Posted by: BibeksheelNepali April 21, 2017
Support Ranju Darshana, Mayor Candidate for Kathmandu, Bibeksheel Nepali Dal
Login in to Rate this Post:     0       ?        
Know your candidate.
Voter's Analysis
***मेरो साथ र समर्थन काठमाण्डौँ महानगरको स्थानिय निर्वाचनमा***
दिगम्बर सुशान्त आचार्य

Feeling Hopeful with Ranju Darshana
[From: https://m.facebook.com/story.php?story_fbid=10155171857673476&id=778788475]

२० वर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनको उम्मेदवारी मनोनयनको पत्र दर्ता गर्न १० दिन मात्र बाँकी रहदै गर्दा काठमाण्डौँ महानगरपालिकाको दुई उम्मेदवारीको घोषणा भएको छ। घोषणा सँगै काठमाण्डौँ महानगरलाई विस्तारै चुनावी माहोल ले छोएको छ। साथै मतदाता बिच अब कसलाई र किन मतदान गर्ने भनेर बहस हुन सुरु भएको छ।

काठमाण्डौँ महानगरपालिकाको लागी उम्मेदवारी घोषणा गर्ने दुवै दल एउटै स्कुलिङ बाट विकसित भईरहेको समुह हो। नेपालको राजनैतिक आकाशमा बेतिथि, भष्ट्रचार, अनियमित्ताको बादलले रातको तारा र जुनलाई मात्र नछेकिकन पूरा दिनको उज्जयालोनै डाकन लागिरहेको समयमा बादल छेडने संकल्पका साथ उभिएको समुह हो। यि दुई व्यक्ती मध्य कसलाई छान्ने भन्ने कुरा काठमाण्डौँवासीको विवेकलाई निक्कै चुनैतिपूर्ण रहेको देखिन्छ।

साझा पार्टीको प्रतिधित्व गर्ने पूर्व सचिव सहरीविद किशोर थापाको काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा सँगै काठमाण्डौको विकास प्रतिको मेरो आशा एकपटक पलाएको छ। काठमाण्डौको दक्षिणी नाकाको क्षेत्रमा जन्मी, हुर्की काठमाण्डौँलाई नै आफ्नो कर्म थलो बनाएकोक व्यक्ति हुन्। उनले काठमाण्डौँको हरेक गल्ली आफुले चिनेको समेत बताउने गरेका छन्। काठमाण्डौको विकासको क्षेत्रमा उनले गरको योगदान उल्लेखनिय छ। उनले सरकारी कर्मचारीको रुपमा रहेर होस वा स्वयंसेवककै रुपमा रहेर किन नहोस् काठमाण्डौको समग्र विकासमा दत्त चित्त भएर लागेको पाइन्छ। उनी वाग्मती सफाई अभियानको सुरुवात गर्ने व्यक्तिहरु मध्यका एक हुन। यदी मलाई काठमाण्डौँको सहरी विकासको बारेमा जान्नु पर्यो भने सबैभन्दा पहिले मैले सम्झने नाम पनि किशोर थापाको नै हो। हाल सम्म उनीसँग मेरो प्रत्क्ष कुराकानि भएको छैन तर उनको जति पनि कुरा सुने प्राय सबैमा उनमा रहेको काठमाण्डौँको प्रतिको सहरी विज्ञता र भिजन पाएको छु।

अर्को तर्फ मेरो लागी विवेकशील नेपाली दलले मेयरको रुपमा उठाएको २१ वर्षकी रन्जु दर्शना, विवेकशील नेपाली दलमा आवद्ध हुनु भन्दा पहिले देखिनै चिनिरहेक अनुहार हो। एउटा सानो युवाहरको समुह राजनैतिक नेत्रित्व गर्ने उद्धेश्यका साथ राजनैतिक दलको परिकल्पना गर्दै दोस्रो संविधान सभाको निर्वाचनमा कुकुर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारीको रुपामा चुनाव प्रचार प्रसार मा हिडिरहेको वेला रन्जुको विवेकशील नेपालीमा प्रवेश भएको हो। ५ नम्बर निर्वाचन क्षेत्रमा उज्वल थापाले गरेको निक्कै भिन्न, सरल र सृजनात्मक चुनावी प्रचार प्रसाले उनलाई आकर्षीत गर्यो। त्यही आकर्षणको आज उनलाई आफ्नो राष्ट्र प्रेमको भाव र समर्पण व्यक्त गर्दै नेत्रित्व दिने स्थान बन्दैछ। संयोगको कुरा हो, अहिले उनिहरुले २०३०मा सम्ममा काठमाण्डौँ विश्वको उत्कृष्ठ सहर भन्दै अमेरीकी पत्रिका टाईमसले छाप्न बाध्य हुने भनि राख्दा त्यति खेरै अमेरीकी सञ्चार माध्यम Washington Post ले उज्वल थापाको उम्मेदवारीको कुरा गरी राख्दा उज्वल थापाको चुनावी उपस्थीति बारे समचार प्रवाह गर्ने क्रममा Nov-15-2013 मा उसको तस्विर सहितको थापाको तस्विर प्रवाहित गरेको थियो। (https://www.washingtonpost.com/news/worldviews/wp/2013/11/18/nepals-protest-candidate-channels-rising-popular-disaffection/?utm_term=.e302dccb65f4)

त्यति खेर, उनी काठमाण्डौँको एक प्लस टु कलेजमा १२ कक्षामा अध्यनरत थिईन। संविधान सभाको दोस्रो निर्वाचनको समय सम्म उसको उमेर १८ पुगेको थिएन र मतदाता अधिकार पनि प्राप्त गरेकी थिईनन्। तर उनले सक्रियता पूर्वक विवेकशील नेपालीको साथ र समर्थन गरीन्। उनीले मतदान अधिकार प्राप्त नगरे पनि निर्वाचन मतदान प्रतिनिधिको रुपामा निवार्चन कार्यलयबाट स्वतन्त्र उम्मरदवारको मतदान प्रतिनिधिको रुपमा परिचय पत्र पाईन। यसरी उनले संविधान सभाको निर्वाचन २०७० मा अनुभव राख्न पाईन।

निर्वाचनमा आफ्नो विचारको प्रतिनिधित्व गर्न सक्नुनै विजयी हुनु हो भन्दै आफ्ना विजयी प्रतिद्न्धी लाई शुभकामना दिदै आफ्नो नियमित दैनिकि तर्फ फर्केका थिए। विवेकशील नेपाली नाम दिईएको युवा समुहलाई एउटा राजनैतिक दलको रुपमा उभिनु थियो र त्यो उनिहरको लागी निकै चुनैतिपूर्ण थियो। घरी बसन्तपूर त घरी अर्को ठाँउ गएर विवेकशील नेपाली दलको समर्थनको लागी हस्ताक्षर संकल्न गर्न गर थिए। यही क्रममा काठमाण्डौको फुटपाथको सफाई त कहिले महिला हिंसा विरुद्दको सडक नाटक गर्न थाले। यति खेरै बाट विस्तारै आफ्नो कलिलो युवा उमेरको जोशका साथ आफ्नो नेत्रित्व कला प्रस्तुत गर्दै अघि बढिन। विवेकशील नेपाली पनि विवेकशील नेपाली दलमा परिणत भयो। यही समयमा रन्जु कहिले विवेकशिल नेपाली दलको साथ लिएर कहिले एसिड काण्डबाट पिडित किशोरीको आवाज उठाउन घुमथिन त कहिले सरकारी कामको ढिला सुस्ती त कहिले समयमै संविधानको मागको आवाज उठाउदै हिडथिन। यहीक्रम चलिरहँदा रहदै २०७२ मा वैशाख १२ मा भुकम्प गयो। विवेकशील नेपालीले भुकम्पको समयमा गरेको राहतको कामलाई सबैले प्रशंसा गरेको कुरा जनजाहेरनै छ। त्यस क्रममा पनि विवेशील नेपालीको अग्र पङ्तीमा रहेर सफल नेत्रित्वदायी भूमीका निभाइन। त्यतिखेर विवेकशील नेपाली सबैजसो मिडीयाको आँखामा परेको समयमा दलको प्रवक्ताको भुमिका निभाएकी थिईन। पछि दलको विभिन्न विभागीय पद समाल्दै अघि बढिरहीन। यहिक्रममा डा.गोविन्द केसीको अनसनमा सक्रियतापूर्वक समर्थनमा उत्रिन। यति खेर धेरै मिडियाको नजर रन्जुमाथी पर्न सफल भयो। त्यस पछी विवेकशील नेपाली दल भन्दा बाहिर पनि रन्जुको जोसीलो भद्र नेत्रीत्वको चर्चा भयो। मैले विवेकशील नेपाली दल भन्दा बाहिर बसेर विवेकशील नेपाली दल सँग देखेको रन्जु यिनै हुन।
उनलाई विवेकशील नेपाली दलले काठमाण्डौँको मेयरको उम्मेदवारीको रुपमा घोषणा गरे सँगै सामाजिक सञ्जाल देखी लिएर विभिन्न चिया पसल, कार्यल सम्म यस उम्मेदवारीको बारेमा चर्चा परिचर्चा हुन थालेको छ। यो चर्चा-परिचर्चा निक्कै स्वभाविकनै हो। काठमाण्डौँको मेयर पद सबै जसो राजनैतिक दलले आफ्नो प्रतिष्ठाको रुपमा हेरेका हुन्छन्। साथै देशको पहिलो महानगर र देशको राजधानी भित्र पर्ने महानगर भएकोले पनि मेयेर पदको जिम्मेवारी निक्कै धेरै छ। काठमाण्डौँ महानगरपालिका नेपालका समग्र नगरपालिकाहरुलाई मार्गदर्शकको भुमिका निभाउदै आएको नगरपालिका हो। साथै काठमाण्डौँ उपत्यका विकाश प्राधीकरण र समग्र काठमाण्डौँ उपत्यकामै निक्कै प्रभावकारी भुमीका खेल्नु पर्ने हुन्छ। अर्को तर्फ विवेकशील नेपाली दल चार वर्षको समय अवधिमा काठमाण्डौँको क्षेत्रमा राम्रो संख्यामा समर्थक र शुभेच्छुक बनाउन सफल भईसकेको छ।

फेरी उही प्रश्न आउँछ, के रन्जु मेयरको लागी योग्य व्यक्ती हो त? करीब ५०-५५ घण्टाको बिचमा सामाजिक सञ्जालमा #‎ranju4mayor‬ @ranju_darshana मा टुईट ह्यास (#) ट्यागहरु भईरहेको छ। उनको उम्मेदवारीहरुको चर्चा काठमाण्डौ उपत्यकामा मात्र नरही राष्ट्रीय स्तरमै चर्चा हुन थालेको छ। धेरैले शुभेच्क्षाको द्रिष्ट्रीकोणले हेरको पाईएको छ। मिश्रित प्रतिकृयाहरु आईरहेका छन। कसैले निराशाको बिच आशाको संकेतकोरुपमा लिएका छन् त कसैले अविश्वासको द्रिष्ट्रिकोणले हेरेका छन। संसदमा प्रतिनीधीत्व गर्ने एक ठुलो राजनैतिक दलको पूर्व विद्दायार्थी सँगको पूर्व अध्यक्षले रन्जुको अभिव्यक्तीको खण्डन गर्दै आफ्नो विवेक प्रतिनै लज्जा हुने गरी टुईट गरेकी छिन्। अर्को तर्फ एउटा मोफसल बाट सन्चालित अनलाईन मिडियामा भने “ २१ वर्षकी किशोरीलाई काठमाण्डौँ जस्तो महानगरको मेयरमा उठाए ‘विवेकशील’ पार्टीले विवेक प्रदर्शन गरेको हो या यो पदलाई खेलानी संझेको हो? या नजित्ने भएकोले हल्का निर्णय गरेको हो? सस्तो प्रचार मात्र होईन यो, पार्टीले देखाएको अपरिपक्वता समेत हो।” भनिएको छ। आलोचना गर्नेहरुको भनाई प्राय यस्तै नै छ।

मेरो विचारमा किशोर थापाको उम्मेदवारी घोषणा लगतै जसरी आफ्नो उम्मेदवारीको रुपमा रन्जुलाई घोषणा गर्नु अत्यन्तै विवेकपूर्ण काम गरेको हो। काठमाण्डौँको उम्मेदवारीको कार्ड फ्याल्ने क्रममा साझा पार्टी र विवेकशील नेपाली दलको उम्मेदवारी घोषणा गर्नु मलाई ऐक्का र बास्साको फ्याल्नु सरह लागेको छ। संसदीय प्रतिनिधित्व गर्दै आएको ठुला भनिएको राजनैतिक दल सँग यदि अब ईमान्दारीता र सक्ष्यमताको हिसाबले अरु ठुला उम्मेदवारीको कार्ड छ भने फ्याल्नु पर्ने हुन्छ। छैन भने विस्तारै मैदान छोडनु पर्ने हुन्छ। आफ्नो कर्यकर्ताको सानो संख्याको कार्य समिति लाई नै कुल मत संख्या मानेर चित्त बुझाउनु पर्ने हुन्छ।

