Posted by: sajha onion September 29, 2017
नवमीको अवसरमा गाडीमा बोका बलि दिइराखेको अवस्थामा न्यु योर्कका नेपाली उबर ड्राइभर रंगे हात पक्राउ
Login in to Rate this Post:     3       ?         Liked by
भर्खरै प्राप्त समाचार अनुसार न्यु योर्कको क्वीन्स सहरमा एक नेपालीलाई दशैंको दशा लागेको छ | नीज बद्रि प्रसाद नवमीको पुनित अवसरमा आफ्नो उबर गरि खाने गाडीमा एक हट्टा कट्टा बोकाको बलि दिइराखेको अवस्थामा स्थानिय प्रहरीहरुले आफ्नो हिरासतमा लिएका छन् | नीजको हातमा रगताम्य खुकुरी पनि बरामद भएको प्रहरीले जनाएको छ | स्थानिय नियेम कानुन अनुसार बलि दिनु अपराध मानिन्छ र 2 वर्षसम्म कैद हुन सक्ने प्रक्रिया भएको बताइएको छ |

तपाईंहरुले पनि दशैंमा बलि दिने सोचीराख्नु भएको भए त्येस्तो नगर्न न्यु योर्क प्रहरी को सुझाब छ |

साभार : बैकल्पिक समाचार

Read Full Discussion Thread for this article