Posted by: Raam Raam October 8, 2017
महिला शौचालयभित्रको भिडियो खिच्ने नेपाली विद्यार्थीलाई ९ महिना जेल
Login in to Rate this Post:     0       ?        

महिला शौचालयभित्रको भिडियो खिच्ने नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा ९ महिना जेल 

इन्जिनियरिङ पढिरहेका विद्यार्थी विवेक गुरागाइलाइ अष्ट्रेलियामा ९ महिना जेल सजाय सुनाइएकाे छ ।

आफ्नै महिला सहकर्मीकाे शाैचालय भित्रकाे गाेप्य गतिविधि क्यामेरामा कैद गरेकाे अभियाेगमा विवेक दाेषी सावित भएका हुन् । विवेकले ४५ महिला सहकर्मीकाे २सय ५०वटा गाेप्य भिडियाे माेवाइलमा कैद गरेका थिए ।

युटिएस विश्वविद्यलयमा पढ्ने विवेक सिड्नीकाे सरीहिलस्थित वुलवर्थमा काम गर्थे । दुइ महिनाअिघ उनी पक्राउ परेका थिए । पक्राउ लगतै विवेकले अदालतमा क्षमा याचना गरेपनि अस्विकृत भएकाे थियाे ।

अदालतले विवेकलाइ ९ महिना जेल सजाय ताेकेपनि छ महिनाभन्दा बढी समय प्रहरी हिरासतमा बिताइसकेकाले अब तीन महिनामात्र जेल बस्नु पर्नेछ । जेल सजाय सकिने बितिकै विवेकलाइ नेपाल डिपार्ट गरिने नाइन न्युजले जनाएकाे छ ।

Read Full Discussion Thread for this article