Posted by: timi_mero_sathi August 13, 2017
Login in to Rate this Post:
0
?
From past postings
ऋतुराज हो उसको खास नाम
ऋतु हरुको राजा बसन्त ऋतु सुरु हुने दिनमा जन्मेकोले उसको नाम ऋतुराज राखेको रे
पछि स्कूलमा उसलाई त्यो नाम अलि पुरानो लाग्यो, उसले आफैले नाम परिबर्तन गर्यो
"बसन्त" भनेर.
++++++++++++++++++++
उस्ले आज टन्न रक्सी पियेको छ, श्रीमती संगै सधै जसो झगडा पर्छ हिजो आज पैसामा, उसलाई तथा नाम गाली गरेर उसकी श्रीमती शारदा अर्को कोठामा गएकी छ, घर बनाउदै गर्दा छ महिना अघि उसले शारदा लाई दस लाख रुपिया राख्न दिएको थ्यो, ठेकेदार लाई दिन पर्छ, सधै बैंक गइ रहन उसलाई फुर्सत हुदैन, काममा उसलाई सास फेर्ने फुर्सत हुदैन. तर आज ठेकेदार लाई दिन पैसा माग्दा त त्यो सबै पैसाको गहना किनेको रे, अस्ति भान्दाईको छोराको बिहामा जान. अब एक बचन नसोधिकन दस लाख रुपियाको गहना किन्ने, उसलाई अचम्म लाग्याथ्यो, गहनाको कमि भएको भए पनि एउटा कुरा.
उ फेरी अतितमा डुब्न पुग्छ
अनि उसको जन्म चाही ल्हासामा भाको रे,
उसको बाबु आमा ल्हासामा ब्यापार गर्न गको बेला उसको जन्म तेही भाको.
उसको दाजु उ भन्दा एक बर्ष जेठो, नाम चाही हेमराज, हेमन्त ऋतु सुरु हुने दिनमा जन्मको भएर राखेको रे हेमराज.
उसको दाजु पनि ल्हासामै जन्मेको
खासमा ल्हासामा ब्यापार गर्न आएपछि उसका बाबु आमाको दिन निकै सप्रेको थियो रे,
ब्यापार पनि एकदाम फास्टाउदै गएको थ्यो र पहिलो छोरी जन्मेको सात बर्स पछि २ बर्षमा दुइजना छोराको जन्म भएको थ्यो.
उसको बाबु आमाले ल्हासामा ठुलो भोज गरेका थिए रे उस्कों न्वारानमा, दलाइ लामा लाई पनि डाकिएको थ्यो रे.
उसको दिदि को नाम चाही "लुरी",
सात महिनामै जन्म भएको, जन्मिदा खेरि न्याउरी मुसा जत्री थिएँ रे उसकी दिदि, तेसै ले लुरी नाम राखेको रे
लुरी को जन्म चाहि नेपालमै भाको रे
लुरी तिन बर्ष भएपछी गाउँमा ब्यापार गरेर खास केहि नहुने देखे पछि उसको बाबु केहि पैसा लिएर ल्हासा व्यापार गर्न पुगेका थिए रे
ल्हासामा ब्यापार सुरु गरेपछि ब्यापार पनि फस्टायो, दुइ जना छोरा पनि जन्मे,
नेपाली समाजमा छोरा जन्मे पछि बाबु आमा कति दङ्ग पर्छन, सबै लाई थाहा छ
शायद दैबको लेखा अर्कै थ्यो, सधै सदाबहार केहि छैन
उ सोच्छ, जिबन सायद प्रकृति जस्तो हो जहाँ घाम, पनि, हिउ, अशिना, डढेलो सबै छ
पारिलो घाम, हरियो बन, र फुलेको फुल सधै रहदैनन, चिसो हिउद, उजाड जंगल र झरेका फुल पनि प्रकृतिको नियम हो, चाहे पनि नचाहे पनि
तिब्बतमा चाइनिज आउने पक्का भो, धेरै नेपाली ब्यापारीहरु तिब्बतमा रहेको सबै सम्पति बेचेर नेपाल फर्किन थाले
यो कथाका दुइ प्रमुख पात्र "ऋतुराज" र "हेमराज" क्रमश तिन र चार बर्षका थिए त्यसबेला
ऋतुराजका बाउ पनि सबै सम्पति बेचेर फर्कने तरखरमा लागे, महिना थियो पुष ,
छोराहरु लाई ठण्डी लाग्ला र तिब्बतमा कमाएको सुन लैजादा नाकामा कसैले चोर्ला भनेर, उनले तिब्बतमै आफुले जम्मा परेको सुन बाट दुइ बाकस बनाउन लगाए सास फेर्न र हेर्नका लागि ठुला ठुला प्वाल पनि बनाइएका थिए ति बाकसमा.
