Nepal Tourists: Chinese are more cheaper then Indians

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चिनियाँभन्दा भारतीय पर्यटक खर्चालु काठमाडौं, ८ असोज - चिनियाँ पर्यटकको संख्या बर्सेनि बढ्दै गए पनि खर्च गर्ने पर्यटक भने घट्दै गएका छन् । चिनियाँको तुलनामा भारतीय पर्यटकको खर्च तीन गुणा बढी हुने गरेको छ । पर्यटन व्यवसायीका अनुसार कम खर्चिने चिनियाँका कारण पर्यटन क्षेत्रबाट प्राप्त हुने समग्र आम्दानी बढ्न सकेको छैन । “पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटकले न्यून खर्च गर्ने देखिएको छ,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव अच्युत गुुरागाईंले भने । उनका अनुसार हाल स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने चिनियाँले दैनिक २० डलरमात्र सरदर खर्च गर्ने गरेका छन् भने हवाई मार्ग हुँदै आउनेले ४० डलरसम्म । “भारतीय पर्यटक भने खर्च गर्ने खालका हुन्छन्,” गुरागाईंले भने, “भारतीयले दैनिक औसत ६० डलरसम्म खर्च गर्छन् । नेपालले चिनियाँभन्दा भारतीय पर्यटक बढाउन ध्यान दिनुपर्ने देखिएको छ ।” नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक पछिल्लो ६ वर्षमा सात गुणाले बढेका छन् । केही वर्षअघिसम्म नेपाल आउने चिनियाँले दैनिक सरदर ५० डलरसम्म खर्च गर्ने गरे पनि हिजोआज ४० डलर र स्थलमार्ग हुँदै आउनेले २० डलरमात्रै खर्च गर्ने गरेको पर्यटन व्यवसायीले गरेको अनौपचारिक सर्र्वेक्षणले देखाएको छ । तर, भारतीयले औसत ६० डलर तथा अमेरिकी तथा युरोपेलीले ७० डलरभन्दा बढी खर्च गर्ने गरेका छन् । पछिल्लो समय चिनियाँ पर्यटक स्थलमार्ग हुँदै बढी आउन थालेका छन् । उनीहरूमध्ये धेरैजसो स–साना व्यापारका लागि मात्र आउने गरेका छन् । त्यस्ता, पर्यटकले सकेसम्म सस्ता होटल तथा लज खोज्ने गरेको व्यवसायीको अनुभव छ । भारतीय पर्यटकहरू भने तारे होटलमा बढी बस्छन् । “चिनियाँ पर्यटक धेरै संख्यामा व्यापारिक दृष्टिकोणले काठमाडौं आउँछन् र एकदमै न्यून खर्चमा भ्रमण सकाउँछन्,” गुरागाईंले भने । चिनियाँ पर्यटकको संख्या ६ वर्षमा सात गुणाले बढेको छ । सन् २००६ मा हवाई मार्ग हुँदै नेपाल भ्रमण गर्ने चिनियाँको संख्या जम्मा ६ हजार ५ सय ३१ मात्र रहेकोमा २०११ साढे सात गुणाले बढेर ४५ हजार ४ सय पुगेको थियो । चिनियाँ पर्यटकको संख्या सन् २०१२ का आठ महिनामा पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । यो अवधिमा ३१ हजार २ सय ४ चिनियाँले नेपाल भ्रमण गरेका छन्, जुन गत वर्षभन्दा २७.५ प्रतिशतले बढी हो । “पछिल्लो तथ्यांकले नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य पुष्टि गरे पनि उनीहरूले खर्चचाहिँ घटाउँदै लगेका छन्,” गुरागाईंले भने । चिनियाँहरू सहरी तथा सुविधासम्पन्न क्षेत्रमा घुम्न मन पराउने भएकाले टुर गाइड बढी मात्रामा जाने गरेका छन् । नेपालमा चिनियाँ पर्यटकका लागि २० वटा टुर एन्ड ट्राभल्सले काम गर्दै आएका छन् । गत वर्ष नेपाल सरकारले मनाएको ‘पर्यटन वर्ष २०११’ मा १ लाख चिनियाँ भिœयाउने लक्ष्य थियो । तर, अब संख्यात्मक रूपमा मात्र नहेरेर गुणस्तरीय पर्यटक भिœयाउन जोड दिनुपर्ने गुरागाईं बताउँछन् ।

rid · Sep 25, 2012 9:53 PM · 13,510 views

7 Replies

honkong ma basnni chinese hoina hola

peacelands · Sep 25, 2012 10:30 PM

These Chinese / Koreans are same all over the world. They are cheap by born.

tutepani · Sep 26, 2012 8:07 AM

 सब्द नै आएन कसरि बर्णन गर्ने: डेलिभरी   पनि भ्याइयो , गरियो | चाइनिज खाने पनि तेस्तै ७.९९ भोजन डेलिभरी ,  अनि दिने ८ अनि भन्ने KEEP THE CHANGE . एघार बजे घरमा गएर Dinner खानु पर्ने ?  Russel को चाइनिज बारे को प्रहर्सन हेर्नु भएको छ ? Here it is. http://www.youtube.com/watch?v...

MaGorkhe1 · Sep 26, 2012 9:02 AM

This article is bullshit. It does not state how many indians are coming in compare to the numbers of chinese. How can you compare small inflow of genuine chinese tourist to the number of massive indian pour ? And how do they keep track that indians are spending money on genuine tourism purpose and not investing etc?

pshrestha78 · Sep 26, 2012 9:54 AM

यो केइ होइन भोटेहरुलाई चाक सेक्ने गरी ट्याक्स हान्ने बेला भको हो !

28th amendment · Sep 26, 2012 10:15 AM

 Are Koreans really that cheap? Not that I've ever hung out w/ them, I'd never come across anybody who'd referred to them as 'cheap'. 

riddle · Sep 26, 2012 11:58 AM

Some execptions but they are.

tutepani · Sep 26, 2012 12:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all