Posted by: _ June 14, 2017
डर लाग्न थालेको छ |
Login in to Rate this Post:     3       ?         Liked by
"४ बर्स नेपालमा अनि २ बर्स US मा मास्टर डिग्री लिएको अझै IT भन्न सक्दिन भन्थ्यो"

उसलाई पनि डर छ, पक्का इन्जिनियर मान्छे पर्यो होला. "कन्सल्टेन्सी वाला IT professional" ले कुन दिन घन्टाको कति कमाउछस भनेर सोध्ला भन्ने डर. मेरो कन्सल्टेन्सी मा आइज त्यो भन्दा बढि तलब दिन्छु भन्ला भन्ने झन् ठुलो डर.

एक जाना ग्यास स्टेसन धनीले भन्दै थिए DV पर्ने सबै IT, ग्यास स्टेसन मा काम गर्ने नेपाली नपाइएला भन्ने डर

अम्रिका बस्या छ, गाडीले हानला कि बाटोमा, वा कुन दिन कता गोली खाइएला भन्ने पनि डर.

एच वान बी नहुनेलाई, नहोला कि भन्ने डर, भएपछी हरियो नहोला भन्ने डर, हरियो नै भए पनि ट्रंपको डर

नेपाल जाउँ, कस्तो खातेजस्तो पैसा नलिई आएको भन्लान भन्ने डर, नजाउँ फेरी भेट्न नपाइ मामा बित्लान भन्ने डर

डरै डर सबैतिर :D
Read Full Discussion Thread for this article