लन्डन: २ खेलाडी, २० कर्मचारी, ११ जना लुके

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 http://onlinekhabar.com/2012/0... पारा ओलम्पिकमा गएका नेपाली अधिकारीद्धारा आत्महत्या ५ असोज, काठमाण्डौं । लन्डन पारा ओलम्पिकमा गएका नेपाली अधिकारी मानबहादुर लोप्चनको उतै मृत्यु भएको छ । एक साताअघि ओलम्पिक भिलेजभित्रैको रुखमा झुण्डिएका लोप्चनको उपचारका क्रममा मंगलबार निधन भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । शारीरिक अपांगता भएका व्यक्तिहरुलेमात्र भाग लिने पारा ओलम्पिक यसपाली १३ देखि २४ भदौ सम्म लन्डनमा भएको थियो । पारा ओलम्पिकमा सहभागी हुन दुई जना नेपाली खेलाडी लन्डन गएका थिए । उनीहरुलाई लिएर नेपालका २० जना अधिकारीहरु गएका थिए । जसमध्ये नौ जनामात्र फर्किएका छने भने बाँकी ११ जना उतै लकेका छन् । चार जनाको नाम खुलेको छ भने अन्यको नाम कमिटीलाई पनि पत्तो छैन् । लन्डन पुगेका नरेन्द्र लामा, राजु डंगोल, राधा घले, र आमे सिवाकोटी फर्किएका छैनन् । उनीहरुको भदौ २५ गतेको लागि नेपाल आउने टिकट भएको थियो ।

nepcha1 · Sep 20, 2012 9:50 PM · 14,645 views

4 Replies

hare siva, 2 khelaadi ani 20 officials ( is the easy way to make money). hagne bhanda mutne thulo - 10 dharniko gulo.

magorkhe1 · Sep 21, 2012 6:21 AM

dhane sara chandra justi thiyena, haina bhane football matrai nabhai gulo samma bharera lagthiyo.

peacelands · Sep 21, 2012 7:45 AM

खेलकुद मन्त्रीबाट सिफारिस नभई यिनीहरु ले visa पाएको होइन होला त | अब मन्त्रालय को सबै मिल्या छन् होला | so 11 * 20 lakhs will be Rs 2.2 karod Thank God Olympics happens once in 4 years. not every year.   Last edited: 21-Sep-12 08:43 AM

mno · Sep 21, 2012 8:42 AM

Mobile chorne chor haru nabasun ta ? haina ta ?

druggist · Sep 21, 2012 3:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all