दुइ ससाना छोरा लाई सुनको बाकशमा राखेर भरिया लाई बोकाएर, आफु, श्रीमती र १० बर्षकि लुरी संगै उनको परिवार नेपाल फर्क्यो
उनीहरुको गाउँ पुग्न काठमाडौँबाट सात दिन लाग्छ हिडेर पश्चिममा, तनहुंको दुर्गम ठाम, गाउँको नाम चाहि हुक्का.
यही कथाका पात्र ऋतुराजको जिजु बराजुले जंगबहादुर लाई भेट्न आउदा सालको काठ बाट आफैले बनाएको थुप्रै कलात्मक हुक्का उपहार दिएबापत तनहुको १२०० रोपनी जग्गा बिर्ता पाएका थिए रे, अनि उनले गाउँ फर्केर पहाडमा भएका सबै गाउले लाई बेसीमा झिकाई आफुले बिर्तामा पाएको जमिनमा नया गाउँ बसाएका थिए रे,
हुक्का दिएर बिर्ता पाएको जमिनमा बसाइएको गाउँ भएर गाउँको नाम नै हुक्का राखिएको रे
सात वर्ष पछि ल्हासा बाट फर्केको, एक बर्ष त गाउँमा बस्न अभ्येस्त हुनै लाग्यो ,
नाता गोता धेरै, उनले कतिपय नातेदार लाई त ल्हासा बाट ल्याको सुननै कोशेली दिए
गाउँमा उनको निकै रबाफ थियो.
ऋतुराजका बाबुले आफ्नो अंसमा परेको जमिनमा नया जमिन थपेर खेति पाती सुरु गरे,
उनको एक जना भाई थ्यो, उनका बाउले उनि गरि खान सक्छन भाइ चाही गरि खान सक्दैन भनेर अंसबन्डा गर्दा उनलाई एक भाग र उनको भाई लाई दुइ भाग लगाएका थिए , बाबु आमा पनि भाई संगै बसेका थिए
++++++++++++++++++++++++++++
समय बित्न कति लाग्छ र?
ऋतुराजको परिवार गाउँ फर्केको पनि पाच वर्ष भयेछ, यही बीचमा उनको बाजे बजैको पनि देहान्त भयो
ऋतुराज 8 वर्षको, हेमराज 9 वर्ष को, लुरी 15 वर्ष कि भई
“छोरी बुढी भई सकी ब्या गरिदिनु पर्दैन” भन्ने हरु गाउँमा थुप्रै भई सकेका थिए, ऋतुराज को बाबुले नेपालगंजको एकजना 25 बर्से केटा संग लुरी को बिबाह गरिदिए
+++++++++++++++++++++++++
दाजु भाइको नाता पनि अचम्मको छ , युरोपको राज परिवारको इतिहास पढ्यो भने , दाजु लाइ मारेर भाइ राजा हुने पनि छन्, आफ्नै बाउ लाइ मारेर राजा हुने पनि छन्, बहिनि लाइ कैद गर्ने अथवा बहिनिको शिर काट्ने पनि छन् , दाजु लाइ मारेर दाजुको श्रीमती संग बिबाह गर्ने पनि छन्. दाजु भाइ, दिदि बहिनीको नाता प्रेम र घ्रिणामा अल्झेको छ , धन र ताकतको अगाडी नाता गोता केहि काम लाग्दैन.
