लिम्बू कि याक्थुङ्?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  लिम्बू कि याक्थुङ्? आफ्नो ऐतिहासिकता तथा भाषा–संस्कृति विपरीत र अर्को समुदाय तथा बाह्यजगतले हेयभावले राखेको नामका आधारमा जातीय प्रदेशको माग गर्नु आफैंमा सोचनीय कुरा छ। हिमालखबर बिहीबार , ४ असोझ २०६९ १२:०६ पम डा. रमेशकुमार ढुंगेल हिजोआज ‘लिम्बू’ नामले चिनिने समुदाय अनेकन् सांस्कृतिक परम्परा बोकेका नेपालका ११४ भन्दा बढी जातीय समुदायमध्ये एक हो। काठमाडौं उपत्यकाका आदिम किराँत र सुदूर कोशी–मेचीपारका किराँत (लिम्बू, लेप्चा) को वंशगत तथा ऐतिहासिक सम्बन्धबारे आनुवंशिक अध्ययन नभए पनि ‘लिम्बू’ हरू नेपाल देशको प्राचीनतम जातिमध्ये एउटा भएको प्रमाणहरू छन्। ‘लिम्बू’ वा ‘लिंवू’ नाम भने यस समुदायको इतिहास जति पुरानो छैन। उनीहरूकै बोली वा भाषा र सिरिजङ्गा (खास नाम रुपिहाङ् राय) का लेखोटहरूमा समेत ‘लिम्बू’ शब्द भेटिंदैन। यो नाम भोट वा भोटमूलको ‘लिङ्’ र ‘पो’ वा ‘वो’ (तिब्बती लेखाइमा ‘लिङ्स–पो’ वा ‘लिङ्स–वो’) शब्दको अपभ्रंश हुनु यसको सारभूत ऐतिहासिक कारण देखिन्छ। तिब्बती वा भोट भाषामा ‘लिङ्’ र ‘पो’ वा ‘वो’ शब्द (तिब्बती लेखाइमा ‘लिङ्स–पो’ वा लिङ्स–वो’ ) को अर्थ ‘टाढिएको, सीमान्त क्षेत्र वा अनकन्टार जंगल इलाकामा शिकारी भई पसेर हराएको’ वा ‘मूल सभ्यता, धर्मसंस्कृति, परम्परा भन्दा बाहिर पुगेको’ अर्थात् सभ्यता नभएको आदि हुन्छ। यो जातिलाई सबैभन्दा पहिले भोट वा भोट मूलका लामा र शासकहरूले ‘आफूभन्दा कमसल, असभ्य वा दूरइलाका–कुनावासी’ को रूपमा ‘लिङ्’ र ‘पो’ वा ‘वो’ भन्न थालेको देखिन्छ। भोट र सिक्किमतर्फका लामा र भोट मूलका शासकहरूका दृष्टिमा यो शब्दको प्रयोग खासगरी राजनीतिक र सांस्कृतिक प्रभुत्ववाद (कल्चरल हेजेमोनिज्म) का दृष्टिकोणबाट निकै अर्थपूर्ण पनि छ। यस विषयमा अलिक विस्तारपूर्वक बुझन लिम्बूहरूको प्राचीनता र ऐतिहासिक बसोबास क्षेत्रको चर्चा आवश्यक छ। ‘लिम्बू’ (याक्थुङ्) नालीबेली ‘लिम्बू’ समुदायको बसोबासको ऐतिहासिक स्थल वर्तमान नेपालको पहाडमा अरुण भन्दा पूर्व र तराईमा सप्तकोशीदेखि मेची नदीसम्मको भूभाग हो। ‘लिम्बू’ बसोबास क्षेत्र समय–समयमा संकुचन र विस्तार भएको ऐतिहासिक प्रमाणहरू छन्। आधुनिक नेपाल निर्माण भन्दा पहिले उत्तरमा हिमालय पर्वत र दक्षिणमा हालको भारतको जलालगढ (पूर्णिया) सम्मका भूभागमा ‘लिम्बू’ को राजनीतिक अधिकार थियो। यत्रो भूभाग भए पनि सिक्किमले