आमघरलाई अमेरिकावाट ५ लाख सहयोग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  आमघरलाई अमेरिकावाट ५ लाख सहयोग   बोष्टन । बृद्धबृद्धा तथा अनाथ बालबालिकाहरुलाई संरक्षण दिदै आएकी आमाघरकी सञ्चालिका समाजसेवी दिलशोभा श्रेष्ठलाई अमेरिकावाट ५ लाख सहयोग आएको छ । आमाघर निर्माणार्थ संयुक्त राज्य अमेरिकाको वोस्टनमा सन् २००१ मा सञ्चालन गरिएको ‘साझा डट कम’ नामक सञ्जालबाट सङ्कलित पाँचलाख ५१ हजार ३ सय ५० रुपैयाँ सहयोग सञ्चालिका श्रेष्ठलाई प्रदान गरिएको छ । सञ्जालका सञ्चालक सान प्रधानले आफ्ना पीता मदनमोहन प्रधानको सिद्धार्थ बैँकमा रहेको खातामा पठाएको उक्त रकम विहीवार प्रधानले रविभवनस्थित आमाघरमा गई समाजसेवी श्रेष्ठलाई रकमको चेक हस्तान्तरण गर्नुभएको हो । समाजसेवी श्रेष्ठले परदेशमा बसेका दाजुभाइले दुःखजिलो गरी सङ्कलन गरेको सो सहयोग आफ्नो संस्थालाई उपलब्ध गराइएकोमा सुसी व्यक्त गनुभएको थियो । आमघरमा अहिले ३६ वृद्धा, तीन वृद्ध र ४९ बालबालिका संरक्षणमा छन् । http://onlinekhabar.com/2012/0... Last edited: 27-Sep-12 06:46 AM

_____ · Sep 27, 2012 6:44 AM · 1,325 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all