Posted by: ujl March 5, 2018
मध्यरात मा उडेको जहाज
Login in to Rate this Post:     1       ?         Liked by
उसलाई अब मृत्युको कुनै भय थिएन
बाकसमा ज्यान गयेनी, पशुपतिमा लाश जलेनी
उसलाई केहि वास्ता थिएन
नंग्न केटीहरु देख्दा उसमा कामुक्ता थिएन
यो जगतमा उसलाई कुनै रस थिएन
उसलाई अब मृत्युको कुनै भय थिएन
हरपल हांसी रहने उसको स्वभाव थिएन
ऊ आफ्नै सन्तान बित्दा पनि एक रत्ति आँसु झारेन
उसलाई केहि वास्ता थिएन
ऊ पर पुगेको मान्छे
यो संसारमा उसलाई केहि रंग लागेन
सन्तानको मृत्युले पनि उसलाई केहि झट्का लागेन
उसलाई केहि वास्ता थिएन
उसलाई केहि वास्ता थिएन




Read Full Discussion Thread for this article