फेरी पनि उही कुरा आउँछ रन्जु र विवेकशील नेपाली दलले आफ्नो घोषणा पत्रमा भने जस्तै गरी काठमाण्डौँलाई आधुनिकता प्रधान गर्दै उही पुरानो सौन्दर्यता प्रधान गर्दै पर्काउन सक्लान त भन्ने प्रश्न आउँछ। म व्यक्तीगतरुपमा समग्र विवेकशील नेपाली दलको घोषणा पत्रमा र रन्जुको अभिव्यक्तीहरुमा सहरी विकास प्रतिको प्राविधिक ज्ञान भएको देखदीन। तै पनि मेरो पुर्ण साथ र समर्थन रन्जुको उम्मेदवारी प्रति नै छ। करण मैले देखेको र चिनेकको रन्जुनै हो। मेरो समर्थनको कारण भनेको चार वर्ष देखी दैखाई रहेको राष्ट्र प्रेमको भाव र उनिहरुले गर्दै आएको कामनै हो। मेरो बुझाईमा किशोर थापाको काठमाण्डौँ प्रतिको अथाह ज्ञान केवल एक मस्तीष्क हो भने अर्को तर्फ जस्ता व्यक्तीको मस्तीष्क बटुलन सकने व्यक्ती हो। उसले लिन अबको नेतृत्व मेरो बुझाईमा एउटा विशेष सादा पान्ना हो, जहाँ ईमान्दारीता र सदाचारको मसिले मात्र काठमाण्डौँको सुनौलो सपना लेखिन्छ। जुनकुराले काठमाण्डौँवासीलाई मनवताको भावनामा प्रेरीत्त न्यायीक-समावेशी लोकतन्त्रको अनुभूति दिन सक्छ। यदी कसैले दुई चार वटा आफूपरकका सूचक, सुचकहरूको हावादारी प्रयोग र दुई चार वटा शब्दकोश बाट झिकेका शब्दलाई फ्याक्दै हिडनेहरुमा विज्ञ्यता, अजै देखीरहेका छन् भने मलाई भन्नु केही छैन्।
किशोर थापाको विज्ञ्यता हिजो उनी काठमाण्डौको मेयर नहुदाँ पनि पाईरहेको छ। भोली मेयर भए पनि नभए पनि पाउँदै जाने कुरामा म निक्कै आशावादी छु। उनको नेतृत्वमा भईरहेको वाग्मति सफाई महाअभियानलाई सायद काठमाण्डौँवासीले भुलन सक्दैन्न। एउटा मृत नदी लाई एउटा सफल भएका छन्। उनको नेतृत्वमा भईरहेको सफल बनाउन हरेक हप्ता जसो मुखमा मास र हातमा पन्जा लगाएत स्वतसफूर्तरुमा खुट्टा गाडने रन्जु र रन्जु लगायतको सयौ युवाहरको योगदान पनि उल्लेखनीय छ। सायद रन्जु डुङ्ग दुङ्गी गनाउने कालो लेदो वाग्मतिमा खुट्टा गाडन नगएको भए वाग्मती सफा गर्ने थापाको सपना निक्कै पछाडीनै रहनथियो होला। म थापा लगायत दर्जनौ-दर्जन विज्ञ्यहरुको सपनालाई साकार बनाउनको लागी पनि म रन्जुलाई मेयरको समर्थन गर्दछु।

सायद यतिखेर पनि हामीले रन्जुलाई समर्थन गर्न सकेनौ भने यो मुलुकमा यूवा जोशको संरक्षण गर्न सम्भवत सक्देनौ। यदि सकेको अवस्था आयो भने पनि निक्कै लामो समय पछि मात्र प्राप्त हुन्छ। म एउटा कुरामा निक्कै विश्वस्त छु, रन्जुको नेतृत्वले उनीमा भएको जस्तै लाखै-लाख यूवामा जोश र युवापनको उत्तरदायित्वको भाव जागृत गराउन सक्ने छिन्। रन्जु काठमाण्डौँ महानगरपालिकाको मेयरपदमा बसिरहँदा, आज चेल्सी र रियलमेडरीडको नाम जप्दै क्यौ रात काटदै बसीरहेका युवाहरु र नेपालको सबै जसो भु-भाग बाट खाडी राष्ट्रहरूमा श्रम बेचेर फरकेका यूवा जोस र दरीलो आत्मबलले देशको माटो श्रङ्गारी रहेको देखद्छु। यतिखेर खाडी राष्ट्रहरुमा ज्यान सँग बाजी लगाउँदै आफ्नो उमेर बगाई रहेका युवाहरुको अहिलेको समयलाई एउटा खुल्ला विश्वविधालयमा अध्यन गरीरहेको समय गर्न सक्ने म देख्दछु।

यस काठमाण्डौँ महानगरपालिकाको मेयरको निर्वाचनमा, सम्भवत किशोर थापा र रन्जु दर्शनालाई मात्र प्रतिद्वन्धीको रुपाम देखनेछु। संयोगवस यी दुवै प्रतिद्वन्धी काठमाण्डौँ विश्वविधालय सँग संल्गन रहेका छन्। एक जना गुरुको रुपमा त एक जना शिष्यको रुपमा। अब युद्ध मैदानमा योद्दाको रुपमा गुरुलाई पठाउने वा एक कुशल शिष्यको रुपामा पठाउने भन्ने प्रश्न काठमाण्डौवासी माझ आएको छ।

म रन्जुमा आम काठमाण्डौँवासी देख्दछु। म रन्जुमा सहर विकास प्रतिको यथेष्ठ प्राविधिक ज्ञान नदेखे पनि दर्जनौ-दर्जन सहरीविधको मोडालीटी लाई लिन सक्ने नेतृत्व दैख्दछु। मैले उनीमा हतारमा पनि विवेकपूर्ण निर्णय गर्ने क्षमता देखेको छु। जुनकुरा भुईचालोको समयमा सिद्ध भईसकेको छ। जतिखेर भूईचालो जाँदै गर्दा अरु मानिस के गर्ने र कसो गर्ने भनिराख्दा उनी आफ्नो परिवार र घरको अवस्था बुझेर १२ बजे गएको भुईचालोमा करीब १ बजे बाट शिक्षण अस्पतालको शव गृह देखी लिएर अस्पतालको प्राङ्गड भरी छरिएको आकाश्मिक सेवामा डाक्टरले आवश्यक पर्ने भनिएको चिनेको-नचिनेको सबैको औषधी सामग्री लिने लगायतकी सेवामा खटिएकी थिईन।

मेरो विवेकले रनजु लाई काठमाण्डौ महानगरपालिकाको मेयरमा पूर्णरुपमा योग्य देख्दछु। यदि तपाइहरुलाई म प्रति विश्वास छ भने यसपाली तपाईहरुको विवेकले रन्जुलाई मतदान गरी काठमाण्डौँ महानगरपालिकाको मेयरमा विजयी गराउनुहोस्। रन्जुलाई काठमाण्डौँ महानगरपालिकामा मेयरको उम्मेदवारको रुपामा अघी सारने विवेकशील नेपाली दलका सम्पूर्ण पदाधीकारीहरुलाई म हृदय देखीनै नमन र धन्यवाद व्यक्त गर्न चाहन्छु।

अन्तयमा तपाईहरुको विवेकले पनि यसपाली विवेकशील नेपालीलाई चुनोस् भन्न चाहन्छु। यदि तपाईहरु युवा शक्ती माथी पनि विश्वास गर्नु हुन्छ भने रन्जुलाई साथ दिनुहोस। रन्जु हाजारौ आमाहरुको सन्तानको प्रतिकको रुपमा यसपालि निर्वाचनमा उभिएकी छिन्। यदी तपाईहरु पनि आफ्नो छोरा-छोरा विश्वास गर्नु हुन्छ र कुशल नेतृत्वमा रमन चाहनु हुन्छ भने काठमण्डौँ महानगरको मेयरको रुपाम विश्वास गर्नुहोस। रन्जु तापई हाम्रो दिदि बोहीनी जस्तै रातपरे पछी काठमाण्डौको गल्लीमा हिडन असहझ महसुश गर्ने दिदि बोहीनी जस्तै हुन। रन्जु तापाई हामी जस्तै गरी काठमाण्डौको मईक्रोमा खाँदिदै यात्रा गर्ने आम नागरीक हुन। यदि यसमा केही सुधार र अन्त्य चाहनुहुन्छ भने रन्जुलाई विश्वास गर्नु यसपालिको निर्वाचनमा भन्न चाहन्छु। साथै रन्जुलाई विजयी बनाउन निर्वाचन आचर संहिता भित्र बसेर म पूर्ण साथ र समर्थनका साथ अग्रसर रहनेछु।

Read Full Discussion Thread for this article