:: Blog Home       :: बैरे ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: VIEW बैरे's BLOGS
:: च्याङ्ग्राको नासो बैरेको गलाको पासो भाग २
:: च्याङ्ग्राको नासो बैरेको गलाको पासो भाग १
:: रङ्गीला
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
च्याङ्ग्राको नासो बैरेको गलाको पासो भाग २ [बैरे's blog]
Blog Type:: Blog
Monday, January 25, 2010 | [fix unicode]
 

च्याङ्ग्रा- "लौ हिड परको गल्ली सम्म एक चुस्को लगाउँ दिन भरी तान्या छैन, डेट सकिएर सिधै यही आको । फेरी तेरो घराँ आउनु थियो बाहिरै तानेर आउँदा तेरो घराँ थाहा पायो भने तेरो बाले मलाई एक छ्याकमा खत्तम पारेर, मेरो टाउको तेरो बैठकमा झुन्ड्याउला भन्ने डरले नतानी आको ।"

.......................

भेट्ने कुरा सोचेर सुर्यले चन्द्रमा निलेको याद नै भएन , बिहानै उठेर हल्का नाश्ता गरी आमासँग खर्च पानी मागियो, सुको नझर्ला भनेको त, बाघनै झर्यो दँग परी बत्तिए च्याङ्ग्राको घर तिर ।

च्याङ्ग्रालाई लेर निस्क्या मात्रै के थिए, सोमको बाउँ सुमेरु पर्बत झै हाम्रो सामु उभिएको भेटियो । कहाँ ५१ र ५७ ? ५१ र ५७ चाँही हाम्रो जाँचमा आएको प्रतिसत थियो , बुढाले त्यसै गरी हाम्रो सम्बोधन गर्थ्यो ।

मेरो नम्बर च्याङ्ग्राको भन्दा बेसी भाकोले नाइके मै थिए यो पाली, पछ्छिल्लो पाली त्यस्को पधबाट त्यसलाई मुक्त पार्न सफल भाको थिए तर खुशी भन्दा दु:ख धेरै परेको थियो त्यो बिजयमा । कारण बुढाहरुको सामु नाइके बन्नु थियो ।

म - "आज केटाहरु मिली नगरकोट सम्म जाउँ कि भनेर सोच्या थियौ, एसो रिफ्रेश हुन्थ्यो भनेर । "

च्याङ्ग्राको बाउँ - "अनी बास उहीकी फर्किने बिचार  छ ? "

म - "खै ! सके सम्म फर्किने छ तर निस्चित चाँही केही छैन , बरु एसो ईमर्जेन्सी फन्ड पाए हुन्थ्यो । "

बुढाले ७०० झारे- "ईमर्जेन्सी नि....., फिर्ता आउनु पर्छ नभए बिहे नहुन्जेल यती मै चित्त बुझाउनु पर्ला नि ।"

बुढा भित्र छिर्ने बित्तिकै च्याङ्ग्राले - "कुदा बैरे कुदा, बुढाले भित्र गएर आमालाई मैले उहिले नै ५०० लुट्या कुरा थाहा पायो भने तेरो र मेरो लाश लापता हुन्छ ।"

लुट्या पैसो १७००, हाम्रो फन्डमा अर्को १००० लौ आज चाँही, रहिथानी झै खर्च गर्न पाइने भयो भन्दै दँग पर्दै लाग्यौ सन्खमूल तर्फ ।

सन्खमूल पुगेर च्याङ्ग्रीलाई भेटियो , "खै त तिम्रो साथी ? "

च्याङ्ग्री- "उसलाई लिन जानु पर्छ, अनी के यो स्कूटी नगरकोट सम्म पुग्छ र ? "

च्याङ्ग्रा - "कहाँ यो स्कूटी लाने,  तानेन भने मैले नै ढकालनु पर्छ, मैले अर्को बाइकको बन्दो बस्त गर्या छु, यहाँ बाट चाँही जाम त्यहाँ  तीन कुनेमा बाइक लिनु पर्छ । "

त्यहाँ बाट हामी तीन कुने तिर लाग्यौ । कुखुरेको पसलमा रोक्यौ , कुखुरे चाँही हाम्रो अर्को अन्न दाता थियो पेट्रोल पम्पको साहुको एक्लौटो वारीश । अनीकाल परेको बेला, तिर्खित बाइक त्यही गएर आफ्नो प्याश बुझाउने गर्थ्यो । तरुनीको स्कूटी पछाडि तिर लुकाएर कुखुरेको बाइक लिएर निस्कियौ । जानु अघी ५ लिटर फोकडमा राखियो।

बाइकको मेट्या प्याश, पाकेटमा टन्नै क्यास अनी तरुनीको साथ , के चाहियो ? अब मेरीलाई लिएर नगरकोट हुत्तिनु बाहेक केही काम थिएन । कुखुरेको बाइक तरुनीले चलाऊने कुरा थिएन, च्याङ्ग्राले चलाऊने भने पछी मेरी त मै सँग साथमा हुने भई । मेरो मन हर्शले नाच्दै थियो, साथ दिन मेरो मुखले नि समय समयमा धुन गुन्जाइ दिएको थियो ।

मेरीको घर छेउ पुघेर हामी चाँही सडकमै बस्यौ, च्याङ्ग्री चाँही उस्लाई लिएर बहिर निस्की । उसलाई नदेखेको युग भएको थियो, उनी पहिले भन्दा अझै राम्री देखेकी थियी । कालो बादलले ढाकेको भुमीमा बादल फाटेर जब सुर्यको पहिलो किरणले जमिनलाई सुसज्जित गरिदिन्छ, उनी पनि त्यसरी नै सुसज्जित भई मेरो अघी त्यही पहिलो किरण भएर आको थियो । जसरी हटेको कालो पन र आउँदै गरेको उज्यालोलाई चरा चुरुङीहरुले गीत गाउदै स्वागत गर्थ्यो मेरो मनले उसलाई देखेर त्यसरी नै सम्बोधन गरेको थियो । मेरो आँखा धन्य भएको थियो ।

उनी मेरो सामु आएर मलाई - हाई भनेर सम्भोदन गरीन् मैले पनि हासेर उही हाई लाई उसकै तर्फ मोडीदिए ।

उसलाई बस्न सजिलो पार्नो को निम्ती पछाडिको खुड्गिलो तल झारी दिए, उनले आफ्नो हात मेरो काधमा राखी पछाडी बसी । उसले लाएको सुगन्धले कस्तुरीको सुगन्धलाई पनि मात पारेको थियो ।  उसको स्पर्श मेरो शरीरमा रगत झै बगी रहेको थियो, मेरो हरेक श्वासमा उसको सुगन्ध मिसिएको थियो । एउटा ऐना बाटो तर्फ अर्को चाँही उनी तिर थियो । हावाको बेगले पनि उसको मुहार चुमी , केशहरु लहरा झै उडाइ रहेको थियो, म हावासँग पनि इर्शित थिए ।

समय समयमा च्याङ्ग्रालाई जित्न बाइक हुइकाउथे , हावाको बध्दो बेगबाट बँच्न आफ्नो मुख मेरो धाड पछाडि लुकाउथी, र मैले हेरेको याद गर्दै उनी पनि मस्काउथी र समय समयमा मलाई आफ्नो अधिनमा अली बेसरी कस्थी र एक दुई चोटि उस्को ओठको स्पर्श आफ्नो काधमा परेको पाउथे, शायद त्यो भ्रम होला झै लाग्थ्यो तर त्यो भ्रम भए म त्यही भ्रममा बाँच्न चाहन्थे ।

केही क्षण पछी हामी नगरकोट पुग्यौ ।

पहिले पेट पूजानै गर्ने निर्णय भएकोले उतै तिर लागियो, च्याङ्ग्राको त कुरै थिएन एक प्लेट म:म: मगाई हाल्यो, मेरीले नि चौमिन मगाईन, च्याङ्ग्री र मैले चाँही लोकल कुखुरा चापाउने रहरले रोस्ट मगायौ । अब होनचा र काठमाडौं गणेशथानको अगाडि यो खानाको दाजो के गराइ भो र त्यही पनि हुल्न चाँही सही हुलियो । खान पिन सकाएर एक सर्को लगाउन बाहिर निस्क्यौ, शायद चिनेको धेरै नभएकोले होला उसले म माथि आफ्नो हक पनि जताउन सकिनन्, तर उस्को आँखा बोली रहेको थियो र मलाई त्यो ठुटो फ्याक्नको लागि आग्रह गरिरहेका थिए । मैले त्यो आग्रहलाई नकार्न सकिन, त्यही पनि एक पफ मन त्रिप्त गर्नको लागि लगाए अनी भुई तिर फ्याकेर किल्चिए ।

च्याङ्ग्रा - "थुक्क १.५० सत्यानाशी "

मैले केही बोलिन, त्यसलाई के थाहा, ती आँखाहरु ले के भनी रहेका छन भनेर ? त्यो त केवल मसँग कुरा गरिरहेका थिए । च्याङ्ग्राको धुवा हावा मिसी सकिएपछी हामी टावोरतिर लाग्यौ । मौसमले नि हाम्रो साथ दिएको थियो, सुर्यले आफ्नो न्यानो किरण हाम्रै लागि साचेर राखेको झै त्यो न्यानो पन हामी जहाँ जहाँ गयौ उही उही नै छाइदिएको थियो । पवन पनि मन्द मन्द गर्दै उसको मस्तिस्क्कलाई चुम्न घरी घरी बहदै थियो । टाढै भएनी दोलालघाटबाट सुन्कोशी छछल्किएको धुन र वरी परी फुलेका सप्त रङ्गी फूलहरु को मिठो बास्नाले त्यो बातावरणलाई सजाएर प्रफुल्लित पारेको थियो । सुनको औठिमा चम्केको हिरा झै मेरी मायालु गमक्क चम्की रहेकी थियी, मानौ त्यो बातावरणको उद्देश्य आज उसको उपस्थितीले पूर्ण भएको थियो ।

त्यो हृदय छुने द्रिश्यहरु र उसको स्पर्श लिदै कती खेर टावोर पुगियो थाहा नै भएन । एक्कै छिन त्यहाँ ढिस्कोमा बसेर कुरा गरियो, च्याङ्ग्री र च्याङ्ग्रा सिंह जुधाई रहेको थियो, कुन बेला को थला पर्ने हो थाहा थिएन ।

- "ओ तिमीहरुको सुगौंली सन्धी भएको छैन ? अझै महाभारतको युद्ध चल्दै छ ?" मैले सोधे

मेरो कुराले उनिहरुलाई केही असर परेको थिएन । - "हो च्याङ्ग्रा दाई कत्ती झगडा गरी रहनु भाको तपाई, अनी तलाई चाँही किन निउ खोज्नु पर्ने च्याङ्ग्रा दाई सँग ?" उसले पनि आफ्नो मनको कुरा पोखिन ।

च्याङ्ग्राले मलाई नसुने पनि उसको कुराले आफुलाई छोएको नकार्न सकेन, त्यस माथि उसले च्याङ्ग्रालाई दाई भनेर सम्मानित गरेकी थियिन्, अरुले नदेखे नि च्याङ्ग्राको आँखामा पानीले ठाउँ ओगटेको चाँही मैले देखे ।

दिदी बहिनी हिन थियो च्याङ्ग्रा र सधैं मलाई एउटा बहिनी भए खूब मोज हुन्थ्यो बुझिस । तिहारमा यो पाली कसले टिका लगाइदिने भन्नु नि छैन, आफ्नै बहिनीको हात को टिका लाउन पाइन्थ्यो । दाई बनेर एसो उसो नगर भनेर भन्न पाइने, आफुले उसको हेर्चाह गर्न पाउने । सके सम्मको सब खुशी दिन्थे यार भनी रहन्थ्यो । शायद आज मेरीले उसलाई दाई भनेकोले उसलाई फेरी त्यो कुराहरु याद आए होला । च्याङ्ग्रा आएर हामी भए ठाउँमा बस्यो । च्याङ्ग्रालाई मैले राम्ररी चिनेको थिए उसको त्यो मौन्ता केही क्षणमा भंग हुने निस्चित थियो ।

च्याङ्ग्री - "अन्ताक्षरी खेलुम न "  

आफुलाई आफ्नो मायालुसँग कुरा गर्नु थियो, उसलाई अझै राम्ररी जान्नु बुझ्न्नु थियो, त्यही पनि मैले च्याङ्ग्रीको प्रस्तावलाई नकारीन । कती खेर सुरु भयो त्यो पनि थाहा भएन तर च्याङ्ग्रा - "ढुङ्गे साँउको मेलामा " भन्दै गाउदै थियो । केटा र केटीहरु बिचको युद्ध थियो । गीतको शब्दहरु आँफै फेर्दै च्याङ्ग्राले - "च्याङ्ग्रीलाई दाम्लोले बानी, घुमाइ दिउ कि शहरैमा" भन्दै गीतको बिश्राम गर्‍यो ।

हुन त केटा केटीको बिचको युद्ध थियो तर हाम्रो तर्फ बाट च्याङ्ग्रा र केटीहरु तर्फबाट च्याङ्ग्री  भिड्दै थिए । गीतहरुको घमाशान शस्त्र अश्त्रहरु चली रहेका थिए । आफुलाई पनि गीत हरु टन्नै फुरेका थिए तर म सँग केवल एउटा ब्रम्हास्त्र थियो, त्यसको उपायोग मैले ठीक समयमा मात्रै गर्नु पर्ने थियो ।     

च्याङ्ग्री - " बैरे तिमी गाउन, तिमीले गाएको सुनेकै छैन, कत्ती यो च्यात्या बोह्रा मात्रै सुन्ने ? "

मलाई त गीत कहाँ अड्कियो पनि थाहा थिएन , मेरो ध्यान त उनी माथि मात्रै थियो । च्याङ्ग्रा तिर हेरे - " अ " बाट भनेर संकेत गर्‍यो । मेरो ब्रह्मास्त्र चलाऊने अवसर आँफै मेरो सामु आएको थियो तर निशाना अचुक हुनु पर्ने नितान्त जरुरी थियो ।

स्रुरुवात गजलबाटै गर्नु निको हुन्छ झै लाग्यो -

" आइना देख्के बोले ये संवर्ने वाले ,
अब तो बे-मौत मरङ्गे मेरे मर्ने वाले "

गीतलाई सुरु नै नगरि सिधै आफुले गाउनु पर्ने लाइन गाइयो

"देख कर तुम्को यकीन होता है ,
कोही इत्ना भि हसीन होता है ।
देख पाते हैं कहाँ हम तुमको ,
दिल कही होश कहिन होता है । "

उसको आँखा लाजले झुकेको थियो, ओठमा मुस्कान थियो , त्यो लाज र मुस्कानलाई छोप्न उ सँग न त घुम्टो नै थियो न त पक्षौरी । त्यो लजालु आँखा र मुस्कान मेरो प्रत्यक्ष थियो र उसको अफ्थ्यारो पन लाई उु आँफै बाट बचाउन म उसको छेउमा बसे । उसले मेरो हातलाई आफ्नो लाज ढाक्ने ओछ्याउने बनाईन् ।

च्याङ्ग्रा हाँस्दै - " तलाई अहिले गीतहरु क्या फुरी रहा होला हगी "   

उसको कुरामा सत्यता थियो, त्यो क्षण मेरो मनमा गीतहरुको मूल फुटेको थियो, कविताहरु मन मनै रची सकेका थिए, पोख्न सकेको भए आदी कवी र महा कवी पनि मेरो समुन्न्य झुक्नु बाहेक अरु केही उपाय देखदैन थिए । मलाई उु सँग एकान्तमा कुरा गर्नु थियो , तर यो अन्ताक्षरी हिम्द महासागरले झै मेरो बाटो रोकेको थियो,  यसलाई चिर्नु थियो । आफु सँग कुनै क्षेप्यास्त्र छ कि भनेर हेर्दा राम बाण नै भेटियो, "न" बाट गाउनु पर्ने थियो ।  मैले भजन गाइदिए - " नारायण नारायण नारायण श्रिमद नारायण नारायण नारायण ......"  अब "ण" बाट गाउन असम्भव थियो ।

राम बाणले आफ्नो काम गर्‍यो अन्ताक्षरीको पूर्ण बिराम भयो ।

अब ति दुई अघोरीहरु बाटा लाग्लान कि भनेको के हुन्थियो, एक छीन त्यही बसे । माहोल सुन्य थियो, वरी परी चरा चुरुङ्गीको मधुर गीत हरु गुन्जी रहेको थियो ।

च्याङ्ग्री - " कस्तो रमाइलो दिन आज, देव नै खुशी भएको जस्तै "

च्याङ्ग्रा - " तिमी मेरो साथमा छौ अनी मैले देवलाई बिहान बिहान पूजा गर्या, सुन्नु त पर्‍यो नि, तिम्रो लागि यती गर्नु के ठुलो कुरा हो र ?"

च्याङ्ग्राले धेरै बोल्या कुरा मलाई प्रस्ट भयो अब उु आफुले खनेको खाल्डोमा आँफै पुरिने भयो भन्ने कुरा पनि मलाई आथात थियो, मेरो आथातलाई च्याङ्ग्रीले पुरा गरिदियो ।

च्याङ्ग्री - " तिमी मेरो लागि जे पनि गर्न सक्छौ ?"

च्याङ्ग्राले नसोची "सक्छु" भन्यो, उसले सोच्या होला कि उसको जवाफले च्याङ्ग्री मख्ख पर्ला भनेर तर पासो पल्टेको उसलाई थाहा नै भएन , च्याङ्ग्रीले फेरी प्रश्न गरी - "के के गर्न सक्छौ ?"

च्याङ्ग्रा देखी म वाकिफ थिए, स्कुल भागी भागी सिनेमा हेर्न गाको कहिले काम आउँला हनी कुर्थ्यो अघोरी आज दैवले त्यो पनि जुराइ दियो, तर मैले मन मनै -" फिल्मी डाईलोग नभन च्याङ्ग्रा भनी रहेको थिए, " तर मेरो मन  अर्कैको अधिनमा थियो उसले के सुन्थ्यो ?

च्याङ्ग्रा - "तिम्रो लागि म आकाशको तारा, महासागरको मोती, हिमालमा फुल्ने गुराँस ल्याउन सक्छु .....  "                 

कुरा त्यही टुङ्गाको भए नि हुन्थ्यो तर च्याङ्ग्राको कुरै अर्को थियो, उस्लाई हरेक कुरा त्यसको चर्म बिंधु सम्म लानु पर्थियो , उसले आफ्नो वाक्यलाई - " तिम्रो लागि त म मर्न पनि सक्छु भनेर टुङ्गायो । "

च्याङ्ग्रीलाई यो कुराले असर पार्दैन भनेर म धुक्क थिए, तर उसको मुहारमा हिमालमा सुर्यको पहिलो किरण परेर टापु चम्केको झै मुस्कान चम्केको देखेर म आस्चर्यमा परे र मन डराउन थालयो ।  त्यो प्रश्नको हुरीले मेरो घर पनि ताक्छ भन्ने म निस्चित थिए, के गर्नु त्यो हुरी बिलाउने बाटोमा मेरो घर जो पर्थ्यो । त्यो हुरीको मुहान मै तिर बग्यो - " बैरे तिमी मेरो साथीको लागि मर्न सक्छौ ?" च्याङ्ग्रीले मेरो तर्फ राम बाण छोडि । उु मेरो छेउलाई आफ्नो वास स्थान बनाएर बसी रहा थिन अब यो अस्त्रले हाम्रो भर्खरै हालेको जग ढलौलाकी भन्ने त्रास उसको मुहारमा देखिन थालेको थियो । मैले च्याङ्ग्राको उत्तरमा सहमती देखाए भने आफु सँग शब्दको भन्डार खाली भएको संकेत हुने थियो, भने असहमती देखाउनु आफ्नो खुट्टामा आँफै बन्चरो हान्नु बरावार थियो । 

भन्क्तलाई भगवानले चाहेर पनि क्षती पुराउन सक्दैनन् भन्थे, मैले पनि मन मनै त्यो राम बाणलाई प्रणाम गरी - "सक्दिन" भनेर जवाफ दिए । उसको मुहारमा पृथ्वीमा ग्रहण परे झै कालो पनले ढाक्न थालेको थियो , नचाएर पनि होला उसको आँखामा पानीका थोपा हिलोमा कमल फुले झै सुसज्जित थियो । त्यो आशुको थोपाले आफ्नो मालिकलाई छोडि मेरो काधमा बिलाउने निर्णय गरेको थियो र त्यो चिसोपन मेरो काधमा गई बिलाएको मलाई महसुश भयो ।

च्याङ्ग्री - "किन तिमी उसलाई मन पराउदैनौ, के तिमीले मेरो साथीसँग खेलवाड मात्रै गर्या हौ ?" भनेर सोधिन । उसको आवाजमा आफ्नो साथीको निमित्त प्रेम र उसको हितेशीपन झल्केको प्रष्ट थियो , तर त्यो स्वोरमा मेरो निम्ती बहेको क्रोधलाई पनि मैले चिनेको थिए ।    

म पनि च्याङ्ग्राकै घनिष्ट परे, उु स्कुल भागी भागी सिनेमा हेर्न जादा उसको साथमा मै हुन्थे मैले पनि त्यत्रो सिनेमा हेर्या काम त लगाउनु नै थियो ।

मैले च्याङ्ग्रीको प्रश्नलाई - " म तिम्रो साथीलाई एक दम मन पराउछु, म उु सँग मेरो जीवन बिताउन चाहन्छु । म उसको हरेक सुख दु:खको साथी हुन चाहन्छु , हरेक बिहान उसको छेउ उठेर, उसको मुहार हेरेर भगवानलाई आफुलाई भाग्यमानी बनाएकोमा धन्य दिन चाहन्छु, बिहानको नास्ता, दिउसोको खाना, साझँको चिया र रात्रीको गासँ उु सँगै खान चाहन्छु । उु सँग म आफ्नो नयाँ परिवार बनाउन चाहन्छु, जानी जानी उु सँग झगडा गरी उसलाई फकाउन चाहन्छु, आफ्नो हदले भयाको सम्म सबै सुख दिन चाहन्छु । म मरे भने यो चाहना पुरा हुँदैन त्यसैले म उसको लागि मर्न सक्दिन " भनेर जवाफ दिए ।

रामबाणले हनुमानको भक्तीलाई प्रणाम गरे झै च्याङ्ग्रीको प्रश्नले पनि मेरो उत्तरलाई प्रणाम गरी बिलायो । केही क्षण चन्द्रको ग्रहण पछी सुर्य फेरी पृथ्वीमा झल्किदा, चन्द्रको परीधीबाट मणी अन्कित औठी झल्केको झै उसको मुहारबाट त्यो ग्रहण हटी, उज्ज्यालो पन झुल्कन थाल्यो । त्यही मणी अन्कित औठी मैले मन मनै उसलाई लगाइदिए । उसले मेरो हातलाई अंकमाल गरिन तर वास्तबमा उसको हृदयले मेरो हृदयलाई अंगालोमा लिएको थिईन् । मेरो काधमा फेरी उसको ओठको स्पर्श महसुश भयो र यस पटक त्यो स्वप्न थिएन, यथार्त थियो ।   

यो नीर्मल क्षणलाई भंग पार्न च्याङ्ग्राले कोशीश गर्‍यो - " माने प्रभु माने,  तपाईलाई कोटी कोटी प्राणाम । " तर समयको परिस्थिती च्याङ्ग्रीले बुझेको थिईन् र च्याङ्ग्राको दाम्लो समाउदै उसलाई त्यहाँबाट चर्न अन्तै लगिन् । हाम्रो सामु बिलाउन अघी दुबै हाम्रो तर्फ फर्की च्याङ्ग्राले - "ल अब हाम्रो नासो तेरो भयो बैरे, राम्रो सित साचेर राख्नु नि फेरी " भनेर भन्यो ।  उसले च्याङ्ग्रालाई दाई भनेर सम्भोदन गर्या भएर च्याङ्ग्रा दाईको हक निभाएर आफ्नी बहिनी मलाई स्वोम्पेको कुरा मैले बुझेको थिए ।

म केही बोलिन, उनीहरु हाम्रा आँखा अगी बिलाए ।  

हामी एकै छिन मौन थियौ, म वरी परीका द्रिश्यलाई आफ्नो मायालुको दाजो गर्दै थिए र हरेक चोटि उस्कै जीत हुन्थ्यो । त्यो मौन्तालाई भंग गर्ने मन मलाई थिएन, तर पच्चिम दिशा क्षितिज भन्दा माथि आएर मन्दौदै गरेको सुर्यलाई निल्न खोज्दै थियो , उदाउदै गरेको चन्द्रले हाम्रो भेटको अन्त जताउदै थियो । चन्द्रमा गमक्क पर्नु अघी मनको कुरा उु सँग पोख्नु जरुरी ठानेर मैले - "किन मौन छौ, म सँग केही कुरा गर्नु मन छैन " भनी सोधे ।

"होइन, कुरा कहाँबाट सुरु गर्ने भनी सोची रहेकी थिए " भनी उसले जवाफ दिदै फेरी मलाई - " अघी तिमीले भनेको कुरामा सत्यता थियो कि मलाई मख्खाउन मात्रै भनेको" भनी सोधिन ।

म - "तिमिलाई के लाग्छ ? "

उ - "खै म तिम्रो मनको कुरा कसरी बुझु ?"

म - "मन त तिमी सँगै छ सोधे भई हाल्यो नि, यदी च्याङ्ग्राले भने झै जे पनि गर्न सक्या भए त यो समयलाई अहिले यही रोकिदिन्थे।  "

उनी पेरी मुस्काराईन

यसरी नै हामी केही क्षण आ-आफ्नो तर्क हरु गर्दै थियौ साथै आफ्नो भविष्यको कुराहरु पनि । उसलाई डाक्टर पढ्नु मन रहेछ र उसको दाई झै उसलाई पनि पाकिस्तान बाट त्यो डिग्री हसिल गर्नु थियो ।  घरमा छोरीपनी छोराको दाजोमा अघी बढ्न सक्छ भनी देखाउन उसलाई मन रहेछ । मैले उस्को निर्णय लाई आफुले पनि समर्थन गरेको र हरेक कदममा उसको समर्थन गर्ने छु भनी सुनाए, तर पनि मन खिन्न थियो । उनी परीक्षा परिणाम पछी नै जानु पर्ने रहेछ । आफुबाट आफ्नो माया टाढा हुने भईन् भन्ने पिरले उनी साथमा हुँदा पनि उसको अवाभ महसुश हुन थाल्यो ।

उसले मेरो हात थाम्दै ,
"
बैरे जाने कुरा आहिले सम्म निस्चित भएको छैन, अतितको कुरा गरेर फाईदा नभएको झै, भविश्य पनि अनिश्चित छैन,  त्यसैले भविश्यको बिकल्पमा हामी आफ्नो बर्तमानलाई खेर नफालौ । अहिले म तिमीसँग छु, तिमी म सँग यो भन्दा अरु केही मैले खोज्या पनि छैन र खोज्दिन पनि । अहिले तिमी नै मेरो अतित, बर्तमान र भविश्य हौ र यो कुरालाई तिमी बदल्न नखोज । "

भावुक कुरा हुँदै थियो, कवाफमा हड्डी भन्या झै दुई मलेवा जोडी टप्किए ।

च्याङ्ग्री - " के हो तिमीहरुलाई घर जानु छैन ? ओये तलाई तेरो बाउँले मार्ला नि लागुम अब घर तिर "

मैले च्याङ्ग्रीको कुरालाई नकार्न सकिन, हामी पो केटो मान्छे ढिला भएनी फरक पर्दैन , तर उनी त भर्खर जलजलाउदो युवती थिन्, मान्छे हरु कुरा काट्ने निउ मात्रै पाउथे । त्यसो हुन म चाहन्न थिए । हामी त्यहाँ बाट आफ्नो वास स्थान तिर फर्कियौ । जादा ओठका स्पर्श हरु भ्रम मात्रै थियो भने फर्किदा त्यो भ्रम साचो भई वास्तबीक्ता बनेको थियो । मेरो जिउलाई उसको अंगालोले थामेको थियो भने मेरो काधले उसको शिर र ओठका स्पर्शहरु लाई ।

तरुनीहरुलाई घर छोडेर हामी पनि आफ्नो आफ्नो बाटो नाप्यौ । च्याङ्ग्राले एकै छिन जाम मेरोमा भन्दै थियो तर म एकान्त चाहन्थे, उ सँग गरेका कुराहरु, उसको स्पर्शहरु सम्झी त्यो रात ताराहरु सामु बिताउन चाहन्थे । जीवनले नौलो मोड लिएको झै लागिरहेको थियो त्यसैले म एकान्त चाहन्थे । दिनले रात निघलेको , ताराहरु भएको आकाशमा कती खेर चरा चुरुङ्गीले ढाक्यो केही पनि यादै भएन ।

................... (अब हरेक भेटका कुराहरु लेख्न थाले भने कहिले टुङ्गिने ? त्यसैले हाम्रो बिछोडका दिन तिर लागुम्   )

यसरी समय बिती रहेको थियो हाम्रो डबल डेट जाने क्रम पनि जारी नै थियो । उसले पढाईमा पनि ध्यान दिनु पर्छ भनेर कहिले काही कम्बाईन स्टडी पनि गरियो ।

हेर्दा हेर्दै परिक्षाले पनि ढोका ढक्ढक्याउन थाल्यो र जसरी आएको थियो उसै गरी बिलायो पनि ।

परिक्षा सके पछी हामी शहरका राजा भयौम्, सगरमाथा नै चढ्या झै हाम्रो सान थियो । घरमा पढ भन्ने कच कच पनि बन्ध भएको थियो, अब केवल प्रतिक्षा थियो त परीणामको ।

मलाई भविश्यको प्रतिक्षा गर्नु थिएन कारण परीणाम थिएन मेरी मायालु र मेरो बिछोडको चोट थियो । हरेक चोटि हाम्रो भेट हुँदा, जती नचाहदा पनि म हाम्रो बिछोडको साहीत लियी समय आइपुग्छ भन्ने चिन्तामा पर्थे । उसले पनि मलाई स्वान्तोना दिन धेरै प्रयास गर्थी, उसको प्रयास ब्यर्थ नजावोश भनी म हासिदिन्थे, त्यो क्षण नारायण गोपालले "मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ " भनेको मर्म बुझे ।

समयले रोक्ने कुरा नै गरेन, मेरो बसन्तमय जीवनमा काचुली फेरी हिंदको जाडो पन छाउन थाल्यो । कुह्री रहेको साहित पनि अब डाँडा काटी बेसी झरी टोल मै पुगिसकेको थियो, हल्ला खल्ला धेरै भयो र हावाले पनि साहितको समय मेरै कानमा ल्याएर सुनाईदियो अब त के पर्खाइ भयो र ?

जानु एक दिन अघी उसले मलाई रोक्न को लागि आग्र्ह गर्‍यो तर उसको उन्नतीको अड्कनको कारण म कसरी बन्नु ? अहिले हाम्रो दाइत्व फेरिएको थियो, सम्झाउनु पर्ने मान्छेलाई सम्झिनेले नै सम्झाउनु पर्‍यो ।

छेउमा च्याङ्ग्रा स्थितीलाई अली सरल बनाउन कहिले - "टाढा नजाइ देउ तिमी " र कहिले "आँखै मा झल झली " भन्दै गाउदै थियो । मेरो उपस्थितीले उसको आँखा रसाएको थियो भने च्याङ्ग्राको गीतले उसको ओठमा हासोको किरण झुल्काएको थियो ।

जाने दिन आफुले हासी हासी उसलाई नयाँ यात्रामा पठाउने निर्णय गरे । त्रिभुबन अन्तराष्ट्रिय बिमान्स्थलमा हाम्रो हुल जम्मा भयो , च्याङ्ग्रीको आँखाबाट टुकुचामा बाढी ल्याउने खोला बगीरहेको थियो, च्याङ्ग्रा पनि समय समयमा आँखा रसाउदै  बिलाउथ्यो, म भने कापेको स्वोरले आफ्नो मायालुलाई बिदा गर्दै थिए, पुग्न साथ फोन गर्ने आग्रह गरे । च्याङ्ग्रा र मैले केही बाचावट गर्या पैसा पाकिस्तानी रुपैयामा साटेर उसलाई दिए । घरबाट लग्या पैसा त्यहाँ पढाईमा खर्च होला बरु अरु खर्च हामी बेवरौला, पैसा चाहिएमा फोन गर्नु, समय समय मा चिट्ठी लेख्दै पनि गर्नु भनियो, के गर्नु यो जमानामा झै ईमेल र ईन्टरनेटको सुविदा थिएन ।

बिछोड बिनाको मिलन पनि के मिलन भने झै जानु अघी मैले उसलाई म उसको प्रतिक्षा गरी रहने छु भनेर आश्वासन दिए र सोही उसले पनि मलाई । उसका आँखा फेरी रसाए, मलाई फेरी आफ्नो अंगालोमा बाधिन्, मैले पनि उसलाईलाई कसेर अंगालोमा लिए । जहाज उड्ने समय भई सकेको थियो उसलाई अरु थाम्न मैले सकिन ।

उनी हावाई जहाज  भए तिर लागिन आफुले हावाई जहाज आँखामा नबिलाउन्जेल हेरी रहे ।

"ल ल हिड जाम, यो घाडोलाई (च्याङ्ग्री) नि घर छोड्नु छ " च्याङ्ग्राले च्याङ्ग्रीलाई अंकमाल गर्दै भन्यो  

च्याङ्ग्रीले, च्याङ्ग्रालाई केही भनिन, उसलाई पनि थाहा थियो च्याङ्ग्राले उसको मुहारमा हासो ल्याउने प्रयत्न गर्दै थियो भनेर । हामी त्यहाँबाट घरतिर लागेम ।     

अब मेरा दिन के रात के केही थाहा थिएन, केवल उसको यादले सताइ रहन्थ्यो , आफ्नो मनलाई सम्झाउन नारायण गोपाल, प्रेम धोज प्रधान, र अन्य गायकका सेन्टी गीतहरु आफ्न साथी बन्न पुगेका थिए । उ सँग, सके हप्ता दिन नसके १५ दिनको एक चोटी चाँही कुरा गर्थे । फोनमा उसको स्वोर कापेको हुन्थ्यो, तर आफु नै सम्हालेर उसलाई सम्झाउनु पर्थ्यो , उही नारायण गोपालले भने झै - 

केही मिठो बात गर रात त्यसै ढल्किदै छ,
भरे फेरी एकान्तमा रुनु त छदै छ । 

मलेवा जोडीले पनि समय समयमा भेट्न बोलाउथे तर कवाफमा हड्डी हुन किन जाने भनेर सके सम्म चाँही टार्थे तर कहिले काही साह्रै कर गरे भने चाँही भेट्न जान्थे । भेट्ने ठाउँ फेरी उही बेकरी, नाङ्ग्लो त हो नि, त्यहाँ गए नि उसैको यादले सताउथ्यो, प्रेम धोजले भने झै -

शहरमा पनि शान्ती छैन
तिम्रो याद नआउने कुनै ठावै छैन ।

फोनमा कुरा भए नि चिट्ठी चाँही लेख्ने नै गरिन्थ्यो, रात गीतहरु ले कटाउथे भने दिन चाँही आर्चिस र हलमार्कमा गई, भावुक कार्ड र नयाँ नयाँ दिजाईन को प्याड खोजेर बित्दै थियो । उसका चिट्ठी आउँदा दिनै रमाइलो हुन्थ्यो, हरेक चिट्ठीमा उसले मेरो अभाव अनुभब गरेको कुरा लेक्थी। दुरीले मेरो महत्वो उसको जीवनमा झन धेरै भएको लेख्थी । अन्तमा चाँही सधैं उसको लागि कुह्री रहनुको लागि आग्र्ह गर्थी ।

जवाफमा मैले पनि सधैं हर पल हर क्षण उसलाई सम्झी रहेको कुरा लेख्थे र उसको लागि जती कुर्नु परे नि कुर्थे भनी लेख्थे, - " म केवल तिम्रो हुँ र तिम्रो बाहेक अरु कसैको कहिले हुन सक्ने छैन " यि शब्दले सधैं चिट्ठी टुङ्गाउथे ।

खडेरी परेको भुमीमा पानीको थोपाले जसरी त्रिप्त बनाइ नयाँ जीवन ल्याउछ, त्यसै गरी उसले पठाएको एउटा चिट्ठीले मेरो जिन्दगीमा रंग भरी दिएको थियो, उनी काठमाडौं आउँदै थियी, दशैंको छुट्टीको लागि । चिट्ठीको अन्त्यमा बैरे म दशैंको छुट्टीको लागि आउँदै छु, आस्विन १२ मा काठमाडौं आइपुग्छु, १ बजे पुग्छौ होला काठमाडौं ।

अब बाँकीको दुई महिना औंला भाच्दै बित्ने भयो । दिन धल्दै, रात बल्दै गए आउने दिन अब एकै हातमा गन्न मिली सक्या थियो । एकै दिन मात्रै बाँकी हुँदा म मलेवा जोडीलाई भेट्न गए, मेरो मुहारको रौनक देखेर च्याङ्ग्राले मलाई चाट्न गगल्स लगायो - "ओहो हिरो, हिरा झै चम्क्या छस नि के हो राजा ? "

मैले केही बोलिन, बोल्ने काम मेरो हातले त्यस्को ढाडमा गर्‍यो, च्याङ्ग्रीले "अनी भोलीको दिन सम्झी सम्झी निन्द्रा नै लाको छैन कि क्या हो" भन्दै सोधी, मैले उसको कुरा हासेर नै उडाए । "भोली १ बजेको आगमन छ १२:३० मै घर बाट निस्किनु पर्छ है " मैले भने

च्याङ्ग्रा हाँस्दै -  "कहा १२:३० सधैं ढिला हुन्छ चाहे आर ए होस् या पि आइ ए । तेरो घरको छतबाट आकाश तिर हेरुम्ला जहाज आउँदै गर्या देख्नै बित्तिकै लागुम्ला नि, हुन्न र " 

च्याङ्ग्रा अरु केही बोलेन उु ढाड सुम्सुमौदै ब्यस्त भयो । च्याङ्ग्रीले हुन्छ भोली १२:३० बजे तिरै पुगुला भनीन् । ढल्केको घाम सँगै हामी पनि त्यहाँबाट निस्केर सुस्ताउन गयौम् । तर मैले त त्यो दिन चन्द्रमाको पनि दाइत्व निभाउनु पर्ने थियो रात भरी अधेरो बाटोमा मार्ग देखाउने गरी चम्की रहे । चन्द्र र सुर्यले आफ्नो कार्य साट्ने छोटो समयको अन्तरमा आँखा लाग्या मात्रै थियो आमाले ढोका ढकढकाईन्, उठेर आफ्नो नित्य कर्म गरी गाडी लिदै लागे च्याङ्ग्राकोमा । त्यहाँ बाट नयाँ बानेस्वोर चोक मा च्याङ्ग्रीलाई लिदै हामी बिमान्स्थल तिर लाग्यौ ।

हरेक मिनट पनि युग बित्या झै भयो र घडीको सुईले १:०० लाई छोयो, तर प्लेन आगमन भएको कुरा चाँही सुनिएन । च्याङ्ग्रा करौदै मैले भनेकै थिए यहाँ सधैं प्लेन आउन पनि धिला जान पनि धिला , नेपाली टाईममा आउँ भन्या के मान्थीस्, ल एक सर्को लगाउ बिहान देखी तान्या छैन । मन नभए नि गए , हेर्दा हेर्दै, घडी १८० डिग्रीको अन्तरमा पुग्यो तर पनि जहाजको केही पत्तो थिएन ।

उसका परिवार पनि उसकै प्रतिक्षामा बसी रहेका थिए, साशुलाई त थाहा थियो ससुरालाई भने मेरो बारे ज्ञान थिएन । पर्खाइ पनि धेरै भयो भन्दै च्याङ्ग्रा खै को  दाईलाई सोधी आउछु भनी गयो, उसको त्यो दाई चाँही टावोरमा काम गर्छ रे भन्दै गयो ।

म एक्कै छिन् त्यहाँ बाट हटी सौचालय तिर लागे, बाहिर निस्किदा च्याङ्ग्रा आउँदै गरेको देखे, तर उु आउनु भन्दा अघी नै माहोल बद्लिसकेको रहेछ । मेरी मायालुको बाउँ लाई खबर आइसकेको रहेछ उसका परिवारमा कोलाहल सुरु भयो । मैले सोच्नै नहुने कुरा हरु सोच्न थाले च्याङ्ग्री पनि त्यही बसी आँखाबाट आशु झार्दै थियीन् । च्याङ्ग्रा म भए ठाउँमा आयो , मैले के भो, भन्दा केही बोलेन मलाई हिड अली पर जाम भन्दै लग्यो । मैले सोचेको यथार्त भएको रहेछ, जहाजसँग बार्तालाव छुटे पछी विष्फोट भएको जानकारी गराईएको थियो ।

म निस्ब्द भए, हात खुट्टा काप्न थाले, आँखा अगाडि अन्धकार छायो, आशु झर्ने कि नझर्ने निर्णय नै गर्न सकेन । बिधाताले आएर मेरो शरीरबाट मुटु चुडाली लगे झै मुटु दुख्न थाल्यो । मेरो सारा संसार नै उल्टेको थियो , मैले त्यो कुरा हुनै सक्दैन भन्दै फेरी च्याङ्ग्रा सँग गई यात्रीको लिस्ट हेर्ने अनुरोध गर्यौ । बिधीको बिडम्बनालाई मैले फेर्न सकिन उस्को नाउँ त्यो लिस्टमा देखियो । च्याङ्ग्री आएर मलाई अंगालो हाली, म मा केही बोल्ने क्षमता नै थिएन, केवल आँखा बोली रहेका थिए ।

मेरो आँखा अगाडि मेरो मायालुको मुहार झल झली आइरहेका थिए । उसले चिट्ठीमा प्रतिक्षा गर, प्रतिक्षाको फल मिठो हुन्छ भनी लेख्या थियी, मैले प्रतिक्षा गरे तर निठुरी दैवले मेरो भागको फल अरु कसैलाई दिएछ । उसका हरेक कुरा हरु उसको हरेक स्पर्श हरु अझै पनि मेरो शरीरमा हरेक श्वास सँगै बगी रहेका थिए केवल उसको अवाभ थियो । उसकी आमा पनि मेरो सामु आएर मलाई अंगालो हाल्नु भयो , यो के भयो भन्दै मलाई सोध्नु भयो ....... म सँग वहाँको प्रश्नको जवाफ नै थिएन ।

खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ भने झै त्यो पिडाको पिडा केवल सहँदा  नै थाहा हुन्थियो । त्यो एक्लोपन , पिडालाई बयान गर्न साहित्यकारहरुको कुबेरको शब्दवली त रित्तो हुन्छ भने म मा त्यस पिडालाई बयान गर्ने शब्दहरु के होला? तर त्यो पिडा सत्रुले भोग्न नपरोस् भन्ने कामना गर्छु ।  त्यो पिडाको चोट दैवले मेरो लागि साचेर राख्या थियो   

च्याङ्ग्रा मलाई समहाली राखेको थियो, च्याङ्ग्रालाई हेर्दै , च्याङ्ग्रीले  - " तिमीले मेरो लागि जे पनि गर्न सक्छु भन्या होइन, मेरो साथी लिएर आउन भन्दै बिन्ती गरिन "
 
च्याङ्ग्राले मेरो घरमा फोन गरी मेरो आमा बाउँ लाई खबर गरी सक्या रहेछ, मेरो आमा बाउँ आइ मलाई फेरी आफ्नो अंगालोमा हाले, मेरो आमा मेरी मायालुको आमालाई समवेदना, सहानुभुती दिन जानु भयो । हामीलाई लिएर घर तिर लाग्नु भयो।

म कोठामा पसे, साथमा च्याङ्ग्रा र च्याङ्ग्री पनि थिए । सबको आँखामा मेरी मायालुको तस्विर आशुले धुदै झन चहकिलो पर्दै थियो ।

च्याङ्ग्राले हिड माथि कौसी जाम भन्यो - हामी तिनै जना कौसी तिर लाग्यम् ।

केही क्षणको मौन्ता पछी च्याङ्ग्रीले - " बैरे तिमीले आफुलाई सम्हाल्नु पर्छ, जे भयो त्यसलाई न त तिमीले बदल्न सक्छौ न त मैले, तर तिमीले आफ्नो जीवनलाई यही क्षणमा राखी अघी नबढ्नु चाँही ठुलो गल्ती हुने छ " भन्यो ।

म सँग बोल्नको लागि न त केही शब्दहरु थिए न त ईच्छा नै । म केवल कौसी बाट देखिने त्रिभुवन बिमान्स्थल तिर हेर्दइ थिए ।

" बैरे, उसले भनेको कुरा ठीक हो, तैले जीवनमा अघी बढेर नै उसको मायालाई जिवित राख्नु पर्छ, त यहाँ यो तालमा बसिस भए उस्को आत्मा लाई पनि शान्ती हुँदैन " च्याङ्ग्रा ले भन्यो ।

म - " म कसरी अघी बढ्नु ? मैले मेरो जीवन उु सँगै बिताउने कसम खाएको छु, हर पल हर क्षण उु सँगै बिताउने बाचा गरेको छु, समय को अन्त सम्म उसको प्रतिक्षा गर्ने प्रण गरेको छु, म कसरी अघी बढ्ने ? "


च्याङ्ग्रा - " तेरो प्रण उु यहाँ भएको भए पुरा गर्ने कर्तब्य हुन्थ्यो तर जब उु नै यहाँ छैन, त्यो प्रणको के नै मान्यता भयो र ?"

म बहसमा पर्न चाहन्न थिए , चुप लागि बसे ।

त्यो रात च्याङ्ग्रा र च्याङ्ग्री दुबै मेरो मा नै बसे ।  रात भरी म आफ्नै भाग्य सँग जुधी रहेको थिए , रामले छोडेको राम बाण र बिधाताले लेखेको भाग्य के फर्किन्थ्यो र ? हार मेरै भयो । रातको अधेरोलाई आँखाको आशुले धोई बिहानीको किरण झ्याल बाट कोठा भित्र पस्यो , मलाई त्यो दिनको केही मान्यता थिएन । मेरो सुर्य त हिजै डुबेको थियो र अब कहिले उदाउने थिएन ।

च्याङ्ग्रा र च्याङ्ग्री पनि रात भर मेरै साथमा थिए उनीहरुको जीवनमा मेरी मायालुको अभावले एक्लो पन छाएको थियो ।

च्याङ्ग्रा - "बैरे, आज तेरो लागि नयाँ दिन हो, तैले पनि अब उसलाई जान दिनु पर्ने छ, तलाई समय लाग्ला तर छोड्नु तैले पर्छ । आज नै त्यसको सुरुवात गर्नु पर्छ, हुन त बुढा पाकाले यसतो समयमा मन्दिर जानु हुन्न भन्छन तर हामी चाँही जानु पर्छ । यो कथा जहाँ सुरु भाको हो त्यही टुङ्गाउनु पर्छ । आज मंगलबार हो , यो कथाले बङ्गला मुखीमा सुरुवात गरेको थियो आज त्यही गई एसको बिसर्ग गर्नु पर्छ । त तयार हुँ । "

हामी त्यहाँबाट बङ्गला मुखी तिर लाग्यौ , भागवती सँग एक छिन गुनासो पोखे तर ढुङ्गाको मन भएकीले के नै बोल्थी र ?  दर्शन सँगै मेरो मायालुलाई शान्ती मिलोश भन्ने कामना गरेर त्यहाँबाट फर्के ।

बाटोमा च्याङ्ग्राले चुरोट सल्कायो, आँखा भरी आशु पार्दै, "यो तिहारमा बहिनीको हातको टिका लगाइ आफ्नो आयु पनि उसैलाई लागोस भन्ने कामना गर्छु भन ठानेको थिए, तर उनी रिसाइ मलाई एक्लो पारी गयो ।" आशु पुछ्दै उसले एक लामो सर्को तानी मुसुल्टो धुवा सँगै आफ्नो बहिनीलाई पनि आफ्नो गाठोबाट मुक्त गर्दै -

" जीवन छ छोटो यहाँ तर दरिलो माया,
झर्दो रहेछ आशु यहाँ छोडि जानेको यादमा ।
थाहा छ सबलाई यहाँ छोडि जानु छ एक दिन
त्यही पनि रोई दिन्छ, छोडि जानेको यादमा ।।"

हामी आफ्नो आफ्नो घर तिर लाग्यौ ..............................

 

समाप्त     
              
 

   [ posted by बैरे @ 02:20 PM ] | Viewed: 1991 times [ Feedback]


:

   
च्याङ्ग्राको नासो बैरेको गलाको पासो भाग १ [बैरे's blog]
Blog Type:: Blog
Monday, January 25, 2010 | [fix unicode]
 

बैरे, बाबु तेरो लागि फोन छ ।

कस्को ?

च्याङ्ग्राको

म खोठाबाट तल झर्दै, गुनगुनौदै  "मायाले ले माया गासी  देउ, भएन प्रिती जोडी देउ" ...... "हलो"

च्याङ्ग्रा - "सुन न क्या कोक र म:म: खान मन लाग्यो हिड जाम, शान्दार, मलाई लिन आइजो ।।। "

- "ह्या बेला न कुबेला बजी नेउला .... म त भुक्का छु । तेरो ट्रीट हो ? "

च्याङ्ग्रा - "ल ल , तु भी क्या याद रखेगा किस रहिससे पाला पढा था । बरु सुन तेरो बाउको ५५५ लेर आइज खूब तल लाग्या छ, कत्ती सुर्य सल्काउने ५५५ मा थप नून, मसला केही थप्या छ की, टेस्टीङ गर्नु पर्‍यो । "

एक घण्टा पछी म:म: र सोपंको बायु मुखबाट छोड्दै बानेस्वोर पिपल बोटबाट हाईटको ओरालो झर्ने बाटो तिर लागियो । करीब २०० मिटर भित्र छिरे पछी आर्को सानो गल्ली जस्ले धोबी खोला गणेश थान तिर लग्थ्यो, त्यता तिर लागियो। अली भित्र छिरे पछी मोटरबाईकलाई डबल स्ट्यन्ड लगाइ ५५५ सल्कयौं ,

- "बुजिस बनाउन त खैरेले नै जन्या हो, कहाँ ५५५ कहाँ सुर्य," भन्दै सर्को लगाउदै थियो च्याङ्ग्रा ।

हुन त त्यती खेर नजिकको तिर्थ हेला भने झै नेपाली सामानको त्यती मुल्य हुँदैन थियो । अहिले त्यही सुर्यको सर्कोले, नेपालको याद झल झली लेर आउछ ।  

च्याङ्ग्रा - "बरु सुन, त्यो शानदारको म:म: पनि त्यती दम छैन, म:म त हरियो पर्दाकै मिठो, अली कती छोयला चिउरा, सादेको भट्मास, कचिला, आलुको अचार, अनी म:म:, यो सब एक प्लेट मगायो भने दुबै जनालाई पुग्छ के.बि.फो.सिक्स ?"

भर्खरै म:म: हुले पनि त्यसले बर्णन गर्दा फेरी खान सकिन्छ झै लाग्यो मलाई, -" बिचार त दरै छ , तर फाइनेन्सर चाँही को ? "

च्याङ्ग्रा - "त्यसको पनि जगेनो गर्या छु, यहाँबाट, कालेकोमा जाम, अनी ज्यापू र भोटेलाई, फोन गरेर म्यारिज खेल्न मुन्ठी भनेर फोन गरौ, ज्यपू म्यरिज भने पछी, विबाह पनि छोडेर आउछ, "

- "अनी तिनीहरु नै हार्ने गेर्यान्टी चाँही तैले लिन्छस ?" भन्दै मैले प्रश्न गरे

च्याङ्ग्रा - "ल अब मेरो कुरो ध्यान दिएर सुन, यो चाँही तैले बुझीनस भने ज्यापूले तलाई र मलाई म:म: भित्र राख्छ। यदी तैले माल हेरिस भने, १:७ ले खेल्ने "

उसको कुरा सक्किनु अगाडि नै, मैले उसको कुरो काटे, " के हो यो १:७ भन्या ?"

च्याङ्ग्रा - "कुरा सक्कीन त दे, बिचँमै कुरो नकाट, पहिले सुन अनी पछी बोल, १:७ भन्या केही गरी एक्का माल हो भने त सत्ता फाल त्यो भयो भने मलाई खबर हुन्छ सत्ता माल हो भनेर, त्यसै गरी दुक्की को अठ्ठा, तिर्की को नहर । "

- "अनी मसँग त्यसरी मिल्ने तास छैन भने नि ?"

च्याङ्ग्रा - "त्यसो हो भने मिल्ने रङ चाँही फाल, तर फाल्नु अघी पर्नु पर्ने तास यो हो तर परेन भन, म भुझी हाल्छु....... सोच, ज्यापू कती लोडेड, हुन्छ त्यसलाई लुट्न पायो भने, त्यही पैसोले छ्याङ पनि खान पुग्छ , मलाई काठमाडौं गणेशथान नजिकै एउटा ठाउँ थाहा छ सोलीड छोयला चिउरा, कचिला पाउछ। "

- "त अघोरी, हस्पिटलमा पक्कै साट्या हुनु पर्छ, खान चाँही तलाई नेवारी खान नै खानु पर्ने, बुद्धी चाँही पुरेतको जस्तै चल्छ ।" 

च्याङ्ग्रा हाँस्दै - "जे भए ने आज चाँही धोको पुरा गर्ने गरी घिच्न पाउने भाईयो । लौ हिड तेरो बाउकोमा फेरी काले निस्केला नि "

कालेको घरमा त्यसँको बाउ आमा दुबै अफिस गाको हुनाले दिउँसो त्यसँको घर हाम्रो अँखडा हुन पुगेको थियो, त्यो बेरोज्गार पनि घरमै हुन्थ्यो ।  कालेको पुगेपछी ज्यापू र भोटेलाई त्यतै मुन्टिन आईज भनियो। एकै छिन पछी दुबैजना कालेकोमा आईपुगे, नेक काममा किन देरी भनेर म्यारिजको श्री गणेश गरियो। हाम्रो षडियण्त्रमा ज्यपू, भोटे र काले तिनैजना फसिसकेका थिए, तिनीहरुको लक्ष्मीले हाम्रो शिरमा आशिश दिदै थिईन।

ज्यपूले आफ्नो हातको मैलो अब धेरै हामीलाई नचढौने निर्ण्य गरेर खेललाई स्तगीत गर्‍यो।  कालेको कौसीमा बसी चिया चुरोटले आफ्नो जीतको खुशीयाली मनायौं । अब भोकले पनि ग्रस्त गर्ने बेला भएको थियो।  कालेले यही खाएर जा भन्दै थियो तर हाम्रो प्लान आर्कै थियो।

- "होइन मामाघर जानु छ, त्यही धोक्नु पर्छ" भन्दै च्याङ्ग्राले मलाई ईशारा गर्‍यो ।

- "ल ल हिड तलाई छोडेर म पनि घर जानु छ " भन्दै निस्किन थाल्यौ हामी।

- "ओई सुन त तिमीहरुसँग खास कुरा त गर्नै बिर्सें" भन्दै ज्यापूले हामीलाई रोक्यो ,

ज्यापू - "सुन केटा हो, अब जाँच आउन पनि ४-५ महिना बाँकी छ । खरायो नुहाएर सेतो, हात्ती पढेर ठुलो भाको भए हाम्रो पनि कल्याण हुन्थ्यो, तर कुरो त्यस्तो होइन ...... मलाई मेरो माईजुले भन्नु भाको ८० चोटी नबिराइ बङ्गला मुखी गयो भने मनले चिताएको पुग्छ रे । हाम्रो जाँच सकेर रिस्लट हुनको लागि पनि करिब १ बर्ष लाग्छ , अब मंगलबार र बिहीवार गरेर हामी पनि बङ्गला मुखी गयौ भने ८० चोटी त पुग्छ, के छ बिचार ? "

च्याङ्ग्राले कालेको गमलाबाट ढुङ्गो झिक्दै, - " उु त्यो बिजुलीको खम्बामा एक शटमा यो ढुङ्गा लाग्यो भने म पास हुन्छु नभए बङ्गला मुखीलाई नै जिम्मा दिने ल " भनेर ताक्दै हान्यो खम्बा तिर । सिधा हिंड्न गाह्रो हुनेले सिधा के हान्न सक्नु? लौ अब भोली मंगलबार पनि हो भोली देखी बङ्गला मुखीको शरणमा जाने भईयो भन्दै हामी निस्कियौ।

नयाँ बानेस्वोरबाट , आर्मी क्वाटर हुँदै भद्र कालीलाई एक फ्नको लगाएर, रोयल नेपाल एअरलाईनस कटेर बाँया मोडेर, बसन्तपुर लागियो ।

- "कुन ठाउँ भन्या तैले ए अघोरी ? " भनेर च्याङ्ग्रालाई सोधे

च्याङ्ग्रा - "अली माथि जा बेकरी (हाल को जिन्स क्याफे) कटेर, पहिलो बाँयाको गल्ली भित्र छिर। "
 
त्यहाँ पुगेपछी, - "ल अब यहाँ दाँया तिर जा,"  त्यो गल्लीबाट आर्को चोक आउनु आघी मोटरसाइकल रोकियो ।

च्याङ्ग्रा- "ल हिड यहाँ झकासको म:म:, छोइला र छ्याङ पाउछ " भन्दै च्याङ्ग्रा भित्र छिर्यो , म पनि त्यस्कै पछी लागे।

अहो साउजी के छ, भनेर च्याङ्ग्राले साउलाई अभिवादन गर्‍यो, - "छोइला, कचेला डु ला ?" भनेर नेवारीमा सोध्यो, हुन त बहुनको छोरालाई एक दुई लाइन भन्दा अरु केही आउँदैन थियो।

साउजीले पनि डु डु, नहुने त कुरै छैन भन्यो ।

कुनाको टेबलमा बसियो, २ प्लेट म:म:, एक प्लेट छोइला चिउरा, एक प्लेट कचेला, एक प्लेट आलुको अचाँर , एक प्लेट भट्मास मगाइयो।

साउजी - "आज घच्चीको भाले भेट्यो, रोस्ट पनि ल्याउँ ? "

च्याङ्ग्रा -  "कुरै छैन, ससुराली आको ज्वाँईलाई झै ख्वाए हुन्छ साउजी " भन्दै हास्यो ।

भै हाल्छ नि भन्दै साउ परीकार बनाउन लाग्यो। 

ओहो मूल कुरो त झन्डै बिर्स्या, भन्दै साउजीले - " एला टोन्यौला ?" भनेर सोधे ।

च्याङ्ग्राले भटी भटी भनेर हातले ईसारा गर्‍यो ।

खाना ल्याउने क्रममा पहिले भाले नै हुलियो, आफुलाई छोइला खाने रहर थियो पहिले ।

- "साउजी - खै छोइला ? तयार भएन ? "

" बाबुहरुलाई पिरो कत्तीको हालु ? "- साउजीले सोधे

- "छोइला त जती पिरो त्यती मिठो नि साउजी"  भन्दै च्याङ्ग्राले एलाको चुस्की लगायो ।

भई हाल्छ नि भन्दै छोइला लिदै साउजी आइपुगे, छोइला देख्दा एक्छिन थुकसँगै सातो पनि निलियो । घाम अस्ताउदा जसरी आकाशको सेतो बादल रत्ताउछ, साउजीले छोइलालाई पनि त्यसरी नै रत्ताएको थियो । त्यही पनि च्याङ्ग्रा र मैले साहश देखाउदै छोइला मुख भित्र टोक्यौ, छोइला भुँडी सम्म जादा जुन जुन नलीहुरु छोयो, त्यो सब हर हरी पोल्दै आयो । हाम्रो पुरुसार्थले हार मान्न चाहेन तर तालुको पसिना नाक सम्म बगेको र छोइला झै मुख भएको सबैले देखेका थिए ।

" ओहो ज्वाँईलाई निकै गाह्रो भए जस्तो छ, टन्न पानी पिउु" भन्दै साउजीले च्याङ्ग्रालाई पेच हान्यो ।
 
च्याङ्ग्राले आफ्नो हालतमा साउजी हाँसेको भएर लाज बचाउने क्रमले, "किन र साउजी ज्वाँईले सब खाना सकाउछ भनेर पिर गर्नु भाको कि क्या हो" - भनेर जवाफ दियो ।
 
साउजी - " होइन ज्वाँई, ... जादाँ जस्तो पोलेको छ निस्किदा त्यो भन्दा डबल पोल्ला भनेर ज्वाँईको मायाले भन्या नि ।"
 
साउजीको कुरामा धेरै दम थियो । एक एक जग पनि दन्काइयो, अली सन्चो भए पछी म:म: ले बिसर्ग गरियो । त्यती धेरै पानी धोकेकोले म:म: नजाला कि भन्ने शंका थियो, तर राज सवारी हुँदा जसरी बाटो खुल्थ्यो म:म: नली भित्र पस्दा त्यसरी नै भुँडी सम्म बाटो खुलेको थियो ।

टन्न खाना हुले पछी, सुर्यको सर्को  लगाइयो र त्यहाँबाट निस्केर तरुनी हेर्न भनी बिशाल बजार तिर लागियो । एक दुई घण्टा बिशाल बजारमा डुलेर घर तिर लाग्ने बिचार  भयो ।  त्रिचन्द्र क्याम्पसबाट बाँया मोडिएर, महेन्द्र सरकारको शालिक घुमेर कृष्ण पाउरोटी तिर लाग्ने बेला भएको थियो ....

"तरुनी तरुनी " च्याङ्ग्रा चिचायो ।
 
"खै कहाँ ?" मैले पनि कान र आँखा चनाखो पार्दै सोधे

च्याङ्ग्रा- " उु त्यहाँ किङ्स वे तिर लाग्दै छ , घुमा बैरे घुमा । "

महेन्द्र को सालिकलाई एक फन्को लगाइ तरुनी लागे तिर बाइक हुताइयो । तरुनीको स्कूटी हाम्रो र RX नभेट्ने त कुरै थिएन ।

तरुनीको छेउमा पुगे पछी बाइकको स्पीड पनि उस्कै तालमा मिलाइयो ।

म बाटो ध्यानमा राख्दै, तरुनी तिर हेर्दै थिए, च्याङ्ग्रा चाँही तरुनीलाई - "कहाँ हिंडेकी, कुन ठाउँमा मन कि हे परी" भन्ने गीत गाउदै घोक्रो सुकाउदै थियो ।

उस्लाई पछौदै हामी गहिरी धारा सम्म पुग्यौ, नान पाउने पसलको (नाम चाँही थाहा भएन, तर जस्ताको पसल, किमा नान र सेकुवा दरो पहिन्छ ) चोक बाट बाँया मोडेर उु एउटा घर भित्र लागि ।

- " ल हेर तेरो भाउजुको माइती, अब जन्ती लिएर आउनु पर्छ लौ हिड घर तिर, भोली बिहानै बङ्गला मुखीलाई पनि पार लगाउने आग्र्ह गर्नु छ " भन्दै च्याङ्ग्राले भन्यो ।
 
त्यहाँबाट भागवती बाहल हुँदै राम पान भन्डारबाट बाँया मोडेर मैतिदेवी तिर लागियो ।

घर जानु अघी एक सर्को त लगाउनु नै पर्थ्यो फेरी घर छिरे पछी निस्किनै गाह्रो हुन्छ, त्यस माथि सर्को लगाउन एक कोश टाढानै जानु पर्ने, बरु तल पहिले मार्ने बिचारले बानेस्वरको हाइट तिर लागियो, त्यो घुमाउरो उकालो होइन, ठाडो चाँही । उकालो कटेर पहिलो पसल नागेर अली भित्र छिरे पछी, शायद गणेश कै सानो मन्दिर होला (हेर्न कहिले भ्याएन), आउनु अघी एउटा पसल छ, त्यही रोकियो ।  साउनी दुईटा सुर्य, दुईटा पान पराग र २ रुपैयाँको हजमोला क्यान्डी पामन भन्दै चुरोट, पान पराग र हजमोला लिईयो । 

चुरोटको गन्ध मेटाउन पान परागको साहेता चाहिन्थ्यो, तर पान पराग खाएर घर जादा, जाडँ धोक्या शंका हुने निशचित थियो त्यसैले पान परागको गन्ध हटाउन हजमोला अत्यन्त जरुरी थियो । हाम्रो बिडम्बना यस्तै थियो १.५० को चुरोट खान ५ रुपैयाको खर्च, भन्ने नै हो भने एउटा मात्रै चुरोट खानु भनेको भिखारीले हात्ती पुरस्कार पाएको झै थियो ।

चुरोटको सर्को सक्के पछी पान पराग मुखमा राखेर निस्कियौ, च्याङ्ग्रालाई घरमा छोडे, त्यसकोबाट  निस्किनु अघी ज्यापू, भोटे र कालेलाई फोन लगाएर भोली बिहान जाने नजाने निधो गरियो । आखीर सोचे झै भयो, जाने पार्टी च्याङ्ग्रा र म मात्रै थियौ ।
 
च्याङ्ग्रा - "ल ल त र म भएनी जानु पर्छ बरु भोली भाले कराउनु अघी आइज लिन मलाई ।"
 
- "हुँदैन त्यस्तो, .... तेरो बाउको कच कच सुन्न म आउदिन बिहान देखी, बरु चाडो जानु पर्छ मलाई बिहानै ४ बजे तिर फोन गर, अनी तल हजुरको पसल सम्म आइज, त्यहीबाट जाम्ला " भन्दै म त्यहाँबाट घर तिर लागे ।

घर छिर्न अघी दुईवटा हजमोला क्यान्डी मुख भित्र चपाए र सिधै कोठा तिर लागे ।

राती मस्त सुती रहा थिए कती खेर ४ बज्यो थाहा नै पाईन , च्याङ्ग्राको फोन आयो । "उठ अघोरी बङ्गला मुखी जाने होइन ? "

आधा निद्रमै मैले - "ल तल हजुरको पसल सम्म आइज म ३० मिनटमा आइपुग्छु ।"

मोटर बाइक हुत्ताएर पुगे हजुरको पसल तिर । च्याङ्ग्रा डेली डोज, सल्काउदै थियो म आको देखेर अर्को पनि सल्कायो, "ल हर्लिक्स खा, तेरो जिउमा स्फुर्ती आउछ । " बिहानको सर्कोको कुरै अर्को, खाली पेटमा फर्स्ट पोपले रिङ्गटा नै लगायो, त्यही पनि १.५० सत्त्यनास त गर्नु भएन । रातले सुर्यलाई निगाले झै हामीले पनि सुर्यलाई सर्सर्ती निल्यौ।

२ मिनटको बिश्राम पछी हामी बङ्गला मुखी तिर हुत्तियौ, नयाँ बनेस्वोरको चोक कटेर सन्खमूल तिर लाग्यौ, ओरालो कटेर जान मात्रै आट्या थियौ,

च्याङ्ग्रा - "रोक रोक" भनेर करायो

- "किन ए भूत के भयो" भनी मैले सोधे ।

"घुमा घुमा" मात्रै भन्यो उसले, मैले पनि त्यसको केही खस्या शंका गरेर बाइक घुमाए,

- "अली माथी जा, अझै माथी " भन्दै गोल्छा निवास कटाउन लगायो । " ल फेरी घुमा " भन्यो उसले, म केही नबोली उसले जे भन्यो त्यही गरी रहे, बिहान बिहान हेल्मेटको ठट्टाईबाट म बन्चीत हुन चाहन्थे । गोल्छा निवास अगाडि आए पछी उसले मलाई रोक्न लगायो, उु ओर्लेर गोल्छा निवासको भित्तालाई धन्य बनाउन गयो ।

- "थुक्क हाडी घोप्ते, काम पाइनस बिहान बिहान, देख्ला तेरो बाउले, अनी लग्ला नि मसान तिर "

च्याङ्ग्रा - "के कराइ रहा, मलाई प्रेसरमा आउँदैन क्या, नकरा न ।"  भन्दै उु मस्तले आफ्नो न्रित्य कर्म तिर लाग्यो ।

काम तमाम परेर बस्न आट्या थियो, मैले - "नछो मलाई , तल गएर हात धू, पवित्र ठाउँमा अपवित्र भएर कसरी जानु ?" भनेर भने

ओरालो झरेर एउटा पसलमा गई, उु हात धोएर निस्कियो, मलाई हेर्दाइ हाँस्दै उसले - "केरा हेरीरहा, भोली कसैले ठुलो मान्छे को चिन्या छस भनेर सोध्यो भने, गोल्छा निवासमा तुर्का (अरु शब्दको उपयोग उस्ले निस्चित थानेन) छु त भन्न पाईन्छ । "

उसको कुरामा सत्यता थियो, हामी जस्तो अघोरी कुनै ठुलो मान्छेसँग परीचीत हुन असम्भव थियो, त्यसैले म चूप नै बसे । मेरो मौन्ताले उसको कुरासँग सहोमती जनाएको उसले बुझेको थियो र अरु केही नबोली उु बस्यो । हामी बङ्गला मुखीतिर लाग्यौ ।

बङ्गला मुखी भित्र पस्दा हामी बोकाहरुको कोन्फ्रेन्समा आको झै लाग्यो, त्यहाँ बोकाहरुको कमी थिएन, तर बोकाहरुलाई निरास नपार्ने कारणले नै होला तरुनीहरु पनि झकी झकाउ भएर आका थिए। बङ्गला मुखीको दर्शन गर्नेहरुपनि कम थिएनन् । पेट्रोल, मट्टीतेल, ग्यास, रङ्गीला फिल्मको लाइन भन्दा पनि चौखन्ड लाम थियो त्यहाँ । लामा बसेर बङ्गला मुखीको दर्शन पाउदा ६ बजी सक्या थियो ।

बङ्गला मुखीलाई आफ्नो नाउँ पार लगाउने बिन्ती गरेपछी हामी घर तिर फर्किने तयारी गर्यौ । जानु अघी झुल्केको सुर्यलाई हामीले पनि धूप सल्काएर स्वागत गर्ने प्रस्ताव राखे, तर च्याङ्ग्राले जसरी घन्टी नबाजाइ बालेको धूपको धेरै मान्यता हुँदैन, त्यसरी नै चिया नभई तानेको सर्कोमा स्वाद नै हुँदैन भन्यो ।

त्यही सानो पसल थापी बसेको ठाउँमा गई चिया लिउ न त भन्दा, उसले हामीले नचिन्ने मान्छे टन्नै छन तर हाम्रा बा ले चिन्ने धेरै छन । हामी फलानोको छोरा हो भन्ने चाख धेरैले राखेका हुन्छन, बङ्गला मुखीमा बसी, एक हातमा चिया अर्को हातमा चुरोट, आँखा बङ्गाइ बङ्गाइ तरुनी हेर्या कुरा फलानोको कानमा पुग्यो भने, सिधै बङ्गला मुखीको शरणमा पुराउछ बुढाहरुले । त्यसैले बागमती पूल कटी त्यहाँ कुनै पर्दा पछाडि बसी नै मुरली बजाउने निर्णय गर्यौ ।

एक आँखाको झिम्काईमा हामी बागमती पूल कटेर एउटा होटेल भित्र छिरी चीया लिदै सुर्य सल्काउन तिर लाग्यौ । बाटोको चहल पहल तिर हाम्रो ध्यान धेरै थियो, एक्कासी च्याङ्ग्राले मेरो ध्यान पूल तिर लग्यो, पूल तर्फबाट एउटा स्कूटीमा एक पटाखा तरुनी बिहानीको किरण झै झुल्किदै हाम्रो नजरको नजिक आउँदैथी, हामीलाई कटेर उु हामी भन्दा टाढा जान लाग्दा त्यो किरणमा ग्रहन पर्या झै भएको थियो । च्याङ्ग्राले चुरोटको ठुटो फ्याकेर, हिड जाउ तेरो भाउजुको पछी भन्दै तीन खुड्कीलो भर्र्याङ्ग झर्यो , उसको पछी म पनि लागे । बाइक स्टार्ट गरेर हामी त्यो तरुनीलाई भेटन बत्यौ । सन्खमूलको उकालोमा उसलाई भेटियो ।

उसलाई पच्छ्यौदै हामी बि.आइ.सी.सी कटी, शिव दर्शन हल तिर लाग्यौ, हामीले उसलाई पच्छाएको ज्ञान उसलाई थियो त्यसैले हामीबाट ताढिन होला शायद, शिव दर्शन हल कटे पछी उनी दाँया मोडीई, तर हामी पनि कम थिएनौ उसकै पछी लाग्यौ, फेरी एक्कै छिन पछी उनी बाँयाको गल्ली तिर मोडीई । त्यो गल्ली गई फेरी दोबाटोमा मिस्सियो र उनी बाँया मिलन चोक तर्फ लागीन् ।

च्याङ्ग्राले उु सँग गर्ने कुरो भेट्यो - "बैरे बाइक तेरो भाउजुको छेउ छेउ तिर लग त कुरो गर्नु पर्‍यो ।"  मैले उसले भने झै तरुनीको छेउमा बाइक लगे ।


"ओ हिरोइन ! "

बाटोमा उु बाहेक अरुले पनि च्याङ्ग्रा तर्फ हेर्यो,

तर च्याङ्ग्राको सम्बोधन केवल स्कूटी को तरुनीको लागी थियो,

- "हजुरको पसल कटेर बाँया मोड्या भए नि हुन्थियो नि ? किन गल्लीबाट आको ? त्यहाँ साँढे भाको भए मै बचाउन आउनु पर्थ्यो, भोली देखी गल्ली तिर धेरै नहिड है? "

तरुनी च्याङ्ग्रालाई हेरेर केही बोलिनन् मुसुक्क हासी मात्रै राखी ।

च्याङ्ग्राले फेरी प्रश्न गर्‍यो, "कलेज जान आट्या हो ?"

त्यतिन्जेल हामी मिलन चोक कटेर धेरै अगाडि पुगी सकेका थियौ, काठमाडौं म्यानेजमेन्त कलेज तर्फ उनी मोडियो (हाल को होइन पहिले म्यानेजमेन्त कलेज आहिले को ई.पी.ए.स स्कुल भन्दा पर मिलन चोक तिर थियो) । कलेजको छेउमा तितौरा पसल पनि थियो, च्याङ्ग्राले, "हिरोइन बेलुका म तितौरा लिएर यही आउछु है" भन्यो । तरुनी फेरी केही बोलिनन् गेट भित्र छिर्नु अगाडि च्याङ्ग्रा तर्फ हेरी फेरी मुस्कुराइ अनी भित्र गैइन् ।

च्याङ्ग्रा - "पट्टयो यार, ल आज बेलुका तितौरा ली, फेरी पच्छायौदै ससुरली जानु पर्छ, टाईम मै यहाँ आउनु पर्छ बुझिश ।"

म - "भई हाल्छ नि तेरो बाउले पाल्या नोकर हो ।  तेरो हुकुम सर आँखो मे । "

च्याङ्ग्रा- "पीलीज, दाई भन्छु, रयाग नगर न । बरु ससुराली बङ्गला मुखी छेउ रहेछ भने, कृष्ण मन्दिर तिर चटामरी र बाह्रा खान लग्छु तलाई ।"

मैले यस्तो अवसरलाई कसरी नकार्न सक्थे र ? ल ल हुन्छ भन्दै हामी त्यहाँबाट घर तिर लाग्यौ ।

च्याङ्ग्राले भने झै हामी बेलुकी तितौरा लिएर पसल कै अगाडि पर्खि बसेका थियौ , तर हाम्रो आश , निराशमा बद्लियो,  तरुनी आएनन् । च्याङ्ग्रा म तिर हेर्दै - "के भयो मैय्या खै त ?"

- "त्यसको गोठालो हो र मलाई सोध्न ?" भनी मैले नि मेरो रिश पोखे, मलाई तरुनीको होइन चटामरी र बाह्रा खुस्किएको झोक थियो ।

म - "ह्या यस्तै हो, आमिर खानले भन्या बिर्सिश - ट्रैन, बस और लड्की, हिड जाम घर तिर F.O.C (फ्री अफ कोस्ट)को खाना छुट्टी हाल्यो फेरी घराँ पनि खान नबनाउला, पापी पेट पाल्नु छ।"

भिस्मको प्रतिज्ञामा आकाश गज्र्या झै च्याङ्ग्रा पनि गर्जयो - "यसतो पनि हुन्छ भन त बैरे मैले बेलुकी आउछु भन्या थिए, फेरी त्यो तरुनी किन चाडो गाकी ?"

- "त कलेजबाट क्लास नै नछिरी बिदामा गाको जस्तै होला नि त" मैले पेच थप्न पाको बेला थपिदे ।
 
म - "तर के सोच्या त्यसले, हिड च्याङ्ग्रा जाम सन्खमूल तिर त्यही पूलको छेउ बसुम, कलेज छुट्ने समय त अहिले हो, बन्क हान्या भए नि घर आउने समय त यही हो "

- "ठीक भनिस, ल बत्ता सरथी मेरो लक्ष्य तिर"  भन्दै च्याङ्ग्रा बाइकमा बस्यो ।

हुन पनि म उसको सारथी नै थिए बजियाले जहाँ भन्यो त्यही लान्थे आफ्नो बहानलाई । जोसै जोसमा पुगियो बिहानको चिया पसल, दिउसोको डोज चिया चुरोट पनि पुरा गरियो। तरुनी आउछे कि आउदिने त्यो चाँही थाहा थिएन तर अलिक क्षण पछी बाइक पूल कटेर पाटन पुग्ने चाँही निस्चित थियो ।

सोच्या झै भयो तरुनी आईन, मैले केही भन्नु अघी नै च्याङ्ग्राले हिड जाम खाजा खान , मैले नि थाहा नपाको झै कहाँ जाने भनेर सोधी हाले, मनमा फुटेको लड्डु घीउ सँग खाँदै ।

च्याङ्ग्रा - "कहाँ हुनु नि, यती नजिक आएर पनि पाटन गएन भने त कृष्णजीले बासुरीले नै बजाउछ "

च्याङ्ग्रालाई  मख्ख बनाउन मैले - "तलाई देखेर त कृष्णजीले पनि राधालाई प्रिय यो बसुरी एक्छीन समाउ त भनेर तलाई नै प्रणाम गर्ला नि "

च्याङ्ग्रा मख्ख हुँदै लौ त्यो पनि हेरी हालुम । ल हिड जाउ पेटाँ हात्ती दौडिने बेला भै सक्यो ।

हामी फेरी लाग्यौ बङ्गला मुखी तिर , एक्छीन त गल्ली देखेर अल्मल्ल परे , जता गए नि आको आको ठाउँ झै लाग्ने ।

- "होइन ए च्याङ्ग्रा हराइयो कि क्या हो । पहिले त आकै हो, यो गल्लीहरु पनि सब आको आको झै लाग्छ, "

च्याङ्ग्रा - "कहाँ हराइन्छ यहाँ बाट अली भित्र छिर त्यहाँ त्यो पैन्टिङ पसल छ, त्यहाँ बाट त बास्नाले तानी हाल्छ नि ।"

- "कुन पैन्टिङ पसल ? "
 
नभन्दै पैन्टिङ पसल चाँही होइन बास्नाले तान्यो हामीलाई, सुङ्दै गाको हरेक घर, हरेक पसल बाट हर्हरी बास्ना - कही म:म:, कही छोइला, कही कचेला भने कही चटामरी, वोँ, सुकुटी, नम चम ।

- "तेरो बाउँ, यहाँ त जता त्यतैबाट बास्ना आइ रहाछ । कहाँ जाने" - मैले सोधे ।

- "उु कृष्ण मन्दिर, तेरो आँखा अगाडि,  कता नाकले लग्या तिर गईरा ?" च्याङ्ग्राले हाँस्दै भन्यो

कृष्ण मन्दिर देखे पछी मलाई पनि साक्क्षात भगवानको दर्शन नै भाको झै लाग्यो, यताँ आन्द्रा बटारेर खत्तम हुन आटि सक्या थियो त्यस माथि जता ततै बास्नाले गाह्रो बनाइ सक्या थियो ।

कृष्णजीलाई दुर्दर्शन दिएर छिर्यौ हामी पसल तिर ।

भित्र छिर्दा, स्वर्ग पुगे झै लाग्यो मलाई, मुख रसिलो भयो, थुक निले नि भोक अगाइएला भनेर मुखा आको थुक पनि ननीली बसे । च्याङ्ग्राले मगायो - कचेला, बाह्रा, चटामरी, आलु चिउरा, अचार, अनी भित्र सजिलै हुल्न क्ष्याङ । साउनी ले नेवारीमा के सोधिन कुन्नी, च्याङ्ग्राले म तिर हेरेर अन्डा भाको चटमरी कि मासु भाको सोध्यो, मैले सजिलै मासु भने , मेरो मासुको... "मा" मात्रै निस्क्या थियो उसले साउनी तिर हेर्दै "ला" भन्यो। मैले केही बुझिन त्यही पनि केही भनिन मलाई नेवारी सिक्नु भन्दा नेवारी खाना हुल्नु धेरै मन थियो ।

हुन त पाच ब्यंजन मात्रै हो तर आफु साम्य आउँदा चौरासी ब्यंजन पनि यसको सामु कम थियो । के टोक्ने, पहिले के खाने, कसरी खाने म त केही सोच्ने लायक नै थिईन , च्याङ्ग्रा तिर हेरी रहे, उसले पहिले चिउरा र आलु खान लाग्यो, मैले नि उसले गरे झै गरे । एक गासँ चिउरा पछी कचेला तिर लागियो, काँचो मासु, लशुन आदुवाले मोलेको, नुन, खुर्सानी र मसलाले रङ्गीएको , आफ्नो मुख सम्म आउँदा हर्हरी बास्ना आयो । मुख भित्र राख्दा अमृत नै आयो, अमृत चाँही मेरो लागि होइन छेउमा भन्की रहेको झिङ्गाको लागि। कचेला, बिहे गरेको बेहुली झै रातोले श्रिङ्गारेको थियो। त्यो रातोले मेरो मुख भित्र छिर्दा, बिहेमा बजाउने बाजा झै बज्न लाग्यो, पिरो र मिठो दौबैको मेल हुँदा मेरो मुखबाट रयाल झर्यो त्यही त्यो झिङ्गाको अमृत थियो। गएर सिधै त्यही बस्यो । उड्नु अघी पनि मलाई - "धन्यबाद है " भन्या झै लाग्यो ।

अब खानको बर्णण गरु भने एउटा महाकाब्य लेख्न सकिन्छ होला, सँछीप्तमा भन्दा चाँही अर्जुनले छोडेको गाण्डिवले निशाना नचुकेको झै परीकार मिस नखाइ मुखा छिरी रहेको थियो , त्यो पनि एक हाते किनकी अर्को चाँही तालु को पसिना, आँखाको आशु, र नाक को पानी पुछ्दै थकित थियो । क्ष्याङ भुँडी भित्र पुग्दा त छुsssssssस आवाज नै सुनियो । भुँडी पिरोले बली रहेको थियो क्यार सोचे ।

बाहिर गएर चुरोट सल्काउदै - "बुझिस रामे खाइयो, आज तेरो जय होश " भन्दै मैले च्यङ्ग्राको चुरोट सल्काउन सलाई हावाले ननीभावोश भनेर दुई हातमा लुकाइ उसको मुख नजिकै लगे, जहाँ सुर्य चुरोटले त्यो आगोको प्रतिक्षा गरिरहेको थियो। मुखाबाट मुस्लो छोडेर - "यस्तो पो ख्वाइ, रहिथानीको " भन्दै च्याङ्ग्राले आर्को सर्को लगायो ।

- "ल हिड जाम घर तिर । तरुनीले धोका दिए नि खानले साथ दियो, यो खान त २-३ दिन ननीकाली भुँडी भित्रै राख्ने खालको छ " भन्दै उु बाइकमा बस्यो । मिठोले भुँडी भित्रै राख्न खोज्या हो कि, आउँदा खेरीको रापलाई सम्झेर भन्या हो त्यो चाँही बुझ्न गाह्रो थियो त्यही पनि केही नबोली घर तिर लाग्यौ हामी ।

पाटन ढोका भई घर जाने रहर थियो तर पेट्रोल हाल्ने मालिक च्याङ्ग्रा थियो, कहाँ महङ्गाइमा लामो बाटो जाने, हिड आकै बाटो फिर्ता, भेटी हाल्छे कि ? भन्दै च्याङ्ग्रा करायो ।

लौ भन्दै फेरी बङ्गला मुखी तिरै फर्कियौ ।

बङ्गला मुखी कट्न मात्रै के आट्या थियो अगाडिको द्रिश्य भुकम्पले हल्लाको झै हल्लिए । तर भुकम्प होइन मेरो हेल्मेटमा च्याङ्ग्राको हात बज्री रहेको थियो ।

च्याङ्ग्रा - "सुन त्यहाँ बङ्गला मुखीको ढुङ्गे धारामा मुक्ती नाथ हो कि गोसाई कुण्डको पानी आउछ रे, बहुनको छोराले भैंसी चपाको छ हिड मेरो नि पाप मुक्ती हुन्छ कि ? मुख धुन जाम ।"

- "त मर्ने बेला एकै चोटि त्यहाँको पानी तेरो सैय्यामा राखे हुन्न ? तैले भोली नि हिड जाम अरु केही नभए नि मासुको रसबरी खान जाम भन्छस क्यारे ।"

च्याङ्ग्रा  - "ल ल धेरै डाइलग, नछोड, घर गए बुढाको कच कच, यहाँ तेरो । रोक अनी हिड ।"

ढुङ्गे धारा सम्म पुगेर भर्र्याङ् झर्न के आट्या थियौ, च्याङ्ग्राले एक्कासी - "ओहो .......  माते, मन्दिरनै छोडि यहाँ सम्म दर्शन दिन आउने कस्ट किन गर्नु भयो ? "

म अचम्म परी किन भुत्भुतायो यो बौला भनेर हेर्दा, बिहानकी तरुनी त्यहाँ उपस्थित रहेछिन । म फेरी च्याङ्ग्राको पेलाईलाई कुह्री रहा थिए ।   

च्याङ्ग्रा - " बिहान आकै हुँ, फेरी बिहीवार पनि आउछु भने कै थिए, यती चाडै म सँग प्रशन्न हुनु भयो ?" ...

मैले च्याङ्ग्राको कुरो काटे - "अब ३ वटा बर पाउने भईस्, ल मोज गर ।"
 
म फेरी च्याङ्ग्राको मुख तिर हेर्दइ थिए अर्को ब्यङ्गको प्रतिक्षामा

स्वोर त आयो तर त्यो च्याङ्ग्राको थिएन ।

तरुनी - "बिहानै काम परेर कलेजबाट चाडै निस्किनु पर्‍यो । किन बौला कुकुरले टोक्या झै कराइ रहा । खूब तितौरा लिएर पर्खिन्छु भन्दै थियौ त, कसरी यहाँ सम्म आइपुग्यौ ? तितौरा दिन हो ?"

मेरो त बोल्ती नै बन्ध भयो, तर  च्याङ्ग्रा हार मान्ने खालको थिएन, - "कडा अती कडा , जो चोर उसकै ठुलो स्वोर । सस्रुराली खोज्न आको नि । ससुराले नानी पधेरो सम्म गाको छे, ज्वाँई बस्दै गर्नु भन्या थिए । म चाँही होइन मै लिएर आउछु भनेर निस्क्या नि । "

उनीहरुको कुरो सुनेर म वाल्ल परी रहा थिए, मन मनै सोचे - " इनिहरु त बिहे भएकै दम्पती झै कुरा गरी रहा छन, कतै च्याङ्ग्राले चिन्या कोही केटी नै थियी कि ? मलाई मुर्गा त बनाइ रहा छैन ? "

च्याङ्ग्रा - "छोराले बोलाको सधैं पुराउछ, लौ लिउ तितौरा । लौ भोली भेटुम्ला, हामी त्यही पूल पारी नै हुन्छु । बरु आहिले धर सम्म छोड दीउ कि ससुरालाई पनि लागे भन्नु पर्ला "

- "भयो भयो, धेरै जान्ने हुने होइन, फेरी टोल उठेर आउँला नि "

ए भि एम स्कुलको झगडा हुँदा पाटनको घरबाट हजुर बाउँ देखी नाती ओर्लेको ज्ञान थियो, त्यही सम्झी होला च्याङ्ग्राले "भई हाल्यो उसो भए, लौ भोली भेटुम्ला" भनेर मलाई "लौ हिड, के लाटाले पापा हेर्या झै हेरी रहा" भन्यो । त्यहाँबाट निस्किनु अघी तरुनी तर्फ हेर्दइ फेरी च्याङ्ग्राले - "बरु कोही साथी छ भने यसको उद्दार पनि गरी दिए हुन्छ " भन्यो

- "भई हाल्छ नि," भन्दै तरुनी मुस्कुराएर आफ्नो बाटो लागिन

म अझै, कुरा बुझ्न खोज्दै थिए, तर दिमागलाई किन धेरै दु:ख दिनु भनेर सिधै च्याङ्ग्रालाई - "ए मारोगी, तेरो बाउँलाई, मुर्गा बनाउन आट्या " भनेर गर्जे ।

च्याङ्ग्रा झन वाल्ल परेर - " के भन्छ यो जिमु, म चाँही झन तरुनी क्या कडा हगी, डर नै नमानी चिन्या झै कुरा गरी भन्न आट्या, यो भने मै माथि हुईकिन्छ बा "

-"जस्ले जे भने नि तरुनी चाँही जली, रहेछ । सही हुनेछ दोस्रो भेट" भन्दै दङ्ग पर्‍यो - "बरु सुन भोली नि आउनु पर्छ अघी भने झै त्यही पूल पारी । अब नयाँ आँखडा बन्ने भयो त्यहाँ पनि,  क्रेडिट चलाऊनु पर्छ बुझिस "

हामी घर तिर लाग्यौ ।

च्याङ्ग्रा, भोली पल्ट बिहानै घर आइपुग्यो, मैले मेरो काम भाको हुनाले जान नमिल्ने कुरा जनाए , - "मेरो बिहीवार पनि बिहानै काम छ.... तेरो त अब बङ्ग्ला मुखी जाने सधैं हुन्छ म चाँही जान्छु, तर बेलुका मात्रै यो शुक्रबार सम्म नभ्याई नहुने काम छ यार "

एक छिन केही बोलेन र सराप्दै लाग्यो सन्खमूल तिर ।

शनिबारको दिन आनन्दले सुत्छु दिनभरी,  काम पनि सक्या थियो कही जानु थिएन । आँखाको पर्दा बन्ध मात्र के हुन आट्या थियो आइपुग्यो अघोरी कोठा भित्र - "मित्र बन्धु, हजुरको काम सकियो होला नि अब जिन्दगी बनाउन तर्फ पनि लाग्ने कि ?"

"के जिन्दगी, कस्तो बनाउने जाच आको छैन कसरी आहिले बन्छ जिन्दगी ?" भनी मैले प्रश्न गरे

च्याङ्ग्रा - "जिन्दगी भन्या खाली पैसा र जागिर मात्रै हुन्छ, तरुनीले पनि जिन्दगी बनाईदिन्छ नि कसो ?"

हुन पनि हो च्यङ्ग्राको जिन्दगीमा तरुनी बाहेक अरु केही को मान्यता नै थिएन, मेरो शब्द खेर फाल्नु मेरै दोश हुन्थियो, त्यही पनि मैले सोधे "कसरी बनाउने भईस त जिन्दगी ?"

च्याङ्ग्रा - "आज छप्कीले डेटमा जाम भन्या छ " मैले बिच मै कुरा काटे - "तेरो डेटमा म किन जानु ?"

च्याङ्ग्रा - "त कुरालाई कहिले सक्किन दिदैनश, सुन डबल डेट"

मेरो आँखामा लाग्ना आट्या पर्दा अचानक खुल्यो र तेजिलो भयो ।

- "उसको पनि साथी छे रे, राप्चीक छ रे , तेरो कुरा चालाको छु आज भेट भई हाल्छ । ठमेल तिर भेट्ने भन्या छ , तर ठुलो मर्का छ "

- के मैले सोधे

- "सुको लिमिटेड छ , अली कती घरबाट मिला , ब्याक अपको लागि । पहिला तरुनीहरुलाई कोक ख्वाउनु पर्छ अनी त्यो कोक सक्के पछी खान सँगै अर्को कोक मगाउनु पर्छ बुझिश ?"

- "किन यती धेरै कोक नि ?"

च्याङ्ग्रा - " कोक खाए पछी पेट ढुस्स हुन्छ, तरुनी ले खान सँगै अर्को कोक पनि पीउछे अनी धेरै खानै सक्दिन, हामी चाँही किन थोरै खाको अरु केही मगाउन भन्नु पर्छ , भिकारी भए नि हाम्रो ईज्जत छ यार " हाँस्दै

आफ्नो काम सकेर, त्यहाँबाट २०००-२५०० आम्दानी भाको कुरा मैले च्याङ्ग्रालाई भन्न भ्याको थिईन, तर उसको कुरा सुने पछी भन्न पनि उपयुक्त थिएन । आफ्नो नाउँ बल्ल पार लाग्ला जस्तो थियो, फेरी च्याङ्ग्राले भने झै मेरी राप्चीक रहेछ भन्ने डेट फेरी जानु जरुरी हुन्थ्यो पछी सुकोको ब्यबस्था हुन असम्भब थियो। मौकामा कौडी नछोड्नु भन्थे बुढा पाकोले, मैले नि मेरो कौडी बचाउने निर्णय गरे । ल म १-२ बजे तिर आउछु तयार भएर बस भन्दै च्याङ्ग्रा हिड्यो ।

आफु पनि कहिले १ बज्ला भन्दै घडी हेर्दै बसे , घुम्ने घडीलाई मैले के रोक्न सक्ने पनि होइन टोक्न पनि, च्याङ्ग्रा नभन्दै हल्लीदै आइपुग्यो।

च्याङ्ग्रा - "ल लागुम किन बसी राख्ने यहाँ बरु त्यही गएर हल्का फुल्का चुस्की दिदै गरुम, सुको को बन्दोबस्त भयो ? "

- "भयो भयो पिर नगर हिड जाम, बरु मेरो चाँही भन्या जस्तो रहेनछे भने तेरो खएर छैन भन्द्या छु । "

हिमालयन बैंकलाई पछाडि छोडेर ठमेल तिर लाग्यौ हामी, नर्देवी जाने बाटो तिर लाग्दै दाँया मोडेर मून लाईट भित्र छिरियो ।

- "थुक्क मारोगी तरुनी भेट्न पनि मून लाईटमा बोलाउने हो ?" भन्दै म कराए

च्याङ्ग्रा - "कहाँ मैले बोलाको हो र त्यसले नै यहाँ भेटुम अनी कहाँ जाने सोचुला भनी,  मैले कसरी नकार्ने?"

हामी भित्रा छिर्यौ । भित्र डान्स फ्लोरको भएको ले अध्यारो थियो । हामीलाई देखे पछी तरुनीले हात हाल्लाई हामी गएर उनिहरु भए ठाउँमा गयौ। त्यो अध्यारोमा मेरी चाँही चम्की रहेकी थिई, उसको अनुहारमा कोमल्ता थियो, दातका लहर मिलेका थिए मलाई देखेर त्यो लहर झन खुलेको थियो । मनमनै आफु पनि मुना मदनमा भनेको - "अनार दाना दातको लहर खोलेर हासँ न , तिमीले हासे म हाँक्न सक्छु ईन्द्रको आशन " याद आयो । मैले पनि उस्को मुस्कानलाई आफ्नो मुस्कानले अविवादन गरे ।

च्याङ्ग्री - "च्याङ्ग्रा यहाँ बाट जाम, कही रमाइलो खुला ठाउँमा गएर कुरा गरम "

च्याङ्ग्रा - "कहा जान मन छ ? ठमेल तिरै भौतारिने कि अन्तै ?"

च्याङ्ग्री - "ठमेलमा, धेरै भिड छ, पाटनको भिड देखी वाक्क भई सके फेरी बाहिर आउँदा पनि भिड मै ? बरु किङ्स्वे तिर जाम, नाङ्लो के छ बिचार "

च्याङ्ग्रा मलाई हेरेर बिस्तारै - "आज भाडा माज्नु पर्ला जस्तो छ बैरे ल जाम काम तिर ।"

मैले उस्को कुरालाई ध्यान पनि दिएको थिन, किन भने मेरो ध्यान अन्तै बसी सकेको थियो । हामी त्यहा बाट उठी दरबार मार्ग तिर लाग्यौ । उही महेन्द्र को सालिकलाई लक्ष्मण रेखा कोर्दै, वूड्ल्यान्ड होटेल लाई कटेर नाङ्लो बेकरीमा बाइक रोक्यौ ।

च्याङ्ग्राले GTPS गर्नु पर्ला यहाँ त भन्दै हास्यो , च्याङ्ग्रीले के हो यो GTPS भन्या भनेर सोध्यो च्याङ्ग्राले "Go Together Pay seperate" भन्दै हास्यो । एस्तो महँगो ठाउँमा आउने चेतावनी त पहिले नै दिनु पर्छ नि भनेर फेरी पेच हान्यो ।

च्याङ्ग्री अली ठुलो स्वोरमा "किन र डेट मा जानु छ पहिले कोक ख्वाएर धुस्स पार्ने मन थियो कि क्या हो ? "  

च्याङ्ग्रा आफ्नो प्लान फुस्कियो कि भनेर रातो भयो । मैले उसलाई त्यो बाण बाट बचाउनु थियो ।

म -  "किन जिस्की रहाँ ल ल जाम भित्र, अलिकती झगडा भित्रको लागि पनि बाँकी राखे हुन्छ नि " भन्दै दुबैको डोरी आफ्नो हातले तानी भित्र लगे ।

म - "लौ पहिला पेट नै भरुम न अनी तिमीहरु लाई कुस्ती खेल्ने पनि सक्ती आउछ हुन्न" भन्दै मैले कुकुर बिरालो जोडी लाई ब्यङ्ग हाने ।

च्याङ्ग्राले म:म: खाने कुरा गर्‍यो ।  च्याङ्ग्री रिसले - "घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु, खन्न म:म: म त चोपसुई खान्छु। "

त्यही बेला अर्को टेबुलाँ वेटरले हर हरी बलेको सिज्ज्लर लिएर गयो । त्यसै सिज्ज्लरलाई देखाएर च्याङ्ग्राले - "हो आफु त त्यही सिज्ज्लर खाने हो, बुझिस बैरे यहाँ घच्चीको द्राफ्ट बियर पाईन्छ रे । सिज्ज्लर र बियर सही मोज हुन्छ "

म चाँही मेरी तर्फ हेर्दाइ - " तिमी चाँही के लिन्छौ नि ?"

उनी - " यो सब खाना अती धेरै हुन्छ , हामीले शरे गरे हुन्न ? तिमीलाई मन पर्ने एउटा दिष मगाउ अनी तीन दिष शरे गर्दा कस्तो होला ? "

"हुन्छ नि बरु तिमीलाई मन पर्ने चाँही मगाउ न, त्यही शरे गरुम्ला "

च्यङ्ग्रा - " तिमीहरु को पेहेले आप पेहेले आपमा त्रैन छुट्छ बरु ई यहाँ मेनुमा हासँको सुकुटी छ आफ्नो नि रहर पुग्छ त्यही मगाम ? "

उसले आफ्नै मधुरो स्वोरमा हुन्छ भन्यो ।

च्याङ्ग्रा - " द्रिन्क चाँही के मगाउँ तिमीहरु लाई ?"

च्याङ्ग्री - "वाइन चाख्नु पर्ला "

च्याङ्ग्रा - "घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु, भन्या झै बिहानै एला खाको पच्या छैन ? "

च्याङ्ग्री रिशले च्याङ्ग्रालाई त्यही पर्साउन तयार थिई , तर मेरी ले उसलाई रोक्दै कोक भए हुन्छ " 

एक्कै छिन पछी खान आयो , च्याङ्ग्राको सिज्ज्लर बल्दै हर हरी बास्ना शहीत आइपुग्यो । च्याङ्ग्रीको चोपसुई पनि र हासँको सुकुटी, साथ चिउरा, भट्मास र गोल्भेडा को अचार । बियरको एक घुट्कोले मन नै त्रिप्त बनाईदियो ।

च्याङ्ग्री चाँही चोपसुई मिक्स गर्दै थिई, च्याङ्ग्राले के हो हातले मिक्स गरी रहा बानी काटा चक्कुले गर्न गाह्रो भयो होला, बैरेलाई देउ एस्ले शही मिक्स गर्छ ।

खान सकिएर निस्किने बेला नि भयो, मन असजिलो भयो उसलाई छोड्ने मन थिएन तर ढल्केको दिन लाई घाम ले रोक्न नसकेको झै मैले नि उसलाई रोक्न सकिन । उनीहरु हाम्रा आँखाबाट टाढीदै गए, म केवल उसलाई हेरी मात्रै रहे ।

च्याङ्ग्रा - " कस्तो लाग्यो त रापचीक छैन त ? लौ हिड घर जाम भोली आइतबार हो भोटेकोमा जानु छ , आउने हप्ताको खर्चा पानी उठाउनु पर्‍यो नि । "                     

यसरी नै हेर्दा हेर्दै समयले आफ्नो काचुली फेरी सक्या थियो हाम्रो बङ्ग्ला मुखीको ध्याउने क्रम जारी नै थियो, बरु तरुनीहरुसँग भेट नभाको चाँही धेरै भई सक्या थियो । च्याङ्ग्रासँग पनि भेट घाट थिएन, म पनि आफ्नै दुनियामा मस्ताइ रहेको थिए । शुक्रबारको दिन थियो पढाई सकाएर बिशाल बजार गई अकाल परेको आँखालाई तरुनीहरुको स्पर्शले धन्य गराउने बिचारले च्याङ्ग्रालाई फोन घुमाईयो, तर अघोरी घरमै थिएन, उल्टो त्यस्को बाउँको लेक्तुर खाईयो । लौ एक्लै त के भौतारिनु भनी घरै बसे  । साझ पख अती भयो भनेर कौसी तिर लागि बाटाँ हिड्यालाई भए नि हेरेर मनको प्यास बुझाउनु पर्‍यो भनी लागे कौसी तिर ।

जमानाको कुरो हो , धुलो उडे धुलेश्वोर, पानी परे हिलेश्वोर, जाडोमा ठन्डेश्वोर भनाउदो त्यो बानेस्वोरको बाटोमा को देख्नु ? तर मिलन चोक तर्फबाट च्याङ्ग्रा दाम्लोबाट फुस्किएर आको चाँही देखियो । आज चाँही बज्जिएलाई मै पर्साउछु - मन मनै सोचे । च्याङ्ग्रा एकै झिम्काईमा आइपुग्यो कौसीमा ।

- "ओहो प्रभु सास्टगं गरे, आज कहाँबाट बाटो बिराउनु भयो ? "

च्याङ्ग्रा - "लौ आयुश्मान भव, तैले धेरै तपस्या गरिश अनी प्रशन्न भएर तलाई वर दिन आको नि ।"

- "अनी मेरो वर चाँही के त ? "

च्याङ्ग्रा- "भोली शनिबार हो, भर्खरै च्याङ्ग्रीलाई भेटर आको, तेरी पनि तलाई भेट्न नपाएर छट्पट्टी रहा छे रे, तलाई फोन गर्छु भन्दै थियी, तर लाज लाग्यो रे । त्यसैले तेरो उद्धार गर्न मैले भोली नगरकोट जाने प्लान बनाको छु । के छ बिचार ? "

- "जानु त मन थिएन, तर तैले प्लान बनाइ सकिस, तलाई किन निराश पार्नु "- मैले हाँस्दै भने

च्याङ्ग्रा- "लौ हिड परको गल्ली सम्म एक चुस्को लगाउँ दिन भरी तान्या छैन, डेट सकिएर सिधै यही आको । फेरी तेरो घराँ आउनु थियो बाहिरै तानेर आउँदा तेरो घराँ थाहा पायो भने तेरो बाले मलाई एक छ्याकमा खत्तम पारेर, मेरो टाउको तेरो बैठकमा झुन्ड्याउला भन्ने डरले नतानी आको ।"

....

क्रमश:

   [ posted by बैरे @ 02:16 PM ] | Viewed: 2301 times [ Feedback]


:

   
रङ्गीला [बैरे's blog]
Blog Type:: Blog
Wednesday, January 06, 2010 | [fix unicode]
 

आज समयपनि रोकिएको छ, सारा देव मानौ कि सारा ब्रह्मण्डनै उस्को सौन्दर्ता हेरी राखेको छ । सुर्यको पहिलो किरण हिमालको टाकुरामा पर्दा हिमाल लाली झै च्म्कन्छ भन्छन, तर आज त्यो चमक पनि उस्को अगाडि फिक्का परेको छ । आज त ईन्द्रलोकको अप्सराहरुपनि उस्को सौन्दर्ता देखी मुर्मुरीरहेका होलान् । यस्तो ब्रह्मण्डको गतीलाई नै तहल बहल गर्ने सुन्दरीको हात मैले थामेको छु । हुन त हेर्दा मेरो हात उस्को माथि भएकोले हेर्नेहरुलाई उस्ले मेरो हात थापेको झै लाग्छ तर वास्तवमा उस्ले हात थापेको होइन मैले थामी राहा छु । जीवनमा व्याकरणमा कहिले ध्यान दिईएन नेपाली क्लास धाउ धाउ गरी पस्स भए तर आज थाम्ने र थाप्ने ले मेरो जीवनमा ठुलो भूमिका खेली राखेको छ । यो रोकिएको समयले मलाई मेरो अतित तिर लान खोज्दै छ तर मैले आफ्नो मनलाई बरतमानमै राख्न खोजी रहेको छु । यो चन्चल मनलाई आफ्नो अधिनमा राख्न धेरै गार्हो भईराखेको छ । शायद कृष्णले अर्जुनको रथको लगाम नसमातेको भए अर्जुनको पराजय निस्चित थियो होला, मेरो यो मनको लगाम समात्ने कृष्णनै थिएन, मेरो त हार मनले अतिततिर जान्छु भनेर सोचेकै बेला निस्चित भईसकेको थियो ।

 

ओइ केटाहरु रङ्गीला मैय्या आएको छ स्कुलमा भन्दै बोका छिर्यो क्लास भित्र, हुन त त्य्सलाई बाख्री पनि रङ्गीन लाग्थ्यो, २ खुट्टामा उभिने अली लचक भएको जन्तु नै उस्को डिक्सनेरीमा मैय्या हुन्थियो । त्यही पनि बोकापन त हामीमा नभएको होइन, झुमियौ क्लासको ढोका बाहिर नभन्दै नयाँ भर्ना भाको मैय्यामा मै हुँ भन्नेलाई ढाल्ने दम थियो, मेरो र उस्को हेराइ के मिसिन आटेको थियो, ज्यापु मोराले आफ्नो खुइटे मुख खोल्यो " केटा हो रिसर्व है " कसैले मौका पाको छैन त्यतिकै रिसर्व भन्दै भोटे जङ्ग्यो, हुन त भोटे र ज्यापु बच्चा देखीको साथी, भोटेले नकारी नकारी मान्यो । तर कुरो यहाँ भोटेको होइन मेरो थियो । दिल चाहता है फिल्ममा झै आफुलाई पनि " इस बार कि बात और है " झै लाग्यो, तर पहिला र अहिले हेर्ने र हेरे पछि मनमा आउने चाहना बेग्लै थियो ।



तरुनीहरु सधैं हेर्न पावोस भनेर होला स्कुलको हेड मास्टरले पनि केटीहरुको शौचालय जाने बाटो हाम्रै कक्षातिर लगाई दिएको थियो । आफ्नो कक्षाको ठिटीहरु त हैरान हुन्थे हुन्थे , अरुलाई पनि बाँकी छोडेका थिएनौ हामीले । अब त झन रङ्गीला ठिटी जिस्काउने मौका कहाँ छोड्थे । अब समय पर्खिनुनै केटाहरुको बाच्ने आधार भएको थियो । तन मनले बोलाए पछी देउता त आउछन रे , रङ्गीला मैय्या नआउने त कुरै भएन, उस्को एक हेराइमा कती घायल भए कती कायल , कोही "राहोमे उन्से मुलाकात होगइ" भन्दै गाउन थाले, कोही चाँही "रङ्गीला रे" भन्दै घोक्रो सुकाउन थाले। यसरी नै हाम्रो केही दिनहरु कटेको थियो । उस्लाई आफ्नो बनाउने धोको कसैले छाडेको थिएन। सबैजना आफ्नो चक्रब्युमा उस्लाई फसाउन ष्यडन्त्र रची रहेका थिए। उस्को मिल्ने साथीहरु चक्लेट, तितौरा र अरु उपहारले बारीको मुला झै फली सक्या थिए । तर उस्को मनको कुरा उसैसँग थियो ।



उस्को मनको कुरा बुझ्न रहरले मेरा रातहरु दिनमा बद्ली सकेको थिए । धेरै ईच्छा आकन्क्ष्या भए पनि उस्को स्वोर सुन्ने मौका हामी कसैलाई नशिव भएको थिएन । भाग्यमानीको भुतै कमारो भने झै अल्छि लगेर क्लास बन्क गरेर लाइब्रेरीमा लुकेको बेला भगवानले म तिर हेरेर मुस्कुराए, मैले भगवानले बोलेको नै सुने - "लौ मोज गर"........ उनी लाइब्रेरी भित्र प्रबेश गरिन, एक्कासी त्यो ठुस ठुस गनाउने, अध्यारो ठाउँ फुललै फुलले भरिएको घामको किरणमा मस्तिएको बगैचा झै सुन्दर लाग्न थाल्यो । उनी हिड्दै मेरो तर्फ बढी रहेको थियो, मन हर्शित भए पनि पसिनाले जीउ चिसाइ सकेको थियो । मेरो मुटु भित्र बहिरको सट्टा तल माथि उफ्री रहेको थियो। उनी आएर मेरै सामुन्ने बसी र एउटा किताब केलाउन थालिन । म तिर हेररे उनी मुस्कुराइन, समुद्रले जसरी चट्टानमा परेर लहरहरु ल्याउथियो, मेरो तर्फ त्यो लहरहरु आइ रहेको थियो र त्यस लहरले डुबाउला भन्ने पिरले दिमागले सारा इन्द्रियहरुलाई सचेत गराये सिवाय मेरो कन्ठलाई । दिमागले नबोल बैरे नबोल भन्दै थियो मुखले बोल्ने मेरो काम हो तिमी आफ्नै बाटो लाग भएर दिमागलाई थर्कायो र एक्कै चोटी "हाइ" निस्कियो मुखबाट, त्यो "हाइ" आँफैलाई एस्तो ठुलो लाग्यो कि मानौ तिनै लोकमा गुन्जिएको थियो । उस्ले पनि मैले बोल्ला भन्ने सोचेकी थिईन होला त्यसैले झस्कियो ।



उस्ले पनि मेरो अभिबादनलाई बिनम्र तरिकाले सम्बोधन गरिन, उस्को स्वोर सरस्वतीको बिणाको धुन भन्दा मधुरो र स्वछ थियो। बासुरी को स्वोर भन्दा सुरिलो थियो र कोहिलीको गीत भन्दा मिठो थियो त्यो स्वोर मेरो शरीर भरी दौडी रहेको थियो । अब त मेरो दिमागले पनि मुखको साथ दिन्छु भनेर निर्णय गर्‍यो र मेरो ओठले पनि उस्को स्वोरको उपहार २ इन्च दाँया र बाँया लागेर दिये । नाम त उस्को आहिले सम्म सारा स्कुलमा प्रख्यात भइसकेको थियो, त्यो प्रश्न सोध्नु मेरो मुर्ख्ता हुन्थियो ।



मेरो ष्यडन्त्रको मन्त्र उस्को अगाडि निर्बल, लाचार देखिनु थिएन तर म अरु भन्दा भिन्न छु तिम्रो जादुको आभाब म माथि चल्दैन, म तिम्रो साथी धेरै, पागल कम देखाउनु थियो । र त्यो ष्यडन्त्रलाई तुरुन्तै प्रयोगमा पनि ल्याए -



म : "आज काल खूब छाएको छौ नि स्कुल भरी ? "


मेरो यो ठाडो प्रश्नले उस्को होस् हवास उथल पुथल पार्दिएको थियो । यो उस्को मुहारले स्पस्ट बनाइ दिएको थियो तर आफ्नो होस सम्हालेर मेरो प्रश्नले उस्लाई केही असर नभए झै उस्ले


उनी : "स्कुलमा त भर्खर छाएको छु , लक्ष्य अझै भेटेको छैन । "


मनले उस्लाई कोटी कोटी प्रणाम गर्‍यो ,र भन्यो - "बैरे आफ्नो प्लान आँफै तिर ब्याक फाएर होला जस्तै छ "।
 
दिमाग : "हार मान्नु अहिले उचित हुन्न। चक्रब्यु भित्र घुस्ने बाटो त अभिमन्युलाई पनि थाहा थियो , बाहिर निस्किन नदिये पुग्छ।"
 
मनले दिमागको कुरा सित सहमती दियो र दिमागलाई यो महाभारतमा कृष्णको अभिनेता गर्ने आग्रह गर्‍यो, दिमाग कृष्ण बन्न पाको किन नकारथ्यो ? सजिलै हुन्छ भन्यो । हाम्रो अस्त्र शस्त्रहरु हाम्रो बोली र बङ्ग्य हुन पुग्यो  -



म : "लक्ष्य बसेको ठाउँबाट टाढा छ कि नजिक ?"


उनी : "आकाशको तारा यहाँ बाट हेर्दा एक अर्काको नजिक देखे पनि वास्तबमा निकै टाढा हुनछन, मेरो लक्ष्य जस्तै । "


म : "यो सारा ब्रहमाण्डको नजरबाट ताराहरु धेरै नजिक छन, शायद तिमी पनि त्यही भ्रममा छौ की ? "


उनी : "हुन सक्छ, तर यही भ्रम कसैको मिठास, कसैको बिष बनेको छ र यही भ्रम कत्तीको जीवनको शहारा, कसरी तोड्ने त्यो भ्रमलाई"


म : "यत्तीको घमन्ड त गुलाबलाई पनि हुँदैन, उस्लाई थाहा छ कि उु पनि कुनै दिन ओइलाउछ "
 
यतीकैमा त्यो ४० मिनेटको क्लासको घन्टी बज्यो । मेरो प्रश्नको जवाफ दिन नपाएकोले उु छट्पटाउछे, भन्ने विश्वाश मलाई थियो , तर उस्को बिचार  मलाई तडपाउने थियो आफु बसेको मेच अगाडि सारेर म बाट टाढा जाला जस्तै गरी तर फरक्क फर्केर मेरो सामु आएर -
 
उनी : "जवानीमा गुलाबको वरीपरी भमराहरु मन्डराउछन भने त्यसमा गुलाबको के दोष, त्यसलाई गुलाबको घमन्ड भनिन्न, गुलाब केवल एक जनाको निमित्त मात्रै फुलेको हुन्छ र अरु भमरा आफ्नो नीम्ति फुलेको हो भन्ने भ्रममा बाचँछन भने त्यस मा गुलाब को के दोष ?"
 
जीत मेरो कदम चुम्न के आटेको थियो उस्को बचन सुने पछी उस्कै पछी लाग्न थाल्यो, यो हार मेरो रथ हाकेको कृष्णले त दिने थिएन, उु जानु अघी एक ह्रिदय छुने बाण त छोड्नै पर्ने थियो, र मैले फेरी सोधे - यो फुल चाँही कस्को लागि फुलेको हो नि ?


उु म तिर हेरेर फेरी मुस्कुराइ, र आग्रेंजीमा मधुरो स्वोरले - " दिस इज फोर मी टु क्नो एण्ड फोर यू टु फाइन्ड आउट " भन्दै मेरो ह्रिदय छेद्दी लाइब्रेरीबाट निस्किन थाली, कृष्णले पनि भिस्मलाई रथबाट ओर्ली प्रणाम गरे झै, मेरो दिमागले पनि उसलाई प्रणाम गर्नु उपाये बाहेक अरु केही चारा देखेको थिएन र त्यो सम्बोधन पनि गरिदियो ।
 
तर मनलाई सान्त्वोना त दिनु नै थियो, कृष्णले झै चतुराइसँग मनलाई "हारकर भि जित्ने वालोको बाजीगर केहेते है"। यो कुरा त मनले पनि बुझेको थियो। तर त्यो भन्दा पनि ठुलो समस्या टाउँकोमा आइपुगेको थियो , उस्लाई सम्बोधन गर्न ओठ २ इन्च दाँया बाँया गाको फिर्ता आउनै मन्दैनन। अब यो तालले क्लास गए सबले शंका गर्नु स्वाभाविक थियो तर ज्यपूले थाहा पाए त अचार पार्थ्यो र फोकडमा धुन पाको अरु बोकाहरुले के छोड्थे ? जसो तसो गरी लगियो आफ्नै मशान तिर


त्यो दिन कसरी कट्यो याद नै भएन तर बेलुका चाँही गाला लगायत बङगरा चाँही खूब दुखेको थियो , राती ओछ्यानमा पल्टि उसैलाई सम्झिदा एक्कासी मैले स्वोर सुने - "ओये डार्लिङ बैरे, सुति सकिश ?" म उस्कै सम्झनामा व्यस्थ थिए यो स्वोरमा त्यो मिठोपन थिएन यो त घोक्रीएको बोर्हा च्यातेको स्वोर थियो, साइडमा ज्यापू अझै बोल्ने प्रयत्न गर्दै थियो - "ओये जिमु"। (तपाइहरु ठुलो सोचमा पर्नु भयो होला कि ज्यापू मेरो साइडमा सुत्ने बेला के गर्दै छ भनेर, मैले शायद सुरु मै भन्न बिर्सें होला, हामीहरुको स्कुल चाँही ईन्डियामा थियो र छात्राबासमा बसेको हुनाले एउटै दोर्मेटोरीमा हुन्थ्यो )
 
अरु बेला, उड्डौन मोज नै भए पनि अहिले मेरो सौता मेरै बगलको पलङमा थियो, मैले त्यसको स्वोर नसुन्या झै गरे तर मसानेले लात हानेर उठायो,


"तेरो बाउलाई किन एती राती उठाको" भन्दै गर्जे 


ज्यापु - "तेरो भाउजु, के गर्दै होली आहिले ?" भन्ने प्रश्न गर्‍यो त्यस्ले


"ह्याssssss के थाहा मलाई भन्दै म झर्किए, सुती राहा होला नि काठमाडौं मै कत्तै "


ज्यापु - "कहाँ काठमाडौंमा यार उता गर्लस होस्टेलमा मेरै बारेमा सोच्दै बसी राख्या होलिन" अध्यारोमा मुसुक्क मस्केको ज्यापु को मुख पनि देखियो ।


"थुइय काइते, मेरो बारे नसोची त पोल्दा पोल्दै उछिट्या मसानेको बारेमा के सोच्ली ?" मुखले होइन मनले चाँही भन्यो , हाम्रो गोल्डेन रुल कसैको छप्की ( रिसर्भ गरेको मैय्यालाई उडौन नपाउने थियो) हुन त रङ्गीला मैय्या भर्खरै आएकी हुन तर हाम्रो रुल लागु भएको १ बर्ष पुरा भई सकेको थियो, त्यसको बिपरित जानु आफ्नो शरीरक सन्तुलनको लागि उपयुक्त नहुने कुरा मलाई लगयात सारा केटाहरु राम्रो जानकारी थियो । तर त्यसको प्रश्नको समर्थ जनायो भने आफ्नै बेज्जत होला झै लाग्यो र कुरा पनि मोड्ने तरुनीको बारेमा पनि सोच्न पाउने गोली जवाफ सोच्न थाले र तुरुन्तै - "सुत बोका भोली बिहान खेत खन्न जानु छैन तलाई" भन्दै आर्को तिर पल्टे
 
मेरो जवाफको उत्तर त्यसले पनि गर्नु नित्यान्त आवश्यक थियो । तर आवाज त्यसको मुखले चाँही गरेन, खाट बाट उठेरै एक छिन हावा अन्तैबाट लिनु पर्‍यो (यो हाम्रो छात्राबासको अर्को नियम थियो, हार हुन्छ झै लाग्यो भने छेप्स्त्र प्रयोग गर्न उपयुक्त हुनेछ)। यसै त्सै त्यो रात पनि बित्यो, बिहानि पख आफ्नो जीवनको नयाँ सुरुवात भये झै लाग्यो ।


सुर्यको किरणले नि मरो निम्ती मात्रै न्यानोपन दिएको झै लाग्यो, चरा चुरुङगीहरुले पनि मेरै लागि मात्रै गीत गाएको जस्तो लाग्यो। त्यो दिन त्यो क्षण केवल मेरो मात्रै थियो। तर यथार्त आर्कै थियो, त्यो नौलो दिनको न्यानोपनमा कालो बादल झै आइपुग्यो मेरो सौता।
 
"दाई प्लिज मेरो लागि एउटा लभ लेटर तेरो भाउजुलाई लेख्देन ...."
      
मेरो कृष्ण अब सकुनीमा बद्लियो, मेरो ष्यडन्त्रमा परिवर्तन ल्याउनु नितान्त आवश्यक थियो । अब मेरो सौता मेरो पासो हुने छ र मेरै चालमा चल्ने छ । लभ लेटर त लेखी दिनु नै पर्थ्यो साथीको नाताले र आफ्नो ज्यानको मायाले पनि तर चिट्ठी एस्तो हुनु पर्‍यो कि त्यो पढ्ने बितिकै उस्लाई ज्ञान होस् कि त्यो ज्यापूको होइन मेरो मनको भावनाहरु हुन् भनेर। मलाई थाहा थियो उनी कती खेर लाइब्रेरी आउछे भनेर तर त्यो बेला आफ्नो कक्षा हुन्थियो, केही त बन्दो बस्त गर्नु थियो, र ज्यापूसँग सम्झौता गरे झै भने, तेरो सबै लेटर म लेखी दिन्छु तर मलाई एकान्त चाहिन्छ त्यसैले, यो क्लासको होमवोर्क, र नोट लेख्ने काम तेरो, त्यती खेर म चाँही लाइब्रेरी गएर तेरो चिट्ठी लेखी दिन्छु। क्लास बन्क गर्ने खालका साथी हरु कोही थिएन,  मेरो बाटो खुलस्त थियो। ज्यापूले पनि उस्को डुंगा पार लाग्ने भयो अब चाँही भनेर तुरुन्तै सैतानसँग आर्थत मसँग सम्झौता गर्‍यो।


त्यो दिन पनि उनी लाइब्रेरी आइन्, र हाम्रो नजर फेरी एक अर्कासँग कुरा गरी रहेको थियो। उनैलाई हेरी उसैलाई चिट्ठी पनि लेखे, जानु अघी के लेखेको भनेर प्रश्न गरीन, मेरो मनको कुरा अरु कसैको निम्ती तिम्रो लागि, यो कृया कलाब निकै दिनहरु सम्म चली रहयो, नत उस्ले ज्यापूलाई उत्तर नै दिइन् न त मलाई नै, तर उत्तरको अपेक्षा केही दिन पछी मैले नै छोडेको थिए, उस्लाई सधैं भेटेको जो हुन्थे ।


ठिटीहरु शौचालय जाने क्रम जारी नै थियो र रङ्गीला मैय्या पनि आउने मद्धेहरुमा एक पर्थे। आउँदा २ सौता सँगै बसेको देखेर होला मुसुक्क मुस्कुराउथी, ज्यापू मग्न मस्त हुन्थ्यो , तर त्यो मुस्कान केवल मेरो निम्ती हेरेर छोडिएको थियो भन्ने विश्वाश मलाई थियो। यसै गरी दिनहरु बित्दै गए, उस्को मनको कुरा अझै उसितै थियो, मेरो लागि केवल उस्ले अहिले सम्म केही मुस्कानहरु, आकल झुकलको आँखाको झिम्काइ, र मिठो बोली साचेकी थिइ।



छुट्टीमा काठमाडौं जानु अघी न त उस्ले मलाई आफ्नो फोन नम्बर नै दिइ, न त मैले नै मागे, न उस्ले मेरो नम्बर मागिन् , नेपाल पुगुन्जेल एउटै प्लेनमा हुन्थ्यौ, पछी भेट भई हाल्छ नि भनेर नि होला सोध्नै बिर्सियो। काठमाडौंमा सबै आफ्नो आफ्नो बाटो लागे, उनी हामी भन्दा एक क्लास सानो भएको करणले शायद काठमाडौंको ग्रुप भेट घाटमा पनि भेटीएन, अरुलाई उस्को बारे सोध्नु पनि मिल्दैन थियो।


हेर्दा हेर्दै, स्कुल जाने दिन पनि आउन लाग्यो। च्यङ्ग्राले यो पाली बसमा जाने शुजाब निकाल्यो, अब म धर्म संकटमा परे, भोटे बसमा बस्नै सक्दैन थियो , तर आफुलाई बसमा जने रहर पहिले देखी थियो,


भोटेले - "ल ल त इनिहरुसँग जा न त बसमा, म र ज्यापू प्लेनमा आउछु स्कुलमै भेट भई हाल्छ नि । "


लौ भनेर बस को टिकेट लिन जानु पर्‍यो भनेर म र च्याङ्ग्रा  लाग्यौ टिकेट लिन, बसमा चाडो जानु पर्थ्यो यात्रा लामो भएकोले, ३-४ दिनको यात्रा रमाइलो हुने भयो प्लेनको टिकेट किन्ने पैसाले त मोज गर्न पुग्थ्यो


बस स्टपमा पुगेर च्याङ्ग्राले ४ वटा टिकेट मग्यो ,


"ओइ  अघोरी ४ वटा किन त्यो २ वटा टिकेटको पैसाले त टन्न धोक्न पाहिन्छ किन बौलाको त ?"


च्याङ्ग्रा मुसु मुसु हाँस्दै - "तेरो भाउजु र उस्को साथीलाई पनि टिकेट किनीदिनु पर्‍यो नि " भन्दै टिकेट लिन थाल्यो,


"को भाउजु कहाँको भाउजु अनी को साथी "।


च्याङ्ग्राले छुट्टीमा एउटी तरुनीसँग माया प्रिती लगाएको कुरा बातायो,


- " तेरो कवाबमा म हड्डी किन बन्ने र बेकारमा किन आर्को तरुनीसँग कुरा गर्ने म ? "
 
च्याङ्ग्रा- "तलाई सन्चो छैन कि क्या हो ? फोकडमा तरुनीसँग कुरा गर्न पाउने..... त्यो पनि को भन्न ?".....  वाक्यलाई त्यही टुङ्गायो,


- "जो सुकै होस् मेरो न बाउ पट्टीको न आमा पट्टीको, मलाई के को खाचो "
 
मैले पहिले भने झै भाग्यमानीको भुतै कमारो,


च्याङ्ग्र - "ज्यापू पट्टी को त हो "


त्यो जवाफले मेरो हृदय हरशित गरैदियो, च्याङ्ग्रालाई एक लात हानेर जिन्दगीमा पहिलो पटक राम्रो काम गरिस भनेर स्याबासी दिए । अनी बुज्दै जादा च्याङ्ग्राको मायालु चाँही ईन्डियामै पढ्ने रहेछ, हाम्रो स्कुल देखी केही टाढा र मेरी चाँही उस्को खै कस्को छोरी रे , मलाई पनि त्यती चासो थिएन, उु सँग समय बिताउन पाउनु नै मेरो लागि सबै कुरा थियो ।



जाने दिन पनि आयो, च्याङ्ग्रा बिहानै मेरो घर आइपुग्यो, म पनि रात भरी सुत्या थिएन त्यो दिन को प्रतिक्षामा,


च्याङ्ग्रा- " के हो राजा रात भरी निद्रा लाग्या छैन जस्तो छ नि तलाई " भन्दै आइपुग्यो कोठामा,


- "ल नकरा, पैसा टन्नै बोक्या छस होइन, तरुनीहरुलाई खर्च गर्न दिनु हुन्न सब त र म मिलेर गर्नु पर्छ, बरु तेरो पैसा पनि मलाई दे, म जगेणा गरेर राख्छु भन्दै त्यसको पैसा पनि मैले लिए। लौ सुन केही नियमहरु फेरी पछी भनिनस भनेर बौलौलास। "


- "जाडँ नखाने, बरु तरुनीहरुले वाइन खाने कुरा गर्‍यो भने हामी चाँही बियर मात्रै तान्ने, त्यो पनि लिमिटेड, नभए कस्ता जड्या रहेछन भन्ला तेरी आमाहरुले, अनी ख्वाइमा चाँही नो कोम्प्रोमाइस, जे भने त्यही खाने"
 
च्याङ्ग्रा- "लौ लौ , Don't Teach your Father How to %#$@  भन्ने सुन्या छस होइन ?"
 
ल त ल भनेर बस पार्कतिर लागियो, बस पार्क पुग्दा तरुनीहरु हाम्रै प्रतिक्ष्या गरी राहा रहेछन, च्याङ्ग्राको मायालुसँग परिचय गरियो र बस भित्र लागियो, अगाडि पछाडिको सिट रहेछ, तरुनीहरु एउटै सिटमा बसे, यो देखेर च्याङ्ग्रा मेरो मुखमा ट्वाल्ल परेर हेर्यो,


- "आइज, डार्लिङ मै सित तेरो यात्रा कट्ने भयो " भन्दै डोरीले आफ्नो सिट भए तिर ताने,


सिटमा बस्ने बित्तिकै च्यङ्ग्राले तरुनीले सुन्ने गरी "चोक्टा खाना गाकी बुढी झोलमा डुबेर मरी भन्या यही हो" भन्दै बौलायो
 
- "रात भरी करायो दक्षिणा हरायो, सुत अब रात भरी सुत्या छैन " भन्दै तिर मारे च्याङ्ग्रालाई हेर्दाइ, ताक्या चाँही अन्तै।


- "ओइ गेडे, जा आफ्नो मायालु भएको ठाउँमा गएर बस "
 
च्याङ्ग्रा- "पाको भए तैले भन्नु पर्थ्यो,  थपक्क जान्थे , ल नकरा ३-४ दिनको यात्रा हो पृथ्वी घुमी हाल्छ कि ? " भन्दै झ्याल बाहिर हेर्या झै गर्दै सिटको साइडबाट आफ्नो तरुनीको हात समाउन लाग्यो ।


मैले नि लौ मोज गर भन्दै नदेखे झै गरे ।


बस थान्कोट के कट्या थियो, भूत मेरो कमारो हुन आइपुग्यो, म वाक म्यान सुनी राहा थिए एक्कै चोट्टी, "एक्स्कुस मी, बैरे तिमी अगाडि बसी दिन्छौ, म यहाँ च्याङ्ग्रासँग बस्छु नि "


अब मेरो भाउ त अली महँगो बनाउनु नै पर्‍यो, ब्यङ्ग च्याङ्ग्राको मायालु द्वारा मेरीलाई सुनाउनु थियो।



- "म सँग बस्दा तिम्रो साथीलाई केही असर पर्दैन भने मलाई केही छैन,  जो सँग बसे नि"


उस्ले मेरी तिर हेर्दइ - "तलाई केही फरक पर्छ ? "



रङ्गिला - "फरक पर्ने भए तलाई जा पछाडि किन भन्थे ?   अरुलाई मसँग बस्दा फरक पर्छ भने , अगाडि ड्राइभरसँग क्यबिनमा बसे हुन्छ ।"
 
च्याङ्ग्रा - "ल ल जा अगाडि गएर मार पिट गर" कराउन थाल्यो ।


म पनि दङ्ग पर्दै गए - " तिमीलाई बस्ने प्रेफरेन्स छ कि झ्यालमा ? "


रङ्गिला - "म जहाँ छु त्यही नै ठीक छु " गोली म तर्फ आयो।


लौ खोजेको पाइयो भन्दै "एक्स्कुस मी" भन्दै झ्यालको सिट तिर बसियो। अब तरुनीलाई जिस्काउनु त उदेस्य थियो तर अली नजिक बसोस भन्ने पनि चाहना थियो।


म : "भिर त निक्कै गहिरो रहेछ "


उनी : "मनमा जे छ त्यो मन भित्रै राख, अल्छिन लगाउने होइन "


म : "म सँग लक्षिन छेउमै छ मलाई के को पिर "


उनी: "मेरो छेउमा के छ, त्यो त मलाई थाहा छैन "


म : "अब बाटै बाटो गयो भने लछिन... नभए .... "


उनी : "उफ्फ्फ्फ्फ्फ्फ्फ्फ "


म : "अनी छुट्टीमा के के गरियो? कसैको यादले सताको थियो कि ?"


उनी : "छुट्टी रमाइलो नै भयो, चिट्ठी हेर्दाइ याद पनि गरे !"


म : "लेख्नेको कि पठाउने को ?"


उनी: "दिस इज फोर मी टु नो एन्ड फोर यू तो फाइन्ड आउट "


म : "लौ "


उनी : "अघी झ्यालमा बस्नु अघी किन खोजेको पाइयो भन्या?"


म : "टाईम आए पछी थाहा हुन्छ । "


यसरी नै हाम्रो महा युद्द फेरी सुरु भएको थियो र नारायण गढ कटेर पश्चिम लाग्दै गरेको बस भित्र मेरो प्लान सुरु भयो ।  ठीक समय आइपुगेको थियो, उनलाई यात्राले थकाएको थियो, र उस्को आँखा भारी हुँदै गएको थियो र आँखालाई आराम दिन उनी ढल्कियो। त्यो सानो सिटमा आरामले के निद्र लाग्थ्यो ? उता ढल्के टाउको बहिर झुल्लीन्थ्यो यता ढल्काए छेउमा म बसेको थिए। उनी आधा निद्रामा मात्रै थियी, मेरो काधमा उस्को शिर पर्ला कि भनेर उनी सचेत थिईन्, तर प्रतिक्षाको फल मिठो हुन्छ मलाई थाहा थियो म कुर्नु मात्रै पर्थ्यो ।


केही समयमा मैले मेरो फल पाए। मेरो काध गरुङ्गो भएको महशुश भयो । मैले आफ्नो बाँया तर्फ हेर्दा उु मेरो काधलाई आफ्नो सिरानी बनाइ सुती रहेकी थिईन्, म पनि उस्लाई गार्हो नहोस् भनेर, नसुती, नहल्ली, त्यही आशनमा बसी राखेको थिए। उु सुतेको झन्डै ४-५ घण्टा भएको थियो, र आँखाको आराम सक्काएर आँखा खोल्दा मेरो नजरले उस्लाई झस्कायो,


उनी - "सरी, किन नउठाको म तिम्रो काधमा सुत्दा ?"


- " मेरो झ्यालमा बसेको फल बल्ल पाको थिए किन गुमाउनु भनेर नउठाको "


त्यो रातको अध्यारोमा उस्को मुस्कानले एकै चोटी अज्यालो ल्याएको थियो - "लौ त अब फल खानेलाई म को हो र रोक्ने, बरु खाना खान रोकियो भने उठाउ " .... उु फेरी मेरो काधमा आरामले सुत्न बसी ।


मेरो जीवन धन्य भएको थिए। भूतलाई मन मनै - "कुनै दिन तेरो कमेरो म बन्छु भनेर,  म पनि थकान मार्न बसे।"


त्यो ३-४ दिनको यात्रा कती चाडो बित्यो थाहा नै भएन । हामी ईन्डिया प्रबेश गरेर यात्राको अन्त्य भइसकेको थियो , च्याङ्ग्राले फिल्म हेर्ने सुझाब राख्यो र त्यो सुझाबलाई नकार्न कसैले सकेन । हेरेको फिल्म भएपनि "कुछ कुछ होता है " हेर्न गइयो । मुभि हल भित्र मैय्यालाई समाउन खूब मन थियो तर आफु माथि काबू राखे ।


फिल्म सक्के पछी आफु त सारुक खान निश्चित थिए, तर उनलाई न त रानी न त काजोल नै भन्न मिल्थ्यो , रानी त सुरुवातमै चिलिम फर्केको थियो, काजोल भनु भने, आफु विबाहित हुनु पर्ने थियो । यो कुरा उस्ले राम्ररी भुझेको थियो, र मुभि सक्किने बित्तिकै, म को हुँ होला भनेर प्रश्न गर्‍यो । मैले जवाफमा मुख रानीको, क्यार्याक्तर काजोलको त्यो पनि ब्रेक पछीको भने, र म तर्फ हेरेर आफ्नो आँखा झिम्काइ, उस्ले मेरो जवाफमा आफ्नो सहमती जनाएको थियो ।


अब बिचको कुराहरु गरू भने उपन्यास नै हुन्छ, कुरालाई झन्डै १ बर्ष जती अगाडि लगौ, स्कुल सकिने बेला पनि भएको थियो, ज्यापू अझै मेरो हातको पासो थियो। ऊसको अगाडी, म उस्को शुभचिन्तक थिए तर कुरो उस्को पौचं भन्दा टाढा थियो । स्कुलको अन्तिम दिन फेर वेल थियो , त्यो दिन उस्को र मेरो अन्तिम भेटको दिन थियो, मैले मलाई लगेको कुराहरु गर्ने निधो गरे । राती डान्स पार्टी भयो, सब जना नाच्न गाउँन मस्त थिए ।  मलाई उु सँग नाच्नु थियो , र कसैको वास्ता नगरी उु उभिएको ठाउँमा गए,
 
- "क्यान आइ हेब दिस डान्स प्लिज ?"


उस्ले तुरुन्तै जवाफ दियी - " आइ थत यू उड नेभर आस्क" र आफ्नो हात अगाडि बढाई,


मैले उस्लाई केही भन्न आट्या थिए


उस्ले - " साथी, यो क्षणलाई, बर्तमानमै रहन देऊ, भोली न तिमीले देखेको छौ न त मैले । तिमी जहाँ हुन्छौ मेरो लागि प्रिय नै रहने छौ । "


उसको आँखामा सितको थोपा थियो, स्वोरमा थर्काहत, हातले , मेरो हात समातेको थियो, मलाई छोड्न खोजेको थिएन। तर यो क्षण समय मेरो शत्रु थियो । उु सँग त्यो रात छुट्टीनु अघी मैले उु सँग फेरी भेट्ने बाँचा गरे


-"हाम्रो कथा यतीकैमा त सकिदैन यस्को अन्त्य, हुन धेरै बाँकी छ, यतीकैमा सकिने भए शायद त्यती लामो यात्रा साथमा हुँदैन थियौ होला" भनेर त्यो रात उु सँग बिदा मागे ।


त्यो शताब्दीमा न त ईमेल को शुबीदा नै थियो, न त मैले मेरो घरको फोन नम्बर नै दिए । म पढाई सकेर काठमाडौं आएर २-३ महिनामै अमेरिका तिर लागे । ३-४ बर्ष हाम्रो न त भेट नै भयो न त एक अर्का कहाँ छौ भन्ने खोजी नै गर्‍यौं । तर भूत आझै मेरो कमेरो नै थियो। अचानक एक दिन मलाई ईमेल आयो - " इज दिस द सेम बैरे फ्रम ईन्डिया ?" मैले त्यस ईमेलको तुरुन्तै जवाफ दिए।


मेरो जवाफको रिप्लाई फेरी आयो - "साथी मिल्छ भने मलाई लण्डन भेट्न आऊ " .... उसको ठेगाना पनि लेखेको थियो । मैले लण्डन जाने निर्णय गरे । तर यो पाली म उसलाई गुमाउन सक्दिन , यो पाली म लण्डन गएर उसलाई आफ्नो बनाउने छु भन्ने द्रिढ निर्णय गरेको थिए । मैले लण्डनको टिकेट किने र उसको लागि बिभाहको सारी । उसले मलाई भेट्न बोलौनु भनेको उसले मलाई बिर्सेंको थिएन र मेरो लागि कुरी रहेकी छे ।  मेरो तर्फबाट कुरो अघी बढेन भने त्यो मेरो गल्ती हुने छ ।



लण्डनको ७ घण्टाको उडान मेरो लागि ७ यूग झै लाग्यो, म हिथ्रोव बिमानस्थलमा ओर्लिए , मलाई लिन उु त्यहाँ उपस्थित थियो, म त्यहाँबाट आफ्नो होटेलतिर लागे, बाटोमा हामी केही बोलेनौ एक अर्काको हात थामी रह्यौ ।  हाम्रो  युद्ध आसुँहरुले गरीरहेको थियो , होटेलमा पुगिसके पछी उसले, "अहिले आराम गर, म बेलुकी भेट्न आउछु भनेर बिदा लियो" आफुलाई कहाँ निद्रा लाग्थ्यो र ? बेलुकाको प्रतिक्षामा म कुरी रहे ।  साझले  दिनलाई ढाक्दै आयो , र त्यही आधेरोमा उु ज्योतिको उज्ज्यलो झै मेरो कोठा भित्र आईन् ।


" ल हिड बाहिर केही खान जाम, "


- "हजुरको जो आग्या " भन्दै म उसको पछी लागे,


कोठा बाहिर जानु अघी उसले -" पेच हाने बानी अझै गाको छैन, तिम्रो ?" भन्दै निस्कियो,


"अझै तिम्रो नासो, सम्हालेर राखेको छु, तिमीलाई शौम्पीन्छु, अनी चेन्ज हुनु पर्ला नि " भन्दै निसके ।


रेस्तुरान्टमा गएर कुनाको सिट रोजियो, मैले ब्याग बोकेको थिए र त्यस भित्र उसको कोशेली थियो । त्यो कोशेली उसलाई त्यही दिने निर्णय गरेको थिए । पहिले सधैं ब्यङ्ग दिने मेरी रङ्गीला अहिले झोक्राएर रानी मुखर्जीको " ब्ल्याक " भएको थियो, उसको आँखा अझै रसाई रहेको थियो । उु मौन थियो, मैले किन केही नबोलेको भनेर सोधे , उसले कसले देखेको थियो र यो दिन ? भनेर जवाफ दियो, तर त्यो स्वोरमा उत्शाह थिएन।


 - " किन र के छ र यो दिनमा त्यसतो ? "


 खाना  आयो र दुबैजना मौन भएर खाना खान बस्यौं ।


उसले भोलीको प्लान के छ भनी सोध्यो ? मैले यही मौकाको फाईदा लियी उसलाई त्यो कोसेली दिए अनी भने - " यो तिम्रो लागि , यो लगाउने बाँचा गर्छौ भने भोली तिम्रो घरमा आउने छु ।"
 
उसले त्यो कोसेली हेर्यो र फेरी आँखा भरी आसुँ ल्याएर मलाई अगांलो हाल्यो , मेरो बर्षौको रित्तो हृदय आज उसको अगांलोले फेरी जागेको थियो । उसले - "भोली म यही लगाउछु, तिमी मेरो घर बिहान १० बजे आऊ भन्यो र आफ्नो बाटो लाग्यो ।


जिन्दगीमा कत्ती कुरीयो, एक दिन कत्ती नै गार्हो होला र , त्यो पनि आफ्नो जीवनको बहुमुल्य दिनको लागि कुर्न त म तयार थिए। होटेलमा गएर ८ बजेको वेक अप कलको लागि आग्रह गरे। बिहान ठीक ८ बजे फोनको घन्टी बज्यो - "अर्को छेउबाट गूड् मर्निङ शर, योर वेक अप टाईम इज हियर " भन्यो र मैले थ्यांक यू भनेर फेरी फोन राखे । आफ्नो नित्य कर्म सबै सकाएर सुट लगाइ, उसको घर तर्फ बढे।



उसको घरमा चहल पहल पनि थियो । ज्वाँई आउने बन्दो बस्त त गर्नै पर्‍यो नि भन्दै मन मनै सोचे । तर मलाई कसैले चिन्या पनि छैन देख्या पनि छैन के गर्ने होला भन्ने बिडम्बना मनमा लागि रहेको थियो । म आको उसले आफ्नो झ्याल बाट हेरी राखेको थियो , र मलाई देखेर मलाई लिन आयो। उसले मैले ल्याइदिएकै सारीमा शु-शज्जित भएको थियो। मानौ स्वर्गबाट अपसरा मेरो स्वागतको लागि आएको थियो। मेरो सामु आएर उनी उभिई -     


- "हिड पहिला मेरो कोठामा जाम भनेर आफ्नो कोठामा लगीन् " उु अझै रोई रहेकी  थिई ,


म एक्कै चोटी हराएको झै महशुस गर्न थाले , मैले के हुँदै छ, तिमी किन रोई राखेकी, सबै ठीक त छ ? भनेर सोधी ।


उ - " म केही भन्छु र केही माग्छु दिन्छौ ?"


मैले नकार्ने कुरै थिएन हुन्छ भने,


उनी : "बैरे आज मेरो विवाहको दिन हो । हाम्रो भेट नभएको ४ बर्ष भयो तर मैले तिमीलाई कहिले बिर्सिन तर  घरको कुरा टार्न पनि मैले सकिन।  तिमीलाई भेटे तर धेरै ढिलो, हिजोको दिन मेरो लागि अत्यन्त जरुरी थियो, तिम्रो अन्तिम स्पर्शलाई बोकी अब म मेरो सारा जीवन अरुको भएर पनि बिताउन सक्छु । "



मेरो हशंले जीउ छोडि सकेको थियो, म केही बोल्ने योग्य थिईन । त्यही पनि प्रयत्न गरे - "तर"


उनी : "मेरो कुरा अझै सकेको छैन, तिमीले पनि आज मलाई बिदा दिनु पर्ने छ, तिमीले पनि मलाई आफ्नो सोच, आफ्नो सपना र आफ्नो जिन्दगीबाट बिदा दिनु पर्ने छ। मैले घरमा मेरो एक दम मिल्ने साथी अमेरिकाबाट आउँदै छ कन्या दान गर्दा उु पनि उपस्थित हुनु पर्छ भनेर आग्रह गरेको छु र घरमा सबैले हुन्छन भनेका छन । "


मैले आफुले आफुलाई सहांल्नै सकेको थिईन उसको हात कसरी सगांली अरुलाई दिन सक्छु र ? मैले उसको खुशीको लागि आफ्नो बलिदान दिन राजी भए। मन मनै हुन पनि हो नि , आहिले सम्म केही अत्तो पत्तो नभाको मान्छेको उसले कसरी विश्वाश गाह्रोस, कुर्न पनि मुम्किन थिएन।


मेरो रोई रहेको मनलाई यसो त्यसो गरी सम्झए। तर वास्तवमा मेरो जिन्दगीमा आधी आएको थियो। म जिउदै मरेको तुल्य झै भए । आफ्नो मनको गृहलक्ष्मीलाई गुमाउनुमा मेरो नै गल्ती थियो। म आफुलाई धिकार्दै यो बर्तामानमा आहिले उभिरहेको छु ।


मेरो हात काँपी रहेको छ । उसले सगुनको सुपारी, फूल र अक्षेताहरु मेरो हातबाट थापी रहेकी छे, र उसको हात उसको हुनेवालाले थामी रहेको छ, जुन हात मैले थाम्नु पर्ने थियो आज त्यो अरु कसैको छ।  त्यतीकैमा मेरो नजर उसको हुनेवाला जीवन साथीकोमा पर्‍यो, मलाई हेरी उु मुस्कुराइ रहेको थियो ।


मेरो मनले -"मेरो भूत आज म तिम्रो, कमेरो भए । तिमीले लगाएको सारा ऋणहरु मेरो प्रियेसँगै तिरेको छु । "


म त्यो सगुन दिएर त्यहाँबाट निस्कीए । जानु अघी उसलाई पुण नयाँ जीवनको शुभ-कामना दिए , उसले आफ्नो श्रीमानसँग एक छिन भनी मलाई छोड्न बाहिर सम्मा आईन् । "साथी, हाम्रो जीवनको पानाहरु यही सम्म लेखिएको रहेछ, तिमी जहाँ रहने छौ मेरो प्रिये नै रहने छौ, फेरी भेटिएन भने, तिम्रो जीवन सफल होस् "


म केही बोलिन, मेरो आँखा बोली रहेको थियो ...... शायद उसले त्यशमा आफ्नो जवाफ पनि भेट्यो होला .......



समाप्त

   [ posted by बैरे @ 04:31 PM ] | Viewed: 3209 times [ Feedback] (2 Comments)


: