Posted by: ktmpost May 23, 2017
स्कर्ट उचाल्न खोज्यो भने मुक्काले हान्नु भनेपछि
Login in to Rate this Post:     0       ?        


बलिउड अभिनेत्री परिणिती चोपडाले स्कुल पढ्दा केटाहरुले आफ्नो स्कर्ट उठाएर हेर्न खोजेको बताएकी छिन् । हालै मुम्बई आयोजित महिला आत्मरक्षा ग्र्याजुएसन डेको समारोहमा उनले यस्तो बताएकी हुन् ।

आफ्नो विद्यालय जीवन सम्झिंदै परिणितीले भनिन्, ‘म साइकलमा स्कुल जान्थेँ । किनकी हामीसँग कार किन्ने पैसा थिएन । साइकलमा एक्लै हिँड्दा मलाई केटाहरुले जिस्क्याएर हैरान पार्थे । यहाँसम्म कि साइकल रोकेर मेरो स्कर्ट उचालेर हेर्न खोज्थे ।’

उनले अगाडि भनिन्, ‘यो कुरालाई लिएर म आफ्नो बुवाआमासँग झगडा नै गरेँ । मैले आफूलाई साइकलमा स्कुल नपठाउन आग्रह गरेँ । तर उहाँहरु भन्नुहुन्थ्यो कि तिमी स्ट्रङ बन्नुपर्छ, केटाहरुसँग डराउनु हुँदैन ।’

छात्राहरुलाई परिणीतीले भनिन्, ‘तिमीहरुसँग आज जे-जति सुविधाहरु छ, मसँग केही पनि थिएन । म कामना गर्छु कि तिमीहरुले मेरो जस्तो कठिन परिस्थितिको सामना गर्नु नपरोस । यदि कसैले तिम्रो स्कर्ट उचाल्न खोज्यो भने मुक्काले हान्नु ।’


http://www.onlinekhabar.com/2017/05/588177/

Read Full Discussion Thread for this article