नाटक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज एउटा अर्को नाटक को घोषणा भो  हाम्रो देस मा फेरी चुनाव हुने भो    जनता तेइ हुन  नेता तेइ हुन  ठाउँ तेइ हो  गाउ तेइ हो  परिबेस तेइ हो  बातावरण तेइ हो  नाटक पनि तेइ हो  केबल १-२ पात्र फरक हुनेछन   किन कि तिनी हरु जेल परेका छ  नत्र तेइ अनुहार निच्च हाँस्दै भोट् माग्न आउने छ  हाम्रो देस मा फेरी गाई जात्रा हुँदै छ ।  हाम्रो देस मा चुनाव हुँदै छ ।    जनता फेरी झुक्याइने छन  मिठो सपना फेरी बाडिने छ  देस फेरी केइ महिना सिङपुर बन्ने छ  अनी फेरी मन्च मा तेइ नेता कुर्लने छ, जनता को लागि लोकतन्त्र भनेर फेरी भनिने छ ,   देस दुलही जस्तो रङी बिरङी धोजा ले रङिने छ,  तर हुने वाला त केइ छैन ,  त्यो त नाटक हो जस्को अन्त्य सब लाई थाहा छ  कुरा फेरी सत्ता मा गएर अद्किने छ , चुनाव नाम को नाटक फेरी हुने वाला छ    बबन सिंह फेरी उठ्ने  छ  बन्दुक को नाल मा चुनाव लड्ने छ ,  गछ्यधार फेरी मन्त्री बन्ने छ  मधेसको नाम मा टन्न घिच्ने छ  अनी माओवादी ले फेरी खुकुरी उद्धौने छ  अनी सब भोट आँफै लिने छ  २-४ ठाउँ मा बम पड्केलान  जनता केही फेरी मर्लान  किनकी यो नाटक महँगो छ  जित्ने ले जित्लान हार्ने ले हार्लान  तर मुल्य जनता ले चुकाउने छ हाम्रो देस मा फेरी चुनाव हुँदै छ    यो नाटक हाम्रो लागि नयाँ हैन  नौलो केही पनि छैन  देस फेरी रङ मन्च बन्ने छ  थरी थरी को नौटन्की देख्न पाइनेछ  कोइ मन्च मा आएर रोलान  कोइ आएर माफि माग्लान   त कोइ आएर सँगइ ढेडो नि खालन  थरी थरी का पात्र फेरी भेटीने छन  देस फेरी दाउ मा रखिने छ  अब छिट्टै हाम्रो देस मा चुनाव हुने छ ।    फेरी सत्ता को लागि हान थाप हुने छ छ छ मैना मा सरकार बदलिने छ  पालाई पालो सब मन्त्री हुनेछन  हरुवा हरु फेरी प्रधान मन्त्री हुने चन  देस को ढुकुटी फेरी रित्तिने छ  महङी फेरी आकासिने छ  जनता फेरी मुर्ख बन्ने छन  अनी फेरी अर्को चुनाव को प्रतिक्ष्या गर्ने छन । 

amricane · Sep 22, 2012 1:02 AM · 15,622 views

2 Replies

True !! Amricane but try to write short and weighty .Choose a typical word and make a typical sentence. good job,keep it up

prabhat41 · Sep 22, 2012 4:24 AM

 सुजाब का लागि धन्यबाद मित्र , साझा का अरु मित्र हरु, राहुल दाई , जी ति दाइ को पनि तेस्तै सुजाब छ . मैले प्रयास नगरेको पनि हैन , तर खै सकिन नै भन्न पर्ला .  फेरी प्रयास गर्ने छु हेरु कति को सफल हुन्छु.  धन्यवाद. 

amricane · Sep 22, 2012 9:15 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all