वृद्ध दम्पती सडकमा ekantipur ७६ वर्षीय पूर्णप्रसाद र ७१ वषर्ीया भक्तकुमारी धमलालाई सहारा दिने कोही छैनन् । माडीको गर्दीस्थित घरखेत बाढीपहिरोले लगेपछि उनीहरूको उठिबास लागेको हो । १ छोरा र दुई छोरीको जन्मनासाथ मृत्यु भएपछि सहारा दिने कोही नभएका हुन् । बस्ने ठाउँ अभावमा वृद्ध दम्पती चौतारामा रुझेर रात काट्न बाध्य छन् । 'कोठा भाडामा माग्दा पैसा तिर्न सक्दैनांै भनेर बास दिएनन्,' भक्तकुमारीले भनिन्, ' त्यसैले सदरमुकामको चौतारामा पाल टाँगेर रात बिताउँदै आएका छौं ।' श्रीमान्लाई 'प्यारालाइसिस' भएकाले उपचार गर्न नसक्दा सुकुम्बासी जीवन बिताउन बाध्य बनेको उनले बताइन् । पूर्णप्रसादको खुट्टा र हात चल्दैन । ४ वर्षदेखि दम्पती मागेर गुजारा गर्दै आएका छन् । कहिले छाप्रोमा र कहिले चौतारामा बसेर रात काट्न बाध्य छन् । भरतपुर १० स्थित बजार छेउको चौतारामा पाल टाँगेर बस्दासमेत कसैले चासो देखाएको छैन । ठूलो पानी पर्दा दुवै बूढाबूढी भोकै भिजेर रात काट्छन् । सम्पत्तिको नाममा एउटा पाल र भात पकाउने भाँडा बाहेक अरू केही छैन । दुवैले एक छाक खाएर रात काट्छन् । 'चार वर्ष भयो पूरा पेट नखाएको,' भक्तकुमारीले भनिन्, 'मागेर ल्याएको अन्नले दुई छाक खान पुग्दैन । त्यसैले बिहान खाएर बेलुका भोकै सुत्छौं ।' पूर्णप्रसाद खुट्टा नचल्दा ओछ्यान छेउमै दिसा पिसाव गर्छन् । चौतारा छेउमा पानी जम्ने गरेकाले ठूलो पानी पर्दा खाटसमेत पानीले डुबाउँछ । भक्तकुमारीले मागेर ल्याउँदामात्र चौतारामा आगो बल्छ । नत्र दुवै बूढाबूढी भोकै पानी पिएर सुत्छन् । 'नसकेरै माग्न जान्छु, म जानासाथ कोही ढोका थुनेर बस्छन्, कोही गाली गर्दै बचन लगाएर पठाउँछन्,' उनले भनिन्, 'बूढो ठीक भए दुवै जना मजदुरी गरेर खाने थियौं, यसरी अरूको बचन सुन्न्ाु पर्दैनथ्यो ।' उनले गर्दीमा २० बाख्रा, घर र बारीसमेत बाढीले पुरेपछि सुकुम्बासी बनेको बताइन् । भक्तकुमारीले श्रीमान्को उपचारमा १ लाख ऋण गरेर उपचार गरिन् । ऋण लिएको पैसा सकिए पनि उनको उपचार हुन सकेन । भक्तकुमारीको समेत मुखबाट रगत आउँछ । आफैं बिरामी भए पनि उनी मागेर एक छाक जुटाउँछिन् । दुवै दम्पतीले चौतारामा बास बसेको १२ दिन बितिसक्यो । अहिलेसम्म कसैले केही सहयोग गरेको छैन । 'यहाँ आएर बास बसेको दुई साता बित्न लाग्यो, अहिलेसम्म कसैले केही सहयोग गरेन,' पूर्णप्रसादले भने, 'अब यहाँबाट पनि उठिबास लगाउने भनेका छन् । यस्तो अवस्थामा कता जानु ?' कसैले झुप्रो बनाएर राखिदिएदेखि त्यहीं बसेर दिन कटाउने उनले बताए । चौतारामा बस्दा समस्या बुझ्न र हेर्न आउनेको भीड लाग्ने गरे पनि कसैले केही सहयोग गर्दैनन् । 'सुरुमा विष नै खाउँजस्तो लागेको थियो,' भक्तकुमारीले भनिन्, 'म मरेपछि बूढो एक्लै हुने डरले सास रहुन्जेल मागेरै भए पनि एक छाक खुवाउँछु भनेर विष खाइनँ
rethink · Sep 28, 2012 4:01 PM · 15,900 views
Could AMA ghar help them? Dil shova?
halo · Sep 28, 2012 4:08 PM
a :( Exactly my point Halo. If Dil Sova didi can help them, that would be great. I can do small help from my side. If all of us (Sajha Users) can pitch in little money, that will be great help for the old couples. Let me know you all and I will start the collection. I am going to Nepal in about 25 days and I will make sure these couple get helped from Dil Shova didi and I will hand the collected money over to didi for this couple.
futyakarma · Sep 28, 2012 5:46 PM
thats really sad to this, we have to do something from government side too raise awarness to make government facilated oldr care center. bridha bhatta le khana launa pugi halcha khali ghar banai dina paryo, govermnet le and need some staff
baraln · Sep 28, 2012 6:54 PM
Anybody know the latest about this old couple?
futyakarma · Oct 4, 2012 5:54 PM
These guys will help -- http://www.jyotifoundation.org...
binaya_nyc · Oct 4, 2012 6:45 PM
Start the thread to collect donation to support them. No matter, how much would be collected, no doubt that would at least make a bit flexible to some extent.
good_mission · Oct 5, 2012 9:08 AM
Start the thread to collect donation to support them. No matter, how much would be collected, no doubt that would at least make a bit flexible to some extent.
good_mission · Oct 5, 2012 9:08 AM
Start the thread to collect donation to support them. No matter, how much would be collected, no doubt that would at least make a bit flexible to some extent.
good_mission · Oct 5, 2012 9:08 AM
Start the thread to collect donation to support them. No matter, how much would be collected, no doubt that would at least make a bit flexible to some extent.
good_mission · Oct 5, 2012 9:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion