हाम्रो नेपालमा... बाहुनजति वडा नं. १, दलितहरू २

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  हाम्रो नेपालमा... बाहुनजति वडा नं. १, दलितहरू २   (0 Votes)   1 2 3 4 5       मोहन शाही १२         डोटी, आश्विन ८ - 'न मुईले लायाको रित, न चल्याको नाउँ सौंराइ मानी क्या अरू, जातले काट्यो गाउँ' देउडा गायक डोटेली कान्छाले त्यसै यो गीत गाएका होइनन् । भूगोलले सीमांकन भएको नेपालमा अहिले पनि जातले गाउँ छुट्टयाएको देखेपछि गीतमार्फत यी पंक्ति रचेर तथ्य खुलाएका हुन् । डोटीको दहकालीकास्थान गाविस-१ र २ स्थित ऐली गाउँ भूगोलले नभएर जातका आधारमा छुट्टयाइएको छ । गाविस सचिव गणेशराज ओझाका अनुसार दलित समुदायका घरपरिवारलाई वडा नं. २ गणना गरिन्छ भने गैरदलितका लागि वडा नं. १ । सदरमुकाम सिलगढीबाट ७ घन्टा पैदल हिँडेपछि पुगिने ९८ घरधुरी रहेको ऐली गाउँमा ६८ परिवार दलित छन् । वडा नं. २ मा दलितसँगसँगै गैरदलितका घरहरू भए पनि उनीहरूलाई वडा नं. १ का बासिन्दामा उल्लेख गरिने सचिव ओझाले बताए । 'विचित्रको वडा छ । त्यो गाउँमा दलित जहाँ बसोबास गरिरहेको भए पनि तिनलाई २ नम्बर वडाकै भनेर पहिचान गरिन्छ,' उनले भने, 'बाहुन जाति गाउँको जुनै कुनामा बसे पनि वडा नम्बर १ का बासिन्दा मानिन्छ ।' पुस्तौंदेखि नै ऐली गाउँमा जातीयताका आधारमै वडा नम्बर छुट्टयाइने गरिएको हो । 'पुस्तौंदेखि परम्पराझैं मान्दै आएकाले वैज्ञानिक रूपमा सीमांकन गर्न समस्या भइरहेको छ', स्थानीय लक्ष्मण विकले भने । लालपुर्जा, नागरिकता, परिचयपत्रदेखि अन्य तथ्यांक संकलनमा समेत ऐली गाउँवासीले थरकै आधारमा विवरण उल्लेख गर्दै आएका छन् । 'स्कुल पढ्ने छोराछोरीमा समेत जातीयताको गहिरो छाप परेको छ,' स्थानीय दानी लुहारले भने । थरका आधारमा वडा नम्बर कायम भएकाले गाविस तथा गैरसरकारी संघसंस्थालाई योजना तथा कार्यक्रम गर्न समस्या उत्पन्न हुने गरेको छ । 'या त थर विशेष राखेर कार्यक्रमको नाम उल्लेख गरी काम गर्नुपर्‍यो या दुवै वडावासीलाई लक्षित गरी एकै वडामा योजना दिनुपर्‍यो,' गाविस सचिव ओझाले भने, 'तर सबै विषयमा आपसी सहमति नहुने भएकाले झन्झट हुँदै आएको छ ।' हालसम्म स्थानीय शिक्षक, नेता तथा बुद्धिजीवीले योजनाहरूलाई आपसी समझदारीमा सुल्झाउँदै आएका छन् ।        http://www.ekantipur.com/nep/2...  

_____ · Sep 27, 2012 7:15 PM · 1,133 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all