धम्कीका विवरणको तस्बिरसहित- काठमाडौँ, असोज ८ (नागरिक) - मुम्बई अन्डरवर्ल्डको नामबाट फेसबुक, एसएमएस र इमेलबाट विभिन्न व्यक्तिलाई धम्की दिँदै रकम माग गर्ने एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। हेटौडा घर भएका 'उदय नेपाल' मासिक पत्रिकाका लागि काठमाडौँमा रिपोर्टिङ तथा बजार व्यवस्थापन हेर्ने २७ वर्षका सागर बजगाईँलाई प्रहरीले काठमाडौँ गौरीघाटबाट पक्राउ गरेको हो। उनले विगत केही महिनादेखि राजधानी काठमाडौँ लगायत बीरगंज तथा नुवाकोट जिल्लामा कार्यरत बैंक व्यवसायी, चिकित्सक लगायत विभिन्न ब्यक्तिहरुलाई मुम्बई अन्डरवर्ल्ड ग्रुपको नामबाट नेपाल टेलिकमको वेब एसएमएस तथा जिमेल एकाउन्ट mgroup1111@gmail.com प्रयोग गरी अपहरण तथा ज्यान मार्ने धम्की दिने, २५ देखि ३० लाखसम्म नगद माग गर्ने गरेको सिबिआइले जनाएको छ। सिबिआइका अनुसार बजगाइँले एसएमएस पठाउन आफ्नै नामको नभई अरुको नामबाट निकालिएको सिम कार्ड प्रयोग गरेका थिए। अनुसन्धानबाट खुले अनुसार २/३ महिना अगाडि त्रिपुरेश्वरको मेघा बैंक अगाडि जि.तनहुँ ब्यास न.पा. ८ को सन्तोष खनाल नाम गरेको व्यक्तिको नागरिकताको प्रमाण पत्र उनले पाएका थिए। सोही नागरिकताको फोटोकपी प्रयोग गरी मोबाइल फोन आवेदन फारममा "उदय नेपाल" पत्रिकामा आफूसँगै काम गर्ने भानुभक्त ढुंगानाको फोटो राखी नेपाल टेलिकम टेकू शाखाबाट ९८४३२६००९० को मोबाइल सिम कार्ड उनले लिएका थिए। सोही मोबाइल नम्बरको प्रयोग गरी उनले नेपाल टेलिकमको वेब एसएमएसबाट धम्किपूर्ण एसएमएस पठाउने गरेका थिए। त्यसैगरी उनले फेसबुकको प्रयोग गरी पनि धम्की दिने र रकम माग गर्ने गरेको देखिएको छ।
rid · Sep 24, 2012 12:49 PM · 106 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion