अमेरिकामा डेरा चाहर्दै माकुने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 www.tguff.com विदेश जान भनेपछि नेता-मन्त्री भिसा नै नलाइ उफ्रिँदै विमानस्थल पुग्छन्। प्रधानमन्त्री भइसकेका माकुने त झन् विदेश जान भनेपछि कुटनीतिक मर्यादाको समेत ख्याल गर्दैनन्। झोले टुरिस्ट जस्तो एउटा टिकट लियो, चल्दियो। दुई साता अघि अमेरिका हुँदै क्यानडा पुग्दा त माकुनेले बेइज्जत नै गरे। एनआरएन क्यानडाको कार्यक्रमले उनले सोझै भने- काठमाडौं बस्दा बस्दा दिक्क लागेर कहाँ जाऊँ कहाँ जाउ भएपछि यता आएको! काठमाडौं बस्न झ्याउ लागेपछि अमेरिका उडेका माकुनेले त्यहाँ नेपाल र नेपालीका लागि के गरे ? पूर्वप्रधानमन्त्रीको हैसियतमा अमेरिकी-क्यानेडाली अधिकारीसँग वार्ता गरे वा वैदेशिक रोजगारमा गएका नेपालीका डेरामा दालभात खाएर फर्किए? माकुनेको अमेरिका बसाइँका तस्विरले उनको त्यहाँ रहँदाको हैसियत देखाइदिएका छन्। माकुने अमेरिका-क्यानडामा नेपालकी डेरा चाहर्दै मात्रै हिँडेका छन्। न्युयोर्कतिर बरालिँदा माधव नेपालले १० सेप्टेम्बरमा ‘नेपाल जान्छु’ भन्थे। तर आज १६ सेप्टेम्बर भइसक्दा पनि उनी काठमाडौंका सार्वजनिक भएका छैनन्। माओवादीले खाइसके अब नेक्पाएमालेलाई यतै (अम्रिका) बाटै सल्लाह दिएर सञ्चोसँग बस्नु परो भनेर उतै भासिएका त हैनन् होला त! हुन त माकुनेका कार्यकर्ता उनलाई खानपानका लोभी नै भन्छन्। खानपानलाई लिएर माकुनेका अनेकौं जोक्स पनि छन्। फोटाहरु आफैँ जोक्स जस्ता छन् त्यसैले यहाँ अरु जोक्स भन्नै परेन। माकुनेको खानपान भिडियो चाहिँ कोरियामा खिचिएको हो। संविधानसभा चुनाव हारेर भौतारिँदै कोरिया पुगेका बेला क्या गफ दिँदै खाएका। माकुने कपा-कप! कोरियन हेरेको हेरै!!

Nepali Nagarik · Sep 16, 2012 11:29 AM · 11,627 views

2 Replies

Say ad tests I 7. 8. Bars a ko kura ho kantipur partra patrika ma makune Jiu le bakaida rickshaw chalaodai gareko ra majdor lai sahayog garne masiya ani kahe pani ghus nakhane ghar ma pani navaera kaha ho gagrima pani Lina bank parne ashal cha I bhaeko neta Bhanera chapeko Thio more later

intelligentguy · Sep 16, 2012 9:33 PM

Continued... so makune Jiu ko rickshaw chalaodai gareko photo kantipur patrikama chapeko Thio ani maile padheko thean

intelligentguy · Sep 17, 2012 2:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all