Posted by: Dada_Giri November 26, 2004
Parbati Bhaujuko Cell Roti II
Login in to Rate this Post:     0       ?        
हितोमी ऊफ्रँदै आई र मेरो कानमा सुतुक्क भनी-आज तिम्रोमा गए पनि हुन्छ? मैले टाउको हल्लाउँदै ?हुन्छ- को इशारा दिएँ ।मैले किताबको ठेली बन्द गर्दा पुस्तकालयको शान्ततालाई भन्ग गर्दैआवाज निस्क्यो । मैले कुर्सि मिलाएर झोला लिएँ अनि किताबको ठेली दराजमा फिर्ता गरेँ। हामी बिस्तारै बाहिर निस्क्यौँ र आ-आफ्नो साइकलमा मेरो कोठातिर लाग्यौँ। धेरै समयापछि आज मैले खसिको मासु पकाएँ, हामी २ जनाले धमर्धुस् कान थाल्यौँ। मैले धैरै अगाडिदेखि हितोमीलाई नेपाली खाना ख्वाँउने वाचा दिएको थिएँ, आज पुरा भयो। हितोमी मेरो मनोबैग्यानिकको क्लासमा सँगै पढ्ने केटी हो। हप्तामा एउटा क्लास मात्र सँगै पर्थ्यो, खाना ख्वाउँने वाचा गर्नलाई पनि २,३ हप्ता लागेको थियो।
Read Full Discussion Thread for this article