साँझको ५ बजिसकेको छ । आज अनायसै पार्टीको प्रोगाम बनेको हुनाले अफिस छुट्न नपाउँदै मलाई पानीपोखरीबाट चावहिलतिर हानिनु छ । तर आज यो हानिनु शब्द अलिक दरै भाकामा उल्टो तालले मलाई लागुहोला भनेर मैले चिताएको थिइन । चावहिलतिर बेजोडसँग हानिदा उल्टै हनाइमा परे म गज्जब तालले ।
केटाहरु ४/५ जना जति थिए । चावहिलको शान्ति गोरेटोमा म आफ्नै तालले लम्किरहेको थिए । अनायसै एक केटोले तै हैनस् भन्दै यताउति हान्न थाल्यो । चिनेकै कोहि साथी जिस्किरहेको सोची के हुन लाग्यो भनी अवाक रहनु बाहेक मसँग अर्को विकल्प थिएन । त्यो केटो चाँहि उग्ररुप धारण गरी भटाभट मेरो टाउकोमा बर्साउन थाल्यो । जम्मा ३०-४० सेकेण्ड बिचको हाम्रो यो अप्रत्याशित जम्काभेट पुर्णतया आश्चर्यजनक थियो । 'म होइन "- म रोए, कराए तर ति मित्र पाएको माल कस्ले छोड्छ भनि मलाई मजाले दिइरहे । अन्तमा म उनले खोजेको व्यक्ति हैन रहेछु भन्ने पत्ता लागेछी ' तँ सँग के छ निकाल ' जस्ता शब्द सुनिए । त्यतिखेरसम्म म पुरै सेन्सलेस भइसकेको थिए , आँखामा केहि चोट लागेको मैले शंका गरिसकेको थिए । मेरो चश्मा चकनाचुर भै फुटेको रहेछ ।