Posted by: Altijdgoede February 24, 2018
अम्रिकामा डाक्टर कसोरी बन्ने ??
Login in to Rate this Post:     1       ?         Liked by
भाई, सबभन्दा पहिला त म तिम्रो पढाई प्रतिको दृढनिश्चयताको प्रशंसा गर्छु| (माफ गर, म चिकित्सातर्फको होइन त्यसैले व्याहारिक सल्लाह दिन सक्दिन, खाली सैदान्तिक हिसाबले भन्दैछु)

जीवनको अन्तिम लक्ष भनेको खुसि प्राप्ति हो जस्तो लाग्छ| अनि त्यो खुसि पाउने हरेक बाटाहरु छन् र अक्सर सबैको लागि फरक फरक छन्| यदी तिम्रो passion medical degree मा छ भने, I think you really should pursue it.
कतिपयले यहाँ भने जस्तो ग्यास स्टेशन खोल अथवा जसरी हुन्छ पैसा कमाऊ भन्ने कुरा उनीहरुको सवालमा सही होला तर तिम्रो भित्री दिल अन्तै छ भने त्यस्तो कुरा नसून| (चित्त नदुखाउनु मित्रहरु, कतिपयले चै आफुले चाहेको कुरा नपाउदाको बितृष्णा बोले जस्तो लाग्यो)

मैले सरसर्ती माथिका उत्तरहरु पढें, abhishpta को सल्लाह निकै प्राक्टिकल जस्तो लाग्यो| अनि नेपालमा पढेर आउंदा यहाँ स्थापित हुने low probability भए पनि म सक्छु जस्तो लाग्छ भने submark को पनि सल्लाह नराम्रो छैन जस्तो लाग्छ|

Good luck भाई)
Read Full Discussion Thread for this article