मेष राशी :-चू चे चो ला ली लु ले लो अ
बाधा, दण्ड जरिवानाको सम्भावना र यात्राको
योग साथै स्थायी सम्पत्तिबाट लाभ रहनेछ । मित्र वर्गबाट धोका पाउने र
शैक्षिक क्षेत्रमा मेहनतबाट सफलता पाउनु हुनेछ । चोटपटकबाट बच्नु पर्नेछ ।
दाम्पत्य पक्षमा उदासिनता, परिवार सहयोगमा बाधा तथा सन्तानसँग मतभेदले
खिन्नता रहनेछ । यस वर्षा पित्त विकार र वायु तथा सन्धी रोगले बाधा पर्नेछ ।
न्यायिक कार्यमा सफलता पाउनु हुनेछ । व्यापार व्यवसाय फस्टाउनाले
हर्षबढ्नेछ तापनि सरकारी सेवामा बाधाको योग परेको छ ।
वैशाखमा
नेत्रपीडा र अपजस, जेष्ठमा इच्छा सिद्धि र लाभ, आषाढमा धनलाभ र
उत्साहवृद्धि, श्रावणमा नेत्र पीडा, खर्चवृद्धि तथा चिन्ता, भाद्रमा कार्य
परिवर्तन र परिवारबाट पीडा, आश्विनमा मानसिक चिन्ता, सरकारी भय, कार्तिकमा
सम्मान वृद्धि, अर्थलाभ र विजय, मंसीरमा अपजस र पीडा, पौषमा खर्च, विवाद र
झंझट, माघमा मान प्राप्ति र हर्षशत्रर्ुवर्गमा विजय फाल्गुणमा खर्च र
पारिवारिक कलह साथै चैत्रमा स्वास्थ्यमा शिथिलता एवं अर्थहानि हुनेछ ।
Visit For More Info