Posted by: ujl March 7, 2018
मै मोरीलाई के भा एस्तो !
Login in to Rate this Post:     0       ?        
जोवन हर्लक्कै बढेर आयो
आफैलाई हेरेर लाज लाग्यो
मै मोरीलाई के भा एस्तो
जोवन सम्हाल्न गारो भयो

बाटो ढुकेर बस्नेको झर्को
हाई, कसरि लुकाऊ यो जोवन
उन्मत्त जवानी देखेर
र्याल काड्नेको लर्को

जवानीको मात के सारो उम्लेको
म आफै काबुमा छैन
उन्मत्त भै आफैलाई अईनामा हेर्छु
मै मोरीलाई के भा एस्तो
होसोहवास ठाउँमा छैन

नानाथरि सपना देख्छु
उसको स्पर्शमा चुर्लुम्मै डुब्छु
नसा नसामा योवनको राग
जल्न मात्रै बाकि छ अब
मै मोरीलाई के भा एस्तो
केटा खोज्देउ बा, बिहे गर्छु !
Read Full Discussion Thread for this article