:: Blog Home       :: crazy_love ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW crazy_love's BLOGS
:: त्यही हो!
:: सम्झौता
:: शीर्षक जे पनि हुन सक्छ।-3
:: शीर्षक जे पनि हुन सक्छ।-2
:: शीर्षक जे पनि हुन सक्छ। - 1
:: परिचय?
:: "अपरेसन ००३" part - 4
:: "अपरेसन ००३" part -3
:: "अपरेसन ००३" part - 2
:: अपरेसन "००३" - part 1
:: सपना, उकालो र आस्था।
:: खाली पानाबाट......Part-2
:: खाली पानाबाट..................। Part-1
:: म भित्रको लेखकसङको अन्तरद्वन्द।
:: संयोग
:: केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।(भाग-2)
:: केटीहरुलाइ मैले कहिले बुझ्न सकिन। (Part -1)
:: "रातो गुलाफ"
:: लौ म नसक्ने भए स्वीटी सङ....
:: उत्तर नभेटिएको प्रश्न
:: जलपरीको लुगा
:: मैले नभेटेको प्रेमी।
:: बिर्सन नसकिने पल
:: Apartment No. 6
:: 'हातमा लाग्यो शून्य'
:: झेल्ली झ्यालकुमार !
:: काउन्ट डाउनको नम्बर वान
:: My first love letter
:: सल्लुको कारण उसको हार्ट ब्रेक!
:: उसको खास नाम "अङुर" होइन.......
:: मलाइ पनि याद आयो त्यो आकाशे हिरोको,
:: शायद तिम्रो गाउँमा अझै हुरी चलेन...
:: ARCHIVES
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
शीर्षक जे पनि हुन सक्छ। - 1 [crazy_love's blog]
Blog Type:: Blog
Monday, December 22, 2008 | [fix unicode]
 

भाग-१
( यो कथा पुरै कल्पनामा आधारित भएकोले कसैको जीवन सङ मिल्न गएमा संयोग मात्र हुनेछ। केहि साथीहरुले सबै भागहरुलाइ एकै ठाँउमा राखेर पढ्दा सजिलो हुने भन्नु भएकोले ब्लगमा पनि राखिदिएको छु।)

असनबाट सुरज आर्केड निस्किने गल्ली हुँदै उसले बाइकलाइ बल्लबल्ल त्यो भिंडबाट घिसार्दै मुख्य सडक भन्दा अलि वर आइपुग्यो। आकाशमा कालो बादल भए पनि पानी पर्ने संकेत थिएन, गर्मीले उ लखतरान भैसकेको थ्यो। धुवाँ, धुलो र दिनभरीको ब्यस्तताले उ एकैछिन भये पनि चिसो पिउन भनेर मुख्य सडकलाइ जोड्ने बाँयातिरको एउटा होटेल भित्र छिर्यो। मिठाइ सङै अन्य परिकार भएको त्यो पसल उसले पहिला त्यो बाटो हिडे पनि कहिले याद गरेको थिएन। भित्र पस्नासाथै उसले शीतल महसुस गर्यो। हेर्दाखेरि होटेल सफा देखिन्थ्यो, खुला र उज्यालो पनि थ्यो। उ सरासर कुनापट्टिको मेचमा गएर बस्यो। उ एकछिनको लागि भएपनि एकान्त चाहन्थ्यो, ब्यापार, नाफा, घाटा, मिटिङ र शेयर बजार झेल्दा झेल्दै उस्को जीबन एउटा तनाबको गोला भैसकेको थ्यो। बस्नासाथै उसले चिसो कोक अर्डर गर्यो र सङैको टेबुलमा कसैले छोडेको "कान्तिपुर" हेर्न थाल्यो, समाचार भन्दा पनि "हेडलाइन" हरु पढ्न थाल्यो।
उसलाइ कसो कसो त्यहाको बाताबरण एकदम आरामदायी लाग्न थाल्यो, एउटा मिठो सुवास जुन उस्ले पहिले पनि महसुस गरेको छ, त्यही बासना फैलिए जस्तो लाग्यो वरिपरि। मानौं उ त्यहाँको प्रत्यक सुक्ष्मतासङ राम्ररी परिचित छ। कतैबाट मसिनो गुनगुनको आवाजले उसले टाउको उठाएर हेर्यो, उसको ठ्याक्कै २ टेबुलभन्दा पर दुइ युबती उ पट्टि ढाड फर्काएर बसेका थे। बेला बेलामा मसिनो हाँसो सुनिन्थ्यो। उनिहरु शायद कुनै पत्रिका हेर्दै कुरा गरि रहेका थे। पछाडीबाट हेर्दा उसले उनिहरुको उमेर अड्कल गर्न सकेन तर उ दाँया पट्टी बसेकी केटिको सेतो कुर्ता हेरिरह्यो। त्यो सेरो कुर्ता उस्ले कतै देखेको जस्तो लाग्यो, कुर्ता मात्र होइन उस्को गलाभन्दा केहि तल झरेका केशराशी पनि आत्मिय लाग्यो। होइन होइन, कुर्ता बाहिर को उसको शारिरक बनोट यस्तो लाग्यो, उस्ले त्यो शरीरलाइ चिनेको छ। गोरो ढाडमुनिको पातलो कम्मर र त्यसमुनिको घुमाउरो फुकेको गोलाइ उसले देखेको मात्र होइन अनुभुत गरेको छ। उसले "कान्तिपुर"मा ध्यान दिन सकेन, उसलाइ सेतो कुर्ता बाहिर देखिने आकर्षक शरिरले तानिरह्यो, उसलाइ त्यो शरीर प्यारो लाग्न थाल्यो, माया गरि रहुँ जस्तो। त्यस्तो अदभुत कुरा के छ र त्यो सेतो कुर्ता लाउने सङ? उसले आफैलाइ प्रश्न गर्यो र सेतो कुर्तासङै बसेकि हरियो कुर्तालाइ हेर्यो। पछाडी बाट त हरियो कुर्ता पनि उस्तै सुन्दर देखिन्थी, अझै राम्रो शरीर, लामो ढाड, चिटिक्क छिनिएको कम्मर र मन लोभ्याउने "सिल्की" लामो कपाल। तर हरियो कुर्ताले उसलाइ आकर्षण गरे पनि मनमा आफ्नै जस्तो भाव जन्माउन सकेन।

अब उसले एक्दम चनाखो भएर उनिहरुको स्वर सुन्ने प्रयाश गर्यो। दुबै स्वरहरु उस्तै उस्तै सुनिन्थे पछाडिबाट। हरियो र सेतो कुन चाहिको स्वर मधुर भन्नै गार्हो पर्यो। अगाडी गएर प्रतक्ष्य हेर्न पनि अलि अप्ठ्यारो हुने। पछाडीबाट झन धेरै कौतुहुलता जाग्ने। उस्लाइ सेतो कुर्ता लाउने को अनुहार हेर्न मन लाग्यो। शायद उसले देखेको हुनु पर्छ त्यो अनुहारलाइ। उसलाइ लाग्यो, सेतो कुर्ता लाउनेको शरीरको प्रत्येक अङसङ उ नजिकिएको हुनु पर्छ, प्रेम गरेको हुनु पर्छ। त्यो स्पर्श कल्पिएर उ एक्छिन आनन्दित भयो। एकैचोटि पछाडी फर्के पनि हुने नि सेतो कुर्ता, उसको मनमा उठिरहेको आँधी त केहि शान्त हुन्थ्यो कि। बेला न कुबेला मोबाइल बज्न थाल्यो उसको, उसले मोबाइल अफ गर्यो। उपाय सोच्यो कसरी सेतो कुर्ताको अनुहार हेर्ने भनेर। त्यतिकैमा ठुलो खित्का छुट्यो त्यो सेतो कुर्ताको टेबुलबाट, उ मात्रै होइन होटेलमा भएका सबैले उनिहरुतिर हेरे। उनिहरु फेरि खासखुस मात्र गर्न थाले। उसले राम्रो बहाना पायो, कोकको सिसी लिन आउने केटोलाइ सेतो कुर्ताहरुलाइ गएर त्यसरी हाँस्दा अरुहरुलाइ "डिस्टर्ब" हुन्छ भन्ने कुरा पठायो। त्यो केटो गएर उनिहरुलाइ केहि भन्यो। उसले सतर्क भएर प्रतिक्रिया कुरि रह्यो। उनिहरुले पनि केटोलाइ सोधे क्यारे, केटोले उ बसेको कुनामा त्यहीबाट चोर औँलाले देखायो।

"सरी" सेतो कुर्ता लाउने केटीले पछाडी फर्केर उसलाइ भनी। दुबैको नजर जुध्यो, समय केहि बेरलाइ रोकियो र फेरि पछि भाग्न थाल्यो। उसले केहि भन्नु वा सेतो कुर्ताले अरु केहि बोल्नु अगाडी उकुसमुकुस, भय र पग्लिएर नबगेको बिगतले उसको सबै उमङहरुमा प्रहार गर्यो। नसोचेको कुरा घट्यो त्यहाँ। हेर्दाहेर्दै सेतो कुर्ताको अनुहारमा संकोच र ग्लानिका रेखाहरु एक पछि अर्को गर्दै आउन थाले, सेतो कुर्ताले उसको आँखामा हेर्न सकिन। उ त्यहाँबाट हरियो कुर्तालाइ लिएर तुरुन्त निस्की हाली। उ जड भयो। आजै किन उस्लाइ यहाँ आउनु पर्यो? के काठमान्डु यति सानो छ जहाँ उसले आफुले कहिले हेर्न नचाहेको अनुहारलाइ देखि रहनु पर्छ? के जिन्दगीले फेरि उ सङ अर्को कुनै खेल खेल्न लागेको हो? यत्रो सहरमा उ नै किन भेटिनु पर्ने?

उसले आफ्नो मिल्ने साथी बिबेकलाइ त्यहीँ बाट फोन गर्यो।
"बिबेक, तँ मलाइ अहिले भेट्न सक्छस्?"
"अहिले त मि बिजि छु, किन?" बिबेकले सोध्यो।
"आज सारै नराम्रो दिन रैछ यार।" उसको स्वर सानो भयो।
"भुमिका नबाँधी भन त। मेरो यहाँ फुर्सद छैन। के भयो?"
"मैले साक्षीलाइ देखेँ।" सेतो कुर्ता बसेको रित्तो ठाँउलाइ हेर्दै भन्यो उसले।
"को? को रे?" बिबेकले फेरि सोध्यो।
"उहि, क्या त! साक्षी.... मेरो...... ।कस्तो कुरा नबुझ्या?" उसले कुरा बुझाउने प्रयाश गर्यो।
"ए ! साक्षी! बल्ल बुझे। अर्का सङ पोइला गएकी स्वास्नीको नि के कुरा गरीराको होला यसले?" बिबेकले उसले कसैलाइ नदेखाएको पुरानो घाउमा नुन छर्कियो। तीब्र पीडाले उ छटपटियो र भित्तामा अडेश लाएर बस्यो।
क्रमश:...

भाग-२
"हेल्लो.............हेल्लो। कहाँ छस् तँ अहिले?" उता बिबेकले बोलाउन थाल्यो उस्लाइ।

"सुरज आर्केडनिर।" उसले बिस्तारै भन्यो।

"लोकेसन त भन।" बिबेक आउने जस्तै कुरा गर्न थाल्यो।

"भैगो अहिले लाइ। भरै बेलुकी घरमै आइज।" उसले केहि छिन एक्लै बस्ने बिचार गर्यो।

"हुन्छ! ल भरै भेटुला।" बिबेकले फोन राखिदियो।
उ त्यहाँबाट घरतिर लाग्यो। घरमा पस्ने बितिकै रिमोट कन्ट्रोल हातमा लिएर टि।वि। हेर्ने कोशिस गर्यो। च्यानलहरु चेन्ज गर्न थाल्यो तर उसलाइ केहि हेर्न मन लागेन। उ छिट्टै घर आको देखेर ठुल्दि अलिकति आस्चर्य हुनु भयो। कोठामा नपसी ढोकाबाटै सोध्नु भयो।
"आज सन्चो भएन कि के हो बाबु?" घरको सदस्य भन्दा नजिक लाग्ने उस्को ठुल्दिको स्वरमा चिन्ता थियो। उहाँ सानै देखि उसको घरमा सबै घर धन्दा सघाउने गर्नु हुन्थ्यो। उहाँको उमेर यही घरको काम गर्दा गर्दै ढलेको थ्यो। करिब ५५ बर्स हुनु भएकि ठुल्दिको आफन्त हरु कहिले कहिं मात्र उहाँलाइ भेट्न आँउथे। ठुल्दि उस्को दुखसुख बाँड्ने साथी हुनु भएको थ्यो।
"अँ त्यस्तै भन्नु पर्यो, अलिकति टाउको मात्र दुख्या जस्तो छ। खासै बिरामी चाही होइन ठुल्दि।" उस्ले ठुल्दिसङ भन्यो।
"त्येसो भये चिया बनाउ?" ठुल्दिले सोध्नु भयो।
"चिया होइन ठुल्दि, बरु कागती पानी खान मन लाग्यो।" उसलाइ शीतल हुन मन लाग्यो। साक्षीको यादले उस्लाइ फेरि भत्भति पोल्न थाल्यो, कोठाको हरेक बस्तुमा साक्षीको आभाश छ। दराज, ड्रेस्सिङ टेबुल, खाट, झ्याल, ढोका, भुइँ सबैमा उसको स्पर्श छ। सबैमा अझै साक्षी बास बसेकी छे जस्तो लाग्यो उस्लाइ। फेरि उस्लाइ साक्षी उस्को कोठामा आएकी जस्तो लाग्यो। साक्षीको सुगन्धले कोठा मगमगाउन थाल्यो।
"धेरै नै दुख्यो भने डक्टर कहाँ जाउ न त।" ठुल्दिले पानीको गिलास खाट नजिकैको सानो टेबुलमा राख्दै भन्नु भयो।
"रुघा लाग्न लाग्या जस्तो छ। डक्टरका जानु पर्दैन अहिले।" उ फेरि सोच्न थाल्यो साक्षीको बारेमा।
ठुल्दि चुप लागेर ढोकामा मात्र के पुग्न लाग्नु भाको थ्यो। उसले ठुल्दीलाइ भन्यो।
"ठुल्दी, आज मैले साक्षीलाइ देखें।"
"कहाँ?" ठुल्दीको स्वर अरु उत्सुकता जाग्यो।
"एउटा मिठाइ पसलमा। उ जस्ताको त्यस्तै थी। मलाइ छोडेर जानु अघि जस्ती थी, अझै पनि त्यस्तै छे।" कुरालाइ सहज बनाउन कोशिश गर्यो उस्ले।
"के गर्नु ? सोझी देखिन्थी, हँसीली थी, मिजासिली थी। त्यस्तो पोइला जाने जस्तो त कहिले लाग्दैनथ्यो। लगायो होला टुनामुना पापीले, बिचरी त्यतिकै हिंडी। सानो उमेरमा कुरै कुरामा बहकी होली। मान्छेको अनेक नियत हुन्छ, अरुको घर बिगार्ने।" ठुल्दी आँखाभरी आँसु पार्न थाल्नु भयो।
"जाने मान्छे गइसकी ठुल्दी। अब रोएर, उसलाइ सम्झेर के फाइदा? आज बिबेक आँउदैछ, उसलाइ मनपर्ने तरकारी पकाउनु है ठुल्दी।" उसको कुरा सुनेर ठुल्दी माथी भान्छातिर लाग्नु भयो।
साक्षी सङ उसको झगडा कहिले परेन। बिहेको ५ महिनासम्म पनि उहिहरुको भनाभन पनि भएन। साक्षी कम बोल्थी, धेरै जस्तो आफ्नै संसारमा हुन्थी गित रच्थी, मेटाउथी र फेरि लेख्थी। उसको गितको एउटा नोटबुक नैं थ्यो। उस्को २ वटा गित त त्यही गाइनेले गाको भनेको उसले सुनेको हो, साक्षीको माइतीमा। कहिले कहि आकाशको तारा हेरेर रमाँउथी साक्षी, उसलाइ चाहीं तारामा रमाउनु पर्ने केहि कुरा छ जस्तो लाग्दैन थ्यो। अलि भाबुक खालकी साक्षी तर त्यति कठोर होली भन्ने उसले सपनामा पनि सोचेको थिएन। उ त के? ठुल्दीलाइ पनि साक्षीले प्रभाव पारेकी थी।
"के अब तपाँइ पनि बिछोडको गीत रच्न थाल्नु भाको हो?" बिबेक आयो।
"नकरा धेरै। आज मुड अफ छ यहाँ।" झर्केर भन्यो उसले।
"त्यस्तो माया लाग्छ भने जा न त! साक्षीलाइ लिएर आइज ! अँ, गाइनेलाइ चाहिँ गायब पार्ने जिम्मा मेरो। हुन्छ?" झन जिस्काउन थाल्यो बिबेकले उसलाइ।
