Posted by: Bhinazu November 21, 2004
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
आँसु जी, हो, युनिकोड साह्रै सजिलो र वैज्ञानिक छ। यस साझामा सचेत नेपाली कम भएकोले मैले यसको बारेमा नलेखेको मात्र हो। कागको माझमा हाँस पनि उल्लु हुन्छ रे! कहिलेकाँहि लेख्दा उत्ताउलो मोरो dananah ले नेपाली बुझिन, भन्यो अनि confused जीले उल्था गरिदिए । मेले सम्झे भालुलाई पुराण सुनाउनु बेकार छ। गालबजीले कहिलेकाँही नेपाली युनिकोडमा टाइप गर्छ । तर, केही वर्षमै नेपाली युनिकोडले सबै नेपाली फन्टलाई बिस्थापन गर्नेछ। डामाडोल डट् कम् त पुरै नेपाली युनिकोडमा छ। कान्तिपुर पनि हाल युनिकोडमा देखिन्छ । नेपाल जापान डट् कम् का प्राय लेखहरु पनि नेपाली युनिकोडमा हुन्छन्। वास्तवमा यो फन्ट हैन कोड हो। तर इन्स्टल गरम् धमाधम टाइप गरम्। नगर्नेलाई कर छैन! http://www.mpp.org.np/detail_guide/images/new_layout.JPG
Read Full Discussion Thread for this article