gamewinner · Sep 12, 2012 3:52 PM · 9,496 views
श्रीलोचन राजोपाध्याय/नयाँ पत्रिका काठमाडौं, २६ भदौ नेपालको प्रतिनिधित्व गर्दै लन्डन ओलम्पिकमा गएका नेपाली अधिकारीहरूले त्यहाँ बस्दा पाएको सामान्य मोबाइल लुकाएर नेपाल ल्याएको पुष्टि भएको छ । आयोजकले मोबाइल फिर्ता गर्न वा सोबराबरको पैसा तिर्न इमेल गरेको छ । गत साउन १२ देखि ३० सम्म लन्डनमा आयोजित ओलम्पिकमा नेपाली अधिकारीका रूपमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा नेपाली टोलीका सेभ द मिसन गंगाबहादुर थापा, महासचिव जीवनराम श्रेष्ठ र सहकोषाध्यक्ष छिमी गुरुङले प्रतिनिधित्व गरेका थिए । सहभागी सबै देशका अधिकारीलाई जस्तै नेपाली चार अधिकारीलाई पनि लन्डन ओलम्पिकका आयोजकले सामसुङ ग्यालेक्सी सेट दिएको थियो । ओलम्पिक खेलभरि आफ्ना खेलाडी तथा अधिकारीहरूबीच समन्वय गर्न दिइएको यस्तो मोबाइल फिर्ता गर्नुपर्छ । तर, नेपाली अधिकारीले खेलमा प्रयोग गर्न पाउने मोबाइल बोकेर नेपाल आए । त्यसैले आयोजकले पत्र लेखेर चेतावनी दिएको छ, 'तुरुन्त मोबाइल फिर्ता गर्नु अथवा सोबराबरको एक सय ४४ पाउन्ड -करिब २० हजार रुपैयाँ) तुरन्त तिर्नु ।' नेपाल ओलम्पिकका अध्यक्ष प्रधानले सिड्नी, एथेन्स, बेइजिङ र लन्डन ओलम्पिकमा भाग लिएकाले उनलाई ओलम्पिकका सुविधा र सर्तबारे थाहा नहुने कुरै भएन । त्यस्तै उपाध्यक्ष गंगाबहादुर, महासचिव जीवनराम र सहकोषाध्यक्ष गुरुङ पनि दुई ओलम्पिकमा भाग लिएकाले उनीहरूलाई पनि सुविधा र सर्तबारे थाहा नहुने कुरै भएन । त्यहाँमाथि मोबाइल लिँदा आयोजकले बकाइदा फारम भराउँछन् र आफ्नो देशको 'इभेन्ट' सकिएको भोलिपल्ट फिर्ता गर्नुपर्ने सर्त फारममै उल्लेख हुन्छ । तर, नेपालका अधिकारीले २० हजार नेपाली पर्ने मोबाइल आयोजकलाई फिर्ता गरेनन्, खल्तीमा हालेर आए, यसले ती चार अधिकारीको होइन, करिब तीन करोड नेपालीको बेइज्जत भएको छ । सहभागी सबैजसो राष्ट्रका एनओसी पदाधिकारीले मोबाइल फिर्ता गरेको लन्डन ओलम्पिक आयोजकले जनाएको छ । तर, नेपाली पदाधिकारीले भने हालसम्म पनि मोबाइल सेट फिर्ता नगरेपछि बाध्य भएर आयोजकले एनओसीकै नाममा इमेल पठाएको हो । एनओसी इमेल चेक गर्ने पदाधिकारीले भने लन्डन ओलम्पिक आयोजकबाट कुनै इमेल नआएको दाबी गरेका छन् । नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनरामले सामसुङ सेट ल्याएको स्विकारेका छन् । 'यो सत्य समाचार हो, मैले लन्डन ओलम्पिक दौरानमा प्रयोग गरेको सामसुङ सेट आफूसँगै नेपाल ल्याएको हुँ, अरूले ल्याए वा ल्याएनन्, थाहा भएन,' उनले भने, 'त्यो मोबाइल सेट सोभेनियर -सम्झनाका) रूपमा ल्याएको हुँ, मैले आयोजकलाई त्यसको बदलामा पैसा तिर्छु ।' अब पनि पैसा नतिरे वा मोबाइल फिर्ता नगरे आइओसी वा लन्डन ओलम्पिक आयोजकले नेपाली पदाधिकारीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । ध्रुवबहादुर तथा जीवनरामलगायतले आ-आफ्नो श्रीमतीलाई समेत ओलम्पिकका नाममा लन्डन लगेका थिए । 'एनओसी पदाधिकारीले लन्डन ओलम्पिक आयोजकलाई चारवटा मोबाइल सेट नबुझाएको सत्य हो,' स्रोतले नयाँ पत्रिकालाई भन्यो, 'ओलम्पिकबाट र्फकंदा मोबाइल बुझाउनुपर्ने थियो, तर उनीहरूले आफूसँगै नेपाल बोकेर ल्याएका रहेछन्,' स्रोतले भन्यो । यसैबीच, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले एनओसीका पदाधिकारीले मोबाइल सेट लुकाएर नेपाल ल्याउँदा सिंगो राष्ट्र तथा खेलकुद बदनाम भएको बताए । 'यो हास्यास्पद घटना हो, नेपाली खेलकुदको विकास गर्छु भन्ने व्यक्तिले सानो मोबाइल पनि छाडेनन्, उनीहरूमाथि कारबाही हुनुपर्छ, परिषद्ले पनि छानबिनका लागि प्रक्रिया अगाडि बढाउनेछ,' तिम्सिनाले भने । 'एक सय ४४ पाउन्डका लागि सिंगो देशको बेइज्जत गर्ने व्यक्तिमाथि छानबिन हुन्छ,' उनले भने, 'चोर बाटो भएर लन्डन गएका व्यक्तिबाट यस्तै आशा गर्न सकिन्छ ।' यता, स्रोतका अनुसार यसपटक लन्डन ओलम्पिक तयारीका लागि नेपालले दुई लाख ९० हजार पाउन्ड पाएको छ । आयोजकले विभिन्न शीर्षकमा सो रकम पठाएको छ । 'अभ्यासका लागि भनेर सुरुमा ५० हजार पाउन्ड आएको थियो, त्यसपछि मार्केटिङका लागि एक लाख २० हजार पाउन्ड आयो,' स्रोतले भन्यो, 'अब अर्को एक लाख २० हजार पाउन्ड आउन बाँकी छ ।' मुलुकमा खाता सञ्चालन गर्न नपाउने भएपछि एनओसी पदाधिकारीले लन्डनमै गैरनेपालीका नाममा खाता खोलेर ती रकम उपयोग गरेको स्रोतले जानकारी दियो । Comments +4#9 Suraj Gurung 2012-09-12 18:25 Yo chahi ati bejet ko kura. Testo chattu kaam garne lai bhanda pani yo samachar padne ra sunne lai po laaj lagne. Dhikkar cha Nepali khelkud lai bikas garauchu bhandai hidne lai. London olympics ma Nepal ko tarfabata Kheladi kam pada dhikari badi. Yo pratha kahile natungi ne bho...Girija hos ki Baburam..sabai haam haam Quote +5#8 Sarbahara 2012-09-12 16:46 यिनिहरुले पक्कै पनि bathroom को साबुन, श्याम्पु, टोइलेट पेपर, तौलिया, हेन्ड वाश् बेडरुमको तन्ना, सिरानीको खोल, टि.भी. को रिमोट, भान्छाको काँटा, चम्चा, छुरी लगायत बोक्न सक्ने केही पनि छोडेनन होला ! Quote +2#7 Player 2012-09-12 16:44 Chor Jaboo Euta mobile ko lagi desh tatha Hamo jasta nepali kheladi ko bejeet garne... Yestalai ta Karbai garnu parcha.. Ye 4 ka karan nepal rastra tatha nepali khelkud ko pura bejat bhayeko cha.... Quote +2#6 Dilli 2012-09-12 16:20 Thukka ???? Chorko pani eeuta ejjat hunchha ni...ijjat pani gumayeka chorharu.... Quote +4#5 R K Sudama 2012-09-12 15:55 यी प्रतिनिधि अधिकारी हरु वास्तवमा नेपाली नेता तथा कार्मचारीहरु कत्तिको भ्रस्टाचारी, नैतिकबिहिन, लोभी, ............... ............... ............... ............... ............... ............... .............................. .............. अनि मानसिक दरिद्र छन् भन्ने कुरा प्रष्ट देखाएका छन् । यस्ता नेता र प्रतिनिधि हरुका कारण नेपाली हरुले विश्वको सामु शिर झुकाउन पर्ने हुन्छ अरु स्वाभिमान नेपालीहरुले । यिनीहरुलाई पदच्युत गरी सिङ्गो राष्ट्रको बदनाम गरेकोले हदैसम्म को कारबाही हुनुपर्छ । र हदै सम्म को कारबाही गरियोस्........ ............... ......। Quote +1#4 raj 2012-09-12 13:02 yini haru lai ta desh nikala garey pani sajay kum hunchha Quote <div class="rbox_bl" style="margin: 0px; padding: 0px 0px 0px 13px; background-image: url(http://nayapatrika.com/compone...
gamewinner · Sep 12, 2012 3:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion