Posted by: prabhat41 January 2, 2018
नया बर्ष
Login in to Rate this Post:     0       ?        
नया बर्ष
--------
नकचरो पाउना जस्तै,
फुस्स उडेको भित्ता मा
कोइ चिहाउन आइपुग्यो ,
क्यालेन्डर को पाना पल्टियो,
कान्छो छोरा ले बिस्तारै पढ्यो,
नया बर्ष 2018


नया बर्ष !!,
नया सिराबाट चल्ने बाचा गर्दै ,
एक हुल हिजडाले कसम खाए ,
जड्याहा ले सपथ लियो ,
सिंहदरबार छिरेका नब सामन्त हरु ,
फेरी देश बनाउने बाचा गर्दैछन ,
जनता रत्नपार्क मा बदाम खादैछ ,
रानीपोखरीको माछा हेर्दैछ ,
घोडेजात्रा ,गाइजात्रा ,
येस्पाली आफ्नै जात्रा मनाउनु पर्ला जस्तो छ |
नया बर्ष !!
भित्तासम्म आयो ,
पुरानो बर्ष ,
भित्ता बाटै गयो |
Read Full Discussion Thread for this article