Posted by: gaalab November 17, 2004
best nepali old songs
Login in to Rate this Post:     0       ?        
Like lonelyinmidwest, I also like पोखिएर घामको झुल्का i like it so much that i couldnt resist writting its lyrics here..... No, this is not cut-and-paste.... i know the lyrics by heart... पोखिएर घामको झुल्का भरि आँगनैमा, तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है सयपत्री फूलसँगै फक्री आँगनैमा, बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है । कति कति आँखाहरु बाटो छेक्न आँउछन, परेलीमा बास माग्न कति आँखा धाँउछन यति धेरै मानिसका यति धेरै आँखाहरु, मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है। उँडू-उँडू लाग्छ किन प्वाँख कहिले पलायो, मनको शान्त तलाउको पानी कसले चलायो आँफैंलाई थाहा छैन कसलाई थाहा होला, यसैले त तिमीसँग सोधूँ सोधूँ लाग्छ है। गीतकार: हरिभक्त कटुवाल यो बाहेक भूपि शेरचनको अल्झेछ क्यारे पछ्यौरी तिम्रो भन्ने गीत पनि मेरो फेवरेट।
Read Full Discussion Thread for this article