Posted by: ThahaChaena April 26, 2017
आकाश
Login in to Rate this Post:     1       ?         Liked by
ujl जी,
सानो लेख्ने जमर्को मैले नि गरें है अन्यथा नलिनुस ल .
------------------------------------------------------------
कस्तुरीको भाँती स्व-बास्ना खोज्दै धुन्मुन्नी रहेको उ
कहिले कस्तो देख्थ्यो , कहिले कस्तो मलाइ

रंगहिन आकाश हुँ म
उसले यसरी हेर्यो निलो देख्यो
त्यसले त्यसरी हेर्यो कालो देख्यो
जसले जसरि हेर्यो, हेर्न चाह्यो तेस्तै देख्यो
म तेस्तै बनि दिएँ, जुन रंग उसले चाहन्थ्यो .

अनन्त रहस्य र असिमित आशा अनि सपना लुकाएर
आफैमा रुमल्लिरहेको आकाश हुँ म
उसले गहिरो बेदना अनि चिसा रात देख्यो
त्यसले ढुंगेलो मुटु अनि मृत संबाद देख्यो
जसले जसरि चिर्यो, त्यस्तै भित्रि आँत देख्यो
म त्यस्तै बनि दिएँ, जुन बात उसले चाहन्थ्यो .

- थाहा छैन
Read Full Discussion Thread for this article