बाह्र वर्षमै सेक्स THURSDAY, 20 SEPTEMBER 2012 19:12 नागरिक 1 2 3 4 5 (4 votes, average 3.50 out of 5) बस्नेत कमल- सेक्स! कुनै समय थियो, जति बेला सेक्सबारे समाज पटक्कै खुल्दैन थियो। कोही लजाउँथे, कोही डराउँथे। कसैलाई परम्परा र संस्कृतिले बोल्न छुट दिँदैनथ्यो। तर, अहिले समय फेरिएको छ। परिवर्तित समयसँगै सेक्सका मामिलामा समाज खुल्न थालेको छ। परम्परा फेरिँदै छन्। सेक्सका विषयमा समाज पनि उदार बन्दै गएको छ। सुवास सापकोटा (नाम परिवर्तन) लाई नै लिऊँ न। उनकै शब्दमा सेक्सका माहिर खेलाडी हुन् उनी। 'हन्टर', उनको समूहमा यस्ता खेलाडीलाई सम्बोधन गरिने शब्द हो। सेक्सका विभिन्न आसनको अनुभव बटुलिसकेका उनका लागि ग्रुप, ओरल सेक्स सामान्य बन्दै गएका छन्। राजधानीको एक प्रतिष्ठित कलेजमा प्लस टूमा अध्ययनरत उनी काठमाडौँमा होस्टेलमा बस्छन्। गत साता नयाँ बानेश्वरस्थित बिटुबी ह्याप्पी लाइफ सेन्टरमा भेटिएका उनी त्यहाँ यौन शक्तिबर्धक औषधि खरिद गर्दै थिए। 'मानिसको जीवनमा सेक्स गाँस-बास-कपासजस्तै अत्यावश्यक छ।' स्वास्थ्य मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको देशव्यापी सर्वेक्षण अनुसार औसतमा साढे १७ वर्षको उमेरमा किशोरकिशोरीले पहिलो पटक यौन सम्पर्क गर्छन्। केही समयअघि परिवार नियोजन संघले गरेको एक सर्वेक्षणमा डोटी जिल्लामा १२ वर्षको उमेरमा किशोरकिशोरीले पहिलो पटक यौन सम्बन्ध कायम गरेको देखिएको थियो। सरकारले गत वर्ष सर्वजनिक गरेको तथ्यांकअनुसार ९५ हजार जनाले सुरक्षित गर्भपतन गराएका थिए। एक तथ्यांकले नेपालका किशोर किशारीमध्ये ६४ प्रतिशतले १७ वर्ष पुग्नु अगावै यौन सम्पर्क राख्ने गरेको देखाएको छ। यति ठूलो संख्यामा यौन क्रियाकपालमा संलग्न जनसंख्यामा गरिएको सर्वेक्षणमा तीमध्ये १५ प्रतिशतले मात्रै आफ्नो पहिलो यौन सम्पर्कमा कन्डमको प्रयोग गरेको बताएका थिए।
_____ · Sep 21, 2012 12:05 PM · 12,227 views
KAlyug lagyo !
druggist · Sep 21, 2012 3:50 PM
बातावरण र प्रविधिको विकास संगै Human Anatomy मा पनि समानुपातिक रुपमा परवर्तन भएको छ | ८-९ बर्समै Puberty stage पार गर्न थालि सके भने १२ बर्समा रतिक्रियामा सम्लंग भए भनेर आश्चर्य मान्नु पर्दैन !
MaGorkhe1 · Sep 22, 2012 9:07 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion