Posted by: timi_mero_sathi August 15, 2017
शिर्सक आँफै राख्नुस्
Login in to Rate this Post:     0       ?        

भाग 3

यसरी हाम्रो कथाको टोलि विभिन्न ठाममा बास बस्दै १५ दिन पछि गोरखपुर पुग्यो, गोरखपुरको चहक नै अर्कै, मान्छेको भिड, गाउँमा जात्राको बेलामा पनि तेस्तो भिड देखिदैन थियो, गोरखपुरमा त सधै तेस्तो भिड हुने रहेछ ,



गोरखपुरको बाबा गोरखनाथको मन्दिरमा रहेछ जोगीको बसाइ,



पुगेको सात दिन पछी जोगीले भन्यो “अब तुम दो भाई भि मेरे जैसा भगवान शिबका भक्त बन्न पदेगा”

के थाहा हुनु हरु लाई शिबको भक्त बन्न के गर्नु पर्छ भनेर, जे भए पानी जोगी ले उनीहरु लाई राम्रो संग खान दिएकै थियो, मागेरै भए पनि, दुवै ले हुन्छ भनी टाउको हल्लाए,

“लो यहाँ आवो” जोगीले डाक्यो

देखो शिबके भक्त बन्ने के लिए तुम दोनो का पिठ मे त्रिशुल दागना पडेगा, मेरे जैसा, भनेर आफ्नो ढाड देखायो, त्यहाँ करिब छ इन्च जति लामो त्रिशुल को डोब थियो



उसले आफ्नो त्रिशुल धुनीमा तताउन बसाल्यो

घभराना मत कुछ नही होगा, सुरु मे कुछ दर्द होगा ,लेकिन शिबबुटि पिने के बाद दर्द भी जाएगा

दुवै जना दाजु भाईले के बुझे कुन्नि, दुवैको अनुहारमा त्रास देखिन्थ्यो, तर दुवै चुप बसे, डर ले

जोगीले मौन स्वीकृति लक्चनम ठान्यो

त्रिशुल रातो भएर ताते पछि जोगी ले हेमराज लाई “तुम्हारा पिठ मेरी तरफ करो” भन्यो

हेमराज ले डराइ डराइ आफ्नो नागों पिठ जोगी पट्टि फर्कायो



एक हातले हेमराज लाई समातेर अर्को हातले रातो हुने गरि तातेको त्रिशुल हेमराजको पिठिउ मा दबायो

आमा!!!!!!!!!!!!!!!!! भन्दै हेमराज करायो

एक छिन् मै पोलेको मानब मासुको गन्ध फैलियो



“कुछ नही होगा” भन्दै जोगीले त्रिशुल हटायो र चिसो पानी पिठिउ मा खनायो र संगै राखेको चिलिम तान्न दियो, "लो पिवो शिबबुटि, सब दर्द जाएगा भन्दै,

हेमराजले एक सर्को के तानेको थियो खोक्न सुरु गर्यो, तर सायद शिबबुटिको अशर होला कि, एकै छिन मा निदायो



ऋतुराज लाई त भाग्न मन लागि सकेको थियो तर उसलाई दाइ लाई एक्लै छोडेर जान मन लागेन



देखो तुम्हारा दाइको सब ठिक हो जाएगा , "मुझको भी ऐसा हि कियाथा मेरा गुरु ने बर्सवो पहिले" भनेर जोगी सायद ऋतुराज लाई सम्झाउदै थियो



एक छिन पछि ऋतुराज संग पनी सोहि घटना घट्यो, उ पनी शिबबुटिको एक सर्को तानेपछि निदायो

भोलि पल्ट बिहान उठ्दा दुवै भाई को पिठिउमा दुखि रहेको थियो

अब तुम दोनो भाई भी मेरे जैसे हि शिबके भक्त बन गए, तुम दोनोको मैने बाबा गोरखनाथको अर्पण किया,

एक हफ्ते बाद घाब भर जाएगा उसके बाद तुम द्वोनोको भी सुबह और शामको दानके लिए जाना पडेगा मेरे जैसे हि

तेस्रो दिनको पाठ थ्यो, बिहान माग्न जादा के भन्ने र बेलुका माग्न जादा के भन्ने.

उसलाई अहिले पनी याद छ माग्न जादा भन्ने गित



बिहान गोरखपुरको घर घरमा माग्न जादा गाउने गीत



“तेरे द्वार खडा भगवान भक्त भर दे रे झोली

डोल उठी सारी धरती देख रे डोला गगन है सारा

भिक् माग्ने आया तेरा द्वार जगत का पालन हारा,

जगत का पालन हारा, भक्त भर दे रे झोली "


बेलुका चाही रेल स्टेशनमा माग्न जान पर्ने, बेलुका गाउने गीत चाही एस्तो थियो



"इनसान जान कर भी इतना समझ न पाया

जाना पढेका इक्दीन ये है मकान पराया

यह चार दिन का मेला, आखिर लगा हि किउ है

वापिस बुलाने वाले फिर भेजता हि किउ है

मालिक यह भेद तेरा कुछ भी समझ न आया

जो दे उसका भी भला, जो न दे उसका भी भला"

क्रमश

Read Full Discussion Thread for this article