धेरै पछि मेरा मित्र माझ केहि शब्दहरु राखेको छु , आशा छ मनपराई दिनु हुनेछ , :) वहार आए, फुल फुले जब आयौ तिमी हावा सरी कालो बादल हटे , रँगियो यो धरती तिमी मुस्कुरायौ, म हासेँ अनि मौसम पनि मुस्कुाराए केहि पलको त्यो साथ, धेरै सपनाहरु पनि सजिए तर.. हावा बतासमा परिवर्तन भए, मौसम बद्लिए रँगहरु उडिए, निलो आकाशमा कालो पोतिए, भावनाहरु बिलाए न त मैले नै रोक्न सकेँ, न त तिम्रा महत्वकांछि पाईला रोकिए सुख दुखको यात्रा अझै बाकि नै छ तिमी बिना पनि हाँसोमा बिताउने कोशिस जारी नै छ
MulmiZ · Oct 4, 2012 10:53 AM · 9,426 views
lala daami cha....Koslai lekheko ni thah cha
bshal · Oct 4, 2012 10:57 AM
wah wah wah
ThahaChaena · Oct 4, 2012 11:35 AM
चोटै चोट ले भरिएको रहेछ मुल्मी को छाती -
serial · Oct 4, 2012 11:48 AM
क्या बात लहरे क्या बात ... मुल्मीको छाती भरि चोटै चोट कहीं मुल्मी मै छैन धेरै खोट ? मुल्मी, कबिता च्वांक छ, अझै पाउडर साउदर दले झनै च्वांक देखिन्छे ...
rahulvai · Oct 4, 2012 12:19 PM
को हो त्यस्तो महत्वाकांक्षी मुल्मी ?
Geology Tiger · Oct 4, 2012 1:31 PM
बिशाल, थाने - धेरै धन्यबाद मनपराईदिनु भएकोमा लहरे - चोट के हो बेथा के हो, म जस्तो घाईतेलाई सोध .......... :) ठुल्दाई - संसारका सबैभन्दा खराब मान्छे खोजी हिडेँ, जब आफैलाई नियालेर हेरें आफु भन्दा खराब कोई पाईनन ः)। आफुलाई त्यो श्रृन्गार पटार गर्न आउंदैन दाई यसो सल्लाह पाम न त पाउडर साउडर डल्ने बारे :) बाघदाई - थिईन(छिन) कोई कोई :)
MulmiZ · Oct 5, 2012 9:33 AM
ओहो भक्खर पो देखे मुल्मिका वियोगी हरफहरु
bhakte dai · Oct 5, 2012 9:56 AM
मुटु को ढुक ढुकी हो कि, मायालु का नाम हरु मान्छे ढुक ढुकी भन्छन म त मिना, कोकिला, रचना, सावित्री, मोना सुन्छु किन मेरो मन म़ा धेरै नाम छ ? मन त बरू मुल्मिकै जस्तो भएको जाति त्यहाँ कम से कम एक जना को मात्र नाम छ
timi_mero_sathi · Oct 5, 2012 10:36 AM
धन्यबाद भक्ते दाई टिएमएस - हसाउनु भो गाथे ः)
mulmiz · Oct 5, 2012 11:44 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion