Posted by: ujl March 9, 2018
म मातेको रात !
Login in to Rate this Post:     0       ?        
म मातेको रात
आफ्नै छाँयासंग झगडा गर्थे
को होस् तँ भनि प्रस्न सोध्थे
छाँया एक टक भै मलाई हेर्थ्यो
तेसपछि छाँयाले मेरो लात भेट्थ्यो

म मातेको रात
श्रीमतीसंग झगडा गर्थे
को होस् तँ भनि प्रस्न सोध्थे
ऊ एक टक भै मलाई हेर्थी
तेसपछि उसले मेरो हात भेट्थि

म मातेको रात
बाबासंग झगडा गर्थे
को होस् तँ भनि प्रस्न सोध्थे
उँहा एक टक भै मलाई हेर्नुहुन्थ्यो
तेसपछि उँहाले मेरो बोत्तल भेट्नुहुन्थ्यो

म मातेको रात
भट्टी साहुनीसंग झगडा गर्थे
को हौ तिमि भनि प्रस्न सोध्थे
उनि एक टक भै मलाई हेर्थी
तेसपछि मैले तारा देख्थे
तेसपछि मैले तारा देख्थे
Read Full Discussion Thread for this article