Posted by: as20451988 May 3, 2017
Guys Please Share Your First Time Working at a gas station in USA
Login in to Rate this Post:     0       ?        
पहिलो अनुभव : रातको शिफ्ट थियो | यसअघि एउटा होटेलमा काम गरेको थिएँ दुई वर्ष | जिउले साथ दिएन सुरुसुरुमा त - भारी श्रमलाई बनेको थिएन | पसल पनि निकै व्यस्त हुन्थ्यो राति भए पनि | जसो तसो गरि दुई-तीन महिना काम गरेँ | धेरै कुरा सिकेँ | स्कूल फेरी सुरु भएपछि दुई हप्ताको नोटिस दिएर शेव्रोनलाई बाइबाइ भनेँ |

दोस्रो अनुभव : शेव्रोनको म्यानेजर (अलि भाइ)ले उसको बस् लाई भनि दिउसोको काम खोजिदियो | चिठ्ठा परेकोझैं भाथ्यो | दुर्भाग्यवश एउटा 'हूड'मा रैछ | त्यताको मान्छेको पारा देखेर टाउको दुख्थ्यो | जसो गरि डेढ वर्ष काटें टाइलेनोल खाएर भए पनि |
एउटा फाइदा चाहिं भयो | यो स्टोरको म्यानेजर (अलि भाइ) साथी जस्तो भयो | त्यसले काम छोड्यो, र मलाई पनि लग्यो नयाँ काममा | त्यसको एउटै तर्कमा बिकें म पनि : "सोच क्या रहा है - ज्यादा पेसा भी, और ये कल्लो से भी आजादी |"
एसई नि टाइलेनोल ओभर्डोज भएर मर्नु भन्दा त काम फेर्नु नै बेस देखें |

तेस्रो अनुभव : अलि भाइ र मेरो खुब जम्यो त्यसले मलाई लगेको नयाँ स्टोरमा पनि | मोरोले पैसा उडाएको कहिलेकाहिं 'कभर' गर्न नभ्याउदा " इत्ना $$ कभर कर दे भाइ, ओवर रिन्ग हो गया " भन्थ्यो | हुन त मलाई 'ओवर रिन्ग' को बहाना नबनाएको भए नि हुन्थ्यो, तै पनि "में चोर हूँ" त कुन अलि भाइ ले भन्छ होला र?
बालबच्चा भएको मान्छेलाई के भन्नु खोइ | मेरो आफ्नो बियरको जुगाड भइ रह्यो | "कोइ बात नहीं अलि भाइ" भन्दा भन्दै अर्को दुई साल बित्यो |

चौथो अनुभव : तेस्रो स्टोर अर्को ले किन्यो | यहाँहरुलाई थाहा नै होला 'अण्डर निउ म्यानेजमेन्टको अर्थ' | खोज्नु पर्यो अर्को काम | साथीको सिफारिशले एउटा बर्गर किङ्गसंग जोडिएको शेलमा पाएँ | त्यहाँको म्यानेजर अलि भाइले पनि मन परायो काम | फेरी अर्को एम्प्लोईको नाम पनि 'अलि' |
येतिन्जेल मैले चारवटा 'अलि भाइ' संग काम गरि सकेको थिएँ |

दुई तीन महिना अघि टेक्सासबाट कल आयो | नम्बर थिएन सेभ | पछि भोइस्मेल सुन्दा : 'जेजे, अलि बोल रहा हूँ | एक बन्दा चाहिए यार | कुछ हो सक्ता है?'

अब कुन चाहिं 'अलि भाइ' बाट आएको हो त्यो कल, आज सम्म नि रहस्यै भन्नु पर्यो |
Read Full Discussion Thread for this article