Posted by: ktmpost January 6, 2018
H1-B भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज हुन सक्ने
Login in to Rate this Post:     0       ?        

वासिङटन । दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत परिवर्तन गर्न लागेको बताएको छ ।

उच्च आम्दानी भएका कामहरुमा स्वदेशी कामदारलाई प्राथमिकता दिने ट्रम्प प्रशासनको नीति अन्तर्गत यस्तो परिर्वतन गर्न लागिएको हो ।

ट्रम्प प्रशासनको योजनाअनुसार नीतिगत परिवर्तन भएमा झण्डै ५ देखि ७ लाख भारतीय दक्ष कामदारले अमेरिका सेटल हुने सपना छाडेर स्वदेश फर्किन बाध्य हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खासगरी सूचना प्रबिधि क्षेत्रमा झण्डै ५ लाख भारतीय दक्ष जनशक्तिले एचवानवी भिषामा रहेर काम गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

नयाँ ब्यबस्थाअनुसार अब बिदेशी कामदारलाई सुरुमा तीन बर्ष र एकपटक नवीकरण गरेर अर्को तीन गरी कुल ६ बर्षको एचवानबी भिषा दिइनेछ । यदि ६ बर्षको अन्त्यसम्ममा पनि उक्त बिदेशी कामदारले ग्रिनकार्ड हात पार्न सकेन भने एचवान बी भिसा नवीकरण गरिने छैन । अर्थात् अमेरिकी ग्रिन कार्ड हात पार्ने उसको सपना बिचमै छाडेर उ स्वदेश फर्किनुपर्ने छ ।

यसरी एचवान बी भिषामा काम गर्ने बिदेशी कामदारहरुले ग्रिन कार्ड प्राप्त गर्नका लागि झण्डै १० देखि १२ बर्षसम्म संर्घष गर्नुपरिरहेको छ । तर, अब ६ बर्षभित्रमा ग्रिनकार्ड पाउन नसके अमेरिका बसिरहन नपाउनेगरी ट्रम्प प्रशासनले कानुन परिवर्तन गर्न लागेको छ ।

२०७४ पुष २१ गते १८:३७ मा प्रकाशित (२०७४ पुष २२ गते १२:५९मा अद्यावधिक गरिएको)

https://www.onlinekhabar.com/2018/01/650678
Read Full Discussion Thread for this article