नु सोचेभन्दा निकै दर्दनाक हुँदोरहेछ | धेरै, धेरैपटक रोएको छु छु हिजोआज म जीवनमा | तर पहिलोपटक? म अझै सम्झन्छु त्यो साँझ, सायद मेरो आफ्नै जन्मदिन थियो र म उसैको फोन वा मेसेजको प्रतिक्षामा थिएँ | राति २ बजे मात्र फोन गरेकी थिइ उसले अनि भनेकी थिई &ldquo;तेरो जन्मदिनमा तँलाई ठुलो गिफ्ट दिंदैछु&rdquo; म खुसीले झन्डै पागल भएको थिएँ त्यो क्षण | तर उसको स्वर रुँदा रुँदा थाकेजस्तो थियो, मलिनो | -&nbsp;&nbsp;&nbsp; &ldquo;के भो?&rdquo; मैले खुसि हुँदै सोधेथें अनि भनेथें &ldquo;छिटो भन न के हो त्यो गिफ्ट?&rdquo; लामोसमय सम्म बोलिन उ अनि बिस्तारै सुँक्कसुँक्क गर्दै भनेकी थिइ उसले; -&nbsp;&nbsp;&nbsp; &ldquo;फरगिभ मी प्लिज ! आइ डन्ट वान्ट टु किप यु इन डार्क | प्लिज फरगिभ मी &rdquo; निकै भक्कानिएर रोएकी थिई उ | अगाडी भनेकी थिई &ldquo;आइ लभ यु एण्ड विल लभ यु फरेभर, यु विल बि प्रिसियस फर मी&rdquo; म उसको कुरा सुनेर अवाक बनेको थिएँ | मैले बोल्ने शब्दहरु नै भेटिरहेको थिईन | मेरो शब्दकोश रित्तिएको थियो त्यो बेला | -&nbsp;&nbsp;&nbsp; &ldquo;के भो पहिले भन त सहि?&rdquo; मैले रिसाएको जस्तो गरेर भनेथें | -&nbsp;&nbsp;&nbsp; &ldquo;आइ नो यु विल हेट मी, बट आइ कुड्नट कीप माइ भर्जिनिटी फर यु, आइ एम नो मोर अ भर्जिन, एण्ड आइ डन्ट वान्ट यु टु म्यारी अ क्यारेक्टरलेस गर्ल लाइक मी बिकज आइ लभ यु एण्ड विल लभ यु फरेभर&rdquo; यति भन्नासाथ उसको फोन काटिएको थियो र संगै हाम्रो सम्बन्ध पनि | त्यसपछी पनि लाख प्रयास गरेको थिएँ मैले उ सँग सम्पर्क गर्ने तर सबै असफल | त्यो दिन मैले अनुभूत गरेको थिएँ पहिलोपटक कि दुरी संगै सम्बन्धहरु पनि टाढिदै जाँदारहेछन, चुडीदै जाँदारहेछन विश्वासका त्यान्द्राहरु र सकिंदा रहेछन सम्बन्धहरु अनायास, नचाहँदा नचाहँदै | र त्यसपछि हामि बिछोडीयौं अनि भेटिएनौं कहिलेपनि | उसले मलाई भनेका ती शब्दहरु पनि रहस्यकै गर्भमा रहे | ति शब्दहरु साँचो थियो या झुट त्यो उसैलाई थाहा होला तर मैले त्यसैलाई साँचो मानेँ किनभने म उसलाई बिश्वास गर्थें अनि मायाँ पनि | त्यो रात म सायद पहिलोपटक रोएको थिएँ | रुन त म धेरै रोएँ त्यसपछी तर त्यो भन्दा अगाडी सायद सानैमा रोएँ हुँला आमाको दुध खान नपाउँदा, चकचक गरेर हैरान पारेको बेला बाबाले हात बाँधेर पिटेको बेला अनि कतै बजार तिर जाँदा आफुले किनिदेउ भनेर झगडा गरेको कुरा बाबाआमाले नाकिनिदिएको बेला | तर त्यो दिन म ज्यादै भक्कानिएर रोएको थिएँ | भित्रै देखि मन हुँडलीएर आएको थियो अनि आँशुको मूल फुटेको थियो नयनहरुमा | कसैले भनेको सुनेथें &ldquo;कसम खानु भनेकै तोड्नकै लागि हो&rdquo; | हो रहेछ क्यारे, त्यसपछी मैले आफैंले खाएका धेरै कसम तोडें, बाचाहरु त कति कति? कहिलेकाहीं आफ्नै सम्बन्धहरुको बारेमा सोच्दा लाग्थ्यो कि म मात्र सम्बन्ध जोड्न जन्मेको हुँ, जोडिएका सम्बन्धरु दिगो बनाएर टिकाइराख्न होइन | -&nbsp;&nbsp;&nbsp; &ldquo;आज किन तपाईंको अनुहार फ्रेश देखिएको छैन?&rdquo; हिड्दै गर्दा अचानक मेरो सोचाइको तरङ्गलाई बिथोलेर बाटोमा भेटिएको सानो प्लास्टिकको भाँडोलाई दायाँ खुट्टाले बल जस्तै गरि हिर्काउँदै सोधेकी थिई उसले | -&nbsp;&nbsp;&nbsp; &ldquo;खोइ? किन किन रमाइलो लागिराको छैन आजभोली मलाइ?&rdquo; मैले अब सहज हुने प्रयास गर्दै भनेथें | -&nbsp;&nbsp;&nbsp; &ldquo;के भो? आजभोली रमाइलो लाग्दैन रे?&rdquo; हाँस्दै भन्दै थिइ उसले &ldquo;अनि कहिले काहीं त निकै एक्लो पनि त फिल हुँदो हो?&rdquo; ठ्याक्कै मनको कुरा बुझेजस्तै गरेर भनेकी थिइ उसले | <p style="border-bottom: 0px; text-align: justify; border-left: 0px; padding-bottom: 0px; widows: 2; text-transform: none; background-color: rgb(255,255,255); text-indent: 0p

Rudramati · Oct 4, 2012 12:17 PM

-&nbsp;&nbsp;&nbsp; &ldquo;हुन्छ नि कहिलेकाहीं&rdquo; मैले हाँस्दै भनेको थिएँ तर मन अमिलिएको उसलाई के थाहा? -&nbsp;&nbsp;&nbsp; &ldquo;ए ए, ल हिड्नुस त्यसो भए उ त्यो पुल तिर जाउँ&rdquo; हिड्दै गरेको बाटो छाडेर दायाँ लाग्नुपर्ने लामो पुलतिर इशारा गर्दै उसले भनेकी थिइ -&nbsp;&nbsp;&nbsp; &ldquo;किन?&rdquo; मैले सोधेको थिएँ उ सँग | -&nbsp;&nbsp;&nbsp; &ldquo;किन नि अब? म देखाइदिन्छु नि हजुरलाई हाम्फाल्ने ठाउँ त्यहाँ पुगेपछि&rdquo; भन्दै खित्का छाडेर हाँसेकी थिई उ | उ अर्थात कोहिनूर&hellip;

Rudramati · Oct 4, 2012 12:17 PM

भाग ३ निकै बेर घुमघाम र रमाइलो पछी साँझ अबेर गरेर आइपुगेको थिएँ म त्यो दिन अपार्टमेन्टमा, साथीहरु सबै सुतिसकेका थिए | त्यो दिन पहिलोपटक उसको फोन नम्बर पाएको थिएँ मैले, रुममा छिर्नासाथ &ldquo;म आइपुगें&rdquo; भनेर मेसेज गरें मैले, कोहिनूरलाई | &ldquo;धन्न पुग्नुभएछ&rdquo; उसले रिप्लाई गरि, जिस्किँदै जिस्किँदै मेसेज गर्दै रह्यौं निकैबेरसम्म | उ संग मेसेज गर्दै गर्दा अतित बल्झियो नराम्रोसंग, बितेका पलहरु ताजै भएर आए स्मृतिमा&nbsp;|&nbsp;लगभग बिस्मृतप्रायः भैसकेका अतितका पलहरु सम्झिंदै गर्दा निकै जतनले राखेको पुरानो डायरी याद आयो | बस्तु र समय पो पुरानिंदै जाँदो रहेछ, तर याद जति पुरानो भयो त्यतिनै गाढा बन्दो रहेछ र तिनै गाढा याद हरुको संग्रह थियो त्यो डायरी | पुरानो थियो तरपनि अत्यन्तै प्यारो थियो मेरो लागि&nbsp;|&nbsp;मेरो स्मृतिमा धुमिल भैसकेका घटनाहरु ताजै थिए त्यो डायरीका पानाहरुमा | पल्टाएर हेरें | सुरुवाती दिनहरुमा स्तुतीसंग हुने गरेका मोबाइल च्याटको संग्रह नै थियो त्यो डायरी भन्दा पनि हुन्छ | मेरो बानि थियो- कुनै महत्वको केहि कुरा छ भने त्यसको टिपोट तुरुन्त राखिहाल्थें र मलाइ त्यो समयमा स्तुतीको र मेरो सम्बन्ध पनि अत्यन्तै महत्वको लाग्थ्यो, र त उसले गरेका हरेक एसएमएस संग्रहित थिए त्यो डायरीमा | हेर्दै गएँ स्तुतीले अस्ट्रेलिया जानुभन्दा अगाडी पठाएको एउटा मेसेजमा पुगेर टक्क अडिएँ | त्यो समयका हरेक पलहरु झन-झन ताजा बनेर आए |&nbsp;&ldquo;डियर, मलाइ नबिर्सनु अनि धेरै चुरोट पनि नखानु | मलाइ थाहा छ हजुर धेरै खर्च गर्नुहुन्छ, केहि त बचत गर्नुस बाबा, पछी काम लाग्छ, अनि अर्को कुरा छिट्टै अस्ट्रेलिया आउनु, म त्यहाँ कुरिरहेकी हुनेछु तपाइंलाई |&rdquo;&nbsp;फेरी एकपटक त्यहि मेसेज पढें | आँखाबाट एक थोपा आँशु तप्प चुहिएर डायरीमा पर्यो | नजिकै रहेको टावेलले डायरीमा परेको आँशु पुछें | किचनमा गएँ, एक गिलास चिसो पानि पिएँ | कोठामा फर्किएर सिरानी नजिकैको टेबलमा रहेको बट्टाबाट एक खिल्ली चुरोट निकालेर सल्काएं र बाहिर बरन्डामा निस्किएँ | रात निकै बितिसकेको थियो, तल सडक किनारका ल्याम्प पोस्ट र गुडिरहेका सवारीहरूको बत्तीले झलमल्ल थियो चारैतिर | अनि त्यहि समयमा बेचैन मन लिएर आफ्नो देश भन्दा निकै टाढाको कुनै एउटा अपार्टमेन्टको बरन्डामा चुरोट पिउँदै थिएँ म | अनि त्यहि पुरानो डायरीका हरेक पानाहरुमा झन्डै मेटीइसकेको हाम्रो सम्बन्धको अस्तित्व खोज्दै थिएँ | जति जति डायरीका पानाहरु पल्टाउँदै जान्थें त्यतिनै गाढा भईदिन्थे अतितका यादहरु,&nbsp;अनि रोपिन्थे मुटुमा तिखो शूल बनेर | जिन्दगीको एउटा अध्याय फेरी सुरु भएथ्यो त्यो बेला,&nbsp;भलै स्मृतिमा नै किन नहोस | बिर्सिएका धेरै घटनाहरु फेरी एकपटक ताजा भएर आए मेरो मानसपटलमा | पानाहरु पल्टिंदै जांदा फेरी एउटा पुरानो पत्रमा पुगेर अल्झिए आँखाहरु, त्यो अन्तिम पत्र थियो मैले स्तुतीको लागि लेखेको, जसलाई मैले मायाले &ldquo;कालु&rdquo; भनेर सम्बोधन गर्ने गर्थें | करिब आठ दश वर्ष पहिले लेखिएको त्यो पत्रको व्यहोरा थियो- प्रिय कालु, बाहिर उज्यालो छ, सडकमा गाडीहरु गुडिरहेका छन्, नानाथरी गानाहरु बजिरहेका छन् यत्रतत्र | डान्स, डिस्को, क्लब अनि के-के, के-के? भिडभाड छ जताततै | तिमीलाई थाहा छ ? यो यस्तो शहर हो जहाँ तिमीजस्ता युबतीहरुको किनबेच हुन्छ | मोलमोलाई हुन्छ यौबनको, अनि सुन्दरताको | यहाँ प्रेमको कुनै अर्थ छैन, त्याग अनि समर्पणको कुनै मोल छैन, छ त केवल उन्मादको मोल छ, जवानीको भाउ छ | हरेक सुन्दर युबतिको छुट्टै मोल तोकिएको छ अनि तिमीलाई स्वतन्त्रता छ आफुले चाहेकी युबतिको मोल तिरेर भोग्ने, उसलाई | हो यहाँ केवल भोक व्याप्त छ, अनि ब्याप्त छन् जताततै त्यहि भोकलाई पैसामा रुपान्त्तरण गर्न चाहने दलालहरु | तर यो पनि नसम्झ, यो पुरै शहर अनि यहाँका युबतीहरुको मूल्य तोकिएको छ | यहि शहरमा चोखो प्रेम गर्ने युबतीहरु पनि भेटिन्छन, अनि सुम्पिन्छन तिमीलाई आफ्नो सर्वश्व, निशु:ल्क | पैसामा तिनीहरुको प्रेमलाई दाँज्न मिल्दैन, भाउ तोक्न सकिंदैन तिनीहरुको त्याग अनि समर्पणको | हो कालु, यो शहर साँच्चिकै अनौठो छ, तिमि जे खोज्छौ त्यहि भेटिने स्वर्गको सानो टुक्राजस्तो छ शहर | भोक र पीडा खोज्छौ तिमीभने तिमीले कल्पना गर्नै नसक्ने भोक र पीडा पनि भेटिन्छ यो शहरमा अनि यहि शहर, जहाँ तिमिहामी जस्ता मध्यम बर्गकाले सपनामा पनि नदेखेको सम्पन्नता भेटिन्छ | निकै ब्यस्त छ यो शहर, अनि त्यहि व्यस्ततासँग रमिरहेको छ यो भीड पनि | यो भीड अनि यहाँको व्यस्ततामा रमाउनु कसैको रहर होला, अनि कसैका बाध्यता पनि | जे होस् यो भिड हेर्दा लाग्छ कि, लेकसाइड अर्थात यो शहर कहिले सुत्दैन अनि म पनि यो नसुत्दासम्म जागै रहने गर्छु, आजकल | अर्थात म र लेकसाइड अनन्य मित्र भएका छौं | संगै ब्युझंछौं अनि संगै सुस्ताउछौं पनि | माफ गर, तिमीलाई भन्नै बिर्सेछु, आज म लेकसाइडमा छु | एउटा उपक्रमको थालनी गरेको छु मैले हिजोआज, नशा पिएर बिर्सने, तिमीलाई र ति सबै क्षणहरुलाई जो हामीले संगै बिताएका थियौं | अनि त्यहि उपक्रममा म आज यहाँ आइपुगेको छु | यहाँ अर्थात लेकसाइडको त्यहि होटल अनि त्यहि रुम, जहाँ तिम्रो र मेरो पहिलो रात बितेको थियो संगसंगै | जसले हामिबिचको निकटता बढाइदिएको थियो र त हामि अत्यन्तै नजिकिएका थियौं त्यो दिन शारीरिक रुपमा नै | प्रिय कालु, हुनत म शब्दहरुको खेति गर्न जान्दिन तैपनि आज मन नलागी नलागी केहि लेख्दैछु तिम्रो नाउँमा | तिमि छैनौ मन शुन्य-शुन्य भएको छ | निरस लाग्दैछ यो जिन्दगी | हिजोआज धेरै नै कमि महसुस भैरहेको छ तिम्रो | कहिलेकाहीं, म खुसि हुन्छु, अनि कहिलेकाहीं दुखी पनि | त्यस्तै बेला तिमीलाई खोज्छ मनले | तर म न यी खुसिहरु तिमीसंग साट्न सक्छु, न रुन नै सक्छु, भक्कानिएर तिम्रो अंगालोमा | अनि हेरन तिमीलाई भन्नै बिर्सेछु एउटा कुरा &ldquo;आजको मान्छे रहरले बाँच्दैन रे&rdquo; कसैले भनेको सुनेथें | सायद, उ गलत थिएन | र यति बुझ &ldquo;म पनि रहरले बाँचेको छैन | ज्युँदो छु त फगत मर्ने आँट नभएर |&rdquo; अचम्म लागेको होला है तिमीलाई? मेरा बेफ्वाँक अनि बेतर्कका कुराहरु सुनेर | भो पीर नगर, यो नै अन्तिम हुनेछ | तिमीलाई थाहा छ, मान्छे भ्रम पालेर खुसि हुन नसक्ने रहेछ | मैले प्रयास गरेको छु, हजारौं पटक | तिम्रो जन्मदिनको उपहार पछी धेरै पटक रोएको छु म, एक्लै बसेर, एकान्तमा | सबैको अगाडी खुसि भएको नाटक गर्छु, र पनि सफल हुँदिन | हामीले आफुले आफैंलाई जति धोका दिएपनी ऐनाले नदिँदोरहेछ | जब म ऐना अगाडी उभिन्छु नि, देखाइदिन्छ छरपष्ट आफैंलाई कि म कति पीडामा बाँचेको छु | कति चोटहरु संगालेको छु, आफैंभित्र | अहिले रातको १:०० बज्दैछ र पनि सडक सुनसान छैन, सवारीहरु गुडिरहेका छन् | अँध्यारो कतै छैन, चारैतिर उज्यालै उज्यालो छ | म देखिरहेछु, यहाँ केहि अँध्यारो छ भने त्यो आकाश अनि मेरो मन अँध्यारो छ | जो न अँध्यारिएको देख्छ दुनियाले, न उज्यालिएको | अनि फेरी यहि अँध्यारिएको मनमा निराशा थप्न एउटा आवाज आइरहेछ मेरो कानसम्म | अपशकुन, कतै टाढा, कुकुर रोइरहेछ यो मध्यरातमा | सधैं तिम्रो शास्वत पत्र पढिसकेपछि डायरी बन्द गरें | फेरी एउटा अर्को चुरोट सल्काएं र सडकतिर हेरें | यो सडक पनि ठ्याक्कै त्यस्तै लाग्छ, लेकसाइडको जस्तै | अनि यो शहर पनि उस्तै जसलाई सुत्ने कुनै हतार छैन | चुरोट पिउँदै आफ्नै अतित सम्झिँदै गर्दा फेरी त्यहि कुरा याद आउँछ | त्यहि कुरा अर्थात स्तुतीकै कुरा | अनि स्तुती, अर्थात मेरी भूतपुर्ब प्रेमिका | समय राम्रैसंग चल्दै थियो | सबै कुरा ठिकै थियो | बाबा, आमा, इष्टमित्र अनि चारैतिरका साथीभाई सबैसंग राम्रै थिएँ म | सके सबैलाई सहयोग गर्थें, नसके शुभकामना मात्रै भए पनि दिन्थें | कम्तिमा कसैको कुभलो चिताउदैनथें | अनि त्यहि समयमा मेरी एउटी प्रेमिका थिइ, स्तुती | हाम्रो सम्बन्ध सबैलाई थाहा थियो र स्वीकार्य पनि | ब्राह्मण परिवारकी, पढेकी, अनि शुसिल युबती थिई उ | होइन, म शुसिल मान्थें उसलाई | त्यसैले हुनुपर्छ सायद, मैले घरमा उसको कुरा राख्नासाथ एकैपटकमा स्वीकार भएको थियो हाम्रो सम्बन्ध | अनि उसको घरमा पनि त्यस्तै भएको हुनुपर्छ, सायद | जब घरबाट नै सम्बन्धमा कुनै रोकतोक थिएन भने हामी समाज संग डराउने किन? डराएनौं | तरपनि हामीबीच एउटा सिमितता थियो | घेरा बनाएका थियौं हाम्रो सम्बन्धको आफैंले र त्यो घेरा कहिल्यै तोडेनौं पनि | प्रेमी-प्रेमिका बिचको पबित्र सम्बन्ध कायम थियो तर अचानक भूइंचालो गयो मेरो जीवनमा | मेरो बिश्वास गर्ल्यामगुर्लुम ढल्यो अनि तहसनहस भयो मेरो सपनाको संसार | मलाइ &ldquo;अस्ट्रेलिया आइज म कुरेर बस्नेछु&rdquo; भन्दै अन्तिम एसएमएस पठाएर विदेशिएकी उसले विदेशिएको केहि समय पछी अचानक मेरो साथ छोडेकी थिइ अन्तिम पटक फोन गरेर मेरो जन्मदिनको अवसरमा | अझै भन्दै थिइ &ldquo;म तँलाई माया गर्छु र तँ मेरो लागि अत्यन्तै प्रिय छस र रहिरहनेछ्स&rdquo; | मेरो जन्मदिन अर्थात जेष्ठ १९ गते राति २ बजे फोन गरेर भनेकी थिइ उसले मलाइ;&ldquo;आइ नो यु विल हेट मी, बट आइ एम नो मोर अ भर्जिन, एण्ड आइ डन्ट वान्ट यु टु म्यारी अ क्यारेक्टरलेस गर्ल लाइक मी बिकज आइ लभ यु एण्ड विल लभ यु फरेभर&rdquo; त्यहि अन्तिम फोन पछी सकिएको थियो हाम्रो सम्बन्ध | उ कहाँ छ? के गर्दै छ? अनि उसले भनेका कुराहरु सत्य थिए वा थिएनन मैले कहिले खोजिन | थाहा थियो उ अस्ट्रेलियामा छ भनेर तर कहिले पनि उसको खोजि गरिन मैले अनि उसका शब्दहरुको बिश्वश्नियतामा पनि कहिले शंका गरिन | किनभने म उसलाई प्रेम गर्थें र बिश्वास पनि | एउटा दृढ बिश्वास थियो उ प्रति कि उसले मलाइ झुटो बोल्दिन, त्यसैले उसका सबै शब्दहरुलाई निशंकोच स्वीकार गरें मैले | अनि हामि बिछोडीयौं | छुटिनुभन्दा अघि न उसले नै कुनै स्पष्टिकरण दिई, न मैले नै केहि कुरा सोधें | आजसम्मका मेरा जन्मदिनहरुको उपहारहरु मध्येकै सबैभन्दा ठुलो अनि अविष्मरणीय उपहार थियो त्यो | हुनत उसले नै भनेकी थिइ कि &ldquo;म तँलाई तेरो जन्मदिनको अवसरमा निकै ठुलो गिफ्ट दिनेछु&rdquo; र दिई पनि | करिब २ बजेसम्म उसैको फोन वा मेसेजको प्रतीक्षा बसेको म करिब २ बजेतिर उसको फोन आएपछी निकै भक्कानिएको थिएँ | मेरा सपनाहरुमा तुषारापात भएको थियो उसको त्यो फोनले | जीवन जिउने रहरहरु अनायास निमोठिएका थिए | काठमाडौँको मैतिदेवीमा बस्थें म त्यतिबेला | रत्नराज्य क्याम्पसमा स्नातक दोश्रो वर्षमा पढ्दै थिएँ | त्यो रात बाहिरतिर हल्लाखल्ला चलिरहेथ्यो रातभरी, गड्याँगगुडुंग आवाज आइरहेथ्यो कतै टाढा, लाग्दैथ्यो आकाश खस्दैछ अब, केहीछिनमा नै यहीं काठमाडौँमा | एम्बुलेन्सको आवाज, पुलिसको साइरन अनि नानाथरि गल्यांगमल्यांग आवाजहरु | लागिरहेथ्यो म संगसंगै पुरै शहर दुर्घटित भएको छ | यसो घडी हेरें भर्खर साढे तीन बजेको थियो बिहानको | उठेर १ गिलास पानि खाएँ | एउटा चुरोट सल्काएं र सिरान पट्टिको झ्याल खोलें | पल्लो घरको बरन्डातिरबाट एउटा बिरालो झ्वाम्म हाम फाल्यो, तल करेसाबारितिर | त्यतिनै बेला झ्याप्प बत्ति गयो | कोठामा मैनबत्ती पनि थिएन | अँध्यारोमा लमतन्न पसारिएको आकाश हेर्दै चुरोट पिउँदै थिएँ | आकाशमा उही धमिला-धमिला ताराहरु, निराशाका प्रतिकहरु बग्रेल्ती सल्बलाइरहेका थिए | अघि भर्खर हामफालेको बिरालो हुनुपर्छ सायद, तल रुँदै थियो | आवाज आइरहेथ्यो त्यो बिरालो रुँदै यताउता गरिरहेको | भयङ्कर अपशकुनको संकेत थियो त्यो | रातभरिको त्यो नानाथरी आवाज, एम्बुलेन्स को साइरन अनि पुलिसका गाडीहरुको ओहोरदोहोर ले यस्तो लाग्दैथ्यो कि बिद्रोहीहरुले शहरमा धावा बोलेछन | बिहानै उठें | उठें के भन्नु? उठ्नलाई त सुत्नु पनि पर्थ्यो | जे होस् बिहान सबेरै निस्किएँ कोठाबाट | कोठाबाट निस्कने बेला एउटा बिरालोले बाटो काट्यो | यो त्यहि बिरालो हुनुपर्छ जो रातभर रुँदै यताउता गर्दै थियो | मनमा शंका पलायो केहि नराम्रो पो हुने हो कि? त्यो भन्दा नराम्रो के नै पो हुनु थियो र? घरको च्यानल गेटमै उभिएर एउटा चुरोट सल्काएँ, अनि &lsquo;आ जे सुकै होस्&rsquo; भनेर वास्तै नगरी निस्किएँ | मन भारि भएको थियो | स्तुतीप्रती गहिरो घृणा थियो मनभरी अनि कहिले नमेटिने चोट लागेको थियो सायद, निकै गहिरोसँग छातीभित्र | संयोग हुनुपर्छ सायद, मान्छे जब आफु निरास हुन्छ तब पुरै संसार निरास देख्छ | त्यो दिन म वरिपरिको पुरै संसार निरास थियो | पसलहरु बन्द थिए | भुस्याहा कुकुरहरुको राज थियो सडकमा, सर्बत्र | भर्खर आ-आफ्नो बासस्थानबाट निस्किएका धेरैजसो कुकुरहरु ढाड तन्काउँदै थिए, बिच सडकमा उभिएर | कहिंकतै मानिसहरु २-४ जनाको झुण्डमा भेला भएर गफ गरिरहेका पनि भेटिन्थे | सबैको मुहारमा एकै खालको त्रास व्याप्त थियो | अन्यौल मानसिकतामा रुमल्लिएका जस्ता देखिन्थे सबैजना | बाटोमा कुनै सवारीहरु गुडिरहेका थिएनन | हुनसक्छ कसैले बन्दको घोषणा गरेको थियो | मनमा डर लागेर आयो कतै शहरमा कर्फ्यु त लागेको छैन? होइन, कर्फ्यु लागेको शहर यस्तो हुँदैन | कम्तिमा बाटोमा सुरक्षाकर्मीहरुको उपस्थिति हुनुपर्थ्यो कर्फ्यु लागेको शहरमा | तर यो शहर त शुन्य थियो | मशानघाट जस्तो | कुनै आंधी अगाडिको शुन्यताको आभाष भैरहेको थियो | तर मलाइ के मतलब थियो र ति सबै कुरासँग? मान्छेलाई सबैभन्दा ठुलो आफ्नै पीडा हुँदोरहेछ | म रोइरहेथे भित्रभित्रै र मेरो यो रुवाइसंग तिनीहरु कसैलाई मतलब थिएन र हुनु आवश्यक पनि थिएन | म कहाँ हिंडिरहेको थिएँ ? मेरो गन्तब्य कहाँ थियो अनि म के का लागि हिंडिरहेको थिएँ ? म आफु पुरै बेखबर थिएँ आफ्नै अवस्थासंग | मैतिदेविबाट निस्केर हिड्न सुरु गरेको म गल्लि गल्लि हिंड्दै गर्दा कहाँ पुगेछु कुन्नि पत्तै पाइन ? कहिले नपुगेको ठाउँमा पुगेछु क्यारे, केहि थिएन चिनेको जस्तो अनि कोहि पनि | शहर पुरै नि:शब्द थियो | म हातमा बलिरहेको चुरोट लिएर घरि घरि त्यहि चुरोटको लामो सर्को तान्दै हिंडिरहेको थिएँ | दोबाटो आइपुग्यो | अलमलिएँ, दायाँ जानु वा बायाँ? कुन बाटो कता पुग्छ केहि थाहा थिएन | त्यहि बेला एउटा मानिस म भएकै ठाउँ तिर आउँदै गरेको देखें | सोधें- &ldquo;दाइ यो बाटो कहाँ जान्छ?&rdquo; रातभर जांड धोकेर भर्खर उठेर हिंडेको जस्तै देखिने उसले भन्यो&nbsp;&ldquo;सिधै जाउ, काट्टो खान, शहरमा तिम्रो भगवान मरेको छ&hellip;&rdquo;&nbsp; &nbsp;क्रमश: Last edited: 04-Oct-12 12:21 PM

Rudramati · Oct 4, 2012 12:19 PM

&nbsp;Very Well Written....... Waiting for another bhaag

ThahaChaena · Oct 4, 2012 3:21 PM

&nbsp;Superb. When is the next part coming?&nbsp;

futyakarma · Oct 5, 2012 12:23 PM

खै अर्को भा - आको छैन

serial · Oct 5, 2012 1:25 PM

THAHACHAINA , FUTYAKARMA&nbsp;, SERIAL RA SAPPAI MAUN PATHAK HARU......THANKS FOR READING&nbsp;...........&nbsp; ARKO BHAAG AAKO CHAINA AJHAI.... AS SOON AS IT IS PUBLISHED IN WRITER'S BLOG, I WILL SHARE HERE..... BUT WRITER KO BLOG MAI GAYERA WAHA LAI PROTSAHAN BADHAUNEY HO KI ?? JUST BHANEKO MATRA HAI..... - RUDREY

Rudramati · Oct 5, 2012 1:30 PM

http://arlsuraj.com/and-i-beca... (भाग-४)&nbsp; त्यो बिहान जब त्यो जँड्याहा ले &ldquo;शहरमा तिम्रो भगवान मरेको छ&rdquo; भन्यो मन त्यसै त्यसै आतिएर आएको थियो | केहि कुरा नबुझ्दा नबुझ्दै पनि डर बढिरहेको थियो भित्रैदेखि | उसले त्यति भनेर अगाडी बढ्ना साथ म फरक्क फर्किएँ र जताबाट आएको थिएँ त्यतैको बाटो लागें, कम्तिमा ढुक्क थिएँ म कि अब हराउँदिन | फर्किएर मैतीदेवी पिपलबोट नेर आइपुग्दा एक हुल युबाहरुको समूहसंग जम्का भेट भयो | &ldquo;दाइ, कमलपोखरी तिरबाट आउनुभाको हो?&rdquo; तिनैमध्येको एउटाले सोध्यो | &ldquo;होइन, म यहीं नजिकै बाट&rdquo; मैले भनें | &ldquo;दाइले केहि खबर थाहा पाउनुभाको त छैन नि?&rdquo; अर्कोले प्रश्न गर्यो | &ldquo;के? कस्तो खबर?&rdquo; मैले भनें | &ldquo;राजा बिरेन्द्रको सप्पै बंशनाश भयो रे&rdquo; भन्दाभन्दै उनीहरु बाटो लागे | मैले केहि सोध्नै पाइन | शहर अझै उठिसकेको थिएन | हतार हतार कोठामा पुगें | टेलिभिजन थिएन म संग अर्थात त्यो समयमा टेलिभिजन किनेर कोठामा राख्न सक्ने हैसियत बनेको थिएन मेरो | एफ.एम रेडियो सहितको चाइनिज लाइट थियो | लाइट बल्न छाडेको सायद महिनौं भैसकेको थियो तर बत्ति भएको बेला तार जोडेर रेडियो सुन्न सकिन्थ्यो | त्यसैले गर्दा हुनुपर्छ त्यसले मेरो माया पाएको थियो | मतलब, ब्याट्रीले काम गर्दैनथ्यो, बत्ति भएको बेला रेडियोले सम्म काम गरेको थियो र नै मैले त्यसलाई जोगाएर राखेको थिएँ | भित्र पस्नासाथ त्यहि लाइट बल्न छाडेको रेडियो निकालें र बत्तिको प्लगमा जोडे | समाचार भन्नु पर्ने बेला रेडियोले सुन्दै रुन मन लाग्ने धुन बजाइरहेको थियो | हतार हतार सबै एफ.एम का फ्रिक्वेन्सी बदल्दै गएँ सबैमा एउटै कुरा बजिरहेको थियो&ndash; शोक धुन | त्यो दिन मैले पहिलोपटक महशुस गरेको थिएँ कि मानिसलाई सबैभन्दा ठुलो पीडा आफ्नै हुँदोरहेछ | लगभग ८ बजेतिर यसो बाहिर निस्केको थिएँ, सडक अझै सुनसान नै थियो | पसलहरु सबै जस्तो बन्द थिए | खुलेकाहरुको पनि शटर आधा मात्र खोलिएको थियो | अवस्था हेर्दा लाग्दैथ्यो यहाँ जतिबेला, जे पनि हुन सक्छ | हरेकको हात-हातमा रेडियो थियो | आफ्नै हातमा नहुनेहरु पनि रेडियो हुनेहरुसंगै मिसिएका थिए | अनि कहीं कतै केश मुन्डन गरेका युबाहरुको भीड पनि भेटिन्थ्यो | मान्छेहरु सबै त्रसित थिए, बास्तबिकता कसैलाई थाहा थिएन | सबैले आफ्ना-आफ्नै अड्कलबाजीहरु गरिरहेका थिए | फर्केर कोठामा आएँ एक प्याकेट चुरोट र एक पोका दुध लिएर | खाना बनाएर खाने मन थिएन | कोठामा छिर्नासाथ त्यहि नबल्ने लाइटको रेडियो खोलें, ग्याँस बालेर दुध तताउन बसालें, एउटा चुरोट सल्काएँ र बरन्डामा निस्किएँ | भित्र कोठामा रेडियो शोक धुन बजाइरहेको थियो | अचानक शोक धुन रोकियो र कोहि बोल्न थाल्यो | दौडदै भित्र छिरें, खोइ कुन्नि के को अत्यन्त जरुरि सुचना भनिरहेको थियो, मैले अन्तिमको &ldquo;अनिवार्य उपस्थितिको लागि जानकारी गराइन्छ&rdquo; भन्ने मात्र सुनें | र फेरी रेडियोले शोक धुन बजाइरह्यो र म त्यहि धुन संगै रोइरहें, त्यो दिनभरिनै | म तल सडकमा गुडिरहेका सवारीहरू र ल्याम्प पोस्टमा बलिरहेका बत्तिको प्रकाशमा चम्किरहेका रंगीबिरंगी विज्ञापनका बोर्डहरु हेर्दै सोचिरहेको बेला खल्तीमा मोबाइल बज्दा झसङ्ग भएँ | निकालेर हेरें मेसेज आएको रहेछ कोहिनूरको लेखिएको थियो; &ldquo;जुन हेर्दैछु बाहिर आकाशमा र सोच्दैछु, कोइ कोइ मान्छेलाई नि यसैगरी हेरिरहन मिल्ने भए म सयौं रात यसैगरी बिताइदिन्थें&rdquo; बल्ल म आफ्नो बास्तबिकतामा फर्किएँ | उठेर भित्र गएँ | फेरी एक गिलास चिसो पानि खाएँ, एउटा चुरोट सल्काएँ र बरन्डामा निस्किएँ | निस्किंदै गर्दा कोठाको भित्तामा झुण्डीइरहेको भित्ते घडीमा आँखा पुर्याएँ | रातको १ बज्दै थियो | बरन्डामा निस्केर बायाँ हातका दुइ औंलाको बिचमा चेपिराखेको चुरोटको लामो सर्को तानें र मेसेज टाइप गर्न थालें, कोहिनूरलाई | -&nbsp;&nbsp;&nbsp; &ldquo;त्यहि कुराको डर थियो मलाइ पनि, त्यसैले हो | मलाइ कसैकसैलाई सयौं रात नसुताएर बिरामी बनाउनु छैन नि त&rdquo; मैले रिप्लाइ गरें | -&nbsp;&nbsp;&nbsp; &ldquo;बिरामी नहुने ग्यारेन्टी भयो भने नि? अनि खाना खाको हो? के गर्दै?&rdquo; उसले फेरी लेखि | -&nbsp;&nbsp;&nbsp; &ldquo;रातभर हेर्न पाइने ग्यारेन्टी भो, तर बिरामी नहुने ग्यारेन्टी पछि मात्र है त? खाना खाएँ | म नेटमा छु |&rdquo; मैले खाना खाएको र नेटमा छु भनेर दुवै कुरा झुट बोलें | संगै लेखें &ldquo;अनि तिमि के गर्दै त?&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;एउटा ब्लग पढ्दै छु, मेरो लेखकको&rdquo; उसले तुरुन्त जवाफ फर्काइहाली | -&nbsp;&nbsp;&nbsp; &ldquo;राम्रो बानि रहेछ, ब्लग पढ्ने&rdquo; मैले लेखें | -&nbsp;&nbsp;&nbsp; &ldquo;सबैको होइन, एक-दुइ जनाको मात्र पढ्छु र नियमित पढ्ने गर्छु म उनीहरुको&rdquo; उसले लेखि | -&nbsp;&nbsp;&nbsp; &ldquo;अनि अहिले कसको ब्लग पढ्दै त? अनि के बिषयमा?&rdquo; मैले प्रश्न गरें | -&nbsp;&nbsp;&nbsp; &ldquo;कथा हो र मलाइ कथाहरु पढ्न निकै मन पर्छ&rdquo; उसले तुरुन्त रिप्लाई गरि | ब्लग त मैले पनि लेख्ने गरेको थिएँ | दुइवटा ब्लगहरु थिए मेरा एउटा आफ्नै नामको र अर्को एउटा छद्मनाममा जहाँ म केवल दुख, पीडा, आँशु र गुनासोहरु मात्र लेख्ने गर्थें | आफ्नो मनमा लागेका, आफैंले भोगेका अनि नजिकका साथीभाई हरुले भोगेका जीवनका बिभिन्न पाटालाई एउटा त्यो ब्लगमा लेख्ने गरेको थिए, कथा, कबिता र गजल जस्ता साहित्यका माध्यमबाट किनभने म को हुँ, कहाँ छु र के गर्छु भन्ने कसैलाई थाहा होस् भन्ने म चाहन्नथिएँ | त्यसैगरी राजनीतिक, सामाजिक र अन्य बिषयबस्तुहरुको बारेमा लेख्न आफ्नै नामको ब्लग प्रयोग गर्ने गर्थें | -&nbsp;&nbsp;&nbsp; &ldquo;साँच्ची तपाइंले &ldquo;भगवानले आत्महत्या गरेछ&rdquo; भन्ने कथा पढ्नुभएको छ? पढ्नुस, निकै राम्रो छ&rdquo; उसले फेरी मेसेज गरि | अचम्म, उसले त मैले नै लेखेको कथाको पो कुरा गर्दैछ | अत्यन्तै खुसि लाग्दो रहेछ जब आफैंले लेखेको कथा कसैले राम्रो छ, पढ भनेर सुझाउँदा | -&nbsp;&nbsp;&nbsp; &ldquo;हजुर, पढेको छु, सबै भाग पढेको छौ तिमीले पनि?&rdquo; मैले म नै त्यसको लेखक हुँ नभनी उसको त्यो कथा प्रतिको धारणा बुझ्न खोजें | सामान्य परिबारको एउटा नेपालि युवा आफ्नै सपना र महत्वाकांक्षाहरुले पिसिएर अन्ततः पागल भएको कथा लाइ उसको जीवनसंग जोडिएका उतार चढाव हरुसंग जोडेर लेखेको थिएँ मैले | जो सामाजिक मिडिया र ब्लग पढ्ने हरुका बिच अत्यन्तै चर्चित पनि बनेको थियो र अहिले त्यही कथाको बारेमा भन्दै थिई मलाइ, कोहिनूर | त्यसरी नै ब्लग, कथा र जीवनका अन्य पाटाहरुको बारेमा कुरा गर्दै गर्दा रातको २ बजिसकेको थियो र मैले भनेको थिएँ; -&nbsp;&nbsp;&nbsp; &ldquo;अब सुतौं होला&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;सुत्ने र?&rdquo; उसले तुरुन्तै रिप्लाई गरि -&nbsp;&nbsp;&nbsp; &ldquo;गुड नाइट म सुतें, अब सुतिन्छ भोलि दिउसो २ बजेसम्म&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;दुइ बजेसम्म सुतिन्छ रे? ड्युटी जानु पर्दैन?&rdquo; उसले सोधी | -&nbsp;&nbsp;&nbsp; &ldquo;भोलि अफ छ मेरो, त्यसैले त यति रातिसम्म नसुती बस्या त&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;गुड न्युज, मेरो लागि&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;किन?&rdquo; मैले रिप्लाई गरें | -&nbsp;&nbsp;&nbsp; &ldquo;भोलि पनि म कोइ कोइ लाइ भेट्न पाउने भएँ नि त, पाउँछु नि?&rdquo; उसले प्रश्न गरि | -&nbsp;&nbsp;&nbsp; &ldquo;यदि तिमि चाहन्छौ भने?&rdquo; मैले सबै कुरा उसैको जिम्मामा छाडें | -&nbsp;&nbsp;&nbsp; &ldquo;ल त्यसो भए भोलि पक्का है त? कतै घुम्न जानुपर्छ&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;ल हुन्छ, म सुतें&rdquo; मैले लेखें अनि सुत्न भनि कोठामा छिरें | भोलिपल्ट बिहान स्थानीय समय अनुसार करिब ११ बजेतिर उठें, बाथरुम गइवरी फ्रेश भएर आएँ | ग्याँस बालेर कफी को लागि पानि बसालें | एउटा चुरोट सल्काएं र फ्रिजमा खानेकुरा केहि छ भनेर खोज्दै थिएँ, फोन बज्यो | कोहिनूर, भन्दै थिई &ldquo;तपाईं फ्री हो भने निस्कनुहुन्छ?&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;कहाँ&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;त्यहि क्याफे मा आउनुस न अनि कतै निस्कौला नि&rdquo; उसले भनि -&nbsp;&nbsp;&nbsp; &ldquo;कतिबेला?&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;हजुरलाई कतिबेला फुर्सद मिल्छ? म त फ्री नै छु&rdquo; उसले भनि -&nbsp;&nbsp;&nbsp; &ldquo;ल आधा घण्टा भित्र&rdquo; मैले भनें | कफी बन्यो, फ्रिजमा हिजोको बासि ब्रेड रहेछ, तताएँ र त्यहि लिएर बरण्डामा निस्कें | कफी, ब्रेड, चुरोट अनि म र यो अस्ट्रेलियाको ब्यस्त शहर मेलबर्न अनि त्यसैसँग जोडिन आइपुगेकी एउटी पात्र कोहिनूर | उसले भनेकै समयमा म रेडी भएर त्यो क्याफे पुगिसकेको थिएँ | म पुग्दा त उ त्यहीं नै आइपुगीसकेकी रहिछे | त्यहि टेबल- जहाँ हामि यो भन्दा अगाडी पनि २-४ पटक बसेका थियौं- मा बसेर चुरोट उडाउँदै थिई उ | म पुग्नासाथ, जुरुक्क उठी, आएर अँगालो हाली र भनि &ldquo;आइ फिल, आइ एम सो लक्की&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;एस यु आर&rdquo; मैले भनें र संगैको कुर्सीमा बसी टेबलमा राखिएको बट्टाबाट एउटा चुरोट लिएर सल्काएं | -&nbsp;&nbsp;&nbsp; &ldquo;यु नो व्हाट? दिस वन इज द स्पेसल डे फर मी&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;थाहा पाएँ&rdquo; मैले भनें -&nbsp;&nbsp;&nbsp; &ldquo;कसरि?&rdquo; उसले अचम्मित हुँदै सोधी? &ldquo;मैले केहि भनेकै छैन&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;भर्खरै भनेको होइन त तिमीले?&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;बाठो मान्छे&rdquo; उसले आफ्नो दायाँ हातले मेरो बायाँ कुममा बिस्तारै हिर्काउँदै भनि &ldquo;टुडे इज माइ बर्थ डे एण्ड आइ एम सो ह्याप्पी टु बी विथ यु&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;किन?&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;किन भने मलाई तपाईंको साथ रमाइलो लाग्छ&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;किन? म जोक गर्छु र?&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;रमाइलो गर्नु वा हुनु भन्नु जोक गर्नु मात्र हुन्छ?&rdquo; उसले प्रतिप्रश्न गरि | -&nbsp;&nbsp;&nbsp; &ldquo;हा हा हा, तिमि रमाइली मान्छे छौ&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;अनि तपाईं छुचो&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;हो म छुचो छु, र म स्वीकार गर्छु म छुचो छु भनेर&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;हो तपाईं छुचो हुनुहुन्छ र त मलाइ मन पर्छ&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;साँच्ची?&rdquo; मैले भनें &ldquo;म धन्य भएँ&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;किन? कुनै शंका?&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, मलाइ केटीहरुको बिश्वास लाग्दैन?&rdquo; मैले भनें -&nbsp;&nbsp;&nbsp; &ldquo;केटीहरुको? सिधै भने भैगो नि तिम्रो बिश्वास लाग्दैन भनेर?&rdquo; &nbsp;उसले रिसाएको जस्तो गरि | -&nbsp;&nbsp;&nbsp; &ldquo;तिमि शंका गर्नुपर्ने गरि नालायक छैनौ |&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;मतलब?&rdquo; नालायक त छु नि म?&rdquo; उ झनै रिसाएको जस्तो गरि | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, मैले केटीहरुलाई हेर्ने नजर नालायक छ तर तिमीलाई हेर्ने नजर होइन&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;बदमास, तपाईं पनि सबै केटाहरु भन्दा फरक हुनुहुन्न&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;किनभने म समलिंगी होइन र केटि पनि | म केटा नै हुँ र केटाहरुको जस्तै स्वभाव छ मेरो पनि&rdquo; मैले हाँस्दै भनें | उ मुसुक्क हांसी मात्र | केहि बोलिन | मलाइ त्यहि हाँसो मन परेको थियो | &ldquo;मिठो हाँसो&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;चाख्नु भयो र?&rdquo; उसले प्रश्न गरि | -&nbsp;&nbsp;&nbsp; &ldquo;छैन, दिनेभए अब चाख्नुपर्ला&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;के?&rdquo; उसले प्रश्न गरि | -&nbsp;&nbsp;&nbsp; &ldquo;त्यो मिठो हाँसो हाँस्ने ओठहरु&rdquo; मैले छिल्लिंदै भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;छुचो&rdquo; उसले प्याट्ट मेरो गालामा हिर्काई | -&nbsp;&nbsp;&nbsp; &ldquo;हो, म छुचो नै छु&rdquo; मैले फेरी उही कुरा दोहोर्याएँ | -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाईं छुचो हुनुहुन्छ र नै मलाइ मन पर्छ&rdquo; उसले पनि लगभग रेडिमेड उत्तर दिई | वेटर आइपुग्यो अर्डर लिन, &ldquo;मे आइ ह्याव योर अर्डर, सर&rdquo; भन्दै | &ldquo;के लिने&rdquo; उसले सोधी | &ldquo;तिमि&nbsp; नै मगाउ&rdquo; मैले भनें | &ldquo;किन? तपाइंले हेर्नु न&rdquo; भन्दै मेनु मेरो अगाडी सारिदिई | -&nbsp;&nbsp;&nbsp; &ldquo;आज तिम्रो दिन, म तिमीले जे मगायो त्यसैमा खुसि हुन्छ&rdquo; मैले फेरी मेनु उसैको अगाडी धकेलिदिएँ | -&nbsp;&nbsp;&nbsp; &ldquo;ओके बाबा&rdquo; भन्दै उसले मेनु हेर्न थालि | मैले फेरी एउटा चुरोट सल्काएं र उसैलाई हेर्न थाले, घोरीएर | निकी राम्री थिई उ | सलक्क परेको जिउ, ठिक्कको तर निकै स्याहार गरेर राखिएको जस्तो लाग्ने कपाल अनि उसका मादक ठुला-ठुला आँखा | त्यसमाथि त्यो दिनको उसको पहिरन, कालो जिन्सको पेन्ट अनि लपक्क शरीरमा टाँसिएको गुलाबी टि-शर्ट अनि त्यो माथि कालै कलरको आगाडी टाँक नभएको आउटर | चुरोट पिउँदै उसलाई हेरिरहँदा कतिबेला त्यो वेटरले अर्डर लिएर गयो र उसले के अर्डर गरि त्यो नै मलाइ थाहा भएन | उसले आफ्नो दायाँ हात ले टेबलमाथि रहेको मेरो हात बिस्तारै समातेर &ldquo;हेल्लो&rdquo; भन्दै तानेपछि पो झस्किएँ | -&nbsp;&nbsp;&nbsp; &ldquo;कता गायब? कसलाई सम्झी&rsquo;राको? उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, तिमीलाई नै हेर्दै थिएँ, निकै राम्री छु तिमि&rdquo; मैले के बोलें भन्ने नै थाहा नपाइकनै बोलेछु म | -&nbsp;&nbsp;&nbsp; &ldquo;भो धेरै मक्ख नपार्नुस,&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, तिमि साँच्ची राम्री छौ&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;सबै केटाहरु त्यसै भन्छन&rdquo; उसले घुमाउरो पाराले ब्यङ्ग गरि | -&nbsp;&nbsp;&nbsp; &ldquo;म अरु सबै केटाहरु भन्दा फरक छु&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;म बिश्वास गर्दिन&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;किन?&rdquo; मैले प्रश्न गरें | -&nbsp;&nbsp;&nbsp; &ldquo;किनभने, अघि भर्खर तपाइंले म केटा हुँ र म पनि अरु केटाहरु जस्तै छु भनेर भन्नु भएको छ&rdquo;&nbsp; उसले मलाइ अप्ठ्यारोमा पारि | -&nbsp;&nbsp;&nbsp; &ldquo;साँच्ची हो, बिश्वास गर, तिमि निकै राम्री छौ | अनि यो ड्रेस साँच्चिकै सुहाएको छ तिमीलाई&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;मलाइ थाहा छ हजुरको नजर कहाँ छ?&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;मतलब?&rdquo; मैले प्रश्न गरें | -&nbsp;&nbsp;&nbsp; &ldquo;मतलब, त्यहि, जस्तो अरुको नजर हुने गर्छ | मलाइ राम्रो संग थाहा छ तपाईं केटाहरु कुनै केटिले लगाएको कपडाको बयान गर्नुहुन्छ भने बास्तबमा त्यो कपडाको नभई त्यसले छोपिएको उसका अवयवहरुको हुन्छ | र तपाईंको नजर पनि त्यहीं नै त होला नि?&rdquo; उसले निकै घत पर्ने गरेर भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;तिमीले मलाइ गलत सोच्यौ&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाईं केटाहरुको सोच नै गलत हुन्छ&rdquo; उसले अझै पेलिरहि मलाइ, शब्दहरुले | -&nbsp;&nbsp;&nbsp; &ldquo;भो सकिन मैले तिमीसंग&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;अरुहरु पनि त्यसै भन्छन&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;मतलब?&rdquo; मैले प्रश्न गरें | -&nbsp;&nbsp;&nbsp; &ldquo;मैले धेरै केटाहरुको संगत गरेकि छु, त्यसैले मललाई थाहा छ तपाइंहरुको सोच&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;माफ गर, तिमि गलत ठाउँमा अस्त्र प्रयोग गर्दैछौ&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन माफ त मलाइ गर्नुस, मैले तपाईंको मन दुखाएँ होला, तर म गलत छैन | मैले तपाईं केटाहरुको प्रबित्तिको कुरा गरेकी हुँ कुनै व्यक्ति अर्थात तपाईंको होइन | कृपया मलाइ गलत नबुझ्नुहोला&rdquo; उसले माफी मागी | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, ठिक छ | तर सबै केटाहरु उस्तै हुँदैनन |&rdquo; मैले भनें | त्यतिनै बेला वेटरले हाम्रो अर्डर पनि लिएर आइपुग्यो | उसले विभिन्न किसिमका खाजाका परिकार हरु अर्डर गरेकी रहिछे | &nbsp;चुरोट त उ पनि म जस्तै नै थिई सायद, त्यसैले अर्डरको लिस्टमा त्यो पनि छुटेको थिएन अनि उसको मन पर्ने पेय पदार्थ &lsquo;रेड वाइन&rsquo; त्यो दिनको स्पेसल थियो, किनभने त्यो उसको जन्मदिन थियो | -&nbsp;&nbsp;&nbsp; &ldquo;मैले उस्तै हुन्छन भनेको पनि छैन, तर बहुमतको स्वभाव उस्तै हुन्छ&rdquo; उसले अड्डी कसिरही | मैले चुपचाप वाइनको बोतलबाट २ वटै गिलासमा वाइन हालें | अन्य खानेकुराहरु पनि मिलाएँ अनि एउटा गिलास उसको तिर राख्दै दायाँ हातले एउटा वाइनको गिलास उठाएर भनें &ldquo;जन्मदिनको धेरै धेरै शुभकामना ! अनि अर्को कामना पनि यसैगरी तिमीलाई सधैंभरी मायाँ गरिरहन पाउँ, हाम्रो नयाँ सम्बन्धको लागि&rdquo; भन्दै उसको गिलासमा ठोकें &ldquo;चियर्स&rdquo; उसले यतिमात्र भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाईं माया गर्नुहुन्छ मलाइ?&rdquo; टेबलबाट एउटा चुरोट समातेर सल्काउँदै भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;लाग्दैछ, हिजो आज गर्न थालेको छु&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;सिधा भन्नुस, कुनै कुराहरु सिधा भन्दा स्पष्ट र रमाइला हुन्छन&rdquo; उसले रिसाएको जस्तो गरि | -&nbsp;&nbsp;&nbsp; &ldquo;मैले माया गर्छु भन्दैमा तिमीले पनि गर्नै पर्छ भन्ने मान्दिन म, तर मलाइ तिम्रो साथ रमाइलो लाग्छ | यो बिदेशमा कोहि मेरो छ जस्तो लाग्न थालेको छ तिमीसंग भेटेपछि&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;तपाईं पछुताउनुहुनेछ यदि तपाईं मलाइ प्रेम गर्नुहुन्छ भनें&rdquo; उसले चुरोटको लामो सर्को तान्दै भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;म प्रेम गरेर पछुताउने बानि भएको मान्छे होइन&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;मलाइ पनि रहर छैन मलाइ प्रेम गर्ने मान्छेलाई पछुतो मान्नुपर्ने बनाउन&rdquo; उसले भनि | तर उसले भन्न खोजेको कुरा केहिपनि बुझिन मैले | -&nbsp;&nbsp;&nbsp; &ldquo;मैले केहिपनि बुझिन&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;ठिकै भो, सबै कुराहरु बुझ्ने पर्ने जरुरि हुदैनन&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;मैले आजबाट तिमीलाई झनै धेरै माया गर्नेछु&rdquo; मैले अप्रासंगिक कुरा निकालें | -&nbsp;&nbsp;&nbsp; &ldquo;म कामना गर्छु, तपाईं मलाइ कहिले पनि माया नगर्नुस&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;अचम्म&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;म यस्तै अचम्मित रहिरहन मन पराउँछु |&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;मैले तिमीलाई प्रपोज गरें भने?&rdquo; मैले प्रश्न गरें | -&nbsp;&nbsp;&nbsp; &ldquo;मेरो रेडिमेड उत्तर आउनेछ&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;नाइँ, भनेर?&rdquo; मैले सोधें | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, तर त्यो उत्तर तपाइंलाई मन पर्नेछैन&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;किनभने तपाईं जस्ता केटाहरु प्रेममा त्याग खोज्नुहुन्छ, समर्पण खोज्नुहुन्छ&rdquo; उसले अचम्मको जवाफ दिइरहेकी थिई | हामीले आधा भन्दा बढी वाइन खाइसकेका थियौं | अलिअलि लाग्दै थियो सायद | -&nbsp;&nbsp;&nbsp; &ldquo;मैले साँच्ची तिमीलाई मायाँ गर्छु&rdquo; एक्कासि मैले उसको दायाँ हात समाउँदै भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;यु मस्ट बि किडीङ्ग&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, आ&rsquo;म सिरियस&rdquo; मैले भनें| -&nbsp;&nbsp;&nbsp; &ldquo;माफ गर्नुहोला, मैले तपाईंको प्रेमको मूल्य चुकाउन सक्नेछैन&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;मैले पनि कहिले आफ्नो प्रेमको मूल्य खोज्नेछैन&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;तर मैले तपाईंको शारीरिक आवश्यकता मात्रै पुरा गराउन सक्नेछु&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;माफ गर्नुहोला, फेरी पनि भन्दैछु &lsquo;म तपाईंको प्रेमको मूल्य तिर्न सक्नेछैन&rdquo; उसले फेरी त्यहि कुरा दोहोर्याई | अनि फेरी थपी &ldquo;साथ त मलाइ पनि मन पर्न थालेको छ हजुरको | र मलाइ डर छ हामि एक-अर्कालाई प्रेम गर्न नथालौ&rdquo; -&nbsp;&nbsp;&nbsp; &ldquo;किन? किन त्यस्तो डर? के पेम गर्नु पाप हो?&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन, तर प्रेम गर्छु भनेर झुक्काउनु पाप हो&rdquo; उसले भनि | -&nbsp;&nbsp;&nbsp; &ldquo;के तिमीलाई लाग्दैछ कि मैले तिमीलाई प्रेम गर्छु भनेर झुक्याइरहेको छु?&rdquo; मैले भनें | -&nbsp;&nbsp;&nbsp; &ldquo;होइन तर मैले प्रेम गर्छु भनें भने झुक्याइएको हुनेछ | किनभने मैले अहिलेसम्म कसैलाई प्रेम गर्ने जानिन | जानें त केवल प्यास मेटाइदिन, आवश्यकता पुरा गराइदिन केवल शारीरिक आवश्यकता&rdquo; उसले भनि -&nbsp;&nbsp;&nbsp; &ldquo;यो त बेश्याहरुले गर्ने जस्तो कुरा भो&rdquo; मैले भनें | मैले यति भन्नासाथ उ जुरुक्क उठी | गिलासमा भएको सबै वाइन एकै घुट्कोमा स्वाँट्ट पारि, हातको गिलास जोडले टेबलमा राख्दै &ldquo;यस, आइ एम अ प्रोस्टिच्युट&rdquo; भनि र सरासर बाहिर निस्की | निस्किंदै गर्दा उसले तिनै शब्दहरु दोहोर्याउंदै थिई &rdquo; यस, आइ एम अ प्रोस्टिच्युट&rdquo;&hellip; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; क्रमश:

Rudramati · Oct 14, 2012 10:18 PM

Ramro cha Tara lamo ketabai padhejasto balla balls bhag 1 padhera sakio

intelligentguy · Oct 15, 2012 8:19 AM

&nbsp;ummmm....khai k vanne...lekhai atti uttam chha...no comments.&nbsp;

futyakarma · Oct 16, 2012 11:18 AM

well written, waiting for next part :)&nbsp;

baaramaase · Oct 16, 2012 12:06 PM

&nbsp;लौ है रुद्रे र अर्याल सुरज ज्यु धन्यबाद..... Nice Read..... &nbsp;अर्को भागको कहिले आउछ ??

ThahaChaena · Oct 16, 2012 1:08 PM

&nbsp;When is the next part coming? Ali long wait bhayena ra sathi?&nbsp;

futyakarma · May 16, 2013 5:31 PM

&nbsp;i have been waiting too...

cybro · May 23, 2013 2:59 PM

&nbsp;khoi parkheko yeti bhai sakyo..audina ta arko bhaag...naaune ho bhane suchit garnu paryo kyare..hamro rudramati kati lamo birami pareka huun kyare

teroobaau · Jul 8, 2013 10:55 AM

&nbsp;The wait is too long bro..Khai yo story chai ali chito lekhnu paryo

thearyan07 · Aug 28, 2013 9:04 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all