Posted by: Pokhara1977 September 22, 2017
निक्की कार्की द्वारा नर्थ क्यारोलाइनामा कार्यक्रम आयोजकबाट आफूमाथि यौन दुराचार भएको आफ्नै फेसबुक लाइभ मार्फत खुलाशा
Login in to Rate this Post:     1       ?         Liked by
नासा-अन्मा सम्मेलनमा गायीका माथि दुर्व्यवहारको प्रयास , पिडितद्वारा कारवाहीको माग

हरेक बर्ष आयोजना हुदै आइरहेको नासा-अन्माको संयुक्त सम्मेलन १३ औं बर्षमा आइपुग्दा सामाजिक रुपमा चर्चाको बिषय बनेको छ । गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित सो सम्मेलनको अन्तिम दिनको कन्सर्ट कार्यक्रममा सहभागी हुन आएकी युवा गायीका निक्की कार्की माथि यौन दुर्व्यहार भएको कुराले यतिबेला अमेरिकाको नेपाली समुदायमा चर्चा बटुलेको छ । प्राप्त जानकारी अनुसार आयोजक संस्था भित्र कै सुशील नेपालले गायीका कार्की माथि पटक पटक यौन दुर्व्यवहार गर्न खोजेको कुरा प्रेषित इमेल र घटनाका दिनका प्रतक्ष्यदर्शीले बताएका छन् । प्राप्त जानकारी अनुसार निज नेपालले कार्यक्रमको दिन बिहान ५ बजे एरपोर्टमा गायीका कार्कीलाई लिन गएको तर कसैले सोधेमा उबरमा आएको भन्नु , म लिन आएको नभन्नु भनेको साथै होटेलमा पुगी सकेपछि अहिले होटेलमा कोठा लिन नमिल्ने र आफ्नो कोठामा सपरिवार रहेको बताउदै आफ्नै कोठामा लागेको तर कोठामा कोहि नभएको र निज व्यक्तिले यौटै ओछ्यानमा सुत्न भनेको कुरा उनले बताएकी छिन । पिडित कार्कीका अनुसार निज व्यक्तिले शारीरिक सम्पर्कका लागि अनेकन योजना बनाएको जनाउदै कार्यक्रम सकिएपछि रातको १ बजे आफ्नो कोठामा चेक लिन आउन भनेको र आफुलाई अत्यन्त डर र असुरक्षित महसुस भएकोले सम्पूर्ण घटनाको जानकारी कार्यक्रम मै भेट हुनु भएकी एक महिला मार्फत आफ्नो पिडा सार्वजनिक गरेको कुरा बताएकी छिन । घटना गतेको करिब २ साता बितिसक्दा पनि सो घटनाका अरोपिलाई कुनै सार्वजिक तथा संस्थागत कारवाही नगरिनुले घटनालाई गुपचुप लुकाऊन खोजेको होकी भन्ने हल्ला सर्वत्र फैलिएको छ । स्मरण रहोस , सो घटनालाई यसै छाँयामा पार्न खोजेमा नासा या व्यक्तिगत रुपमा सुशील नेपाललाई कार्य क्षेत्रमा भएको यौन दुर्व्यवहारको मुद्दा अदालतमा पेश गर्ने कुरा पिडित कार्कीले बताएकी छिन ।

साभार: फेसबुक बाट!
Read Full Discussion Thread for this article