ऋतुराजको बाबु र काकाको नाता पनि यसबाट अछुत रहन सकेन, बाबु आमा जिउदै भए सम्म त ठिकै थ्यो तर बाबु आमाको देहान्त पछि ऋतुराजको काका ले अनेक दुखः दिन थाले, दाइले ल्हासा बाट कमाएर ल्याको पैसामा उनको पनि आधा अधिकार लाग्छ भनेर , पछि बोलचाल समेत बन्द भो दुइ दाजु भाइको तेसै कारण ले.
+++++++++++++++++++++++
यो सायद ऋतुराज 9 वर्ष हुदाको कुरा हो, उसका बाबु बिरामी परे, छ महिना थला परे, गाउँ को बैद्यले अब बाच्दैनन भने पछि उनलाई आगनमा लेराएर राखियो, अरुबेला नबोल्ने ऋतुराजका काका पनि हेर्न आए गाउले पनि जम्मा भए
बिरामीले "प्यास लग्यो, पानि" भनेर मागे , ऋतुराजको आमाले अंखोरा बाट चम्चाले पानि मुखमा रखिदिईन् तर पानी खाएको एक मिनेट मै बिरामी को देहान्त भयो
काकाले "यो पानि मा केहि छुक छ कि" भनेर अंखोरा लगे, उस्को आँखा मा दुस्टाइ को चमक देखिन्थ्यो
ऋतुराज र हेमराज लाइ खास केहि थाहा भएन
आमा रोइ रहेकी थिइन्, उनीहरु आमा रोएको कहिले देखेको थियेंनन अप्ठ्यारो मानी रहेका थिए, बाउको लाशमा दाग बत्ति दिने बेला हेमराज मानेको थिएन,
“काँ बाबुको मुखमा आगो राख्न हुन्छ? सुति रहेका बाउ लाइ पोली हाल्छ नि भनेर,
तर उसको केहि लागेन, दाग बत्ति दियो बाउ लाइ आगोले पोल्ला भनेर डराउदै, रुदै
घरमा आउने मान्छेको रमझम देखेर १३ दिन सम्मत दुइ दाजु भाइ लाइ बाउको देहान्त को असर परेन तर १३ दिन पछि मान्छेको आउ जाऊ बन्दभो अनी मात्र उनीहरुले थाहा पाए बाउ मरेको अर्थ
१४ औ दिनमा काकाले पंचायत बोलाए. पंचायतमा उनले ऋतुराजको आमा लाई आरोप लगाए बिष मिसाएको पानी खान दिएर लोग्ने मारी भनेर,
उसकी आमाले प्रतिबाद गरिन
काकाले "त्यो अन्खारा र पानी म कहाँ ताल्चा मारेर राखेको छु पानि जाचे थाहा भै हाल्छ नि" भनेर भने
अन्त्यमा पंचायतले सबैको सामुन्ने ऋतुराजको आमाले त्यो पानी पिउन पर्ने आदेश दियो
काकाको अधरमा कुटिल मुस्कान नाची रहेको थियो
सबैका सामुन्ने ऋतुराजकि आमाले पानि पिईं, ऋतुराज र हेमराज पनी हेरी रहेका थिए
अचम्म, पानि खाएको १५ मिनेटमा उ छट्पटाउदै मरी
काकाको आँखामा बिजय भाव थियो
समय तिब्र गतिमा अघि बढी रहेको थियो, ऋतुराज र हेमराजले भेउ नै पाउन सकेनन के हुदै छ भनेर
पंचायतले लोग्नी मारा आइमाईको लाश जलाउना हुदैन भनेर गाउँको श्याल कराउने बाँस को बनमा लाश फाल्ने निर्णय गर्यो.
राति ऋतुराज र हेमराज डराउदै घरमा भोकै सुते
भोलि पल्ट काका एक जना छिमेकि लाई सुनाउदै थिए "त्यो राक्छास्नीले सजाए पाई, बाँसको बनमा श्याल हरुले तेस्को लास टुक्रा टुक्रा पारेरा खाएछन" भनेर
पछी यस्ता पापीका सन्तान लाइ गाउँमा राख्न हुदैन, अरुका छोरा छोरी पनी बिग्रंछन भनेर काकाले ऋतुराज र हेमराज लाई गाउँ निकाला गरे
यो फागुन महिनाको कुरा हो, शिवरात्रि आउनै लागेको थियो.
क्रमश:

Last edited: 13-Aug-17 07:24 AM