हाम्रो कथाका पात्र हरुको नेपालगंज बसाइ १० दिन भइ सकेको थियो,
लुरीको परिवारमा सासु, एकजना देवर र लुरीका दुइ छोरा गरि जम्मा ५ जना थिए , कमाउने चाही लुरी को श्रीमान मात्रै, बैंक सुरक्छ्या गार्ड
बैंकको सुरक्छ्या गार्डको कमाईले पाच जनाको परिवार पाल्न सजिलो हुदैन, तेस्माथी सासुको औसधि खर्च
हेमराज र ऋतुराजले दिदि लाई सबै कहानी सुनाए, हुन त लुरीको पनि कहानी कम थिएन तर उसले भाइहरु लाई अरु दुखि बनाउन चाहिन
दुवै भाइले आफुहरु पढ्न चाह्येको बताए, लुरीले उनीहरुको खर्च बेहोर्न सक्ने कुरै थिएन, उसले भनि
“बाबु हो जावो तिमि हरु सानो मामा का, ठुलो मामा हिजो आज पोखरा सरेका छन्, सायद सानो मामाले तिमि हरु लाई पढ़ौना सक्छन”. एक महिना पछि दुवै भाई दिदि संग बिदाबारी भइ काठमान्डू हिडे.
++++++++++++++++++++++
ए ज्ञानमणि जी, आज एक बर्ष भो तपाईले मसंग ले को 50,000 को भाका नाघेको, म त आज जग्गा निखन्न आको, हरी साहु मालपोतको कारिन्दा लाईनै लिएर ज्ञानमणिको भाका नाघेको ऋणको सट्टा धितो राखेको जग्गा आफ्नो नाममा गरौना आको थ्यो
"बाउले हाम्रो पाटीको बास गराउने भो", अब हुदा खादाको जग्गा साहुले लाने भो हैन भनेर छोरा हरु ज्ञानमणि लाई गालि गर्दै थे. सायद दिउसोको २ बजेको थियो
हेमराज र ऋतुराज पनि टुप्लुक्क तेही बेला ज्ञानमणिको चोकमा देखा परे, हेमराजले मामा लाई तुरुन्तै चिन्यो, तर चोकमा मान्छेको भिड देखेर उ छक्क पर्यो
हेमराजले मामाको अगाडि गएर मामा भनेर बोलाँउदा, सानामामाले उनिहरु तिर हेरे तर चिन्न सकेनन
को तिमीहरु ?
म हेमराज उ चाँही भाई ऋतुराज भनेपछी मामालाई आफ्ना हराएका भान्जा हरुको सम्झना भो,
कहाबाट आइ पुगेउ भान्जा हो ?
उनिहरुले छोट्करिमा मामा लाई सबै कुरा सुनाये तर दैब सन्जोग! आजै मामाघरमा समस्या
भएको के रहेछभने उन्को सानो मामा डा. के आइ सिंहको समर्थक रहेछन, के आइ सिंहले सिंह दरबार कब्जा गर्नु अघी आफ्नो मान्छे हरु लाई तलब, सैनिक पोशाक, हतियारको लागि अलिकती चन्दा मागेका रहेछन, रितुराजको सानामामाले दुई रोपनी जग्गा बन्धकी राखेर साहु सँग 25, हजार लिएका रहेछन, के सिंह लाई सहयोग गर्न, पछी दिन्छु धन्दा मान्न पर्दैन, हामीले सत्ता कब्जा गरेपछी सबै ठीक हुन्छ भनेका रहेछन
पछी घटनाले नाटकिये मोड लिएछ, के आइ सिंह भाग्न पर्ने भएछ, साहु सँग पैसा लिएको भाखा नाघेको पनि ९ महिना भईसकेको रहेछ, नौ महिना सम्म सावा ब्याज तिर्न नसकेपछी, साहु जग्गा निखन्न आको रेछ, माल्पोतको मान्छे लिएर
खाजा खाइ सकेपछी सानोमामाले भने बाबु हो तिमीहरु लाई देखेर म धेरै खुशी छु, तर आज यहाँ स्थिती ठीक छैन तिमी हरु पाटन बैनीकोमा जाउ उनि कै बस, म पछी भेट्न आउछु.
"मामा तर मैले पाटन सानीआमा को घर देखेको छैन"
सजिलो छ चिन्न, लगनखेलमा पर्छ, पाटन अस्पातल पछाडि जुन नयाँ घर छ तेही हो, खाजा खाएर दुई भाई फेरी लगनखेल तिर लाग्छन
साझको सात बजेको हुदो हो चन्द्र कुमारी भान्सामा बेलुकाको खाना बनाइ रहेकिछिन, भान्छाको झ्याल बाट सडक देखिन्छ, सडक बाट ६० फिट भित्र छ घर, उन्ले दुइजना ठिटाहरु सडक बाट आफ्नो घर तिर आइरहेको देखिन,
यति बेला त कोइ आउन नपर्ने, इनिहरु भानिज हरु पनि जस्ता पनि देखिदैनन को रेछ भन्दै तल वोर्लिन
हेमराज र ऋतुराज चोक मै आइसकेका थिए, पहिलो पटक देखेको भयतापनी हेमराजले तुरुन्तै आफ्नी आमाको बहिनी चिन्यो, अनुहार ठ्याक्कै उस्तै
हेमराज ले "आमा नमस्कार, हामीहरु तपाईंको दिदी ईन्द्रको छोराहरु, म हेमराज उ भाई रितुराज"
चन्द्र कुमारीले आफ्ना दिदिका छोराहरु देखेको यो पहिलो पल्ट थियो, दिदी र भिनाजुको बारेमा उन्ले दाईले भनेर थाहा पाएकी थीइन र दुई भाई छोरा छोरा हराएको पनि उन्लाई थाहा थियो
दिदीका छोराहरु हराएको बर्शाउ पछी सकुसल आफुकहा देखेर ईन्द्र कुमारी धेरै खुशी भैइन्
"बस बाबु हो, भोकाएर आएका होलाउ, एक्छिन पछी भात् खाने बेला हुन्छ".
घर भित्र बाट चन्द्र कुमारीका छोरा छोरी पनि बाहिर औछन, उन्को आफ्नै पनि पाच् छोरा र एक छोरी थिए
हेमराज र रितुराज पाटन सानीमाका बसेको पनि एक महिना भयो. सायद बैशाख महिना थियो, एक दिन उनिहरुले सानीमा लाई भने, "सानीमा हामी पनि स्कुल जान चाहन्छौ सानोबा लाई भनेर स्कुलमा भर्ना गराइ दिनुस् न"
चन्द्र कुमारी लाई यो बिचार नआको होइन तर उस्को तीन छोरा र एउटी छोरी स्कुल जान्थे, अरु तीन छोरा भने सानै थिए
तर उन्को अर्थिक हैसियत अरु दुइजनालाई स्कूल पठाउन सक्ने थिएन उन्ले भनिन
बाबु हो तिमी हरु लाई पढाउन पाये त्यो जस्तो पुण्य काम अरु के होला, तर फिस तिर्न एकदम गाह्रो छ बाबु हो, अहिले चार जनाको फिस त दुई तीन महिना पछी तिर्छु म। तर तिमीहरुले जसरी भये पनि पढ्नपर्छ, सानामामाको पनि अवस्था ठीक छैन, तिन्ले के आइ सिं को पार्टीमा लागेर घर बिगारे
तिमीहरु ठुलोमामाका जाओ पोखरा, उन्ले त्यहा धेरै जमिन किनेर खेतिपाती सुरु गर्या छन भन्ने सुन्या छु, ठुलोमामाले पढाउन सक्छन तिमीहरु लाई
यो कुरा भएको तेस्रो दिन हेमराज र ऋतुराज पोखरा गए, ठुलोमामाको घर बिन्दबसिनी मन्दिर पछाडी पर्छ भन्ने जानकारी सानीआमा बाट लिएर. चन्द्र कुमारी लाई पनि थाहा थिएन उनको ठुलो दाइको घर पोखरामा कहाँ पर्छ भनेर, किन भने उनि कहिले पोखरा गएकी थिनन
+++++++++++++++
बिन्दबसिनीको पछाडी पुरानो घरको चोकमा चित्रमणि र रुद्रमणि गुच्चा खेल्दै थिए, गाबो दोबो (एकप्रकार को गुच्चाको खेल) हो क्यारे. हेमराज र ऋतुराज पनि पुग्छन त्यहाँ, रुद्रमणि र चित्रमणिको उमेर तेर्स्तई १०-१२ वर्ष को हुदो हो,
हेमराजले सोध्छन “ये भाइ हरु खोइ तिम्रा बा?
रुद्रमणि जबाफ दिन्छ, “बा त हुन हुन्न आमा चाही हुनुहुन्छ”
“ल बोलाऊ त माइजु भएपनि”
आमा…., ये आमा….., बाहिर आऊ त , मान्छे आका छन्
ठुली माइजु बाहिर आइन् , दुइ जना नाचिनेका ठिटा अंगानमा उभी राखेको
"को बाबु तिमीहरु"?
हामि तपाइको भान्जा हौ माइजु, तनहुको इन्द्र दिदिका छोरा हरु
“आमै नि, बाबुहरु त बेपत्ता हुनु भाको थ्यो, मामाले कति खोज्न भो, पत्तै लागेन, ल हेर आज आँगनमा टुप्लुक्क आउनु भएछ, ल बस्नुहोस म खाजा लेराउछु"
++++++++++++++++++++
ठुलोमामाको खेतीपाती राम्रै संग चलेको रेछ, हेमराज र ऋतुराज दुवै जना जनता माध्यमिक बिद्यालयमा भर्ना भए, हेमराज र ऋतुराज दुवै सात क्लासमा
दस क्लासमा ऋतुराज आफ्नो नाम परिबर्तन गरेको थ्यो, "बसन्त" भनेर.
दुवैले यस यल सी दिए.
बसन्त पहिलो श्रेणीमा हेमराज तेस्रो श्रेणीमा यस यल सी पास भए
दाजु हेमराजले जागिर खाने इक्च्य्या ब्यक्त गर्यो, पढ्नुको सट्टा, लोकशेवा दिएर खरिदार मा नाम निकाल्यो अर्थ मन्त्रालयमा
बसन्त चाहि अम्रृत क्याम्पसमा बिज्ञान पढ्न भनेर काठमान्डू हानियो, पाटनको सानीआमाका बस्ने गरेर
दुइ वर्ष बसन्तले असाध्य मिहेनत गर्यो, आइ यस सी पास गर्यो ७०% लेराएर.
आइ यस सी पास बसन्त १९ वर्षको थियो
उ अब छात्रवृत्तिमा इंडिया डाक्टर पढ्न जनाको लागि तयारिमा लाग्यो, इलाहाबादको मोतीलाल नेहेरु मेडिकल कलेजमा पढ्न जाने छात्रवृत्ति पनि पायो, जान पर्ने अगस्तको अन्त्यमा उसको छनौट भाको ओक्टोबरमा लगभग १० महिना जति बाकि थियो
उसले एक फेर फेरी हुक्का गाउँ जाने विचार गर्यो, इलाहाबाद पढ्न जानु भन्दा पहिले. गाउँम़ा उसले आफ्नो असली परिचय कसै लाइ दिएन, तर गाउले लाइ के भन्यो भने उ काठमाडौँ बाट गाउँ घुम्न भनेर आको, छ महिना पछी डाक्टर पड़ना इंडिया जादै छ, कतिले पत्याये, कतिले पत्त्याएनन.
हुक्का गाउँमा एउटा प्राथमिक स्कूल सम्म पनि थिएन.पढ्न चाहनेले परि गाउँको स्कूल जान पर्थ्यो दुइ घण्टा हिडेर. बसन्तले एकदिन सनिबार सबै गाउलेलाइ जम्मा गरेर के भन्यो भने उ गाउँम़ा एउटा प्राथमिक स्कूल खोल्न चाहन्छ, गाउँले लाइ एउटा स्कूलको जरुरत त छदै थियो तर नेतृत्व गर्ने व्यक्तिको अभाब थियो सायद, सबै गाउलेले सहमति जनाए.
गाउकै पर्ती जग्गा छानियो स्कूलको लागि जनश्रमदान द्वारा पाच कोठे घर पनि तयार भयो स्कूलको लागि. बसन्तले स्कूलको नाम छान्यो "पृथिबी इन्द्र प्राथमिक बिद्यालय" पृथिबी देश निर्माण गर्ने राजाको नाम, इन्द्र उसको आमाको नाम.
त्यो नाम छान्नुको पनि एउटा कारण थ्यो, बसन्त सधै सकारात्मक सोचम़ा विश्वास गर्थ्यो, जिन्दगिम़ा केहि गर्न पर्छ भन्ने विश्वास थियो उसमा. तेसैले उसले त्यो नाम छानेको थियो स्कूलको लागि
यो सब गर्दा करिब तिन महिना बित्यो, स्कूल संचालनको लागि नियेम बनाएर उ फेरी काठमान्डू फर्क्यो
अझै सात महिना बाकी थियो पढन जान लाइ. उसले अब एउटा स्कूलम़ा पढ़ौना सुरु गर्यो, पढ़ौना सुरु गरेको केहि दिन मै उ विद्यार्थी माझ लोकप्रिय भै सकेको थियो.
क्रमश: