Posted by: sajha onion August 24, 2017
अमेरिकाको भर्खरै भएको लटरीको नतीजामा नेपालीले ७०० मिलियन अमेरिकी डलर जितेपछि नेपालका डनहरुले जित्नेको परिवार खोज्दै
Login in to Rate this Post:     2       ?         Liked by
भर्खरै प्राप्त समाचार अनुसार अमेरिकाको यसपालीको ७०० मिलियन डलर यानी कि ७ अरब नेपाली रुपियाँ जित्ने नेपाली नै भएको साबित भएको छ | अहिले सम्म नाम सार्वजनिक नभएपनि नाता गोताबाट प्राप्त भएको समाचार अनुसार उक्त बिजेतालाइ भने आपत्ति परेको जनाइएको छ | यसको कारण नेपालमा सक्रिय डनहरुको संगठनहरु अहिले उक्त बिजेताको परिवारको खोजिमा संलग्न भएको तथ्य बाहिर आएको छ | यसमा स्थानीय प्रहरी र नेताहरुको पनि मिलोमतो भएको बुझिएको छ |

उक्त ७ अरब रुपियाँमा करिब ४ अरब त अमेरिकी सरकारले नै कर लिने भए पनि बाकि ३ अरबमा डन, प्रहरी र नेताहरुले लोभ प्रलोभन देखाएको खबर आएको छ |

नेपाली बिजेताले छिट्टै अमेरिकी राजदुताबासमा आफ्नो परिवारको भिसा दरखास्त बुझाए पनि अझै ६ महिनासम्म लाग्न सक्ने भएकोले यस्तो हर्षको समयमा पनि बिजेतालाई निक्कै मानसिक तनाब र अस्तव्यस्तको अवस्था परेको छ |

अमेरिकाको प्याज नेटवर्कबाट साभार | सत्य घटनासंग मिल्न गएमा लेखक जवाफदेही नहुने जानकारी पनि यसै बिज्ञप्तिबाट जनाइएको छ |
Read Full Discussion Thread for this article