:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Blog
Saturday, April 17, 2010 | [fix unicode]
 

 
साँझको ५ बजिसकेको छ । आज अनायसै पार्टीको प्रोगाम बनेको हुनाले अफिस छुट्न नपाउँदै मलाई पानीपोखरीबाट चावहिलतिर हानिनु छ । तर आज यो हानिनु शब्द अलिक दरै भाकामा उल्टो तालले मलाई लागुहोला भनेर मैले चिताएको थिइन । चावहिलतिर बेजोडसँग हानिदा उल्टै हनाइमा परे म गज्जब तालले ।

केटाहरु ४/५ जना जति थिए । चावहिलको शान्ति गोरेटोमा म आफ्नै तालले लम्किरहेको थिए । अनायसै एक केटोले तै हैनस् भन्दै यताउति हान्न थाल्यो । चिनेकै कोहि साथी जिस्किरहेको सोची के हुन लाग्यो भनी अवाक रहनु बाहेक मसँग अर्को विकल्प थिएन । त्यो केटो चाँहि उग्ररुप धारण गरी भटाभट मेरो टाउकोमा बर्साउन थाल्यो । जम्मा ३०-४० सेकेण्ड बिचको हाम्रो यो अप्रत्याशित जम्काभेट पुर्णतया आश्चर्यजनक थियो । 'म होइन "- म रोए, कराए तर ति मित्र पाएको माल कस्ले छोड्छ भनि मलाई मजाले दिइरहे । अन्तमा म उनले खोजेको व्यक्ति हैन रहेछु भन्ने पत्ता लागेछी ' तँ सँग के छ निकाल ' जस्ता शब्द सुनिए  । त्यतिखेरसम्म म पुरै सेन्सलेस भइसकेको थिए , आँखामा केहि चोट लागेको मैले शंका गरिसकेको थिए । मेरो चश्मा चकनाचुर भै फुटेको रहेछ ।
 

   [ posted by ametya @ 01:12 PM ] | Viewed: 1550 times [ Feedback]


: