Posted by: ktmpost October 11, 2017
अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु
Login in to Rate this Post:     0       ?        

अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलको मृत्यु भएको छ । १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका काठमाडौं शंखमुलका कँडेलले आत्महत्या गरेको पारिवारिक श्रोतले पुष्टी गरेको छ ।

दुई छोरामध्ये जेठा प्रसिद्ध कँडेल १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका गएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज ट्रान्सफर गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पढाईको चाप र डिप्रेशनका कारण अमेरिकामा कैयन नेपाली विद्यार्थीहरुले आत्महत्या गरेको रेकर्ड छ । अमेरिकामा नेपाली विद्यार्थीहरुको आत्महत्या दर कम गर्न त्यहाँका सामाजिक संस्थाहरुको पहल आवश्यक रहेको छ ।


http://www.khasokhas.com/22399

Read Full Discussion Thread for this article