अमेरिकामा नेपाली नटवरलाल,महत्वाकांक्षी स्वभावका कौशललाई अमेरिका पुगेपछि कम समयमै धेरै पैसा कमाउन नशा लागेका कारण उनी अपराधको संसारमा प्रवेश

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा नेपाली नटवरलाल कृष्ण भट्टराई   अहिले एक नेपाली अमेरिकाभर चर्चामा छन्। अमेरिकाका अधिकांश अखबार, टेलिभिजन तथा अनलाइन मिडियामा अहिले तिनै ने पालीको चर्चा छ। उनले त्यस्तो अपराध गरेका छन् कि अमेरिकी अदालतले उनलाई जन्मकैदकै सजाय सुनाएको छ। यसरी आजीवन कारावासको सजाय पाउने नेपाली हुन्- कौशल निरौला। उनका ठगीसम्बन्धी केही मुद्दा अझै अदालतमा विचाराधीन छन्। ३१ वर्षीय कौशल निरौला अमेरिकामा विगत लामो समयदेखि 'नेपाली डार्क प्रिन्स' को उपनामले चर्चित थिए। उनलाई गत शुक्रबार अमे रिकाको सान फ्रान्सिस्कोस्थित एक अदालतले हत्यारा घोषित गर्दै जन्मकैदको सजाय सुनाएको छ। सोही हत्याको आरोपमा ३० वर्षीय अमे रिकी नागरिक ड्यानियल गार्सियाले पनि जन्मकैद पाएका छन्। नेपालमा राजदरबारसँग साँठगाँठ छ भन्दै हिँडेका कारण 'डार्क प्रिन्स' को उपनामले बढी चिनिने कौशल र गार्सियाले सन् २००८ को डिसे म्बर ५ का दिन ७४ वर्षीय अमेरिकी नागरिक क्लिफोर्ड लाम्बर्टको हत्या गरेको आरोप प्रमाणित भएपछि उक्त सजाय सुनाइएको हो। अमे रिकास्थित सान फ्रान्सिस्को क्रोनिकलले जनाएअनुसार कौशलले ती वृद्ध व्यक्तिको हत्या गर्न दुई अमेरिकी नागरिक ६१ वर्षीय डेबिड रेप्लोगल तथा २८ वर्षीय मिगेल बुस्टामेन्टलाई ३० हजार अमेरिकी डलरको 'सुपारी' दिएका थिए। डेबिड र मिगेललाई सन् २०११ जनवरी ३ कै दिन अदालतले हत्यारा प्रमाणित गरी उनीविरुद्ध जन्मकैद सुनाइ सकेको छ। यस्तो छ पृष्ठभूमि न्यू-कलेज अफ क्यालिफोर्नियाका प्रमुख मार्टिन मार्निल्ट आफ्नो सानो विद्यालयलाई ठूलो बनाउन चाहन्थे। उनले त्यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना बनाए। लगत्तै उनले मार्केट स्टि्रटमा सन फ्रान्सिस्को स्टेट युनिभर्सिटी स्थापना गरे। त्यसक्रममा उनको भेट एक आकर्षक युवकसँग भयो जसले उनलाई उनका सपनाहरू पूरा गराउने वचन दिए। ती सुन्दर युवक कौशल निरौला नै थिए। उनी हेर्दा जति स्मार्ट दे खिन्थे, व्यवहारमा त्यति नै फटाहा निस्किए। आफैं कंगाल कौशलले सन् २००२ तिर मार्टिनलाई लाखौं डलर चन्दा दिने बताए। त्यसका लागि कौशलले आफ्नो विद्यार्थी भिसा लम्ब्याउनुपर्ने सर्त राखेका थिए। सर्तअनुसार कौशलको विद्यार्थी भिसा त लम्बियो तर उनले चन्दा दिने नामै लिएनन्। कौशलले नेपालमा माओवादी द्वन्द्व चर्किरहेकाले नेपालबाट पैसा मगाउन समस्या भएको भन्दै टारिरहे। कतिसम्म भने उनले आफूलाई नेपालको शाही परिवारको प्रतिनिधि बताए। कौशलले आफूलाई नेपालको परराष्ट्र मन्त्रालयको कर्मचारीसमेत बताएका थिए। को हुन् कौशल निरौला ? कौशल निरौला कुनै बेला नेपाली एक्सजेन्ज स्टुडेन्ट भिसाअन्तर्गत अमेरिका पुगेका सामान्य विद्यार्थी हुन्। विद्यार्थी भिसामा अमेरिका पुगे पनि उनी लामो समयदेखि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको विभिन्न अखवार तथा अनलाइन मिडियाहरूले जनाएका छन्। वृद्ध क्लिफोर्डको हत्या प्रकरणमा लामो समयदेखि मुद्दा चलिरहेको थियो जसका बारेमा अमेरिकाका थुप्रै समाचारमाध्यमले लगातार समाचार प्रकाशित गर्दै आएको पाइन्छ। अमेरिकी गुप्तचर संस्थाले संकलन गरेको विवरणअनुसार कौशल निरौला नेपालको मध्यम वर्गीय परिवारमा हुर्किएका युवक हुन्। काठमाडौंमा उनले जेभियर स्कुल तथा काठमाडौं एकेडेमीमा अध्ययन गरेको बताएका छन्। उनले काठमाडौंमा छँदा आफूलाई साथीहरूले 'काउली' उपनामले जिस्क्याउने गरेको पनि उल्लेख गरेका छन्। काठमाडौंमा 'बस्नै नसक्ने' अवस्था भएपछि उनी ठूलो लक्ष्य लिएर अमेरिका उडेका थिए। अमेरिका पुग्नेबित्तिकै कौशलले आफू नेपालको सम्भ्रान्त परिवारको सदस्य भएको बताएका थिए। कौशलले आफूलाई उच्च परिवारको भनेर ढाँटेका कुरा त्यहाँ कसैले पत्तो पाएनन्। उनीसँग अध्ययन गर्ने साथी तथा उनले काम गर्ने ठाउँका कमर् चारीहरूले उनलाई 'लिटिल प्रिन्स' भनेर बोलाउन थाले। त्यही क्रममा हेमिल्टन तथा कौशलबीच अप्राकृतिक यौन सम्बन्ध पनि गाँसियो। साराटोगा रियल स्टेटका सेल्सम्यान मार्क इभान्सका अनुसार उनी र हेमिल्टनले कौशललाई सहयोगको आवश्यकता भएको महसुस गरेका थिए। कौशलले पनि आफू सधैं सहयोगको खोजीमा रहेको कुरा बताइरहे। कौशलले आफू पढ्ने कलेजलाई कुनै सहयोग नगरे पछि सन् २००८ मा आएर करिब २७ वर्ष पुरानो उक्त कलेज नै बन्द भयो। कौशल तथा उनका साथीहरू कलेज बन्द हुनुअघि नै त्यहाँबाट भागिसकेका थिए। कौशल सन् २००६ मै शैक्षिक भ्रमणका क्रममा हवाई जाने भनेर त्यहाँबाट हिँडेको बताइन्छ। कलेजबाट हवाई पुग्नेबित्तिकै कौशलले जापानी नागरिक मेगुमि हिसामस्तुलाई फकाएर एउटा घर किन्न बाध्य तुल्याए। जापानी महिलाको चक्कर वास्तवमा कौशलले ती जापानी महिलालाई पनि आफू नेपालको शाही परिवारको सदस्य तथा एक कूटनीतिज्ञको छोरा भएको गलत विवरण दिएका थिए। धूर्त स्वभावका कौशललाई जापानी महिलालाई मूर्ख बनाउन धेरै समय नलागेको बताइन्छ। मीठा बनावटी कुरामा फसाएको केही समयमै कौशलले ती महिलालाई रियल स्टेटमा लाखौं डलर लगानी गर्न लगाए। कौशलले आफूलाई एउटा रियल स्टेटको प्रमुख नै भएको दाबी गरेका थिए। त्यसबाहेक कौशलले जापानी महिलालाई भिसा लम्ब्याउनसमेत सहयोग गर्ने बताएका थिए। त्यसपछि हिसामात्सुले बैंक अफ हवाईको एउटा नयाँ एकाउन्टमा ५ लाख डलर जम्मा गरिन्। पैसा जम्मा गरेलगत्तै कौशलले हिसामात्सुसँग भएका ब्ल्याङ्क चेकहरू चोरे र बैंकबाट पैसा झिक्न थाले। जब हिसामात्सुले बैंकबाट पैसा गायब भएको थाहा पाइन्, कौशलले केही पैसा झिकेर आफ्नो पीडित परिवारलाई बचाउन प्रयोग गरेको भनेर पुनः एक पटक ढाँटे। त्यतिमात्र होइन, कौशलले आफ्नो परिवारलाई माओवादीबाट अझै खतरा छ भनेर पनि ढाँटे। आफ्नो योजनाअनुसार नै कौशलले बैंकबाट पैसा झिक्ने कार्यलाई निरन्तरता दिइरहे। कतिसम्म भने, कौशलले ती जापानी महिलालाई केही हजार डलर तत्काल दिएको खण्डमा उनको ५ लाख डलर केही समयमै फिर्ता दिने कुरामा समेत विश्वस्त तुल्याए। पछि ती जापानी महिलाले पनि कौशल तथा बैंक अफ हवाईविरुद्ध मुद्दा दायर गर्दै ५ लाख ८ हजार, जुन कौशलले चोरेका हुन्, त्यो पाउनुका साथै दुवै पक्षले थप साढे दुई लाख डलर क्षतिपूर्ति दिनुपर्ने दाबी गर्दै मुद्दा दायर गरिन्। अहिलेसम्म उक्त मुद्दाकिनारा लाग्ने सकेको छैन। हिसामत्सुका वकिल स्टेभेन शले कौशल निरौला 'राक्षस' भएको आरोप लगाउँदै उनलाई अलौकिक प्राणीसँग तुलना गर्न मन लागेको बताएका छन्। चित्रकला बिक्री प्रकरण जापानी महिलालाई ठगेपछि कौशल पुनः सान फ्रान्सिस्को फर्किए, जहाँ उनले सिलिकन भ्यालीको पेनिनसुला टेक्नोलोजीका पूर्व प्रमुख गेरी हे डेन्रिचलाई साथी बनाए। गेरी चित्रकला संकलकका साथै चित्रकलाका सौखिनसमेत हुन्। कौशलले गेरीलाई नेसनल ग्यालरी अफ स्कटल्यान्डबाट अद्वितीय चित्रकला किन्न सहयोग गर्ने बताए। कौशलले गेरीलाई त्यसमा सहमत पनि गराए। त्यसक्रममा कौशलले आफ्नो समूहका चौथा सदस्य रसेल मानिङलाई पनि भित्राइसकेका थिए। गेरीले दुवैलाई विश्वास गरेर ४ लाख डलरमा उक्त चित्र किनेर ल्याउन पैसा दिए। पैसा पाएपछि कौशल र उनका प्रेमी भनिएका डेनी गार्सिया लास भेगासतर्फ लागे। एक साताभित्रै उनीहरूले साढे २ लाख डलर खर्च गरे। उनीहरूले बेल्लागियोमा जुवा खेल्ने, सपिङ गर्ने, महँगा पेयपदार्थ पिउनेदेखि लिएर धनाढ्यहरूले गर्ने सबै क्रियाकलाप गरे। लगत्तै सानफ्रान्सिस्को प्रहरीका जासुस ग्रेग ओभानोसियनले कौशललाई चित्रकलामा ठगी गरेको आरोपमा गिरफ्तार गरे तर उनले धेरै दिन प्रहरी हिरासतमा बिताउनु परेन। रेप्लोगलले उनलाई प्रहरीबाट छुटाए। कौशलले पैसा फिर्ता गर्न सहमति जनाए। त्यसपछि कौशललाई थप पैसाको खाँचो भयो। चलाख दिमागका कौशललाई पैसा कमाउने अर्को जुक्ति फुराउन समय लागेन। उनी बारमा गएर कुनै पनि धनाढ्य व्यक्तिलाई सहजै ठग्न सक्थे अथवा कुनै पनि कुरा चोर्न अभ्यस्त भैसकेका थिए। पैसाको आवश्यकता परेपछि उनले एउटा बारमा भेटिएका एक म्यागजिन तथा भिडियो निर्माताकी वृद्ध आमाको करिब ३ लाख डलर पर्ने गहना नै उछिट्याइदिए। प्रहरीले कौशललाई तत्काल गिरफ्तार गर्‍यो। करिब ५० हजार डलर तिरेर हिरासत मुक्त हुने फैसलापछि केही दिनको प्रयासमा कौशल तथा उनका साथीहरूले उक्त पैसाको व्यवस्था गरे र उनी हिरासत मुक्त भए। सन् २००८ को अगस्टमा अमेरिकाको एउटा अदालतले कौशललाई ५ वर्षको कारावास तथा अमेरिका छाड्नुपर्ने सजाय हुन सक्ने चेतावनी दियो। यद्यपि प्रमाणहरूको अभावमा अदालतले उनलाई सजाय गर्न सकेन। सन् २००९ को फ्रेब्रुअरीमा पुनः उक्त मुद्दाको बहस प्रारम्भ भयो। कौशलले आफ्नो वकिललाई हटाउन चाहे तर न्यायाधीश सिमोन्सले उनको प्रस्ताव स्वीकार गरेनन्। कौशलले भारतीय मूलका श्रीनिवासन रामाकृष्णनलाई गहना बेचेको कुरा अनुसन्धानबाट पत्ता लाग्यो। सुरुमा रामाकृष्णनले उक्त गहना नकिनेको बताए पनि पछि उनले ती गहना अनुसन्धानकर्ताहरूलाई फर्काइदिए। यो मुद्दामा पनि अहिलेसम्म कुनै फैसला हुन सकेको छैन। यता कौशल र गार्सियाका आपराधिक क्रियाकलापहरू भने बढ्दै गए। सन् २००७ मै कौशल र उनका साथी गार्सियाले लस भेगासस्थित स्लट मेसिन इन्ड्रस्टि्रजका एक्ज्युकेटिभ टाइसन ब्रेन्चको परिचयपत्रका साथ हजारौं डलर चोरी गरे। अन्त्यमा, हत्यारा नै भए सन् २००८ को कुरा हो। पाम स्प्रिङसमा धेरैले मान्ने तथा विगतमा लस एञ्जलसमा चित्रकलाको व्यापार गर्ने ७४ वर्षीय क्लिफोर्ड लाम्बर्टको आर्थिक अवस्था नाजुक थियो। प्रेमिकाले पनि छाडेपछि उनी एक्लो जीवन बिताइरहेका थिए। कौशलका साथी डेनी गार्सियाले लाम्बर्टलाई नियाल्न थाले। ७ डिसेम्बर, २००८ मा क्लिफोर्ड लाम्बर्ट हराएको खबर सार्वजनिक भयो। उनी नोभेम्बर ३० देखि हराएको बताइयो। धेरै पटक फोन गर्दा पनि उनीसँग सम्पर्क हुन सकेको थिएन। लाम्बर्टका वकिल आफ्ना वृद्ध क्लाइन्ट हराएकोमा चिन्तित थिए। ठीक एक महिनापछि जनवरी ७ का दिन क्लिफ लेम्रिकले प्रहरीलाई डकैतीको एउटा सूचना दिए। उनले ५-६ जना मेक्सिकन लुटेरा लाम्बर्टको घरमा प्रवेश गरेको सूचना दिएका थिए। प्रहरी तत्कालै घटनास्थलमा पुग्यो। घटनास्थलमै प्रहरीले लुटेरा मिगेल बुस्टामेन्टेलाई गिरफ्तार गर्‍यो। मिगेलले कौशल निरौला, डेबिड रेप्लोगल, रसेल मानिङ तथा डेनीयल गार्सियाले आफूलाई ३० हजार डलर दिएर घर लुट्न अह्राएको बताए। पछि प्रहरीले कौ शल र गार्सियाबाट लाम्बर्टको परिचयपत्र, क्रेडिट कार्ड तथा साँचोको झुप्पा बरामद गर्‍यो। बुस्टामेन्टेले कौशललाई रियल स्टेट एजेन्ट मार्क इभान्सको घरमा भेटेका थिए। कौशलले इभान्सलाई बुस्टामेन्टे कोलम्बियाको ड्रग व्यवसायी भएको तथा अमेरिकामा घर किन्न चाहिरहेको बताएका थिए। अर्कातिर कौशलले वृद्ध लाम्बार्टकै घर बुस्टामेन्टेलाई बेच्ने योजना बनाएका थिए। योजना सफल बनाउने क्रममा उनीहरूले वृद्ध लाम्बार्टको अपहरण गरेर हत्या गरे ताकि उनको घर सजिलै बेच्न सकियोस्। सन् २००९ को जनवरीमा उनीहरूले उक्त घर १३ लाख डलरमा बेच्ने प्रयास गरेका थिए जुन घरलाई ३ लाख डलरभन्दा बढी पर्दैन। उनीहरूले जे सि शाह नाम गरेका व्यक्तिलाई उक्त घर बेच्न खोजेका थिए। घरबाट अधिकांश सामान लुटिइसकेको थियो। त्यही क्रममा अदालतले उक्त घर बिक्री गर्न नपाइने आदेश दियो। प्रहरीले घटनामा संलग्न चारै जनालाई गिरफ्तार गर्ने अनुमति प्राप्त गर्‍यो। लुटपाट र जालसाजीको यो मुद्दा पनि अहिलेसम्म विचाराधीन नै छ। अपहरणपछि डिसेम्बर ४ कै दिन ती वृद्धलाई क्रेग म्याकार्थीले हत्या गरेको अनुमान गरिएको छ। उनको हत्याको योजना भने कौशलले नै बनाएका थिए। हत्या गरेपछि म्याककार्थीले वृद्धको पर्स आफैंले राखेका थिए। हत्यापछि उनीहरूले वृद्धको शवलाई मर्सिडिजको पछिल्लो भागमा लुकाए। मर्सिडिजको व्यवस्था कौशलले नै गरेका थिए। हत्यापछि कौशलले हवाइमार्गबाट सान फ्रान्सिस्को र्फकने व्यवस्था मिलाएका थिए। अनुसन्धानकै क्रममा प्रहरीले मृतक लाम्बर्टको बैंक एकाउन्टबाट कौशलको एकाउन्टमा २ लाख १० हजार ५ सय ९ डलर सारिएको तथ्य फेला पार्‍यो। विस्तृत अनुसन्धानपछि कौशल निरौलाले जालसाजी, चोरी, लुटपाट तथा हत्याजस्ता अपराध गरेको प्रमाणित भएको अमेरिकी प्रहरीको दाबी छ। परिणाम अहिले उनी अमेरिकामा अपराधी घोषित हुँदै आजीवन कारावास भोग्न बाध्य भएका छन् भने सपनाको संसार अमेरिकामा ठूलो मान्छे हुने उनको सपना भताभुङ्ग भएको छ। यस्ता छन् कौशलका अपराध अमेरिकाको क्यालिफोर्निया, लासभेगास तथा हवाईमा वर्षौंदेखि पुरुष समलिंगीहरू (गे) को एउटा समूहले मानिसहरूलाई ठगिरहेको थियो। आकर्षक व्यक्तित्वका धनी कौशल निरौलाको नेतृत्वमा उनका साथीहरूसहितको त्यही समूहले करिब पाँच वर्षअघि आफ्नो धन्दा सुरु गरेको थियो। समाचारमा जनाइएअनुसार त्यतिबेला कौशल निरौला २६ वर्षका थिए भने उनका साथीहरूमध्ये ड्यानियल गार्सिया २७ वर्ष, डेबिड रे प्लोगल ६० वर्ष तथा आर्ट डिलरका रूपमा कार्यरत रसेल मानिङ ७६ वर्षका थिए। बार टेन्डर मिगेल बस्टामेन्टे भने २६ वर्षका थिए। यिनीहरू सबैले तल उल्लेख गरिएका अपराध गरेको बताइन्छ। सान फ्रान्सिस्कोका स्टकब्रोकर थोमर ह्वाइटले रेप्लोगल तथा गार्सियासँग मिलेर केही मेक्सिकन किशोरको यौनशोषण गरेका थिए। उक्त घटना उनीहरूले ७ मिलियन डलरमा सेटल गरेको समाचारमा बताइएको छ। कौशल निरौला, जसले आफूलाई 'नेपाली प्रिन्स' का रूपमा प्रस्तुत गरेका थिए, ले न्यू-कलेज अफ क्यालिफोर्नियाका प्रमुख मार्टिन हेमिल्टनलाई लाखौं डलर डोनेसन दिने बताएर कोर्स क्रेडिट एक्सचेञ्ज गर्न बाध्य तुल्याए पनि त्यो डोनेसन भने कहिल्यै दिएनन्। कौशल निरौलामाथि जापानी पर्यटक मेगुमी हिसामात्सुले पनि धोका दिएको आरोप लगाइन्। हिसामात्सुले निरौलाविरुद्ध हवाइयन रियल स्टेटको डिलबापत ५ लाख डलर उम्काएको आरोप लगाएकी थिइन्। सिलिकन भ्यालीका एक्ज्युकेटिभ गेरी हेडेन्चिरका अनुसार कौशल निरौला र मानिङले उनलाई ४ लाख डलरमा एउटा पेन्टिङ किन्न बाध्य तुल्याए जुन पेन्टिङ बिक्रीका लागि थिएन। स्टेफेन र इना मि भ्यालेन्टिनोले मारिन काउन्टी होमबाट कौशल निरौलाले ३ लाख डलरको गरगहना चोरी गरेको आरोप लगाएका छन्। उनीहरूले कौशललाई पाहुनाका रूपमा आफ्नो घरमा बोलाएपछि उक्त चोरी भएको थियो। स्लट-मेसिन एक्ज्युकेटिभ टाइसन ब्रेन्चले कौशलका साथी गार्सियाले लस भेगासको आफ्नो घरबाट पैसा तथा परिचयपत्र चोरेको आरोप लगाएका छन्। सन् २००८ मा कौशलसहितका पाँच जना मिलेर क्लिफोर्ड लाम्बर्टको हत्या गरे। उनीहरूले पाम स्प्रिङसमा क्लिफोर्डको हत्या गरेका बताइन्छ। थुप्रै अमेरिकी वेबसाइटमा प्रकाशित समाचार तथा गुगल सर्चमा प्राप्त कौशल निरौलासँग सम्बन्धित समाचार एवं जानकारीहरू अध्ययन गरेपछि त्यसमा उल्लेखित केही तथ्य यस्ता छन्ः कौशल निरौला तथा उनका साथीहरू सन् २००२ देखि अपराधको क्षेत्रमा सक्रिय भएका हुन्। उनी नेपालबाट न्यू-कलेज अफ क्यालिफोनिर् याको विद्यार्थीका रूपमा अमेरिका पुगेका थिए। अमेरिका पुग्ने बित्तिकै डेनियल (डेनी) गार्सियाको संगतमा परेका कौशलले मेक्सिकन किशोरहरूमाथि यौन दुराचार गरेका थिए। सन् २००४ मा उनीहरूमाथि पोर्नोग्राफीसँग सम्बन्धित आरोपसमेत लागेको थियो। कौशल र गार्सियाले नै मेक्सिकोमा सेक्स टुरिज्मको योजना बनाएको आरोप पनि छ। नेपालमा कौशल विराटनगरका स्थानीय बासिन्दा कौशल निरौला स्कुले जीवनदेखि नै काठमाडौं आएर अध्ययन गरेको बताइन्छ। विराटनगरको तीनटोलियामा हुर्किएका भनिएका कौशलले काठमाडौं आएर सेन्ट जेभियर्स स्कुलमा अध्यनन गरेको उनलाई नजिकबाट चिन्नेहरूले बताएका छन्। प्लस टु उत्तीर्ण गरेपछि उनले केही वर्षसम्म काठमाडौंकै एउटा एफएम रेडियोमा सञ्चारकर्मीका रूपमा समेत काम गरेका थिए। उक्त एफएमको समाचार शाखामा काम गरेका कौशल सञ्चारकर्मीका रूपमा काम गर्दा गर्दै विद्यार्थी भिसामा सन् २००२ मा अमेरिकातर्फ लागेको बताइन्छ। महत्वाकांक्षी स्वभावका कौशललाई अमेरिका पुगेपछि कम समयमै धेरै पैसा कमाउन नशा लागेका कारण उनी अपराधको संसारमा प्रवेश गरेको देखिन्छ।

peacelands · Sep 16, 2012 2:37 AM · 69,441 views

9 Replies

 Karma   Bloody Karma   Lord bless the suffering one

Aawara · Sep 16, 2012 11:35 AM

हो यिनी अमेरिका नछिरेका भए अबस्य पनि अहिलेको नया ग्यांग वर्ष दिनमा "करोड पति"का संचालक भै सक्थे होलान. नेपालमा यस्ता हजारौमा छन् |

MaGorkhe1 · Sep 16, 2012 3:20 PM

Can someone summarize this please. Ty

pirka · Sep 16, 2012 3:46 PM

I knew only abt movie natwarlal, never knew the meaning of that movie, now i understood its a con realted movie.

peacelands · Sep 16, 2012 4:04 PM

america ko lagi yo naulo ghtna bhaye cha, Nepal dukhuti khelnni haru katti chan, kati ko paisa majhale pachauchan, nepal ma yesta manche katti chan kati tara i think he is kinda americanised, spending 200k dollar in just single week in las vegas, what a spendthrift, does he know nepali technical professionals in LAS vegas go for BOGO attitute in visitng prostitute.:) He is kinnda american. He works in FM station, so was it hits FM? He has very good english

navingorkhe · Sep 16, 2012 7:09 PM

navingorkhe, never heard abt BOGO of LAS VEGAS, so u like gossiping abt nepali professional in las vegas, he is american , spend 200k in just one week.

peacelands · Sep 18, 2012 7:37 AM

he has a british accent, looks british to me, he has a hazel eyes , not blakish

kalicharan · Sep 24, 2012 9:12 PM

any updates on this natwarlal?

lexsmith · Oct 6, 2012 11:44 PM

http://www.modbee.com/news/loc... True-crime show looks at murder involving Modesto man BY DEKE FARROW [email protected]/* */ LINKEDIN GOOGLE+ PINTEREST REDDIT PRINT ORDER REPRINT OF THIS STORY Friday night’s episode of the series “A Stranger in My Home” on the Investigation Discoverychannel focuses on a 2008 Palm Springs murder in which a Modesto man was among the last of six defendants to be convicted. Daniel Carlos Garcia, then 30, was convicted Sept. 7, 2012, with co-defendant Kaushal Niroula of the stabbing death of 74-year-old Clifford Lambert at his Palm Springs home Dec. 5, 2008, and burying the victim in the desert, according to a news report from Palm Springs news channel KESQ. Less than a month later, Garcia was sentenced in an Indio court to life in prison without the possibility of parole. The hourlong episode, “Princes and Paupers,” draws from the 2013 book “Until Someone Gets Hurt” by Las Vegas author Tyson Wrensch and co-author Sherrie Lueder. An episode deskription on the Investigation Discovery website says Palm Springs socialite Lambert “has been living happily in his lavishly decorated house for years. But after looking for love, the lonely art dealer instead finds a vicious nest of thieves, con artists and murderers.” In a news release, Wrensch said the story is “a real-life epic spanning a decade. From con artists and identity theft, to an international chase and numerous murders, ‘Until Someone Gets Hurt’ is a fast-paced look at a multilayered crime spree” in which Wrensch also was a victim. The author told The Modesto Bee that Garcia’s role in the Lambert case included befriending the victim to obtain personal information needed for a con. The KESQ report on Garcia’s sentencing said, “Garcia met Lambert online the spring before he died, and Lambert paid for Garcia to travel from Northern California to see him. Garcia’s visit didn’t go well and he left earlier than planned, charging Lambert’s credit card when he upgraded his plane ticket to first class.” The article says Garcia sent Lambert’s address and phone number to Niroula, who went to Palm Springs and posed as an attorney representing a wealthy New York family that had left Lambert money or valuable artwork in a will. While at Lambert’s home, Niroula let in two other defendants, one of whom stabbed the victim to death. Lambert’s car was driven to the Bay Area, where Garcia started using the victim’s debit card to withdraw money, the prosecutor said. Garcia was a best friend for five years until Wrensch, who worked as director of sales for several companies, went on what was to be a four-week trip, the author told The Bee. In the third week of his trip, he found his bank accounts had been drained. He came home early to find that someone had moved into his home, then realized the belongings he saw were Garcia’s. Garcia unsuccessfully tried to explain away the situation, Wrensch said. “Princes & Paupers” will focus on Lambert and Niroula, a man from Nepal posing as a prince, who was the mastermind behind the series of crimes, Wrensch said. He said he and co-author Lueder will be seen throughout the episode, providing exclusive interviews and insight into what happened. In Modesto, the show can be watched at 10 p.m. on AT&T U-Verse Channel 260/HD 1260, Charter Channel 134, Comcast Xfinity Channel 271, DirecTV Channel 285/HD 285 and Dish Channel 192/HD 192. Deke Farrow: 209-578-2327 Read more here: http://www.modbee.com/news/loc... Last edited: 26-Oct-16 09:10 AM

recycle · Oct 26, 2016 9:10 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all