"साला! त्यत्रो कन्या केटीहरु हुदाँहुदै मेरै स्वास्नी उडाउनु पर्ने त्यो गाइनेलाइ। साँच्चै सक्छस् भने त्यसको लाश बेपत्ता पार्दे न! म जति पनि पैसा खर्च गर्न सक्छु त्यसको लागि।" उसलाइ पनि रिस उठ्यो उसको जार, गाइने प्रति।
"त्यस्तो मुर्ख बुद्धिले केहि हुने वाला छैन। दिमाग ठन्डा गरेर सोच। तेरो आफ्नै स्वास्नी भागे पछि गाइनेलाइ मात्र के को दोश? बरु मैले पहिले नैं भन्याथें तलाइँ। आफु भन्दा धेरै कलिलि केटिसङ बिहे गर्नु हुँदैन भनेर। त्यो बेला तैले केहि सोचिनस्। अहिले पछुताएर के काम?" बिबेक बाठो हुन थाल्यो।
"साक्षी नाबालिग केटि होइन, उ २० बर्स पुगिसकेकी थी। उ अनभिग्य थिन बिहे बारे, उसको परिवारले सबै सोचेर र उसले पनि मलाइ मन पराएर बिहे गरेकी हो। लोग्ने स्वास्नीको उमेरमा १५ बर्सको फरक त ठुलो कुरा होइन नि हाम्रो समाजमा। तेरो फुपु र फुपाजुको २२ बर्सको फरक छ भन्या होइन उमेरमा? खोइ त उनिहरु अझै मुना मदन जस्ता छन्।" उसलाइ बिबेकको तर्क मन परेन।
"भैगो छोडिदे गैसकेको कुरालाइ। बरु मैले कतै सुनेको थें, स्वास्नीले छोड्नु को प्रमुख कारणहरु २ वटा हुन्छन्, नम्बर १, आर्थिक अबस्था, त्यो तिमीहरुको सम्बन्धको मुल अबरोध हुनै सक्दैन। उ पनि हुनेखानेकी छोरी हो र तेरो पनि प्रशस्तै सम्पती छ। नम्बर २, चाहि............ "बिबेकले उसलाइ गहिरेर हेर्यो।
"के...?" उसले पनि सोध्यो।
"तिमिहरुको सम्बन्ध लोग्ने स्वास्नीको जस्तो त थियो? भनाइको मतलब बुझिस् हैन तैंले ?" घुमाएर भन्यो बिबेकले।
"एउटै घरमा, एउटै कोठामा बिहे गरेर बसेका दम्पती लोग्ने स्वास्नी नभएर कतै साथी हुन्छन् त?" उसलाइ झनक्क रिस उठ्यो।
"तेसो भये के कारणले छोडी त तंलाइ साक्षीले?" बिबेकले फेरि त्यही प्रश्न गर्यो, जसको उत्तर उसलाइ पनि थाहा थिएन।
"त्यस्तो कारण थाहा पाको भए त साक्षी अहिले म सङै हुन्थी नि। छोड यी कुराहरु।" उ एकछिन मौन भयो, बिबेक पनि चुप लाग्यो, केहि बोलेन।
"आज मलाइ यस्तो लाग्यो, साक्षी अझै मलाइ माया गर्छे। मैले उसको आँखामा म प्रतिको चाहना देखे। मलाइ लाग्छ उ म कहाँ फर्किन चाहन्छे, त्यो २४ बर्सको गाइनेले शायद उसको मनलाइ त्यति बुझ्न सक्दैन, जति म उसको अनुहार पढेर उसको हालत बताउन सक्छु। अहिले गाइनेमा मायाको ज्वरो छ, त्यो केहि दिन पछि नै ओर्लिन्छ। शायद साक्षीले त्यो कुरा महसुस गर्न थालेकी छे। उ अझै मलाइ चाहन्छे।" उसको कुराले बिबेक अलमल्ल भन्यो।
" ल ठिक छ ! उ तँलाइ चाहन्छे रे, तँ पनि के उसलाइ चाहन्छेस्?" बिबेकले उसको आँखामा गहिरो सङ पढ्न खोज्यो।
"मलाइ थाहा छैन।" उसले लामो स्वास फेर्यो।
"त्यही भएर त स्वास्नीले छाडेर गइ नि।" बिबेकले फेरि प्रहार गर्यो उसलाइ शब्द बाणले।
उ बोल्दै बोलेन, बिबेकलाइ हेरि रह्यो।
"ल यो फोन नम्बरमा कन्ट्याक्ट गरेर अपोइंट्मेन्ट लिनु। एक्दम राम्रो साइकियाट्रिस्ट छ मानसिक अस्पतालको। भोली नैं गएर आफुलाइ जचाँउनु।" बिबेकले नरम भएर एउटा फोन नम्बर कागजको टुक्रामा उसलाइ दियो। उसले कागजको टुक्रा हेर्दै नहेरी च्यातेर फालिदियो।
"म साक्षीलाइ भेट्न चाहन्छु।" उसले बिबेकलाइ नहेरी गम्भिर भएर भन्यो।
"तेसो भये गाइनेलाइ गएर भेट पहिला। गाइनेको फोन नम्बर खोजुँ? मेरो बहिनी पनि फ्यान हो त्यसको। सबै नयाँ जेनेरेसनको उ "मुटुको ढुकढुकी" रे। प्रख्यात पप गायकलाइ भेटेर अटोग्राफ लिन चाहि नबिर्सिनु नि।" भन्दै बिबेकले बैनी सङ गाइनेको नम्बर सोध्न फोन गर्यो।
क्रमश:...
भाग-३
"प्लिज ! बिबेक तँ मेरो साथी होस् भने मेरो ठाँउमा आफैलाइ राखेर हेर। गाइनेलाइ बिचमा ल्याउनै पर्दैन। यो मामलामा त्यसको कुनै भुमिका छैन।" भन्दै उसले बिबेकको हातको फोन खोसेर नजिकैको टेबलमा राखिदियो।
"हेर! तँ मेरो साथी होस्, यदि अरु कोही नचिनेको मान्छे हुँदो हो त म उहिले "नमस्ते" गरेर हिंड्थे। तर आज साक्षी गएको २ महिना हुँदा पनि तँ किन यस्ता नचाहिने कुरा गर्छस्? उ तँलाइ माया गर्दिन, उ गाइनेलाइ माया गर्छे। शायद २ महिनामा उसले तँलाइ २ चोटि पनि सम्झिन होला, जबकी तँ उसलाइ हरेक दिन सम्झिन्छस्, हरेक पल। जिन्दगी एकजनाको मायाले बित्दैन, यो मुटु धेरै ठुलो छ। तँ अझै माया गर्न सक्छस् अरु कोहिलाइ, साक्षी तेरो जिबनको अन्त्य होइन।" बिबेक अहिले केही साम्य हुन थाल्यो।
"त्यो अरु कोहिले पनि मलाइ मझधारमा छोडेर साक्षी जस्तै गइ भने?" उसले अब कसैलाइ पनि सजिलै बिस्वास गर्न सक्दैन।
"हरेक मान्छे फरक हुन्छ। हरेक केटि साक्षी जस्तो हुँदैन, हरेक सम्बन्धमा धोखा हुन्छ भन्ने छैन। तर घटना घट्दैमा जिन्दगी रोकिदैंन। एउटा स्वास्नीले छोडी त के भो? तँ अर्को बिहे गर्न सक्छस् अनि जिन्दगीलाइ गति दिन सक्छस्। यदि बिहे गरि हाल्न जरुरी छैन भने, कोहि साथी त बनाउन सक्छस्, जसले साक्षीको भुतलाइ तेरो दिमागबाट बिस्तारै हटाउन मद्दत हुन्छ।" बिबेकले उसलाइ सम्झाउन थाल्यो।
"मैले त्यो पनि कोशिस नगरेको हैन। शायद अहिले ठिक समय होइन" उसले बिबेकलाइ सबै भन्न आबश्यक ठानेन।
"ठिकै छ नि। अहिले नभए भोली, भोली नभए पर्सी। आखिर यति लामो जिन्दगी एक्लै त बित्दै बित्दैन, तैंले कसैसङ जिन्दगी बिताउनै पर्छ।" बिबेकले त्यसपछि कुरालाइ मोड्न थाल्यो।
उनिहरु केहि बेर राजनितिको कुरा गरे, त्यसपछि शेयर मार्केटको, अनि बिबेकले शुरु गर्न लागेको नयाँ प्रोजेक्टको। उ बिस्तारै बिबेकले निकालेको सन्दर्भमा सहभागी हुन थाल्यो। ठुल्दिले खाना खान बोलाउनु भयो र त्यसपछि बिबेक उ सङ बिदा भएर गयो।
रातको ११ बज्दा पनि उसलाइ निद्रा लागेन, भोली बिहानै एउटा बिजनेस पार्ट्नर सङ भेट्नु थियो। एकछिन टि वि हेर्दै निदाउने प्रयासमा उसले फेरि रिमोट कन्ट्रोल बटार्न थाल्यो। समाचार हेर्यो, स्पोर्ट्स् हेर्यो, च्यानल चेन्ज गर्दैं जाँदा एउटा गीतमा उसको आँखा अड्क्यो, रचना साक्षीको थ्यो। उसले गीतको बोललाइ ध्यान दिएन, गायकलाइ नियालेर हेर्यो र नाम पढ्यो बिशेस "आकाश"। उ झसङ भयो, त्यो गाइनेको नाम पनि त्यस्तै बि बाट आँउछ भनेर उसले कसैबाट सुनेको थ्यो। उसले त्यसको नाममा त्यस्तो बिधि चाख देखाएको थिएन। नाम जे भये पनि त्यो गाइने उसको लागि धुलो बराबर थ्यो। गाइनेको अनुहार भन्दा पनि शरीर चाहिं कसरत गरेको जस्तो सुगठित लाग्यो उस्लाइ। पाखुराहरु बलियो, चौडा जिम् गरेको जस्तो फुकेको छाती, हाइट पनि गीतको मोडेल केटी भन्दा धेरै अग्लो थ्यो। जिउ मात्र हेर्दा चाहिं ५ जनालाइ आरामले बजाउन सक्ने जस्तो। त्यसको बिपरित अनुहार चाहि चकलेटी थ्यो। उसको अगाडी त बच्चा जस्तो। बच्चा भनेर के गर्नु? साक्षीले गाइनेलाइ नैं चुनी त आफ्नो जिबनसाथी उसलाइ दोबाटोमा छोडेर।
के साक्षीलाइ उसको रुप मन पर्दैन थ्यो? उ जुरुक्क उठेर बाथरुमको ठुलो ऐना अघि उभिएर आफैलाइ नियाल्न थाल्यो। उ पनि अग्लो छ, गाइने जति नभये पनि होचो भन्न मिल्दैन। अनुहार पनि नराम्रो होइन, स्कुल र कलेजका दिनहरुमा केटिहरु पछि नलागेका होइनन्। ९ कक्षामैं "लब लेटर" पठाएकि थी एउटीले। बरु जिम नगरेको चाहि थुप्रै भयो उसले, आफ्नो पुटुक्क निस्केको भुँडीलाइ हेर्दै मनमनै सोच्यो उसले। आजकाल फुर्सदै हुँदैन जिम जाने। राती अबेरसम्म कम्प्युटरमा बस्यो, बिहानै झिसमिसेमा उठ्यो, उसको आफ्नै छापाखानामा हेर्न गयो, त्यसपछि फाइन्यान्स कम्पनीमा गएर सबै कुरा हेर्नै पर्यो, एक बर्स अघि शुरु गरेको "रिसोर्ट" पनि घाटामा गइरहेको थ्यो, त्यहाँ पनि दिनको एकपल्ट भ्याउनै पर्यो। अरु सानातिना पार्टनरशिपमा चलाएका उध्योगहरु पनि बेला बेलामा हेर्नै पर्यो। यस्तो चालाले भयेन, आफ्नो शरीर पनि त फिट राख्नु पर्यो नि। जे गरेर भये पनि दिनको हप्ताको ३ घन्टा जिम जानै पर्ने ठान्यो उसले।
कोठामा आएर तुरुन्टै फोन गर्यो उसले।
"यतिखेर किन फेरि?" बिबेकले निद्राको सुरमा उठायो।
