जेठी छोडियो, माइलीले कुट्न थालि, कान्छी भित्र्याएँ / दोस्री पत्नि सृजनाको कुटाईले अर्को विहे गरेको कथन १७ असोज, काठमाण्डौ । केही महिना अगाडी तेस्रो विवाह गरेर भारत पसेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र पुत्र प्रकाश दाहालको अर्को रहस्य खुलेको छ । प्रचण्ड पुत्र प्रकाशले घरमा रहेकी दोस्री पत्नि सृजना त्रिपाठीको कुटाई र पत्निबाट पाएका यातनाहरुले गर्दा नै विद्यार्थी नेतृ विना मगरसँग तेस्रो विवाह गर्नुपरेको दावी गरेका छन् । प्रकाशले सृजनाको अर्को परपुरुषसँग प्रेम सम्वन्ध रहेको र आफुलाई भन्दा अर्को ब्यक्तिलाई माया गर्ने गरेको आरोप पनि लगाएका छन् । उनले दोस्रो पत्नि सृजनाले लुकीछिपी पूर्वप्रमीसँग सम्वन्ध राख्दै आएको पनि आरोप लगाएका छन् । प्रकाशले सृजनाको परपुरुषसँग प्रेम सम्वन्ध रहेको जनाउदै सम्वन्ध विच्छेद गर्न बुबा प्रचण्ड र आमा समक्ष प्रस्ताव गरेको भए पनि परिवारको दवाबकै कारण सम्वन्ध विच्छेद नभएकाले पनि आफु मानसिक तनावमा रहदै आएको र मदिराको तलमा परेको पनि खुलशा गरेका छन् । जनआस्था साप्ताहीकमा प्रकाशित समाचार अनुसार प्रचण्ड पुत्र प्रकाशले आफ्नी कान्छी दिदी गंगालाई दोस्री पत्नि सृजनाले आफुलाई पटक पटक भौतिक आक्रमण गर्ने, चिर्थोने, अनावस्यक मानसिक दवाव दिने जस्ता गतिविधी गरेकोले तेस्रो विवाह गर्न वाध्य भएको वताएका छन् । तर प्रकाशको कुरालाई धेरैले चालबालीका रुपमा लिएका छन् । प्रकाशले यस भन्दा अगाडी आफ्नी पहिली पन्ति माओवादी नेता पोष्टबहादुर बोगटिकी छोरी प्रभा बोगटीसँग सम्वन्ध विच्छेद गर्दा पनि यस्तै चालवाजी रचेका थिए । प्रभासँग सम्वन्ध विच्छेद गर्दा प्रकाशले प्रभालाई तेस्रो लिंगीको आरोप लगाएको जनआस्थाको समाचारमा उल्लेख छ । प्रभासँगको सम्वन्ध विच्छेद पछि प्रकाशले आफ्नै आमाको सहयोगमा सृजनासँग मागि विवाह गरेका थिए । आफ्नो तेस्रो विवाहलाई बुबा प्रचण्ड र आमा सितासहित परिवारले अस्वीकार गरेर घर फर्कने अवस्था नभएमा प्रकाशले सार्वजानीकरुपमै आफ्ना कुराहरुको पर्दापास गर्ने चेतावनी दिदी गंगामार्फत पठाएको बताइएको छ । छोरा प्रकाशको चेतावनी पछि माओवादी अध्यक्ष प्रचण्ड गत हप्ता माईली वुहारी सृजना र उनका माईतीसँग कुरा मिलाउन पोखरा गएका थिए । तर बुहारी सृजना र उनका माईती पक्षले प्रचण्डले राखेको सम्वन्ध विच्छेदको प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ । प्रकाशलाई अनेक तवरबाट सहयोग गर्दै आएकी उनकी कान्छी दिदी गंगा पनि १३ वर्षिया छोरी छाडेर दोस्रो विवाह गरेकी हुन् । गंगाले भारत सिलगुडीका नारायण प्रधानसँग पहिलो विवाह गरेकी गंगाले केही समय अगाडी आफु भन्दा पाँच वर्ष कान्छा जीवन आचार्यसँग दोस्रो विवाह गरेकी थिईन । आफुले पनि दोस्रो विवाह गरेकोले भाईको पिरमर्का बुझाउन सजीलो हुने भएकोले गंगाले अहिले माईती पक्षसँग प्रकाशलाई नेपाल भित्राउने प्रयास गरेकी छन् । गंगाले माइली भाई वुहारी सृजनालाई सम्वन्ध विच्छेद गराएर सृजनाको माईती घर पोखरामै राख्ने र नयाँ भाई वुहारी विना मगर सहित प्रकाशलाई घरमा वस्ने ब्यवस्था मिलाउन गंगाले माईतीलाई दवाब हालेको जनआस्थाले समाचार छापेको छ ।
grgDai · Oct 3, 2012 2:35 PM · 16,399 views
kasle kasali k gareko kasle dekheko cha jo jitta wohi sikandar ho.
Ranjeeta · Oct 3, 2012 2:54 PM
yo saab halla matra ho ki source ni chha yasto news ko??? Guff nai bhaye pani ali credible banau na ta source mention garera.
Nepali.Chhoro · Oct 3, 2012 3:53 PM
फूलको आँखामा फूलै संसार र यी डाँकाहरु र हत्याराहरु सबैलाई नै आफु जस्तै देख्छन कती विश्वासिलो तर्क दिन सकेको २०,००० नेपालीको हत्यारा र देशको सम्पति सबै लुट्ने सरदारको एक्लो छोरोलाई त्यो पनि उसको पत्नीले यातना दिएको रे | उनैका भाई अरु गुन्डा सरदारहरुले त नसकेर उछितेर गए र अख्तियार वा अदालत कसैले छुन नसकेको येस्ता पातकीलाई छुने कसैले आँट गर्न सक्ला?
nepcha1 · Oct 3, 2012 4:17 PM
Ghatiyaa pariwaar
facebook · Oct 3, 2012 4:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion