Posted by: OlikoBoliBandukkoGoli May 31, 2018
आलू बोडी तरकारी तामा लाई.....
Login in to Rate this Post:     1       ?         Liked by
अनि मेरो स्थितिपनि  gwach साथीको जस्तै पो रहेछ -

हजुरको युट्युब भिडियो हेरी भान्छामा बनाउदैं थिए आलु बोडी र तामा |
उत्तिकैमा फोन आयो भन्दै दगुरेर आए संगै बस्ने साथि दोर्जे लामा |
लामालाई thanks भनि उठाए मैले फोन |
कस्तो फोन न उठाको भन्दै कराईन मेरी बहिनि किरोन |
आमालाई गर्नु पर्यो कुरा भन्दै आमालाई थमाई किरोनले फोन |
आमाले हेल्लो भन्दै सोधिहालिन के गर्दै छौ त बाबु रोहन |
मैले भने- इन्टरनेटमा भिडियो हेर्दै बनाउदैं छु आलु बोडी तामा |
हरे खाना बनाउदै ! बुहारी चाहियो के भन्न थालिन मेरी आमा |
युट्युब भिडियो पज गर्दै हस आमा खोजिदिनु न त बुहारी भन्दै हाँसे एकैछिन |
सांस नफेरी आमाले अचानक सोधिहालिन |
अनि
बाबु भिडियोमा आलु बोडी तामा सिकाउने चै को परिछिन् ?

हम्म्म्म्म साचैं को परिछिन् ?
Last edited: 31-May-18 01:28 AM
Read Full Discussion Thread for this article