शक्ति विस्तार गर्दा कहिलेकाहीं ‘लिम्बू’ शासकका पहाड र तराई दुवैतर्फका क्षेत्रहरू पूर्ण अधिकारमा त कहिले शिर्तो बुझ्ाउने करद (कर) प्रदेशमा परिणत हुन्थे। कहिलेकाहीं चाहिं ‘लिम्बू’ भूभाग आंशिक रूपमा खण्डित पनि हुन्थ्यो। सिक्किमका भोटे शासकको उग्र थिचोमिचोबाट बच्न लिम्बू शासक र जनताले कहिलेकाहीं पश्चिमका सेन राजाहरूसँग सहयोग माग्थे। यसक्रममा सेन राजाहरूलाई मूल शासक स्वीकारेर विजयपुर, चौदण्डी जस्ता राई–लिम्बू क्षेत्रको शासन व्यवस्था चल्ने–चलाउने प्रबन्ध गरिएका ऐतिहासिक प्रमाण पाइएका छन्। ‘लिम्बू’हरू स्थानीय शासक हुँदाको अवस्थामा र सिक्किमका भोटे शासकको थिचोमिचोबाट जोगिन मकवानी सेनहरूलाई आमन्त्रण गरेपछि समेत यस प्रदेश वा राज्यको नाम ‘लिम्बू इलाका’ ‘लिम्बूवान’ आदि नभई विजयपुर थियो। यसै क्षेत्रका विजयनारायण राय नामक किराँत (लिम्बू) शासककै नामबाट विजयपुरको नाम रहेको ऐतिहासिक मान्यता छ। विजयपुर राज्यको पहाडतर्फ ‘लिम्बू’ का १० स्थानीय नायक (हाङ्) को प्रशासन चल्थ्यो भने तराईतर्फ सोझै मूल शासक वा तिनका मुख्य काजी (मुख्य मन्त्री) अन्तर्गत राज्य व्यवस्था मिलाइएको थियो। सेनहरूलाई राजाको रूपमा आमन्त्रण गरेर मूल गद्दीमा राखिएपछि भने विजयपुर दरबारमा एक जना राय (लिम्बू) र एक जना खसका गरी दुई जना मुख्यमन्त्री राख्ने चलन चल्यो। यस्तो व्यवस्थाको उद्देश्य स्थानीय परम्परालाई मान्यता दिंदै सिक्किमको अतिक्रमणलाई रोक्ने क्रममा त्यस क्षेत्रमा पुर्‍याइएका खस र मगर समुदायको व्यवस्थापन गर्नु पनि थियो। यसो गर्दा बाह्य आक्रमणबाट रक्षासँगै विजयपुरको आन्तरिक राज्यव्यवस्था पनि राम्रोसँग चल्थ्यो। आफ्नो भाषामा ‘लिम्बू’ हरूको जातीय नाम वा पहिचान ‘याक्थुङ्’ वा ‘याक्थुङ्वा’ हो। सिक्किम मूल थलो भएका किराँत परिवारका लेप्चाहरूले ‘याक्थुङ्’ वा ‘याक्थुङ्वा’ हरूलाई सम्मानपूर्वक ‘चोङ्’ वा ‘चोङ्वा’ भनेर सम्बोधन गर्दथे, अझ्ै गर्दछन्। किराँतको प्राचीनतम चोङ्लिपि, किराँत लिपि, भाषा र साहित्यका विद्वान् सिरिजङ्गाको आदरार्थी नाम, विशेषण ‘सिरि चोङ्वा’ लेप्चाहरूले लिम्बूलाई सम्बोधन गर्ने वा चिनाउँने क्रममा बनेकोमा शंका गरिरहनुपर्दैन। यसबाट याक्थुङ् मुन्धुम (मुन्थुङ्), याक्थुङ् सेमा मुन्थुङ् तथा याक्थुङ्हाङ् जस्ता प्राचीन र हिजोआज प्रचलित ‘याक्थुङ्–चुम्लुङ्’ जस्ता नाम ‘लिम्बू’ लाई जनाउने स्थानीय सम्मानका बोली हुन् भनेर सहजै बुझ्िन्छ। याक्थुङ् शासक कूलका विद्वान रुपिहाङ् रायको अत्यन्त सम्मानित उपनाम ‘सिरिजङ्गा’ को प्रसंग पनि यहाँ उल्लेख्य छ। यी रुपिहाङ्लाई ‘लिम्बू’ वा ‘लिम्बूवान’ का नभनी लिम्बूलाई चिनाउने लेप्चा नाम ‘चोङ्’ र हिन्दू तथा बौद्ध आदर्शको आदरार्थी ‘श्री’ समेत जोडेर ‘श्री चोङ्वा’ भनियो। यो नाम पछि अपभ्रंश हुँदै ‘श्री जोङ्वा’ र ‘सिरिजङ्गा’ हुनपुग्यो। याक्थुङ् (लिम्बू) समुदायको इतिहासमा यो एउटा बुझनैपर्ने रोचक तथ्य हो। ‘लिम्बू’ नाम स्थानीय याक्थुङ् समुदायलाई भोट मूलका शासक र लामाहरूले हेयभावले राखेको नामबाट आएको इतिहासले देखाए पनि ज्ञानको अभावका कारण सेन, गोर्खाली शासक, बेलायती विद्वान् ब्रायन हज्सन्, उनका अनुसन्धान सहयोगी र पछि बाह्यजगतले समेत ‘याक्थुङ्’ वा ‘याक्थुङ्वा’ नभनी ‘लिम्बू’ नै प्रयोग गरे। पृथ्वीनारायण शाह र उनका उत्तराधिकारी तथा प्रशासकहरूले व्यावहारिक सम्बोधनमा ‘लिम्बू’ जाति र तिनको ऐतिहासिक बसोबास क्षेत्रलाई उर्दू–पर्सियन शब्दको ‘आना’ जोडेर ‘लिम्बूआना’ भने, जुन अहिले ‘लिम्बूवान’ भएको छ। जबकि, लन्डनको ब्रिटिश लाइब्रेरीमा सुरक्षित १७० देखि झ्ण्डै ३०० वर्षअघिसम्म सिरिजङ्गा लिपिमा लेखिएका दर्जनौं स्रोतमा कतै पनि ‘लिम्बू’ शब्द भेटिन्न। याक्थुङ्वाहरूलाई आफ्नोतर्फ मिलाउने क्रममा पृथ्वीनारायण शाहले जारी गरेका औपचारिक आदेश र प्रतिज्ञापत्रहरूमा ‘लिम्बू’ शब्द प्रयोग गर्दा उनीहरूको मूल नामबारे जानकारी नभएको वा सिक्किमे तथा भोटतर्फका लामा र अधिकारी वर्गले चलाएको हेयको शब्द नै चलाउन चाहेको बुझ्िन्छ। उनका उत्तराधिकारीहरूले पनि अज्ञानतावश ‘लिम्बू’ नै चलाए। याक्थुङ्हरूको ऐतिहासिक थलोलाई आधिकारिक रूपमा ‘पल्लो किराँत’, ‘विजयपुर राज्य’, ‘मोरङ इलाका’, ‘१७ थुम्’, ‘तेह्र थुम’, ‘पूर्व ६ नम्बर चैनपुर’, ‘चैनपुर अमाल इलाका’, ‘पाँच खपन’, ‘दश मझ्िया’, ‘सुखिम चैनपुर’ जस्ता क्षेत्रीय प्रशासनिक नाम दिइएका दस्तावेजहरू पनि पाइन्छ। ‘पल्लो किराँत’ नाम पञ्चायतकालसम्म नै प्रचलित थियो। ऐतिहासिक प्रशासनिक हिसाबले पल्लो किराँतका खाम्पालुङ् इशलिम्बा, सिङ्लेला जस्ता क्षेत्रीय पर्वत शृङ्खलाका नाम पनि उत्तिकै उल्लेख्य छन्। पृथ्वीनारायण शाहको समयमा सल्यानी र जाजरकोटे राजाहरूलाई काठमाडौंबाट पठाइएका लालमोहरहरूमा पल्लो किराँतको पहाडी इलाकालाई ‘पूर्वको सुखिम चैनपुर’ भनिएको छ। ‘लिम्बू’ शब्द स्थानीय (नेटिभ) नभएको सन्दर्भमा ‘लिम्बू’ प्रशासनिक नाम नराखिनु स्वाभाविकै पनि हो। तर, सिक्किमका भोट मूलका शासकका साथै कालान्तरमा तिब्बततर्फबाट झ्रेका गोवा आदि स्थानीय प्रशासक र लामाहरूले हेयभावमा ‘लिङ्वो’ वा ‘लिङ्वु’ नै भन्दा पछि खस, मगर आदि समुदायले पनि यथार्थ नबुझ्ी अनौपचारिक रूपमा ‘लिंवू’ नै भन्ने गरे। यसरी ‘लिम्बू’ स्थानीय याक्थुङ्वाहरूलाई याक्थुङ्इतरका समुदायले भ्रमवश दिएको एउटा समुदायगत नाम हुनपुग्यो। यस सन्दर्भमा एउटा चाखलाग्दो तथ्य के छ भने, उत्तरी संखुवासभाको हटिया गाविस नजिकै स्याक्सिलामा करीब २७ घरधुरीको वस्तीमा ‘सिरजुङ्’ नामले चिनिने र आफूलाई ‘लिङ्वो’ भनेर चिनाउने समुदाय अहिले पनि छ। भोट मूल अन्तर्गत परेको र भाषा आदिले पनि भोट मूलमै समेटिएको यो समुदाय आफूहरू ‘सिरजुङ् लिङ्वु’ भएको र आफ्ना पुर्खा हाङ् राजाको तर्फबाट कर उठ्तीका निम्ति आएर यतै बसोबास गरेको सुनाउँछन्। आफूलाई हाङ् राजाका कर अधिकारीको सन्तान भन्ने ‘सिरजुङ् लिङ्वो’हरू पनि याक्थुङ् वा लिम्बूहरूसँगै सम्बन्धित भएको बुझिन्छ। याक्थुङ्हरूको प्राचीन इतिहाससम्म नपुग्ने ‘लिम्बू’ नाम भोट मूलका सिक्किमे शासक र लामाहरूले आक्रमण–अतिक्रमण, लेनदेन–व्यापार वा अरूखाले सम्पर्कका क्रममा ‘लिङ्वु’ वा ‘लिंवू’ भनेबाटै आएको हो। इतिहासमा ‘लिंवू’ र सिक्किम–भोटबाट ओर्लिएका भोट मूलका समुदायबीच सिमाना र क्षेत्रीय प्रभुत्वका विषयमा धेरै पटक ठूला–साना झ्डप भएका थिए। सिक्किमका लामाको पेलाइ र उक्साहटमा त्यहाँका भोटे शासकले गराएको महात्मा सिरिजङ्गाको हत्या राजनीतिक र सांस्कृतिक प्रभुत्ववादको एउटा दुर्दान्त घटना हो। हेयभावको सम्बोधन र याक्थुङ् विद्वानको हत्या एकअर्कोसँग असम्बन्धित घटना थियो भनेर मान्न सकिंदैन। गोर्खालीसँग सम्झौता र काङ्सो रे ‘लिम्बू’ अर्थात् याक्थुङ्वाहरूले पृथ्वीनारायण शाहसँग ठिङ्रो–मुङ्रो (जेलनेल राख्ने विशेष स्थानीय शासन अधिकार) सहित आश्रित इलाकाको सम्झ्ौता गरेका थिए। माझ् किराँतलाई अनेकन् सैन्य आक्रमण र घमासान युद्धबाट अधीनस्थ गरेपछि पृथ्वीनारायणका सैन्यले पल्लो किराँत अर्थात् याक्थुङ्को ऐतिहासिक क्षेत्र चैनपुरअन्तर्गत सिङ्लेला पहाड र इलामदेखि सिक्किमसम्मका सत्र वटै थुम जित्न कुनै युद्ध गर्नु परेन। भोजपुर नजिक फालि (फालीकोट/फालिजोङ्) मा थर्पु (क्याम्प) हालेर बसेका गोर्खाली सेनानायकहरूलाई लिम्बूका १० हाङ् क्षेत्रीय नायक र तिनका प्रतिनिधिले चैनपुर किल्लामा बोलाएर पान–फूलसहित स्वागत गरेका थिए। बदलामा पृथ्वीनारायणले ‘लिम्बू’ का जहान, बालबच्चासहित उक्त क्षेत्रको पूर्ण सुरक्षाको जिम्मेवारी लिएका प्रमाण ताम्रपत्र र अन्य मोहरहरू हुन्। पृथ्वीनारायणले कुनै–कुनै लालमोहरमा ‘लिम्बू’ लाई तुतु तुम्याङ ‘याक्थुङ् हाङ्’का सन्तान पनि भनेका छन्। यसले ‘लिम्बू’ नभनी ‘याक्थुङ् शासकका सन्तान’ भनेर सम्मान गर्न खोजेको देखाउँछ। यस सन्दर्भमा, काङ्सो नामका एक लिम्बू नायकले ‘गोर्खालीहरूसँग युद्ध गरेको’ भनेर भ्रम सिर्जना गरिएको पाइन्छ। भारतमा अंग्रेजीकरण गरेर ‘राय’ लाई ‘रे’ अनि ठाकुरलाई ‘टैगोर’ बनाए जस्तै काङ्सो हाङ् वा काङ्सो रायलाई ‘काङ्सो रे’ भनेर नामलाई नै भ्रामक बनाइएको छ। स्पि्रग् जस्ता अंग्रेज र इमानसिंह चेम्जोङ् जस्ता अंग्रेज प्रभावका अन्वेषकहरूले पद वा पदसँग सम्बन्धित थर ‘राय’ लाई ‘रे’ लेखेर प्रचार गरिदिए। यसरी याक्थुङ्का एक नायकको नाम नै ‘काङसो रे’ भएको हो। ‘राय’ राजा वा शासक वर्गसँग सम्बन्धित सम्मानजनक पद जनाउने थर हो। विजयपुरका अन्तिम मूल काजी बुद्धिकर्ण राय, रुपिहाङ् राय, बाजहाङ् राय, विजयनारायण राय आदि यसका उदाहरण हुन्। राई थर ‘राय’ बाटै आएको हो। काजी काङ्सो राय सिक्किमे, भोटे, लेप्चा र केही याक्थुङ्वाको मोर्चाबाट वि.सं. १८४४–४५ मा काठमाडौंका फौजसँग लड्ने नायक हुन्, १८३१ मा हुँदै नभएको युद्धका लडाकू होइनन्। गोर्खाली सेनालाई अरुण पश्चिम धपाउने उद्देश्यले सिक्किमका भोटे शासकको योजनामा भएको १८४४–४५ को युद्ध चैनपुर प्रशासनिक क्षेत्रको सिद्धिपुर र सिद्धपोखरी भेकमा भएको थियो। त्यस युद्धमा ‘नीति’ भनेर चिनिने केही याक्थुङ्वा अर्थात् लिम्बूहरू अवश्य संलग्न थिए। स्थानीय प्रशासकको मान्यता पाएका पहिलेका कतिपय याक्थुङ् हाङ्का सन्तान (संपृति/समरीति) भने गोर्खाली पक्षमा थिए। वि.सं. १९१२ को नेपाल–भोट युद्ध र विजयपुर–मोरङ गडबडीमा समेत सिक्किम र अंग्रेज विरुद्ध गोर्खाली पक्षबाट वीरतापूर्वक लडेको रीझ् (उपहार, बक्सिस्) वापत उनीहरूलाई लालमोहरमार्फत १९०९ को मुलुकी ऐनका केही भाग संशोधन गरेर ‘मासिने मतवाली’ बाट ‘नमासिने मतवाली’ मा चढाइयो, १९१७ मा। यो लालमोहरले संपृति/समरीति लिम्बूहरूलाई विशेष मान्यता दिने परम्परालाई आधिकारिकता दिएको देखिन्छ। इतिहासलाई किम्बदन्तीसँग मिसमास र अपव्याख्या गर्ने प्रवृत्ति हावी हुनु अर्कै कुरा हो। ‘नमासिने मतवाली’ भएपछि संपृति/समरीति लिम्बूहरूले नेपालको राष्ट्रिय सेनामा जम्दार, हवल्दार, लप्टन जस्ता त्यसबेला जनसाधारणले नपाउने पद पाए। बेलायती दूत ब्रायन हज्सन्लाई लिम्बू–लेप्चा भाषा, लिपि र सभ्यताको अध्ययनमा सहयोग गर्ने हवल्दार रणध्वज सुब्बा, कप्तान हंसवाज सुब्बा र जोभानसिं फागोहरू उन्नाइसौं शताब्दीमा नेपालको राष्ट्रिय सेनाका महत्वपूर्ण याक्थुङ् (लिम्बू) हरू हुन्। जोभानसिंह फागोको परिचयमा हज्सनले कोष्ठ भित्र मात्र ‘लिम्बू’ लेखेका छन्, जुन निकै अर्थपूर्ण कुरा हो। अन्त्यमा, नेपालमा हिजोआज संघीय संरचनाको प्रसंगमा चलाउने गरिएका जातिगत समुदायका नाममध्ये ‘मंग्वर’ वा ‘मगरात’ लाई केही बढी ऐतिहासिक मान्न सकिए पनि ‘लिम्बू’ वा ‘लिम्बूवान’ याक्थुङ् (लिम्बू) हरूको भाषा र ऐतिहासिक–प्रशासनिक निरन्तरताको हिसाबले धेरै कमजोर छ। प्राचीनता, निरन्तरता र याक्थुङ् (लिम्बू) हरूको भाषिक व्युत्पत्तिका हिसाबले यो नामलाई ऐतिहासिक भनेर व्याख्या गर्न सकिने स्थिति छैन। अर्कोतर्फ याक्थुङ्वा (लिम्बू) र अरुण–बरुण नदी शृङ्खलाका पर्वत क्षेत्रमा उनीहरूसँग युगौंयुगदेखि बसोबास गरेका अरू समुदायलाई छुट्याएर प्रदेशको खाका बनाउने एउटा पनि ऐतिहासिक आधार पाईंदैन। न त याक्थुङ् लिम्बूहरूले चैनपुर भेकमा स्थापना गरेका ऐतिहासिक–सांस्कृतिक सम्पदालाई अरुण पश्चिम बन्ने भनिएको प्रदेशमा सार्न नै मिल्छ। बरु किराँत लिपि र भाषा–साहित्यका जनक सिरिजङ्गाको नामलाई सांकेतिक सापेक्षताका आधारमा कोशी जस्ता प्राकृतिक नामको साथमा पहिचानमुखी प्रदेशको साझा नाम बनाउन सकिन्छ। जातीय पहिचानका आवाज र संघीय खाका निर्माणको व्यावहारिक मिलनबिन्दुको खोजी संयमतापूर्वक इतिहास बुझेर मात्र गर्न सकिन्छ। उत्पत्ति र इतिहास विपरीत अनि अर्को समुदाय र बाह्यजगतले हेयभावले राखेको नामबाट जातीय समुदायगत पहिचानयुक्त संघीय प्रदेशको माग गर्दा पहिचानको अर्थमा अनर्थ भएर भावी पिंढीलाई समेत अप्ठेरो अनुभूति हुनसक्छ। जस्तो, अन्य समुदायले ब्राह्मणलाई उडाउनुपर्दा ‘काठा’ भन्छन्। अब ‘काठा’ प्रदेशको माग गर्नु ऐतिहासिक पहिचानको आधारमा स्वाभिमानपूर्ण होला त ब्राह्मण समाजलाई? नेपालको जातीय विविधताको साङ्गोपाङ्ग र प्रामाणिक इतिहास नहुँदा मुलुकमा जारी संघीयताको बहस समाधान भन्दा समस्याको रूपमा चर्किएको छ। जातीय आधारमा प्रदेशहरूको नामकरण गर्नुपर्छ वा गर्नुहुँदैन भन्ने बहसमा नेपालका जाति र समुदायको विकासक्रमको इतिहास भने ओझ्ेलमा परेको छ। यसबारे अध्ययन–अनुसन्धानमूलक स्रोत सामग्रीहरूको खोजीनिती गरिएकै छैन। नेपालका जातीय समुदायहरूको जरो पहिल्याउने स्रोत अध्ययनका साथै प्रामाणिक इतिहास नकेलाई जातिगत समुदायका पहिचानसँग सम्बन्धित विषयलाई नागरिक, राजनीतिक तथा सरकारी तहको संरचना बनाउन खोज्नु संघीयताको कमजोर थालनी हो। अनेकन् सामाजिक–सांस्कृतिक विविधता बोकेका नेपालका जातीय समुदायका प्राचीनता, ऐतिहासिकता, भेद–विभेदका तथ्य, देश निर्माणमा उनीहरूको देन र वर्तमानमा तिनको भूमिका तथा स्थान जस्ता आधारभूत विषयमा कुनै अध्ययन भएको छैन। यस्ता अध्ययन–अनुसन्धान बेगर जातीय–क्षेत्रीय संघीय एकाई निर्माणका साथ देशको पुनर्संरचना गर्ने हेतुले अगाडि बढ्न खोज्दा मुलुकको केन्द्रीय राजनीति नै जडवत् बन्न पुगेको छ। र, सामेलीपनको असल नियतबाट अभिप्रेरित अन्तरिम संविधानमा उल्लिखित कतिपय प्रावधानहरू समेत व्यवहारमा उतार्न सकिएको छैन। जुन, निसन्देह जातीय प्रदेशको दुस्साहसपूर्ण कार्यान्वयनकै परिणामको रूपमा आएको हो। यो अवस्थामा, पहिले नभएका वा नगरिएका सामाजिक, सांस्कृतिक, ऐतिहासिक र राजनीतिक चिन्तनले महत्व पाउनुपर्छ। यही मेसोमा इतिहासका अध्येता तथा अध्यापक डा. रमेशकुमार ढुंगेलले नेपालका केही प्रमुख जातिहरूका ऐतिहासिक र वर्तमान स्थितिको अन्वेषण गरिरहेका छन्। पहिलो चरणमा अहिलेसम्म प्रदेशको नामांकनको सन्दर्भमा उठेका जातिगत समुदाय र अन्ततोगत्वा सिंगो नेपालको जातीय संस्कृति र इतिहाससँग सम्बन्धित पहिचान समेटेर नेपालको जातिगत समुदायको इतिहास सम्बन्धी स्रोतग्रन्थ तयार पार्ने अनुसन्धानमा छन्, डा. ढुंगेल। उनको यो जिम्मेवार बौद्धिक कर्मले ग्रन्थको रूप लिन अवश्य पनि समय लाग्छ। तर, नेपाली समाजका लागि उनका अनुसन्धानमूलक सूचनाहरू अहिले पनि त्यति नै महत्वपूर्ण छन्, जति पछि हुनेछन्। त्यसका लागि डा. ढुंगेलका अनुसन्धानका सारांशहरूलाई फुटकर लेखको रूपमा प्रकाशित गर्दै जाने अनुमति हिमाल ले लिएको छ। यसको थालनी पूर्वी नेपालका ‘लिम्बू’ समुदाय र ’लिम्बूवान’ नामबाट गरिएको छ, क्रमशः पश्चिम लाग्ने मनसुवाका साथ। – सम्पादक  

_____ · Sep 22, 2012 5:18 PM · 31,774 views

21 Replies · Showing 21 - 21
Page 2 of 2

 Dharke You,kind sir,is someone with too much time in hand.Infact you are turning out to be  the "chuchey" version of Dilip Rai.Idleness and no pussy makes people go loco. I give up,Limbus are POS whose history and aspirations means eff all.Happy?

Daaku · Sep 26, 2012 6:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all