Posted by: _ June 14, 2017
Login in to Rate this Post:
1
?
Liked by
उमेरले गर्दा पनि हो कि गोर्खे सर? १८-२० बर्षमा जे गर्न पनि आँट आउने, अनि गर्न खोजेको गरेरै, भएरै छाड्ने समय सम्झेर चालीस हाराहारीमा फरक लागेको मात्र होला. घर परिवार, केटाकेटी भए तिनीहरू, तिनीहरूबाट बनेका सम्बन्ध इत्यादीले धेरै फरक भैसक्यो जीवन. सबैतिर सन्तुलन मिलाउदा 'डर' बढेको होला.
केहि बर्षयता मेरो पनि डर बढेको छ. वरपरको नेपाली समाज-सर्कल र संगत कस्तो छ त्यसले पनि फरक पारेको हो कि? लामो समय academia तिर बसेको म हाल अर्को सहरमा आएपछि आइ टी वालाहरूको भीडमा वाल्ल परेको छु. मेरो फिल्डमा तलब १ लाख भए मनग्य मानिन्छ. सबै वरपरका कोहि त पढेकै गतिला इन्जिनियर र कोहि भने इकोनोमिक्स पढे पनि क्यु ए छन्. क्या हो क्यु ए भनेर एउटालाई सोधेको, आइ टी नै हो भन्दियो, अरु केहि थपेन. बिश्वविद्यालयमा काम गर्छु भने पनि दर्जा भनेको थिइन, घन्टाको कति भनेर सोध्न भ्यायो साथि ले. नढाटी भनियो. प्रोग्रामिङ्ग गर्नु हुदो रहेछ,आइ टी मा आउनुस, त्यति त मैले काम गरेको कन्सल्टेन्सीले तुरुन्त दिन्छ, एक बर्षमा पछी (म अमेरिका बसेको नौ बर्ष को फेक एक्स्पिरिएन्स थपेर) ७०+/hr डलर पक्का रे. बेला मौकामा अरुलाई पनि तलब सुनाउने मौका दीइयो, मलाइ सुनाउन पाउदा उनीहरूको खुसी देखेर मनमनै हासियो.
त्यसपछि हो, निकै राम्रो २०१४ देखि नया किनेर चलाएको जापानी गाडी पनि उनीहरूको मर्सिडिज र बि एम डब्लु को छेउमा रोक्दा केहि भानिपो हाल्छन कि भनेर डर लाग्छ. डेरामा बोलाएर खुवाउदा मानमर्दन होला कि भनेर बाहिरै भेट्न मात्र आँट आउँछ . कपडा इत्यादी सेल पर्खेर तर ब्राण्डेड नै लगाउने गर्छु, तैपनि सेल मा किनेको थाहा पाउने हुन् कि भन्ने डर लाग्छ. अमेरिकन पब्लिकले जस्तै झिनामसिना कुरामा फ्रिक आउट हुन्छन, संसारका अरु उदाहारण दिन पनि डर लाग्छ. अमेरिका बाहेक बाँकी बिश्व नेपाल जस्तै गोबर छ भन्ने ठान्छन, एक पटक खाँटी युरोप, अस्ट्रेलिया र पूर्वी एसिया गएर हेर भन्न पनि डर लाग्छ. त्यस बाहेक माथि गोर्खेज्यु ले भनेजस्ता कुरामा पनि थप डर लाग्छ. डरको कारण आफैले डर मानेर हो भन्ने थाहा भएकोले आत्तिएको भने छैन.