"तँ जाने जिम सेन्टरको नाम के रे?"
"हार्दिक फिटनेस सेन्टर। किन चाहियो?" बिबेकले सोध्यो।
"म पनि जानु पर्यो भनेर। भोली जान्छस्?"
"भोली होइन, पर्सी जान्छु। बिहान ६ बजे तंलाइ लिन आँउला।"
त्यसपछि उ ढुक्क भएर सुत्यो।
भोलीपल्ट बिहानै उठेर सधैं जस्तो पुतलीसडकको छापाखाना गयो, एकछिन स्टाफहरुलाइ कामको बारेमा ब्रिफिङ् गरेर त्यहाँबाट निस्क्यो। बागबजार आइपुग्दा पद्मकन्या क्याम्पसका धोती लगाएका केटीहरु देख्यो र सम्झ्यो साक्षीलाइ। साक्षी पनि बिहानको सेसनमा संगीत पढ्छे। शायद साक्षीको पनि छुट्ने बेला भयो होला अहिले। त्यही आशामा उसले बाइकलाइ एउटा कुनामा पार्क गर्यो र नजिकैको होटेलमा गएर चिया मगायो। उसको आँखा पद्मकन्या क्याम्पसको ढोकाबाट निस्किने प्रत्येक अनुहारमा साक्षी खोजी रहन्थ्यो। उसले ३ कप चिया सकायो, मोबाइल बजिराकोथ्यो, उसले उठाउदैं उठाएन, त्रिपुरेस्वरमा उसको बिजनेस पार्टनर कुरिरहेको थ्यो भन्ने कुरा उसलाइ महत्वपुर्ण लागेन। उ साक्षी भेट्न चाहन्थ्यो, नभन्दै साक्षी बाहिर केहि साथीहरुसङ हांस्दै निस्की। उसको अनुहारमा खुशीको लहर आयो।
क्रमश:
भाग-४
साक्षी र उसको साथीहरु बिस्तारै हिंडेर शायद रत्नपार्क तिर जान लागेका थिए। उ पनि चियाको गिलास टेबलमा राखेर जुरुक्क उठ्यो र साक्षीहरु गएतर्फ ध्यान दिएर हेर्दै निस्क्यो।
"चियाको पैसा दिनु पर्दैन?" साहुको रुखो स्वरले उ रोक्कियो। उता साक्षी जाली भन्ने डर यता पैसा नतिरी पनि नहुने।
"म अहिले आएर पैसा दिन्छु" उसले उतैतिर हेर्दै भन्यो।
"सबै त्यसै भन्छन्। हुँदैन, हुँदैन। पहिला पैसा तिर्ने अनि भरै जतिखेर आए पनि हुन्छ।" साहुजीले छोडेन। उसले पर्सबाट २० रुपियाँ झिकेर दियो। साहुजीले फिर्ता पैसा दिनु अघि उ छिटो छिटो साक्षी गएतिर लम्क्यो। हतारमा जाँदा अघि पछि, दाँया बाँया कोहि देखेन उसले। मान्छेहरु उसलाइ अचम्म मानेर हेरिरहेका हुन्थे, उ कसैलाइ वास्ता नगरी अघि बढ्दैथ्यो।
"ऐया ! कस्तरी खुट्टा कुल्चिदियो ! बिहान बिहानै धोकेर आको हो कि क्याहो।" पछाडीबाट कोहि करायो, उ केहि नसुने झैँ गरी साक्षी भेट्टाउन दौड्यो।
"साक्षी!" नजिकै पुगेर उसले बोलायो।
एकैचोटी तिन जना केटिहरु पछाडी फर्के, जसलाइ उसले साक्षी देखेकोथ्यो, उ साक्षी नभएर अरु कोहि थी। साक्षी जस्तै उचाइ र गोरी भए पनि नजिकबाट हेर्दा अनुहार फरक थियो। कस्तो युनिफर्म हो यो? सबै जना उस्तै उस्तै देखिने? मनमनै सोच्यो उसले र "सरी" भन्यो।
"अनुहार हेर्ने बहाना त राम्रो थियो, नाम चाहियो?" एउटीले भनी।
"फोन नम्बर पनि चाहिएको हो कि?" अर्कीले उडाइ।
"उत्तावली मोरी हरु!" उसले मनमनै गाली गर्यो। बोलेर सक्नु थिएन।
त्यो दिन उ धेरै ब्यस्त भयो, एकैचोटि लखतरान भएर राती घर फर्क्यो। उस्लाइ हिजो साक्षी भेटिएको होटेलमा एकचोटि जान मन लागेकोथ्यो तर फुर्सदै भयेन। के उसलाइ देखेपछि पनि साक्षी त्यो होटेलमा आउली?
उसलाइ चाहि कसरी हुन्छ साक्षी भेट्नु थ्यो, उसको आफ्नो मनलाइ फकाउनुथ्यो। एउटा दुख जो उ सङ छ, त्यसलाइ साक्षीसङ बाँड्न चाहन्थ्यो। धेरै थ्यो उसका सपनाहरु जो साक्षीसङ मात्र पुरा हुन सक्थे।
एउटा डकुमेन्ट खोज्ने क्रममा उसले दराजभित्रका लुगाहरु खोतल्दा खोतल्दै एक टुक्रा कागज भेट्टायो उसले। साक्षीले लेखेको गीत हो या कबिता थियो। यसभन्दा अघि उसले कहिले पनि साक्षीको रचनाहरुमा रुचि देखाएको थिएन। कहिले पढेको पनि थिएन, तर अहिले उसलाइ त्यो कागजमा लेखिएको प्रत्येक मसीका थोपालाइ चुम्न मन लाग्यो। साक्षीको स्पर्शले पुलकित भएका हरेक शब्द उसलाइ मायालु लाग्न थाल्यो। उसले अक्षर अक्षरलाइ छोयो, छातीमा लगायो र साक्षीलाइ सम्झ्यो। यति धेरै जिबन्त अनुभव त उसले साक्षीसङ बिताएका अन्तरङ पलमा पनि महुसुस गरेको थिएन।
"साँझ बिती रात हुदाँ,सम्झनाले मुटु दुख्दा,

म जस्तै तिमी पनि तड्पी तड्पी रोयौ होला।

सारा संसार धमिलिएर, आफै एक्लो एक्लो हुँदा,

मैले जस्तै तिमिले पनि दुखी मनलाइ धोयौ होला।

साँझ बिती ............................................... "
उसले त्यो पंक्तिलाइ दोहोर्याइ तेहर्याइ पढ्यो, साक्षीलाइ देखिरह्यो हरेक लाइनमा, हरेक शब्दमा, हरेक भावमा।
शायद साक्षीलाइ उसले त्यसरी कहिले प्रेम गर्न सकेको थिएन।
क्रमश:

भाग-५
शायद उसले त्यसरी साक्षीलाइ पहिले कहिल्यै प्रेम गरेको थिएन होला।
पस्चाताप हुन थाल्यो उसलाइ, साक्षीको चाहनालाइ किन बुझ्न सकेन उसले? के साक्षी उ सङ सुख खोजीरहन्थी? यत्रो घर र सम्पन्न्ता हुँदा हुँदै उसलाइ अरु के कमी थ्यो? घरको काम छुनै पर्दैनथ्यो, ठुल्दी आफै सबै गर्नु हुन्थ्यो। साक्षीलाइ पैसाको लागि जागीर खानु पर्ने बाध्यता थिएन, तैपनि घर बस्दा बोर हुन्छ भनेर उसकै दीदीको स्कुलमा सघाउन जान्थी। पढाउन त हैन, त्यस्तै नाचगान के के सिकाउने गर्थी रे, साक्षीको दीदीबाट सुनेको उसले। उ कहिल्यै साक्षीलाइ काम, पढाइ र गीतको बारेमा सोध्दैनथ्यो, न त साक्षी उसलाइ केहि सोध्थी। साक्षी बिहानै उठेर कलेज जान्थी, जतिखेर उ निद्रामैं हुन्थ्यो। दिनभरी दुबै आ-आफ्नो काममा ब्यस्त हुन्थे, राति उ फर्किदाँ साक्षी निदाइ सकेकी हुन्थी। शनिबारको दिन उ घरमै हुन्थ्यो, प्राय जसो ससुरालीमा नैं खाना खान जान्थ्यो। साक्षी बिहानै उठेर माइती जान्थी, उ दिँउसो मात्र पुग्थ्यो। उसलाइ धेरै कुरा गर्न मन लाग्दैनथ्यो साक्षीको माइतीमा। त्यसैले खाना पछि औपचारिक कुरा सकेर ब्यस्तताको बहानामा उ बिबेक कहाँ जान्थ्यो। साक्षीको माइती खलक पनि ठुलो थ्यो, कहिले कसको जन्मदिन, पास्नी, भन्दै साक्षी आफ्नै दिदीबहिनी सङ रमाएकी हुन्थी उसको फुर्सद हुँदा पनि। उसले साक्षीलाइ कहिं जान रोकेन, गाइनेको कन्सर्ट होस् वा साथीहरुसङको भेटघाट। उ सम्झन्थ्यो साक्षी खुशी छे, त्यो भन्दा बढी उसलाइ खुशी लाग्थ्यो। साक्षी र उसको दुनियाँको भिन्दा भिन्दै भुगोलमा कुन बेला साक्षी उ सङ टाढीइ, उसले पत्तै पाएन।
बाहिरबाट आएको आवाजले उसको सोचाइलाइ बिथोल्यो, सुनसान रातमा बाहिरको ढोका कसैले ढकढकाए जस्तो सुन्यो उसलाइ। ठुल्दीले शाअयद ढोकामा ताल्चा लाइदिनु भएछ क्यारे भन्दै उ बाहिर गयो। चकमन्न अध्याँरो थ्यो, कतै केहि देखिदैनथ्यो, बाटोको खम्बामा बलेको मधुरो प्रकाशले ढोकामा कोहि उभिरहेको जस्तो देख्यो उसले। ठुल्दी पनि राती किन सबै बत्ती निभाउनु पर्ने होला भन्दै उ ढोकानिर पुग्यो। त्यो अस्पस्ट उज्यालोमा उसले सेतो लुगा लगाएकी एक युबतीको शरीर देख्यो। अनुहार चिन्न सकेन उसले, ढोकाको चाबी पर्खालको एउटा कुनामा छाम्दै उसले सोध्यो।
"कसलाइ खोज्नु भएको?"
"मेरो लोग्नेलाइ।"स्वर चिन्यो उसले सजिलै, साक्षी थी ढोकामा। उसकी साक्षी, उसकी मात्र साक्षी। हतार हतार ढोका खोल्यो उसले।
"भित्र आउ न साक्षी। म तिम्रै अगाडी छु नि। मलाइ चिनेनौ? म तिम्रो लोग्ने हुँ।" उ साक्षीको नजिकै उभिन गयो। साक्षी उ भन्दा अलिकति पछि हटी।
"तपाइको अनुहार नैं बेग्लै छ। म तपाइलाइ चिन्दै चिन्दिन। कसरी तपाइं मेरो लोग्ने हुँ भन्नु हुन्छ?" साक्षीको प्रश्नले उ छक्क पर्यो।
"यहाँ अध्याँरो छ। भित्र जाँउ, बत्तीको उज्यालोमा शायद तिमी मलाइ चिन्छौ होला। हिंड भित्र।" उसले साक्षीलाइ डोर्याउन खोज्यो, साक्षी अडिग भएर बसी।
"यो मेरो लोग्नेको घर होइन जस्तो छ। म भित्र जाँदीन।" साक्षी फर्किन खोजी।
"यती राती कहाँ जान लागेकी साक्षी? यो तिम्रो घर हो, अनि म-- यी हेर म तिम्रो लोग्ने।" उसले आफ्नो अनुहारलाइ बाहिरको बत्तीको मधुरो प्रकाशमा सकेसम्म देखाउन खोज्यो।
"होइन, तपाइ को? मैले तपाइँलाइ कहिल्यै देखेकी छैन। मेरो बिस्वास गर्नुस तपाइ भ्रममा हुनु हुन्छ जस्तो छ।" साक्षीको आवाजमा भय झल्कियो।
"म तिम्रो जीवनभरीको साथी, तिम्रो आफ्नो लोग्ने। नपत्याए सुन। मैले तिम्रो गीत कन्ठै गरेको छु, तिम्रो गीतको हरेक भावमा डुबेको छु, मैले तिम्रो गीतमा तिमीलाइ छोएको छु।" उ सकेसम्म प्रमाणहरु जुटाउन खोज्यो।
"त्यसोभए भए पक्कै पनि तपाइ मेरो लोग्ने हुनु हुन्न। उहाँ मानबीय संबेदनाभन्दा परको संसारमा बाँच्ने मान्छे। उहाँलाइ भावनाले कहिल्यै छुन सक्दैन।"साक्षी ढोकातिर लम्की।
"मलाइ छोडेर कहाँ जान लागेकी साक्षी? प्लिज फर्क--" उ बिन्ती गर्न थाल्यो।
साक्षी उसलाइ हेर्दै नहेरी अघि बढी, सेतो छाँया अध्याँरोमा नहराएसम्म उसले हेरि रह्यो।
क्रमश:

भाग-६
साक्षी आज पनि फर्की, उ त्यो कालो रातमा आफुलाइ खोज्न थाल्यो, उसका खुट्टाहरु भुँइमा गाडिए जस्तो लाग्यो, मानौं उसको जीउ मुर्ति जस्तो भएको छ, कतै हलचल गर्न नसक्ने पत्थरको आक्रिती। चिसो बतासले उसको मुटुसम्म छोयो। उ त्यहाँ धेरै बेर बस्न सक्दैन, त्यो उसैलाइ निल्ने अन्धकारमा। बिस्तारै उसले दाँया खुट्टा चलाउन कोशिस गर्यो, भुँइबाट हलुका उठायो र एक पाइला सार्यो। अर्को खुट्टा उचालेको मात्र के थ्यो, उसको दायाँ खुट्टा बिस्तारै जमिनमुनि भासिदैं गयो। उसको शरीर अनियन्त्रित भयो, उ कहिँ खस्दै छ जस्तो लाग्यो, पिंध नभएको गहिरो खाडलमा उ भास्सिदैँछ। उ "ठुल्दी" भनेर बोलाउदैथ्यो, ठुल्दी कतैबाट पनि आउनु भयेन। उ खस्ने क्रम जारी छ तर खाडल बाहिर निस्कने संभावना कम हुँदैछ। शायद अन्तिम प्रयाश भनेर उसले बिबेकलाइ सम्झ्यो, बिबेक देखा पर्यो र तुरुन्तै उसलाइ निकाल्ने कुनै बलियो डोरी दियो उ त्यही डोरी समात्दै माथी बाँच्ने आशा गर्दैथ्यो। मुटु जोडले धड्किदैंथ्यो र स्वास फेर्न गार्हो भइसकेको थ्यो, डोरी समातेका हातहरु कामीरहेका थे। उ निस्किदैथ्यो त्यो खाडलबाट, साक्षीको कारण खस्न पुगेको त्यो नर्कबाट।
"अझै उठ्ने बेला भएको छैन।" बिबेकले उसलाइ झकझकाँउदै भन्यो। ब्युँझदा उ आफ्नै कोठामा थ्यो, बिहानको झिसमिसे उज्यालो भइसकेकोथ्यो।
"उठ, उठ। जिम जाने भन्या होइन।" बिबेकले आफु आउनुको कारण सम्झायो।
"निद्रै पुग्या छैन आज, भोली गए हुन्न।" उसले अल्छि मानेर लामो हाइ काढ्यो।
"भोली पनि निद्रा नपुग्ने होला नि, फेरि पर्सि गए हुन्न भन्ने होला।"
"तँ सङ एउटा कुरा गर्न मन लाग्यो। आज मलाइ समय दिन सक्छस्, अहिले नैं?" उसले बिबेकलाइ आग्रह गर्यो।
"किन? फेरि भेटिस् कि क्या हो साक्षीलाइ?" बिबेकको अनुहारमा प्रश्नहरु देखिए।
"त्यही त! साक्षी मेरो सपनामा पनि आँउछे, मलाइ तर्साँउछे, मलाइ दुखाँउछे। म अब साक्षीसङको मेरो बिगतलाइ मेटाउन चाहन्छु, मलाइ मद्दत गर।" उ निरिह जस्तो देखियो।
बिबेक सोफामा बस्यो, जिम जाने भनेर बोकेको ब्यागलाइ काँधबाट झिकेर भुँइमा राख्यो। उसलाइ हेर्यो, कोठाको चारैतिर नियाल्यो, एकछिन घोरियो।
"ठुल्दीलाइ चिया पकाउनु भन्न त।" बिबेक गम्भिर देखियो अहिले।
"केहि दिनको लागि पोखरा जाने त?" बिबेकले उसलाइ सोध्यो।
"त्यो आइडिया नराम्रो होइन। तर म यहीँ बसेर सामना गर्नु चाहन्छु मेरो बर्तमानलाइ। पोखरा गएपनि फर्केर त यहीँ आउनु पर्छ, साक्षीसङ सम्बन्धित सम्झनाहरु त यहीँछन् नि।" उसलाइ पोखरा जानी कुरा त्यति मन परेन।
"एकछिन पख! म पहिला चिया लिएर आँउछु।" बिबेक कोठाबाट निस्क्यो।
हिजो राति भेटिएको साक्षीको गीतलाइ हत्त न पत्त उसले सिरानीमुनिबाट झिक्यो र डसनामुनि लुकायो। त्यसपछि मुख धुन गयो र बिबेक चिया लिएर आँउदा सम्म उसले आफ्नो ओछ्यान पनि मिलाइसकेको थ्यो।
"के तँ केहि दिनको लागि कामको जिम्मेबारी अरु कसैलाइ दिन सक्दैनस्?" बिबेकले चियाको चुस्की लिदैं भन्यो।
"म पनि त्यही सोचिरहेको छु। काम काम भन्दै मेरो तनाब झन् बढ्दै छ। आज म त्यो बारे राम्ररी सोच्छु, शायद भरपर्दो स्टाफलाइ अलिकति काम पनि दिन सक्छु।" उ अलिकति हलुका जस्तो भयो, पुरै त अझै होइन।
"मेरो क्याफेमा फुर्सदको बेलामा आउन सक्छस्? साँझमा ठमेल एकदम रमाइलो हुन्छ। हामी कफी खाँदै मनको कुराहरु गर्न सक्छौँ अथवा ठमेल घुम्न सक्छौं।" बिबेकको उपाय उसलाइ नराम्रो लागेन।
"तँलाइ फुर्सद त हुन्छ त्यहाँ?" उसलाइ बिबेकको काममा खासै बाधा पुर्याउन त मन लागेको होइन।
"तेरो लागि म फुर्सद नैं हुन्छु, तैपनि क्याफेमा पुरानै स्टाफहरु छन्, जो मेरो अनुपस्थितिमा पनि राम्ररी क्याफे चलाउन सक्छन्।" बिबेक ढुक्क देखिन्थ्यो।
"अँ, अर्को कुरा पनि भन्न मन लाग्यो तँलाइ। म त तेरो मिल्ने केटा साथी हुँ, तर अर्को केटि साथी पनि भए तेरो मन कतै साक्षीको सम्झनाबाट टाढिन्थ्यो कि?" बिबेक उसको उत्तरको प्रतिक्ष्यामा थ्यो।
"केटी साथी? कस्तो खालको केटी साथी?" उसले उल्टो प्रश्न गर्यो।
"तँलाइ कस्तो साथी चाहिएको त्यस्तै। समय कटाउने अथवा रमाइलो पनि गर्ने। तेरो इक्ष्या अनुसारको।"
"म अहिले नैं गम्भिर सम्बन्धको लागि तयार छैन। म भावनामा बहकिन चाहन्न, न त दोस्रो बिहेको लागि चिन्तित छु। मलाइ खालि समय बिताउने भए पुग्छ। त्यस्तो साथी पनि पाइन्छ?" उसले आफ्नो कुरा राख्यो।
"जस्तो साथी पनि पाइन्छ आजकाल। तर एउटा कुरा चाहि तैंले सिक्नु पर्छ।"
"के?" बिबेकको कुरा सक्किनु अघि उसले सोध्यो।
"केटिहरुलाइ प्रभाबित गर्ने केहि कुराहरु। त्यो त तलाइं थाहा छ होला नि हैन?"
"मलाइ त्यस्ता कुराहरु धेरै औपचारिक लाग्छन्। झुठो तारिफ गर्न आँउदैन मलाइ।" उ त्यस्तै थ्यो।
"ठिकै छ तेरो आफ्नो खुशी। के त "ब्लाइन्ड डेट" को लागि तयार छ�
क्र

   [ posted by crazy_love @ 01:37 PM ] | Viewed: 2479 times [ Feedback]


: